
नवलपरासी,१४ पुस– पाल्हीनन्दन गाउपालिकाको सदरमुकाम समेत रहेको बेलासपुर स्थित गण्डक नहरको जिर्ण पुलमा दर्जनले ज्यान गुमाएका छन् । महेशपुर मुल भन्सार जोड्ने सुनवल परासी महेशपुर सडकको विस्तार हुदै गर्दा पुलको चौडाई बनाउनेतर्फ कार्य नहुदा आधा दर्जन ज्यान गुमाएको देखेको तयुस खाँले बताए ।
आफुले पालिकामा र यस क्षेत्रमा आउने प्रदेश सांसद,संयिघ साँसदलाई समेत यसबारे अवगत गराएको हो, बेलासपुर बजार ब्यवस्थान समितिका संयोजक समेत बताउने उनले भने । गत मंसिरमा समेत पुल नजिकै एक बालकले दुर्घटनामा परि ज्यान गुमाए । दर्जर्नौ घाईते समेत भई रहेका छन्,उनले भने, तर दुर्घटनाका कारणको खोजी भने भई रहेको छैन् । कारण खोज्ने र निवारणका उपाय अपनाउने कार्य सरकारी निकायबाट नभएको उनको आरोप छ ।
दुई दुई पटक पालिका अध्यक्ष बैजु प्रसाद गुप्ता(दिपक) निर्वाचित भएका छन् । प्रदेश साँसद बैजनाथ जैसवाल समेत दोश्रो पटक निर्वाचित भई बहाल छन् । तर देखाउदा भई हाल्छ,भन्ने तर काम नगरि दिइने परिपाटीले दुखित बनाएको उनले सुनाए । गण्डक नहर बन्दाको अवस्थामा यसरी बाक्लो सवारीसाधन थिएन्,समान्य मानिसलाई आवत जावत गर्ने गरि गण्डक परियोजनाले पुल बनाइ दिएको थियो । तर अहिले त्यही पुल जोडेर चार लैनको सडक बन्न थाल्यो । सोही अनुसारको सवारीसाधनको चाँप पनि उत्तिकै रहेको छ ।
त्यसमा पनि नहरकै सडक र मुल सडकको चोकमै पर्ने उतm पुलमा थप चाँप बढदै गएको देखिएको छ । महेशपुर वा परासीबाट आउने जाने सवारीसाधनले पुर्वपश्चिमको गण्डक सडकबाट पनि केही आईरहेको होलान भन्ने भान नै पाउदैनन् । सो चोकमा ट्रफिक संकेतहरु पनि छैन् । त्यसैमा शसस्त्र प्रहरीको चेकपोष्ट पनि पुल नजिकै करिब १० मिटरको दुरीमा छ । दुई वटा गाडी उभियो भन्ने आर्को गाडी पुलमै रोकिनु पर्ने अवस्था हुन्छ । जस्मा मोटरसाईकल र पैदलयात्रुलाई नै छिर्न सकस हुन्छ । यस्तो अवस्थाबारे सरकार र शुरक्षा निकाय नै गैरजिम्मेवार देखिएको उनको भनाई थियो ।
पुल बनाउन नसके पनि पालिकाले कम्तीमा पुलको दुबै छेउमा फलामे पैदलयात्री लक्षित पुल बनाई दिए पनि हुन्थ्यो, उनले थपे,त्यसका लागि कति नै लागत लाग्छ र ? मान्छेको ज्यान भन्दा लागत ठूलो कुरा होईन,तर नेतृत्व र निकायमा बस्ने ब्यतिmमा गम्भिरता र सम्वेदना हुन पर्यो,तर त्यही नै देखिएन्,उस्ले यहाँका स्थानियलाई समेत दुखित बनाएको उनले दुखेसो पोखे । पुलको स्तरोन्नतीबारे प्रतिकृया दिदै सो क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले उतm सडक संघिय सरकार मातहत भएको बताए । आर्को तर्फ नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीको मुल नहर भएको र उतm प्रणालीको ब्यवस्थापन कार्यालय समेत संघिय सरकार मातहतकै भएको बताए ।
तर पनि आफुले ति कार्यालयसँग पुलको स्तरोन्नतीबारे पहल गर्ने दाबी सुनाए । उतm सडकको साईट इन्जिनियरलाई पटक पटक सम्पर्क गर्दा फोन उठेन् । उता गण्डक सिचाई ब्यवस्थापन कार्यालयका प्रमुख तिलकराम बुढाथोकीले उतm पुल सडक आयोजनाले नै बनाउनु पर्ने बताउदै त्यसका लागि समन्वय गरिदिइने कार्य कार्यालयले गर्न सक्ने बताए । तर अहिलेसम्म पुलका लागि सडकबाट कुनै प्रस्ताव आईपुगेको छैन्,उनले भने, आएको बखत हामी समन्वय सहकार्य गर्न तयार नै छौ ।
उनका अनुसार सो सडक नहर बन्दाको बेला आवश्यकता पहिचान गरि बनाइएको तर अहिले सडकको स्तरोन्नती गर्दा पुलको समेत स्तरोन्नती आवश्यक रहेको छ । महेशपुर परासी सुनवल सडकको स्तरोन्नतीका लागि सडकले चार अर्ब भन्दा बढिको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाई काम थालेको छ । जस्को दुई खण्ड महेशपुर हरपुर क्षेत्रमा भएको छ,भन्ने एक खण्ड सुनवल बजारमा निर्माण भई रहेका छन् ।
