
नवलपरासी, १ साउन
प्राचीन कोलिय गणराज्य भित्रको महत्वपुर्ण स्थान सापुगा वा सायुगा नगरको अवलोकन गर्दै उद्योग बाणिज्य संघले पर्यटकिय गन्तब्य बनाउनमा चाँसो ब्यतm गरेको छ । जिल्लाको सरावल गाउपालिका ३ सरावल र जनकपुर गाँउको विचमा अवस्थित उतm स्थल बुद्धभुमिसँग जोडिएको हुदा बौद्धपरिपथसँग जोडेर यस क्षेत्रको विकास गरि पर्यटकिय गन्तब्य बनाउनु पर्ने टोलीले चाँसो ब्यतm गरेका हुन्
संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले बौद्ध परिपथसँग जोडेर यो स्थानलाई बुद्धभुमि चिनाउनमा गाउपालिकाले काम गर्न सुझाव दिइएका थिए । उनले यसका लागि संघले पनि निजी क्षेत्रको तर्फबाट यस क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा लाग्ने बताएका थिए । बौद्धकालिन(सरावल गाँउ) नामले चिनिने सम्भावित प्राचिन नगर भएको भन्दै गाउपालिकाका तत्कालिन अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलेले उतm स्थान नै सायुगा नगर भएको घोषणा समेत गरेर संरक्षण समेत गर्ने कार्यको शुभारम्भ गरेका थिए । तर पुरातात्वि अनुसंधान नभएका कारण अहिले अन्य पुर्वाधार बनाउन सकेको छैन् ।
अहिले पनि बुद्ध स्थलहरुको पहिचान सहितको पुस्तक नै प्रकाशित गरि पहिचान गराउने कार्य भई रहेको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले बताएका थिए । लुम्बिनी प्रदेशको यो सायुगा जुन स्थानमा भगवान गौतम बुद्ध र उनका अग्रसेवक आनन्द आएको स्थान हो । सायुगा या सापुगा नगर कोलिय गणराज्यको एउटा समृद्ध र घनाबस्ती भएको ब्यवासयिक नगर थियो । एक पटक आनन्द यहाँ आएका थिए र बसेका पनि थिए । अगुंतर निकायबाट यसको पहिचान हुन्छ ।
भगवान पनि यो नगरमा आएका थिए तर विशेष धर्मो उपदेश गरेको बर्णन नभए पनि भगवान यस्ता बस्तिमा आउने र स्थानियहरुले दान दिने गरेका थिए । सम्भवतः सायुगा नगरबाटै अपभ्रन्स भई अहिले सरावल गाउ हुन सक्ने र पुरानो सरावल गाउ अहिले पनि खण्डहरको अवशेषको रुपमा रहेको छ । त्यो भएर पनि भगवानको दान पारमी वृद्धिका लागि दानको महत्व बर्णन गरिएको सायुगा नगर नै अहिलेको सरावल गाउ हो,जुन अहिले यसैको नाँमले गाउपालिका पनि बनेको छ ।
बौद्ध परम्परामा चित्तको शुद्धि प्रमुख साध्य हो । त्यो क्रमिक अभ्यासबाट सम्भव हुन्छ । बोधिसत्वले मन, वचन र कर्मको शुद्धिका लागि पुण्य र ज्ञानको सञ्चय गर्दछन् । जब पुण्य र ज्ञानको चरम सञ्चय हुन्छ, तब बोधिसत्व बुद्ध बन्छन् । पुण्य र ज्ञानको संभारका लागि पारमिताको अभ्यास गरिन्छ । यसले शील, समाधि र प्रज्ञाको सोपानमा आरोहण गर्न सहज बनाउँछ । साधनाको लक्ष्य हो, आधारभूत तहबाट धेरै परसम्म वा गहिराइसम्म पुग्नु । त्यसैले दुःखबाट पर लाने केही खास क्षेत्रलाई पारमिता भनिएको हो ।
