संरक्षण अभावमा सेनकालिन प्राचीन पाल्ही पोखरी जलकुम्भिले भरिदै

नवलपरासी,३० फागुन
प्राचीन सेन कालिन इतिहास बोकेको पाल्ह्ी माझखण्डको मुख्यालयमा अवस्थित प्राचीन पोखरीको अललोकन गर्दै उद्योग बाणिज्य संघका अध्यक्ष सहितको टोलीले ब्यवस्थापनमा चाँसो देखाएको छ । स्थानियबासी र सरकारी वेवास्ताले जलकुम्भिले भरिएको उतm पोखरीको ब्यवस्थापनका लागि निजी क्षेत्रबाट भए पनि पहल गरिनु पर्ने आवश्यकता औल्याउदै टोलीले चाँसो देखाएको हो ।
पाल्हीनन्दन गाउपालिका ४ स्थित पाल्ही भगवती मन्दिर परिसर नजिकैको उतm पोखरीको ब्यवस्थापन,सरसफाई र सौन्दर्यीकरणका लागि बजेट नआएको पनि होईन,तर स्थानिय सरकार जनप्रतिनिधिले चाँसो नलिईदा आएका बजेट पनि फ्रिज भएरको सुनिएको पक्ष दुखद भएको संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले बताए । करिब पाँच विघा क्षेत्रफलमा फैलिएको उतm पोखरी सौन्दर्यीकरणका लागि गत आर्थिक बर्ष २०८१।०८२ मा संघिय सरकारले ९० लाख रुपिया विनियोजन गरेको थियो ।
तर गाउपालिकाले त्यसको आवश्यक विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाई काम गर्ने उपभोतmा समिति गठन पनि गर्न सकेन । संघिय बजेटको सदुपयोग गरि पोखरीको सौन्दर्यीकरण गर्ने कार्य गर्नु पथ्र्यो,उतm टोलीमा रहेका तत्कालिन जिविस सदस्य राजेन्द्र चौधरीले भने,एक तँ धेरै मिहेनत गरेर संघिय बजेट पर्छ,त्यसमा पनि परेको बजेट खर्च गर्न नसकिनु स्थानिय सरकारको असक्षमता देखाउछ । जुन यो ऐतिहासिक र प्राचीन पर्यटकिय क्षेत्रको पोखरीमा देखिएको छ ।
तर यस्तो ऐतिहासिक पोखरीको सौन्दर्यीकरण गरि पर्यटकिय पुर्वाधार र साँस्कृतिक विरासतको रुपमा विकास गर्न संघले सरोकारवाला निकायसँग पहल समेत गर्ने उनले स्थानियसँग प्रतिवद्धता जनाएका थिए । ठेक्का मार्फत पनि काम गराउन नसक्दा उतm रकम फ्रिज भएर गएको सोही वार्डका वार्डअध्यक्ष रविन्द्र कुमार सहानीले बताएका थिए । पटक पटक योजना शाखालाई पोखरीका लागि विनियोजित रकम खर्चका लागि डिपिआर बनाउन र ठेक्का लगाउन आग्रह गरेको तर योजनाशाखाले काम नगर्दा ९० लाख बजेट फ्रिज भएको वार्ड अध्यक्ष सहानीले समेत स्वीकार गरेका थिए ।
गाउपालिकामा योजना शाखा,लेखा शाखा तथा प्रमुख प्रशासकिय अधिकृतहरु विच तालमेल नमल्दिा उतm रकम फ्रिज भएको वार्ड अध्यक्ष सहानीको जिकिर थियो । उनका अनुसार उतm पोखरी सौन्दर्यीकरणका लागि अहिले पनि गाउपालिकाले ५ लाख रुपिया बिनियोजन गरेको छ,त्यसैबाट काम शुरु गर्ने उनको भनाई थियो । विगत बर्षमा पोखरीलाई माछापालन गर्न ठेक्का समेत लाग्ने गरेको स्थानिय रामकरन हरिजनले बताए । अघिल्लो जनप्रतिनिधिकालमा पाँच बर्षका लागि २० लाखमा माछापालन ठेक्का लागेको थियो । त्यसले गाउपालिकालाई आयस्रोत थपिएको थियो,उनले भने, पोखरी पनि सफा देखिन्थ्यो । तर अहिलेको दोश्रो नजप्रतिनिधि कालमा ठेक्का पनि लगाउन सकेनन्,उनले थपे,गाउपालिकाको राजस्व पनि गुम्दैछ ।
पोखरी सौन्दर्यीकरणका लागि आउने रकम पनि फ्रिज हुदै गएको छ । जलकुम्भीले पोखरी फोहोर बन्दी बन्दै गएको देखिएको छ । पाल्ही भगवती मन्दिर परिसरसँग जोडिएको हुदा त्यसलाई सजावट गरि ढुगाँ चलाउने जलविहार गराउने खालका पर्यटकिय स्थान बनाउन सक्ने सम्भाना रहेको छ । पाल्ही भगवती मन्दिरमा दर्शानार्थी आउदा पुजापाठमा लाग्ने गर्छन्,तर उनीहरुसँगै आाउने बालबालिका तथा अन्य पर्यटकलाई मनोरन्जनात्मक स्थान बनाउन पनि सकिने स्थान हो ।
सो स्थान सेन सामराज्य अन्तरगत नै पर्ने पाल्पा राज्यका तराईका २ प्रगन्ना(इलाका) विनायकपुर र तिलपुर थिए,जुन रोहिणी नदिदेखी नारायणी नदीसम्म र हालको भारत महराजगँज जिल्ला भएको भुभाग तिलपुर अन्तरगत थियो । तिलपुरका प्रमुख बजार पाल्ही र निचलौल थिए । तानसेन देखी माथागढी र महलपोखरीको बाटो हुदै पाल्हीको ब्यपार चल्थ्यो र बंगालसँग जोडिने यो मार्ग थियो । पाल्पालाई नेपालमा गाभे पछी पाल्हीमा नेपालले कब्जा गरे पनि निचलौलको भुभाग सुगौलीसन्धिले छाड्न परेको देखिन्छ ।
तराईको भुभागको बारेमा भएका सिमा विवाद सुल्झाउन नेपाल र अँग्रेजका प्रतिनिधिहरुको धेरै पटक यहिँ पाल्हीमा वार्ता गरेका थिए, यहिँ कारण नेपाल अँग्रेज युद्धका धेरै दस्तावेजमा पाल्ही उल्लेख भएको पाईन्छ । अवधका नवावहरुसँग विशेष सम्बन्ध रहेका धार्मिक प्रकृतिका पाल्पाली राजा महादत्त सेनले पाल्ही भगवती मन्दिर देखी पुर्वमा शिवालय निर्माण गर्न शुरु भएको र उनको मृत्यु वा अन्य कारणले शिवालयको कार्य पुरा हुन नसकेको सन १८३० तिर त्यहाँ आईपुगेका एक वृटिस अध्ययेताले आफ्ना विवरणमा उल्लेख गरेका छन् । पाल्ही भगवति मन्दिर अहिले पनि शतिmपिठको रुपमा स्थापित छ । उतm स्थानको सेन समाराज्यले संरक्षण गर्दै आएको थियो । तर आधुनिक नेपालमा उतm स्थानहरुको संरक्षण,सम्वद्र्धन,विकास पुर्वाधार निर्माण तथा प्रवद्र्धन गर्ने खालका कार्यक्रम हुन सकिरहेको छैन् ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *