त्रिवेणीधाम स्थित कहाँर(गौड)समाजद्धारा निर्मित शिवमन्दरमा हुने प्राणप्रतिष्ठा कार्यक्रममा श्रद्धालुलाई सहभागि हुन आह्वान

नवलपरासी,२९ माघ
त्रिवेणीधाम स्थित कहाँर (गौड) समाजद्धारा निर्मित शिवमन्दिरमा प्राणप्रतिस्ठा सहितका धार्मिक अनुष्ठान कार्यक्रममा श्रद्धालु भतmजनलाई सहभागि हुन आयोजकले आह्वान गरेका छन् । फागुन १ गते देखी ३ गतेसम्म हुने उतm कार्यक्रम कहाँर गौड समाज बाहेकका अन्य श्रद्धालु र भतmजनलाई पनि सहभागि हुन आह्वान गरिएको हो ।
स्वर्र्णभद्र,पुर्णभद्र,नारायणी नदीको संगम स्थल जगत जननी जानकी,महिर्षि बाल्मिकीको तपोभुमि,लवकुशको जन्मभुभि तथा गजेन्द्रमोक्ष नारायण भगवानको अवतार भुमि,त्रिवेणीधाम स्थित शिवमन्दिर गौड (कहाँर) सेवा समिति त्रिवेणीधाम परिसरमा नवनिर्मित मन्दिरमा भगवान शिवको प्राण प्रतिष्ठा गरिने कार्यक्रम आयोजना गरिएको आयोजक सस्थाका अध्यक्ष शिवनाथ प्रसाद गौडले जानकारी गराए । प्राणप्रतिष्ठा सहित मन्दिरको उदघाटन हुने हुदा सबैलाई उतm पुण्य कार्यमा सहभागि हुन आग्रह गर्दछौ, उनले भने, शिवरात्री लक्षित यो कार्यक्रमको आयोजना गरिएको हो ।
तिन दिनसम्म हुने उतm कार्यक्रममा पहिलो दिन शुक्रवार विहान ८ बजे देखी पुजा शुभारम्भ हुने,झाकी कार्यक्रमको आयोजना गरिने छ । कलशयात्रा,भजन किर्तन,प्रवचन,ध्वजारोहण,बास्तु पुजा,अग्नि प्रतिष्ठा,जलाधिवास जस्ता कार्यक्रम हुने छन् । दोश्रो दिन शनिवार विहान ८ बजे देखी नित्यपुजा,भवन किर्तन,प्रवचन,तुलादान,साँस्कृतिक कार्यक्रम,धान्याधिवास,शैयाधिवास कार्यक्रम हुने छ । यसै गरि तेश्रो दिन महाशिवरात्री पर्वको दिनमा पनि विहान ८ बजे देखी नित्यपुजा,,भजन किर्तन,प्रवचन,तुलादान,प्राणप्रतिष्ठा,सम्मान तथा शुभकामना,पुर्णाहुती,प्रसाद ग्रहण सहित कार्यक्रम गरि औपचारिक रुपमा कार्यक्रमको समापन गरिने छ ।
प्राचीन काल देखी नै उतm स्थानमा प्राचीन शिवमन्दिर रहेको र नजिकै २० लाख भन्दा बढि लगानीको मन्दिर निर्माण गरिएको आयोजक गौडले देखाएका थिए । प्राचीन मन्दिरलाई यथा स्थान मै जिर्णोद्धार र संरक्षण गरिने योजना समेत उनले सुनाए । पुरातात्विक महत्व राख्ने उतm प्राचीन मन्दिरको संरक्षणका लागि पुरातत्व विभागसँग समन्वय गरि मात्र ब्यवस्थापन गर्न सकिने हुदा पुरातत्वसँग सरोकार राख्ने निकायसँग संरक्षणका लागि आग्रह समेत गरेका थिए । त्रिवेणीधाम प्राचीन काल देखी नै अध्यात्मिक केन्द्रको रुपमा रहेको हुदा कहाँर सहित विभिन्न जात जातीले आफ्नो कुटी,मन्दिरको निर्माण गरेका छन् ।
मोक्षदायनी त्रिवेणीधाम भएको हुदा परापुर्व काल देखी नै वैराग्य उत्पन्न भई अध्यात्मिक अभ्यासमा रुची राख्ने ब्यतिmहरु त्रिवेणीधाममा जाने र अ आफ्ना सामुदायिक कुटिमा बास बस्ने,पुजापाठ,ध्यान अभ्यास,नदीमा निरन्तर स्थान र मोक्षको कामना गर्ने गर्दै आएको उतm स्थानमा अहिले पनि सामुदायिक मठमन्दिरले आकर्षण थपिदै गएको उतm सस्थाका सचिव रविन्द्र कुमार गौडले जानकारी गराएका थिए । उनका अनुसार त्रिवेणीधाम जिउदै अध्यात्मिक अभ्यास गर्ने पवित्र तिर्थ स्थल हो,तर अहिले मानिसको मृत्य पश्चात शव(लासं) जलाउने उदेश्यले मात्र त्रिवेणीधाममा लैजाने चलन छ । तर वास्तविक रुपमा जिउदै सो स्थानमा पुगेर अध्यात्मिक अभ्यास गर्नु पर्ने उनको भनाई थियो । मानव जिवनको मुतिmको लागि मुतिmनाथ क्षेत्रबाट बग्दै आउने कालिगण्डकी नदी मुतिmदायनी नदीको रुपमा चित्रित गरिन्छ ।
हिन्दु दर्शन अनुसार तिनै नदीलाई नै आधार मानी यसै क्षेत्रमा गजेन्द्र मोक्ष धाम विकास भई रहेको छ । जुन स्थानमा स्वम् भगवान विष्णु प्रकट भई गोहीलाई आफ्नो चक्रले बद्ध गरि मोक्ष प्रदान गरेको र गज(हाथी)को उद्धार गरेको किवदन्ती छ । विष्णुकै पाषण रुपमा रहेको विश्वकै दुर्लभ शालिकग्राम पाउने नदी पनि नारायणी हो । त्यो भएर पनि गण्डकी(नारायणी) अर्थात त्रिवेणी नदीको जल मोक्षदायनी पवित्र नदीको रुपमा मानिन्छ । यो नदी भारतको गँगा नदीमा मिसिदै समुन्द्रमा विलय हुन्छ ।
बौद्ध दर्शन अनुसार पनि यहिँ नदीलाई अनोमा नदी भनेर चिनिदै आएको छ । जुन नदी किनारमा पुगेर सिद्धार्थ गौतम मनुस्य योनीका ब्यतिmको दुःखको कारण र दुःखबाट कसरी मुतm हुने भनि गृह त्याग गरेर(बोधी)ज्ञानको खोजी सहित मुतिmमार्गको खोजी प्रारम्भ गरेका थिए । जुन अन्तिममा बोध गयामा पुगेर अन्तिम ज्ञान(बोधी) प्राप्त गरि बुद्ध भएका थिए । हिन्दु र बौद्ध दर्शनको लागि पनि यो नदी उत्तिकै पवित्र र मुतिmदायनी भएको मान्यता छ । यसैले यस नदी किनारमा विभिन्न जात जातीको मठ,मन्दिर,कुटीहरु निर्मित छन् ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *