नगरपालिकाको वेवास्ताले सुनवल औद्योगिकग्रामको काम अलपत्र

नवलपरासी,१७ कातिक
पछिल्लो जनप्रतिनिधिले औद्योगिग्रामको काममा चाँसो नलिदा अहिले सुनवल औद्योगिकग्राम चरन क्षेत्र बनेको छ । पहिलो जनप्रतिनिधिहरुले सुनवलमा औद्योगिकग्राम बनाउने लक्ष्य लिई विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) गराई काम थालेको,तर तगत्तै २०७९ सालको स्थानिय निर्वाचन पश्चात फेरिएका जनप्रतिनिधिले त्यसको स्वामित्व लिई काम अगाडी नबढाए पछि औद्योगिग्रामको काम अलपत्र भएको स्थानियले आरोप लगाएका हुन् ।
जिल्ला मै पहिलो सुनवल औद्योगिकग्राम बनाउने भनेर तत्कालिन नगरप्रमुख सहित जनप्रतिनिधिहरुको औद्योगिकग्राम बनाउने तर्फ चाँसो देखिए पछि अहिलेका जनप्रतिनिधिले चाँसो नलिए पछि करोड बढि लगानी भएको औद्योगिकग्राम अलपत्र परेको एक स्थानियले देखाए । अहिले औद्योगिक क्षेत्रको लगानी बालुवामा पानी जस्तै भएको छ, उनले भने, सडक पुर्वाधार औद्योगिक क्षेत्रमा पुगिसकेको छ । विद्युत लाईन पनि विस्तार भई सकेको छ । पर्खाल,प्रवेशद्धारा र जालीतारले घेएिको छ । तिन बर्ष देखी ति आद्योगिकग्राम क्षेत्रमा कुनै काम भएको छैन् । त्यसमा नत नगरपालिकाको चाँसो देखिन्छ,नत उद्योगी ब्यवसायीहरुकै चाँसो देखिन्छ । औद्योगिकग्रामलाई पुर्णता दिदै सो क्षेत्रमा उद्योग स्थापनाका लागि नगरपालिकाले प्रोत्साहित गरेको भए उद्योगहरु स्थापना हुने थियो । तर नयाँ जनप्रतिनिधिले त्यसमा स्वामित्व नै लिएन्,उनको आरोप थियो,राजनीति गर्ने जनप्रतिनिधिले कम्तिमा उत्तराधिकारको सिद्धान्त तँ जान्नु पर्छ ।
ब्यतिmगत कुनै ब्यतिm कसैलाई मन नपर्न सक्छ,तर त्यसमा राजस्व अर्थात जनताको लगानी लागेको छ,उनले आक्रोस समेत पोखे,करोड बढि लगानी प्रति वेवास्ता देखियो,अघिल्लो जनप्रतिनिधिले बनाएका भवनमा बस्न हुने तर तिनैले शुरु गरेका औद्योगिकग्राम तर्फ चाँसो नलिईनेन दोहोरो चरित्र देखाउदै आएका छन् । औद्योगिकग्राम बनाउनका लागि २५ करोड ६५ लाख ५७ हजार २ सय ५८ रुपिया लागतको डिपिआर तयार गरिएको छ । आर्थिक बर्ष २०७७।०७८ मा नै सो डिपिआर बनाए पश्चात संघिय सरकारले १ करोड ४३ लाख ६० हजार अनुदान पठाएपश्चात काम भएको योजना शाखाका प्रमुख पुरुषोत्तम ढकालले जानकारी गराए । उनका अनुसार नगरपालिकाको तर्फबाट पनि १४ लाख ५५ हजार लगानी भएको देखिन्छ । अहिले औद्योगिकग्राममा कुनै पनि काम नभएको उनले बताएका थिए ।
औद्योगिकग्राम क्षेत्रमा कम्तिमा काष्टकला फर्निचर,ढुगाँकै निर्माण समाग्रि उद्योग,महिलाहरु लक्षित बनजंगलको स्रोतमा आधारित उद्योगलाई पनि त्यहाँ प्रोत्साहन गदा पनि सञ्चालनमा ल्याउन सक्ने सम्भावना देखिन्छ । सुनवल चोक देखी महलपोखरी तथा हिलपार्क जाने क्षेत्रसँगै नै उतm औद्योगिकग्राम जोडिएको देखिन्छ । यदि सो औद्योगिक क्षेत्रमा उद्योगहरु सञ्चालनमा ल्याउन सके पर्यटकिय क्षेत्रमा आउने पर्यतकले समेत त्यहाँ अध्ययन अवलोकन गर्न पाउने थिए । तर औद्योगिकग्राम पुर्णतः उपेक्षित भएको गुनासो औद्योगिक