बर्ष दिन पहिलै सञ्चालनमा आउने परासी बसपार्क हालसम्म सञ्चालनमा आएन

नवलपरासी,९ कातिक
जिल्लाको सदरमुकाम परासी स्थित निर्माणकार्य सम्पन्न भई सकेको बसपार्क एक बर्ष पहिला नै सञ्चालनमा ल्याउने तयारीमा रामग्राम नगरपालिकाले ल्याउन सकेको छैन् । बसपार्क हस्तानान्तरण नभएको जनाउदै नगरपालिकाले सो बसपार्क सञ्चालनमा नल्याईएको जानकारी गराएको हो ।
लामो समय देखी सदरमुकाम परासीमा बसपार्क निर्माण हुनु पर्ने माग हुदै आएको र अहिले बसपार्क निर्माण भएर नगरपालिकासँग सञ्चालनबारे शहरी तथा भवन कार्यालयले परामर्श गर्दै सञ्चालनमा ल्याउनका लागि नगरपालिका गृहकार्यमा जुटेको थियो । बसपार्कको हस्तानान्तरण नहुनुका साथै बसपार्कमा अहिले पनि पहुँच मार्ग निर्माण भई नसकेको अवस्था,सुरक्षार्थ प्रहरी विट लगायत अन्य पुर्वाधार निर्माण अपुग रहेकोले सञ्चालन गर्न नसकिएको नगरपालिकाले दाबी गर्दै आएको छ । भवन कार्यालयका प्राविधिकहरुसँग एक चरणको बसपार्क सञ्चालनबारे छलफल भई सकेको जानकारी गराउदै पुरै पुर्वाधार निर्माण नभएका कारण सञ्चालनमा समस्या भएको रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बताए ।
बसपार्कमा अझै पनि केही काम गर्न बाकी देखिएका छन्,उनले भने,ति पुरै काम सम्पन्न गरेर मात्र सञ्चालनमा ल्याइन्छ । बसपार्क नगरपालिकाले कसरी सञ्चालन गर्नेबारे पनि आन्तरिक तयारी भई रहेको बताउदै उनले निजी क्षेत्रसँग सहकार्यमा सञ्चालन गर्ने कि नगरपालिकाले अन्य प्रकृयाहरु पुरा गरेर आफै सञ्चालनमा ल्याउने निधो हुन बाकी रहेको जानकारी गराए । बसपार्क निर्माण भई सकेको हुदा जति सक्दो छिटो सञ्चालनमा ल्याउने नगरपालिकाले काम गरि रहेको छ । छिटै नै सञ्चालन होस भन्ने चाहना नगरपालिकाको रहेको छ । तर केही प्राािवधिक कठिनाईहरु पनि छन् । अन्य स्थानको बसपार्क सञ्चालनबारे प्रकृयाको अध्ययन गर्ने काम पनि भई रहेका छन् ।
रामग्राम नगरपालिका वार्ड नं.४ केरवानी स्थित झरहीखोला किनारमा ५ करोड भन्दा बढि रकम खर्चेर निर्माण भई सकेको बसपार्कको र केही निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रतिनिधि उमेश जैसवाल (गुप्ता)ले जानकारी गराएका थिए । डेढ बर्ष पहिला नै बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको दाबी गरिएको थियो । एक महिना भित्रै बसपार्कको सबै काम सम्पन्न गरि हस्तानान्तरण गरिने दाबी पुर्वाधार कार्यालयले गरेको थियो,तर पुर्वाधार नबनेको हुदा बसपार्क सञ्चालनमा समस्या देखिन थालेको छ । बसपार्कमा बस राख्ने स्थान,कार्यालय भवन,सौचालय,कम्पाउण्ड,उद्धान,प्रवेशद्धार,शुरक्षा गार्ड कक्ष लगायतका पुर्वाधार बनिसकेको छ । सबै पुर्वाधारहरुको रंगरोदन समेत भई सकेको अवस्था छ । शहरी तथा भवन कार्यालयले आफ्नो कार्य सम्पन्न गरिसकेको जस्तो देखिएको छ ।
बसपार्क सञ्चालन गर्नका लागि अतिआवश्यक पुर्वाधारको निर्माण गरि डेढ बर्ष पहिला नै कार्यालयले हस्तानान्तरण पत्रमा हस्ताक्षर गरि कार्यालयले रामग्राम नगरपालिकालाई बुझाई सकेको कार्यालयबाट नवलपरासीको साइट हेर्ने सब इन्जिनियर विरेन्द्र मण्डलले जानकारी गराएका थिए । अन्य पुर्वाधार विस्तारै बनाउदै जाने प्रतिवद्धता समेत कार्यालयको थियो,उनले भने,तर नगरपालिकाले चाँसो लिएर बसपार्क सञ्चालन गर्न पथ्र्यो,तर पुर्ण पुर्वाधार नबनेको र हस्तानान्तरण भएको भन्दै सञ्चालन प्रकृयाबाट नगरपालिका पन्छिन खोजेको समेत उनको भनाई थियो । उनका अनुसार एउटा पुर्वाधार हस्तानान्तरणको जिम्मेवारी नलिदा नगरपालिकाको आर्को परियोजनालाई असर पार्न सक्छ,उनले भने,हस्तानान्तरण लिएको स्वीकार नगर्नु भन्दा ति आयोजना निरन्तरता भई रहेको बुझिन्छ,जस्ले गर्दा आर्को आयोजना थप्नलाई प्राविधिक कठिनाई हुन्छ,बसपार्क हस्तानान्तरण नलिई सञ्चालनमा नल्याउनु नगरपालिकाकै लागि पुर्वाधार आयोजना घाटा पनि हो । त्यसले गर्दा यस प्रति विचार पुर्याएर छिट्टो बसपार्क सञ्चालनमा ल्याउनु पर्छ ।
अब स्थानिय प्रशासनले पनि यस क्षेत्रका लागि आवश्यक सुरक्षा प्रबन्धमा लाग्नु पर्छ । बसपार्क नजिकै अब प्रहरी विटको पनि आवश्यकता रहेको छ । शहरी तथा भवन कार्यालय चितवनको लगानीमा विगत पाँच बर्ष देखी काम भई रहेको थियो । बसपार्क नहुदा सदरमुकामा आउने जाने बस तथा यात्रुबाहक यातायातका सवारी साधन राख्ने स्थानको समस्या देखिएको थियो । अहिले पनि बसहरु सडक छेउमै उभ्याउने गरिएको छ, । यसले बजार क्षेत्रमा दुर्घटना निम्त्याउने गरेको छ । अहिले पनि सडकको एक लैन बस तथा यातायातका साधनले नै ओक्टेर बस्दा सो सडकमा आउ जाउ गर्ने अन्य यात्रीलाई सास्ती हुने गरेको छ । पहिला बसपार्क थिएन् । बस र यातायातका साधन कहाँ राख्ने भन्ने बहना थियो । अब बसपार्क बनिसकेको छ ।
स्थानिय प्रशासन र ट्रफिक प्रहरीले पनि अब यातायात ब्यवस्थापनमा चाँसो लिनु पर्छ । बसपार्क परासी बजारका लागि एउटा गहना जस्तै पुर्वाधार थपिएको छ । झण्डै पाँच करोड लगानीमा बनेको उतm बसपार्क सञ्चालनमा आएन भने बसपार्क बनेको अर्थ रहदैन् । एक आर्कालाई दोषारोपण गर्दै बसपार्क सञ्चालनमा नल्याउने कुरा दुखद भएको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । दुबै कार्यालय मिलेर कुरा टुगँयाउनु पर्छ,अन्य सरोकारवाला निकाय मिलेर बसपार्क छिट्टो सञ्चालन गर्नु पर्छ,उनले भने, बसपार्क निर्माण जनताको करबाट संकलिन राजस्व खर्चेर बनेको छ,त्यसको जनताका लागि सदुपयोगमा ल्याउनु सरोकारवाला कार्यालयहरुको साझा दायित्व पनि हो ।
परासीबाट महेशपुर,भैरहवा,त्रिवेणी,काठमाडौ,बुटवल जाने सवारीसाधनहरु छुट्टने गर्छ । बसपार्कबाटै अब ति रुटमा चल्ने सवारीसधानहरु छुट्ने हुदा बजारको चोक चोकमा जम्मा भई रहेका सवारीसाधन त्यहाँ रुक्न पाउदैथ्यो । बसपार्कबाट सवारीसाधन छुट्ने र अआफ्नो रुटमा जाने हुदा धेरै जसो बजार क्षेत्रको अब्यवस्थित ट्रफिक ब्यवस्थापन हुने थियो । बाहिरबाट आएका सवारी साधन पनि केही समय बजारमा रोक्न पर्यो भने पनि समस्या हट्ने थियो । बसपार्कले केरवानी क्षेत्रमा बजारको समेत विकास हुने थियो ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *