
नवलपरासी,६ पुस
जिल्लाको गण्डक क्षेत्रका भत्किएको संरचना मर्मत र निर्माण गरि गण्डक नदीबाट हुने सम्भावित डुबानबाट खत्तरामुतm बनाउन बनाइएको परक्युपाईन बगेर नष्ट भएको छ । ठेकेदारले गुणस्तरहित काम गर्दा नदी किनारको जग्गा कटान नहोस भनि बनाइएको परक्युपाईन(कटान रोक्ने एक प्रकारको प्रविधि) नदीको धार परिवर्तनले नष्ट भएको स्थानियले आरोप लगाएका हुन् ।
परक्युपाईन बलियो नहुदा अधिकाँस परक्युपाईन भत्किएर बालुवामा भासिएको स्थानियले देखाए । भारतिय पक्षले नदी नियन्त्रणका लागि बर्षेनी करोडौ खर्चेर परक्युपाईन लगायत विभिन्न संरचना निर्माण गर्दा त्यसमा प्रयोग हुने गुणस्तर हित समाग्रि(गिट्टि,बालुवा,छड)हरु प्रयोग गर्दा यस्ता समस्या देखिन थालेको स्थानिय ओमप्रकाश दुसादले बताए । यसमा ठेकेदार मात्रै नभई सो संरचना हेर्नका लागि भारतले खटाएका प्राविधिक(इन्जिनियर)हरु समेत ठेकेदारसँग मिलोमतो गर्दा काम गुणस्तरको नहुने र एक दुई बर्षमै भत्किने गरेको छ ।
प्राविधिक रुपमा नै गण्डक नदीको बालुवा र गिट्टि गुणस्तर हिन भएको प्रयोगशाला परिक्षणले पनि देखाएको छ,तर प्राविधिकहरुलाई मिलाएर ठेकेदारले त्यही नदीको समाग्रि प्रयोग गरि बनाउदा संरचना बलियो नहुने र भत्किने गरेको छ । यसको अनुगमनमा समेत नेपालको तर्फबाट खटिएका भु आर्जन तथा सम्पर्क अधिकृत,जिल्ला स्थित प्रशासन तथा प्राविधिक कार्यालयहरु समेत चाँसो नदेखाउदा यस्ता समस्याहरु आउने गरेको भनाई स्थानियबासीको रहेको छ । परक्युपाईन भाच्चिएर भासिदा त्ससको असर खेतीयोग्य सयौँ विघा जग्गा कटान भएका छन् ।
भारतिय प्राविधिकहरु ठेकेदारसँग मिलेर भ्रष्टाचार गर्दा त्यसको असर नेपाली जनताले भुतmान गर्न परेको उनको भनाई थियो । भारत सरकारले नेपाली तथा भारतिय जनताको हितका लागि करोडौ खर्चेर गण्डक नदीको डुबान कटान रोक्नका लागि काम गराउने गरि योजना बनाउछन,तर ति योजनाबाट लाभ भारतिय प्राविधिक र ठेकेदारले लिइने गरेका छन् । नोक्सान नेपाली जनतालाई हुने गरेको गुनासो स्थानियबासीको रहेको थियो ।
बाँधको मर्मत तथा कटान रोक्ने कार्यमा भारतिय पक्षले पहिला ढिलो गरि काम शुरु गर्ने र पछि हतार हतारमा काम गर्ने गरेको प्रति स्थानियबासीले कामको गुणस्तर प्रति आशंका ब्यतm गरेका छन् । बर्षायाम सकिने लगत्तै काम नगर्ने र अन्तिम समयमा काम गर्दा ब्यापक भ्रष्टाचार हुने गरेको छ । ढिलो गरि काम शुरु गर्दा हता हतारमा कमसल समाग्रि प्रयोग गर्न पाईने र समाग्रि नदीले बगाएर लगेको विभिन्न बहाना बनाउदै विल बनाउने कार्य मात्र हुने गरेको स्थायिनको आरोप रहेको छ । हरेक बर्ष जस्तै यो बर्ष पनि गण्डक क्षेत्रमा भारतिय पक्षद्धारा हुने कार्य ढिलो भएको छ,स्थानिय लख्खु यादवले भने,यसले भारतिय ठेकेदारले काम भ्रष्टाचारको बाटो रोजेका छन् ।
