लैगिँक हिँसा विरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

नवलपरासी, २३ मंसिर
जिल्लामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानकै क्रममा विभिन्न स्थानमा विभिन्न कार्यक्रम मनाईने गरिएको छ । अभियान अन्तरगत नै मंगलवार पाल्हीनन्दन गाउपालिकामा लैगिँकतामा आधारित हिँसाले महिला र बालबालिकाको पोषण अवस्थामा पार्ने प्रभावहरु सम्बन्धि अन्तरक्रिया गरिएको हो ।
उतm अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गाउपालिका उपाध्यक्ष फातुमा खातुन अंसारी(सकिना)ले समाजमा अहिले पनि लैगिँक विभेदका कारण बालबालिकामा खानपानमा गरिने भेदभावले पोषणमा प्रभाव पार्ने हुदा त्यसलाई जसैबाट हटाउन आग्रह गरेकी थिईन् । हेर्दा समान्य देखिने तथा परम्परागत रुपमा जडसुत्रको रुपमा रहेको छोरी मान्छेलाई जस्तो सुकै खानपान दिए पुग्ने तर छोरा मान्छेलाई विशिष्ट प्रकारको भोजन दिईने चलनले त्यसको असर पोषण क्षेत्रमा पार्ने गरेको सुनाएकी थिईन् । आफु उपाध्यक्षमा निर्वाचित भए देखी नै जातिय रुपमा लैगिँकताको सिकारमा परेका अल्पसँख्यक मुस्लिम तथा दलित लक्षित कार्यक्रमलाई प्राथमिकता दिई कार्यक्रम बनाई काम गर्ने गरेको बताएकी थिईन् । त्यसै गरि शारिरीक स्वरुपमा पनि अपाँगलाई प्राथमिकता र लैगिँकता भित्रको लैगिँकताको सिकार हुने महिला,महिला भित्र पनि बालिकालाई पनि ध्यानमा राखिएको उनको भनाई थियो । कार्यक्रम गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)को प्रमुख आथित्यतामा भएको थियो ।
यसै गरि अन्तराष्ट्रि«य मर्यादित महिनावारी दिवस विविध कार्यक्रम गरि मनाइएको थियो । एकिकृत हातेमालो समाज नेपालको आयोजना तथा प्रतापपुर गाउँपालिकाको समन्वयमा जिल्लाको प्रतापपुर गाउँपालिका वडा ५ श्रीरामपुर विविध कार्यक्रम गरि सो दिवस मनाइएको थियो । प्रतापपुर गाउँपालिका वडा नम्बर ५ को वडा सदस्य मोबिन अंसारीको अध्यक्षतामा मर्यादित महिनावारी दिवस ¥याली निकाली र अभिमुखीकरण कार्यक्रम गरि श्रीरामपुरमा मनाइएको हो ।

Health Advertisement
Health Advertisement


लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानकै क्रममा अन्तराष्ट्रि«य मर्यादित महिनावारी दिवस स्थानिय जनप्रतिनिधि, विभिन्न संस्थाका सहजकर्ता तथा सामाजिक परिचालक र स्थानिय किसोरी तथा महिलाहरुलाई सहभागी गराई श्रीरामपुरमा वृहद ¥याली निकालि शुभकामना र सन्देश दिइएको थियो । ¥यालीमा मर्यादित महिनावारी सम्बन्धी विभिन्न नारा लेखिएको प्लेकार्ड बोकी विभिन्न नारा लगाउदै गाउँभरि परिक्रम गरिएको थियो । परिक्रमा पछि श्रीरामपुर धर्मशालामा अभिमुखीकरण कार्यक्रम आयोजना गरि सहभागी किसोरी तथा महिलाहरुलाई मर्यादित महिना बारे जानकारी दिदै सो अवस्थामा सरसफाईमा व्यापक ध्यान दिनुपर्ने बताइएको थियो ।

महिलाहरु महिनावारी भएको बेला के गर्ने के नगर्ने भन्ने विषयमा स्वास्थ्यकर्मी बिनोद कोहारले सहभागी महिलाहरुलाई जानकारी दिदै महिनावारी अवस्था कस्ता खानेकुरा खाने र शारिरीक सरसफाईमा कसरी ध्यान दिने भन्ने विषयमा जानकारी गराएका थिए । महिनावारीको अवस्थामा सफा कपडा तथा सेनेटरी प्याडको प्रयोग गर्ने र प्रयोगपछि सोलाई व्यस्थित रुपमा व्यवस्थापन गर्न समेत जानकारी दिइएको थियो । महिनावारी सरसफाईमा ध्यान दिन र यौनजन्य रोगको संक्रमणबाट जोग्न वक्ताहरुले बताएका थिए । अभिमुखीकरण कार्यक्रममा गाउँपालिका वडा ५ को वडा सदस्य मोबिन अंसारीले कार्यक्रम उपलब्धीमुलक रहेको भन्दै सो दिवसको सबैमा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा एकिकृत हातेमालो समाज नेपालको वास सुपरभाईजर साईदा निशा, दिपेश सिग्देल, ईन्द्रेणी सामाजिक विकास मन्चका सामाजिक परिचालक सन्तोष दुबे, सुनवल सामुदायिक विकास मन्चका सामाजिक परिचालक प्रमोद बानिया, पत्रकार बेचु गौड, स्वास्थ्यकर्मी बिनोद कोहार समेतले दिवसको शुभकामना दिएका थिए । कार्यक्रममा स्थानिय सय बढि महिलाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा ईन्द्रेणी सामाजिक विकास मंच, सुनवल सामुदायिक विकास मंच लगायतको संस्थाहरुको सहकार्य समेत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *