
नवलपरासी, १५ असार
जिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) लाई नेपाल पर्यटन बोर्डले अनोमा प्रबज्या स्थल घोषणा गरेको छ । सुस्ता गाउपालिकालाई यहिँ २०८२ साल असार १५ गते पत्राचार गर्दै उतm स्थल बौद्धमार्गीको एक महत्वपुर्ण तिर्थस्थल पर्यटकिय क्षेत्र भएको घोषणाबारे जानकारी गराएको हो ।
नेपाल विश्व माझ गौतम बुद्धको जन्मस्थल को रुपमा प्रचलित रहेको र भगवान बुद्ध (सिद्धार्थ गौतम) र बौद्धधर्मावलम्बिहरुको लागि विशेष महत्व राख्ने स्थानहरुका लागि प्रसिद्ध भएकै कारण नेपाल बौद्ध धर्मावलम्बीहरुको लागि एक धार्मिक पर्यटकिय गनतब्य रहदै आएको छ । यस सन्दर्भमा अनोमा नदी (नारायणी नदी) को किनारमा अवस्थित लुम्बिनी प्रदेश नवलपरासी जिल्ला वार्ड नं. ५ पकलिहवा स्थित अनोमा घाट(ठाढी घाट लाई भगवान सिद्धार्थ बुद्धको महाभिनिस्क्रमण स्थललाई अनोमा प्रबज्या स्थल घोषित भएकोमा हार्दिक बधाई तथा सो प्रबज्या स्थललाई बौद्ध धर्मावलम्बिहरुका लागि एक नयाँ पर्यटकिय गनतब्यका रुपमा विकास तथा प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड सहकार्य गर्न तयार रहेको पनि जानकारी दिदै हार्दिक शुभकामना ब्यतm गरेको कुरा पत्रमा उल्लेख छ ।


बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीद्धारा हस्ताक्षरित उतm पत्र सार्वजनिक भए पश्चात सरोकारवाला उत्साही भएको जानकारी गराएका छन् । अनोमाघाट घोषणा गराउनमा प्रयत्नरत रहेको पिस क्लब इन्टरनेसनल नवलपरासीका अध्यक्ष सम्भु उपाध्यायले अहिले पर्यटन बोर्डको उतm घोषणाले जिल्लाबासीलाई उत्साही बनाएको प्रतिकृया दिएका थिए । त्यसका लागि तत्कालिन गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डे र तत्कालिन प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलको सक्रियता रहेको थियो ।
अनोमाघाट घोषणा पश्चात उतm स्थानमा असार पुर्णिमाको दिन महाभिनिष्क्रमण दिवस मनाउने र कार्तिक पुर्णिमा हजार बत्ति बालेर मनाइदै आएको छ । असार पुर्णिमाकै दिन सिद्धार्थ गौतम गृहत्याग गरि अनोमाघाटमा पुगेर महाभिनिष्क्रमण (प्रबज्या) लिई कपाल मुण्डन गरेर सन्यास धारण गरेर ज्ञानको खोजीमा निस्केका थिए । परापुर्व काल देखी ठाढीघाट मेला तथा कुस्ति प्रतियोगिता हुने सुस्ता ५ स्थित गण्डकी (प्राचिन अनोमा नदी) स्थित बौद्ध तिर्थ स्थलको रुपमा पहिचान बनाउदै आएको अनोमाघाट (ठाढीघाट) मा हजार बत्ति बाल्ने कार्यक्रम गाउपालिकाले गरेको थियो ।
नेपालको बोधगायको रुपमा संसार भरि चिनाउने उदेश्यले गाउपालिकाद्धारा विभिन्न कार्यक्रम हुदै आएको छ । बोधगयामा सिद्धार्थले ज्ञान प्राप्ती गरे पनि अनोमाघाटबाट ज्ञानको खाजीमा निस्कने पहिलो पाईला भएको हुदा नेपालको बोधगाय भनेर चिनाउनमा स्थानिय पनि लागेका थिए । हजार बत्तिको अर्थ भगवान बुद्धको संघमा एक हजार जना साधु दिक्षा लिएर(प्रबज्य भई भिच्छु बनेको दिन हो । ति हजार जना भिच्छु पछि बुद्धको शिक्षा अनुसार ध्यान (विपश्यना) अभ्यास गरेर पछि अरहन्त(मुतm) भएको बौद्ध इतिहासमा उल्लेख छ ।