गण्डक बाँधको मर्मत सम्भार नहुदा स्थानिय त्रसित छन् । बेला बेलामा स्थानियले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउदै आएको भए पनि भारतिय ठेकेदारको रवैया उस्तै रहेको उनको भनाई थियो । कुन काम कति गर्ने हो ? त्यसको लगत स्टिमेट पनि स्थानिय वा सरोकारवाला निकायलाई थाहा छैन् । कुन समाग्रि कहाँबाट ढुवानी गरी ल्याउने हो ? त्यसबारे पनि उनीहरुले निक्र्यौल गरेका छैनन् । यसले गर्दा पनि उनीहरुको काम प्रति स्थानियको आशंका हुनु स्वभाविक भएको उनले बताए ।
भारतिय पक्षले गण्डक परियोजना कार्यालयमा पठाएका भारतिय प्राविधिक(जेइ) रविन्द्र यादव अहिले गण्डक क्षेत्रमा काम गर्ने ठेकेदारसँग अवैध रुपमा मोटो रकम उठाउदै कमसल काम गर्न हौस्याएको आरोप स्थानियबासीले लगाउदै आएका छन् । यता नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालय सेमरीका प्रमुख तिलकराम बुढाथोकीले गण्डकसँग सम्बन्धित कामको अनुगमन नेपाली पक्षले पनि गर्न पाउनु पर्छ,भनि नेपाल भारत गण्डक कोशी संयुतm समिति(जेसिकेजिपी)मा उठाउदा अहिले चार बर्ष देखी त्यसको बैठक नै नभएको बताए । बैठकमा निर्णय नभएका कारण भारतिय प्राविधिकसँग कुरा राख्दा तपाईहरुको अधिकार क्षेत्र होईन,भनेर तर्किने गरेको प्रमुख बुढाथोकीले सुनाए ।
गण्डक नदी नियन्त्रण संघर्ष समितिले पनि बेला बेलामा गण्डक बाँध सम्बन्धि भएको सम्झौता कार्यान्वयन गर्नका लागि आवाज उठाउने गरेको छ । तर सरकारी निकाय त्यस प्रति मौन नै रहने गरेका छन् । २०६५ सालमा गण्डक संघर्ष समितिद्धारा भएको एक महिने आन्दोलन पश्चात २१ बुदे सहमति भएको थियो । तर ति सहमति अनुसार अहिले पनि काम भई रहेको छैन् । सन २०१६ सालमा नेपाल भारत विच भएको गण्डक सम्झौता भारतिय ठेकेदारलाई कमाई खाने भाडो मात्र बनेको छ । जबकी गण्डक बाँध भत्किएमा नेपाल भन्दा कम क्षति भारतले ब्यहोर्नु पर्दैन ्। गण्डक बाँध अन्तरगतको वि ग्याप बाँध,लिँक बाँध,नेपाल बाँध अति नै जोखिम अवस्थामा छ । ति बाँध भत्कियो भने नेपालको सुस्ता,प्रतापपुर र सरावल गाउपालिका प्रभावित हुनेछ । जबकी भारतको महराजगंज,देवरिया,गोरखपुर बस्ती जिल्लासम्म प्रभावित बनाउने छ ।
यस प्रति भारतको गंगा बाढ नियन्त्रण आयोगले बेला बेला भारतिय प्राविधिक र ठेकेदारलाई चेतावनी दिदै आए पनि ठेकेदार र प्राविधिकहरुमा कुनै सुधार आएको छैन् । करोडौको बजेट ठूलो मात्रामा हुने घोटालाले प्राविधिक इन्जिनियरको मिलोमतोमा मोटो रकम हात पार्ने हुदा इन्जिनियरहरुले कारवाहीको उपेक्षा गरि रकम केन्द्रित हुने हुदा पनि गण्डक बाँधको काममा समस्या हुने गरेको छ । हालसम्म १० अर्ब भन्दा बढि भारतले बाँध क्षेत्रमा लागनी गरेको बताउदै आए पनि सो बराबरको काम हेर्न सक्ने अवस्था छैन् । गण्डकमा लगानी बालुवामा पानी जस्तै भएको बताउदै उनले यस प्रति स्थानियबासी र स्थानिय तहका जनप्रतिनिधि र स्थानिय प्रशासनले नै चाँसो लिनु पर्ने बताए ।
