
नवलपरासी,१२ भदौ
जिल्लाको सुनवल १२ बडेरा स्थित हरि भण्डारी जैविक मल(गडयौला मल) बनाउने कार्यमा जमेका छन् ।गडयौला मलमा सम्भावना छ, सोही मलमै भविष्य देख्दै उनि अहिले गडयौला मल बनाउने कार्यमा जुटेको जनाएका हुन् ।
शुरुमा थलिएको कृषि फर्म अहिले गडयौला मलको फर्ममा परिणत गर्दै भण्डारी अहिले गडयौला मलको क्षेत्र विस्तार गर्ने सोच बनाएको सुनाए । थोरै मल बनाउदा बाहिरसम्म निर्यात गर्न सकिएन,उनले भने,केही पनि पलको अर्डर गर्दा एक गाडी चाहियो भन्ने भन्छन्, जुन तत्कालै बनाएर आपुर्ति गर्ने अवस्था हुदैन् । यदि तुरन्तै आपुर्ति गरियो भन्ने पक्कै त्यो गडयौला मल हुदैन ् । गडयौला मल बन्नका लागि कम्तीमा तिन देखी चार महिना लाग्छ नै,उनले आफ्नो अनुभव सुनाउदै भने, थोरै मात्रामा उत्पादन गर्दा विक्री गर्ने समस्या देखियो । त्यो भएर अहिले यसको क्षेत्रफल बढाउन तर्फ लागेको सुनाए ।


गाँउबाट गोबर संकलन गरिन्छ,त्यसमा गडयौलालाई तहगत राखिन्छ । माथिबाट केही पातपतिँगरको सोत्तर राख्ने गरिन्छ । उन्नत खालका गडयौलाहरु विस्तरै गोबर खादै हुर्किन थाल्छन् । गोबरलाई मलमा परिणत गर्दै पनि जान्छन् । माथिल्लो सतहबाट गोबर खादै मल बनाउदै तल्लो सतहसम्म जाने क्रममा माथिबाट मल संकलन गर्दै थुपार्दै लगिन्छ । यसका लागि गडयौला मलको फर्ममा दैनिक चार जना कामदार मल संकलनमै लागेका हुन्छन् । गडयौलालाई अक्सिनजका लागि पनि विस्तारै गोबरलाई चलाउने काम पनि गरिन्छ । आद्रता मिलाउन बेला बेला पानी छर्कने काम पनि हुन्छ ।

पहिला गडयौला मल सुन्ने गरिन्थ्यो,अहिले आफै लागेर काम गर्दा आफुलाई फरक अनुभव भई रहेको सुनाए । वास्तवमा सजिव हलो भनेर पुराना बुढा पाकाहरु भन्ने गर्थे,जमिनलाई गडयौलाले नै चालेर जोताई गरिदिए जस्तो बनाई दिन्थे । ति काम यो फर्ममा आफ्नै आँखाले देखिन थालिएको उनले अनुभव सुनाए । तर अहिले किसानले प्रयोग गर्दै आएका रासायनिक मल,किरा तथा झारपात मार्न प्रयोग गरिने विषदी,बालीनाली काटिसके पछि खेतबारीमा लगाउने आगलागी गडयौलाका सत्रु भए । जुन कुरा अहिले धेरै किसानले बुझदै गएका छन् । किसानको आकर्षण पनि जैविक मल प्रति बढेको देखिन्छ । तर त्यो जैविक मल कसरी बनाउने,कसरी प्रयोग गर्ने विधि विस्तारै हराउदै गएको छ । विधि प्रकृया विर्सिसकेका किसान त्यसको खोजीमा छन् । जैविक मलको प्रयोग गर्न चाहन्छन् । बजारमा अहिले जैविक मलको माग बढदो छ । जैविक मलको नाँउमा किसान भ्रमित नहोउन भनि आफु गडयौलाको फार्मिगँसँगै गडयौला मलको उत्पादनमा जुटेको बताए ।
जैविक मलको नाँउमा केही कम्पनीहरु पनि खुलेका छन् । जुन किसानलाई जैविक मल भनेर कमसल समाग्रिलाई पिसेर पछि दाना दाना तयार गरि जैविक मलको ब्राण्डिगँ र विक्रिवितरण गर्दै आएका छन् । कमजोर सरकार र असंगठित किसानको फाईदा अहिले जैविक मल कम्पनीले उठाउने गरेको उनले अनुभवन पनि सुनाए । कम्पनीले कसरी दानादार जैविक मल तयार गर्न सक्छ ? उनले प्रश्न गरेका थिए । जैविकको अर्थ जुन मलमा प्रत्यक्ष जिउँ रहन्छन् । खेतीबारीमा पुग्दा आफ्ना र्बश बिकास गर्दै माटो र झारपात खादै खेतबारीमै मल बनाउने प्रकृयामा लाग्छन् । जस्को प्रत्यक्ष उदाहरण उनले देखाए । यदि यो गडयौला मल खेतबारीमा हालियो भन्ने यसमा अहिले पनि गडयौलाका स साना लार्भा,प्युपा,फूल र केही गडयौला नै मिसिएर खेतमा पुग्छन् । खेतमा पुगेर ति गडयौलाहरु आफ्नो बंस विकासमा लाग्दा माटो र झारपात खादै मलको स्वरुप प्रदान गर्छन् । यि कुरा किसानलाई बुझ्न र बुझाउन अतिआवश्यक रहेको उनले बताए । धेरै किसानलाई आफ्नो कृषि कर्म,खेतीपाती,बालीनालीको बारे आधारभुत ज्ञान नहुदा मल हालेर बाली बढाउने धुनमा बजारमा जे पायो,त्यही हल्लाको भरमा प्रयोग गर्यो,उनले भने, दुःखद पक्ष तँ यो छ, कि सरकारी निकायले नत यसबारे कृषि सचेतना सञ्चालन गरेको छ, नत कृषि र कृषकसँग खेलेर आफ्नो कमाई बाटो मात्र बनाउनेलाई सरकारले नियन्त्रण गर्न सकेको छ ।
सरकारी निकायका नियमन अधिकारीहरुकै संग्लगनता ति उद्योगसँग रहेको देखिन्छ । जनप्रतिनिधि पनि तिनैलाई प्रोत्साहन गर्दै ब्यपारमा लागेका हुन्छन् । सस्तो लोकप्रियताका लागि विना परिक्षण भिआईपीहरु ति उद्योगको अनुगभन नियमन भन्दा उदघाटन गर्दै प्रोत्साहित पनि गरिदिन्छन् । विचरा किसान कस्को भरोसा गरुन,उनले दुःख ब्यतm गरेका थिए । यस्तै रवैयाले आज जमिनको अवस्था विक्रिदै गएको देखिएको छ । जैविक मलको नाँउमा विभिन्न बस्तुमा माटो सिमाई जैविकको ब्यपार हुदैछ । अहिलेका किसानहरु आर्गेनिक मल प्रति आकर्षित भई रहेको बेला जैविक बलको नाँउमा ठगि गरिरहेको केही उद्योगलाई नियमन र नियन्त्रण गर्न आवश्यक रहेको उनले सुनाएका थिए ।

सरकारले चाह्यो भन्ने सबै किसानलाई यस्ता गडयौला फर्म प्रोत्साहित गरेर जैविक मल अभियान सञ्चालन गर्न सक्छ,त्यसका लागि आफु सहजीकरण गर्न तयार रहेको बताए । आफु केही स्थानिय तहमा प्रस्ताव लिएर गए पनि खासै वास्ता(रिसपन्स) गरिएको पाइएन् । जनताका लागि जनप्रतिनिधि नै यि कुरा सुन्न चाहदैनन् । कर्मचारीलाई तँ यो झन्भटिलो प्रस्ताव तँ भई नै हाल्छ । किसानले पहिला जस्तो पशुपालन पनि गर्न छाड्दै गए । घरमै तयार हुने गोबर मल पनि हराउन थाल्यो । पहिला गोरु पाल्ने किसानले अहिले टेक्टरले जोताई तँ गर्ने भए,तर गोरुले दिईने गरेको गोबर ट्याक्टरले तँ दिदैन्,उनले तर्क दिदै भने,ट्याँकटरले यदि खेत जोतेर सहज बनाउने कार्यसँगै विदेशिने युवाहरुलाई यस्तो गडयौला मल बनाउने कार्य प्रति सरकारले प्रोत्साहित गरिदिन्थ्यो भन्ने विदेशिने युवा स्वदेशमा काम पाउथे र माटोको गुणस्तर सुधार्नमा योगदान पुर्याउने थिए ।
बनजंगलमै नवलपरासीकै जंगलमा अहिले साढे ६ लाख क्विन्टल झारपात छन्,जुन सुकेर पछि बनमा डढेलो लगाउछन् । ति झारपात संकलन र कम्पोष्ट मललाई प्रोत्साहन गरिदिदा पनि बन जोगाउने माध्यम,माटो सुधार्ने उपक्रम बन्नेमा उनले विश्वास ब्यतm गरेका थिए । नेचुरल गडयौला मल नामको उतm गडयौला मल अहिले स्थानिय किसान खरिद गरि लग्ने गरेको उनले बताएका थिए । तर टाढा टाढाँबाट पनि खरिदका लागि अर्डर आईरहेको छ,तर धेरै मात्रामा तयार गरियो भन्ने मात्र ति मल विक्रि वितरणको सहज वातावरण बन्ने विश्वासले क्षेत्रफल विस्तारमा आफु लागेको सुनाएका थिए ।