सारनाथमा पाँच बर्गिय भिच्छुलाई धम्म चक्र पर्वतन चलाए । सिद्धार्थ गौतम बुद्ध हुनु पुर्व मगधका तत्कालिन सम्राट बिम्बिसारलाई बुद्धत्व(ज्ञान) प्राप्ती पछि त्यो ज्ञान सबै भन्दा पहिला सम्राट बिम्बिसारलाई दिने बचन दिएका थिए । सो बचन पुरा गर्नका लागि बुद्ध सारनाथबाट कातिक पुर्णिमाका दिन ज्ञान दिन तत्कालिन मगधको राजधानी राजगिर जाने क्रममा नदी कश्यप,उर्वेला कस्यप र गया कश्यप तिन जना जटिल ऋषि सहित उनका शिस्यलाई समेत सो ज्ञान बाटोमा दिदै भिच्छु संघ बनाए । ति ऋषिका क्रमशः५ सय, ३ सय २ सय शिष्य थिए ।
ति सबै जना बुद्धबाट दिक्षा लिएर भिच्छु बनेका थिए । एकै दिन १ हजारको संख्यामा साँधुहरु भिच्छु भएको दिन कातिक पुर्णिमाको दिन थियो । तिनै एक हजार भिच्छुलाई लिएर भगवान बुद्ध सम्राट बिम्बिसारको दरबारमा पुगेका थिए । सम्राट विम्बिसारले भगवानको स्वागतमा पुरै राजगिरमा दिप जलाउन लगाएका थिए । भोजदान गरेका थिए । सोही दिन सम्राट विम्बिसारले भोजनदान पछि भगवानलाई बेलुबन उपहारमा पनि दिए । सोही स्थानमा भिच्छुहरुको बासका लागि बेलुबन विहार बनेको थियो ।
भारत,श्रीलंका,म्यानमार,थाईलैण्ड लगायतका विभिन्न देशमा कातिक पुर्णिमालाई विभिन्न कार्यक्रम गरि बौद्ध विहारहरुमा कार्यक्रम हुने गरेको छ । बुद्धको तिनै शिक्षालाई प्रवाह गर्ने गरि विश्व शान्तिको स्रोतको रुपमा अनोमाघाटलाई विकास र पहिचानका लागि कार्यक्रम गर्ने क्रममा गत बर्ष देखी कातिक पुर्णिमाको दिन ति एक हजार भिच्छुहरु बुद्धको ज्ञान पाएर जरामरणबाट मुतm भएको दिन सम्झदै हजार बत्ति बाल्ने परम्पराको शुभारम्भ तत्कालिन प्रमुख प्रशासकिय अधिकृत पौडेलले चलाएका थिए । यो बर्ष पनि पालिका,वार्ड कार्यालय र स्थानियबासी मिलेर सो परम्परालाई निरन्तरता दिएको पालको भनाई थियो ।
गत असार पुर्णिमामा पनि सिद्धार्थ गौतम गृहत्याग गरि यो अनोमाघाटमा पुगेर कपाल मुण्डन गरि राजसी पोशाक त्याग गरि सन्यास धारण गरेर बोद्धीको खोजीमा लागेको दिन सम्झदै स्थानिय र श्रद्धालुहरुले कपाल मुण्डन गरि असार पुर्णिमा मनाएका थिए । असार पुर्णिमा देखी बुद्धको भिच्छुहरुको बर्षाबास शुरु हुन्छ । त्यो दिन अनोमाघाटमा महाभिनिष्मण दिवस मनाईने चलन छ । दुई बर्ष देखी कातिक पुर्णियमा हजार बत्ति बाल्ने कार्यक्रमले अनोमा घाटलाई थप उचाईमा पुर्याएको उनले विश्वास ब्यतm गरेका थिए । अनोमाघाटमा कम्तीमा पनि असार पुर्णिमा र कातिक पुर्णिमालाई भब्यताका साथ मनाउने कार्यले संसारका बौद्धहरुको आकर्षण बढ्दै गएको छ । सिद्धार्थ गौतम गृह त्याग गरेर ज्ञानको खोजीमा निस्कदा कोलिय राज्यको अन्तिम सिमा अनोमा नदी किनारमा पुगे पछि उनको कन्टक घोडा ठढा भयो,त्यही बेला देखी स्थानिय स्तरमा ठाढीघाटको रुपमा चिनिएको हो ।