सायुगा नगर स्थलमा प्रतिकको रुपमा रहेको सिगोँरको रुखलाई समेत स्थानियले संरक्षण गदआएका छन् । प्राचीन स्थलको नामलाई प्राचीन बौद्धकालिन वृक्ष सिँघोरको जैविक पहिचान हो । जसरी कोलिय गणराज्यको पहिचानका लागि कोलवृक्षलाई आधार बनाइन्छ,त्यसै गरि सायुगाको प्रति सिघोँरवृक्षको पनि उत्तिकै महत्व रहेको स्थानियले बताउने गरेका छन् । पुरातात्विक खोजले ऐतिहासिकतालाई प्रमाणित गरे पछि यस स्थानले अन्तराष्र्टि«य पहिचान पाउने छ । यो बुद्ध साईटको रुपमा विकास हुनेछ ।
अहिले यस क्षेत्रमा बन्दै गरेको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)मा यस क्षेत्रको चौतर्फि विकाससंगै भिच्छु बस्ने बुद्ध विहार समेत निर्माण गराई बौद्ध भिच्छु बसाल्ने योजनाले सायुगा क्षेत्रलाई पहिचान गराउन स्थानियले माग गर्दै आएका थिए । बौद्ध भिच्छुद्धारा निरन्तर यस क्षेत्रमा हुने देशनाले प्राचिनकालमा जसरी बुद्धले परामिताबारे भिच्छुद्धारा स्थानियबासीले ति सन्देश पाउने र जिवन शुखी बनाउने र विभिन्न पारमिता वृद्धि गर्ने आधार तयार भएको हुदा सरावल गाउपालिकालाई नै देश विदेशमा पहिचान गराउने यो स्थानको ठूलो महत्व रहने देखिन्छ ।
सो स्थानको महत्व दान पारमितासँग जोडिदा बौद्ध दर्शन अनुसार के होला ? भन्ने जिज्ञासा उठ्ने गर्छ । बौद्ध दर्शन अनुसार दानको अर्थ हो, दिनु । आफूसँग भएको कुरा अरुको हितका लागि दिनु दान हो । दरिद्रतालाई हरण गर्ने हुनाले यस्तो क्रियालाई दान भनिएको हो । दान दिनका लागि मुख्य तीन क्षेत्र हुन्छन् पहिलो उपकारी क्षेत्र– माता, पिता, वृद्ध आदि जसले आफ्नो उपकार गरेको, दोश्रो दुःख क्षेत्र– गरीब, भोका, नाङ्गा आदि र तेश्रो गुणक्षेत्र– बुद्ध, बोधिसत्व, साधु, सज्जन एवं मित्रहरु हुन् ।
यसै गरि दानका प्रकारहरुमा, आमिष दान– वस्तु, द्रव्य, पैसा, भोजन, औषधि, वस्त्र आदिको दान आमिष दान हो । यो पनि त्याग, महात्याग र अतित्याग गरी तीन प्रकारको हुन्छ । सामान्य वस्तुहरु दान दिनु त्याग हो । आफ्ना अत्यन्त प्रिय कुरा पनि दान गर्नु महात्याग हो । आफ्नो शरीरका अङ्ग समेत दान गर्नु अतित्याग हो । यसै गरि अभय दान– अरुको डर र त्रास हटाइदिने प्रयास गर्नु, मैत्री दान– ध्यान भावनाद्वारा अरुको सुखकामना गर्नु, मित्रता प्रदान गर्नु र धर्म दान– ज्ञानको महत्व बुझाउनु, सही मार्गको प्रचारप्रसार गर्नु हो । यसमा सही दान के हो ? लोभ नगरी दिइएको, वस्तुको स्वभावलाई चिनेर दिइएको, कुनै शर्त नराखिएको, ग्राहकलाई सत्मार्गमा रुचि बढाउने हो ।
यसै गरी दानका विपक्षहरु पनि छन्,दानलाई सही दान हुन नदिने प्रवृत्तिलाई दानको विपक्ष भनिन्छ । दानका विपक्षहरु पनि यस प्रकारको उल्लेख भएको पाईन्छ, जस्मा दिन लागेको वस्तुमा आशक्ति रहनु, दिन ढिलाइ गर्न मन हुनु, अलिकति दान दिएर सन्तुष्ट हुनु, दान दिन लागेकालाई रोक्नु,फलको आशाले दान गर्नु, दानको उद्देश्यमा आशक्ति हुनु, कसैलाई केही कुरा दिएँ भन्ने सूक्ष्म अहङ्कार रहनु विपक्ष हुन ।