वरिपरि रहेका स्थानियहरुले दुखेसो पोखेका थिए । औद्योगिक क्षेत्रलाई चलायमान बनाउन सकेको भए रोजगारीको सृजना समेत हुने उनीहरुको भनाई थियो । नगरपालिकालाई पनि राजस्व उठाउने आधार हुन्थ्यो । सरकारले गरेको लगानीको पनि सदुपयोग हुने थियो । तर अहिले औद्योगिक क्षेत्र प्राथमिकतामा नपर्दा भएका लगानी पनि बालुवामा पानि भएको छ । यता औद्योगिक क्षेत्रमा उद्योग लगाउनका लागि पटक पटक सुचना प्रकाशित गरेको भए पनि कोही पनि सो क्षेत्रमा उद्योग लगाउन नआएको योजना प्रमुख समेत रहेका नगरपालिकाका उपमेयर सुर्य दुबेले बताए । यदि अहिले पनि कोही औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्न चाहन्छ,भने नगरपालिका सम्झौता गरेर दिन तयार रहेको उनको दाबी थियो ।
कोभिड १९ अगाडी मुलुकमा आर्थिक चलायमान थियो,उनले भने,त्यो बेला सुनवलमा पनि आर्थिक गतिविधि भई रहेका थिए । त्यो बेलाका जनप्रतिनिधिलाई सो बेलाको अवस्था हेरेर औद्योगिकग्राम बनाउने लक्ष्य लिएर काम गरे,तर अहिले परिस्थिती फेरिएको छ । कोभिड १९ पछि आर्थिक गतिविधि कमजोर बन्दै गएको छ । औद्योगिकग्राम बन्ने स्थान वातावरणिय हिसाबले सुनवल वार्ड नैे ४ स्थित चारघरे क्षेत्र,तुरिया खोला किनारमा बनाउन लगाईएको थियो । तर अहिले उद्योग ब्यवसाय गर्ने पुर्वपश्चिम राजमार्ग क्षेत्र नै रोजाईमा परेको देखिन्छ । त्यो भएर पनि नगरपालिकाले औद्योगिक क्षेत्रमा लगानी गर्न सकेको छैन् । संघिय सरकारबाट पनि चाँसो लिइने काम कमजोर भयो । स्थानिय उद्योगी ब्यवसायीले पनि चाँसो देखाएनन्,उनले थपे, औद्योगिकग्रामको क्षेत्र अहिले पनि सुरक्षित नै छ ।
मुलुकको आर्थिक अवस्थामा सुधार आए सुनवलमा पनि आर्थिक चलायमानको अवस्थामा वृद्धि भएमा उद्योग ब्यवसायी औद्योगिकग्राममा उद्योग लगाउन तयार हुने देखिएमा लगानी गरेर औद्योगिकग्राम बनाउने उनले आश्वस्त परेका थिए । सुनवल पछि अहिले वर्दघाटमा पनि औद्योगिकग्रामको काम अलपत्र नै रहने गरेको देख्दा औद्योगिकग्रामको असफल अभ्यास सावित हुनेमा कुनै दुविधा छैन् । सरकारी लगानी र उद्योगी ब्यवसायीको चाहना मिल्न नसकेको देखिन्छ । पछिल्लो दोश्रो कार्यकालका खजुराखोला कटनाको जोखिममा रहेको जिल्लाका वर्दघाट नगरपालिकाको अगाडी बढाएको औद्योगोगिक ग्रामका काम अलपत्र परेका छन् । सम्भाब्यता विना नै खोला किनारमा औद्योगिक ग्राम बनाउने कार्य अहिले अलपत्र जस्तै देखिएको स्थानियले बताएका थिए ।
सरकारको बजेट र योजना पाउदैमा जहाँ सुकै फाल्ने र अलपत्र बनाउने अहिलेका जनप्रतिनिधिमा अदुर्शिता देखिन्छ । बजारसँग जोडिएको र सर्वसुलभ पहुँचको आधार नै नभएको खोला जोखिममा परेको औद्योगिकग्राममा विगतमा केही कामहरु भए पनि अहिले अलपत्र देखिने गरिएको स्थानियको भनाई रहेको थियो । औद्योगिक ग्राममा कृषक,उद्यमी,महिला तथा अन्य उद्योगका लागि उद्योग बाणिज्य संघसँग समन्वय गरि उद्योगको स्थापना गर्न प्रोत्साहन गरिनु पर्ने देखिएको छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *