चिनिया सँस्कृति प्रदशर्नी सहित रामग्राम स्तुपमा दिप प्रज्वलन

नवलपरासी,२७ मंसिर
भगवान गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुपमा ‘विश्व शान्ति कार्यक्रम’ अन्तरगत विविध कार्यक्रम गरि चिन लगायतका विभिन्न देशका पर्यटकले विश्व शान्तिको कामना गरेका छन् । चिनिया कला,गित र संगित प्रस्तुत गर्दै विभिन्न देशबाट आएका बुद्धिस्ट र अतिथिहरुको सहभागितामा शुक्रवार साझ स्तुप परिसरमा दीप प्रज्वलन गरिएको हो ।
उनीहरुले लुम्बिनीमा तीन दिनसम्म गरेको कार्यक्रममा अन्तरगत नै रामग्राममा शुक्रवार साझ विश्वशान्तिका लागि दिप प्रज्वलन,साँस्कृतिक कार्यक्रम गरेका थिए । सो कार्यक्रममा स्थानियबासी समेतको सहभागिता गराइएको थियो । शान्ति र समृद्धि, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय लगायतका विषयमा चार्चा समेत गरिएको थियो । रामग्राम लगायत लुम्बिनी क्षेत्रमा बौद्ध संस्कृतिको विकास, संस्थान र विश्व विद्यालयहरूको आरोह–अवरोह, कार्बन उत्सर्जनका चुनौती र न्यूनीकरण र अध्यात्मबारे उपस्थित बौद्ध तिर्थयात्रीले छलफल गरेका थिए ।
आध्यात्मिक,प्रकृतिपरक र चिनियाँ परम्परागत गीत–संगीत प्रस्तुत गरिएको थियो । विश्व शान्ति कार्यक्रममा भाग लिन आएका इथियोपिया पूर्वप्रधानमन्त्री ताम्रत लेइन लुम्बिनीमा आएको भए पनि रामग्राम स्तुपमा उपस्थिती भने हुन सकेन् । आयोजक द प्रमिस ल्यान्डका अध्यक्ष निकेश अधिकारीले विश्वमा शान्ति सद्भाव र रामग्राम सहित लुम्बिनी क्षेत्रको पर्यटन प्रचारका लागि कार्यक्रमको आयोजना गरिएको बताएका थिए । यस्ता कार्यक्रमले वैदेशिक लगानी भित्र्याउन पनि सहयोग पुग्ने उनको भनाइ थियो ।

Health Advertisement
Health Advertisement


अधिकारी विगत तिन बर्ष देखी मंसिर महिनामा रामग्राममा कार्यक्रम गर्दै आएका छन् । पहिलो बर्ष उनी विभिन्न १२ देशका बौद्ध भिच्छु सहित तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल सहितको उपस्थिती गराई भब्य कार्यक्रम गरेका थिए । गत बर्ष पनि उनी भब्य तरिकाले नै कार्यक्रम गरेको र यो बर्ष पनि उनले रामग्राममा बौद्ध पर्यटक तथा लगानीकर्ता उतारेर कार्यक्रमलाई निरन्तरता दिइएका छन् । उनले उतm कार्यक्रममा स्थानिय सहभागिता समेत बढाउदै आएका छन् ।


विगत भन्दा अहिले बर्षेनी रामग्राम स्तुपमा पर्यटकको आगमन बढदै गएको छ । बौद्धदर्शन अनुसार बुद्धको ज्ञानसँगै बुद्धको धातुको सानिध्यमा थप अध्यात्मिक अभ्यासको महत्व हुने हुदा स्तुपक्षेत्रमा दैनिक जसो पर्यटकको आगमन बढदै गएको स्थानियले बताएका छन् । रामग्राम स्तुप क्षेत्रमा सन २०२५ नोवेम्बर महिनासम्म १५ हजार भन्दा बढि तेश्रो मुलुकमा पर्यटक तथा बौद्ध तिर्थयात्रीले भ्रमण गरेका तथ्याँक छ । पर्यटकिय पुर्वाधार नभए पनि बुद्ध प्रति श्रद्धा राख्ने भारत र नेपाल बाहेक ३१ देशबाट धार्मिक पर्यटक तथा बौद्ध तिर्थयात्रीले भ्रमण गरि स्तुपको दर्शन गरेका थिए ।
जस्मा सबै भन्दा थाईलैण्डबाट ६ हजार १ सय ६० जना धार्मिक पर्यटकले भ्रमण गरेको रहेछन् । थाइलैण्डका पर्यटकलाई बास बस्नका लागि थाईहरुको आफ्नै बौद्ध विहार बनाएको लाईलैण्डका बढि पर्यटक आउने र बास बस्ने ब्यवस्था छ । आउने पर्यटक मध्ये नेपाल र भारत बाहेक तेश्रो मुलुकका पर्यटकहरुको लगत विवरण राखिने गरिएको उनको भनाई थियो ।
तिब्बत तथा अपर मुस्तागँका २ हजार २ सय ८६ जना र निचिया पर्यटक २ हजार २ सय ७ जना पर्यटक आएका थिए । केही दर्शन पुजापाठ गरि फर्केका थिए,भने केही कोरियनले बनाएको गेष्टहाउसमा बास बसेका थिए । अधिकाँस परासी तथा भैरहवाका होटलमा बास बस्न गरेका थिए । त्यसै गरि भुटानी पर्यटक ३ सय ५० जना,कम्बोडियन पर्यटक २ सय १० जना आएका थिए । मलेसियन २ सय ८५ जना बर्माबाट ९ सय ७५ जना पर्यटक आएको तथ्याँकमा देखिन्छ । दक्षिण कोरियाबाट ७ सय ९६ जना श्रीलँकाबाट १ सय १३ जनाले भ्रमण गरेको उल्लेख छ । रामग्राम स्तुप क्षेत्रमा आउने पर्यटक ३१ देशबाट आएको रहेछन् ।
अहिलेसम्म अमेरिका,अष्ट्रेलिया,भुटान,क्यानाडा,फ्रान्स,जर्मनी,हंकगँ,इण्डोनेसिया,इटली, जापना, कोरिया,मंगोलिया,रसिया,साइप्रस,सिँगापुर,स्पेन, स्विडेन,स्वीस,ताईवान,युगाण्डा भियतनामका पर्यटकहरु पनि आएका थिए । मगधका तत्कालिन सम्राट अशोक स्तुप उत्खनन गराउदै ८४ हजार स्थानमा स्तुप बनाउने गरि स्तुपको उत्खनन गराउने क्रममा अन्तिम समयमा रामग्राम स्तुपको उत्खनन गर्न आई पुगेका थिए । तर स्तुपमा पुजा ध्यान गर्दै आएका नागबंशीहरुको आग्रहमा रामग्राम स्तुप उत्खनन गरेनन् । बरु रामग्राम स्तुप नजिकै स्नान गर्न पोखरीको निर्माण गराई दिए । भिच्छुलाई बस्नका लागि बौद्ध विहार बनाई दिए ।
उपासकहरुको बसोबासका लागि पनि आवास बनाई दिएका थिए । अहिले सो स्थान रामग्राम ७ देउरवामा रहेको छ । त्यसै गरि सम्राटकै निर्देशन अनुसार हजारौ भिच्छु संघका लागि आराम गर्ने स्थान संघाग्राम र ठूलो पोखरीको निर्माण रामग्राम १७ देवगावमा बनाउन लगाएका थिए । जुन अहिले पुरातात्विक खोजले पहिचानमा ल्याइ रहेको छ । आधुनिककालमा भारतमा अग्रेज शासनकालमै बेलायतबाट आएका अग्रेजी विद्धान डा.डब्लु होयले रामग्राम स्तुपको पत्ता लगाएका थिए । सन १८९६ मा लुम्बिनीमा अशोक पिलरको माध्यमले लुम्बिनी पत्ता लागे पछि उनले त्यसकै आधारमा खोज्दै आउदा सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *