
नवलपरासी,२५ चैत्र
बर्षाै देखी अलपत्र अवस्थामा रहेको रामग्रामको संग्राहलय क्षेत्रमा ध्यानकेन्द्र(विपश्यना केन्द्र) बनाउनु पर्ने स्थानियले बताएका छन् । रामग्राम स्तुप क्षेत्रमा ध्यान केन्द्र पनि नभएको र संग्राहलय स्थल अहिलेसम्म पनि अलपत्र देखिदा सो स्थानलाई ध्यानकेन्द्र सञ्चालन गर्ने निकायसँग समन्वय गरि उपलब्ध गराउन सके त्यसको सदुपयोग हुने स्थानियले विश्वास ब्यतm गरेका हुन् ।
सो स्थानको अवलोकन गर्दै रास्वपका जिल्ला कार्यावाहक अध्यक्ष रावि पाण्डेले पनि स्थानियको माग जायज जस्तै देखिएको बताए । पर्खाल र गार्ड बस्ने स्थान बनेको छ,उनले भने,तर भित्र फेरी गाईभैसी चराउने थलो बनेको छ । यसलाई संग्राहलय बनाउन सकिदैन,भने ध्यान केन्द्र सञ्चालन गर्ने संस्थासँग समन्वय गरि ध्यान केन्द्र बनाउन सकियो भने स्तुपमा आउने पर्यटक,भिच्छु लगायत धार्मिक तिर्थयात्रीलाई पनि लाभ हुनेमा उनले विश्वास ब्यतm गरेका थिए ।
भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रमा लुम्बिनी प्रदेश सरकारले निर्माण गर्न लागेको संग्राहलय अलपत्र परेको बर्षाै भई सकेको छ । विगत ५ बर्ष देखी प्रदेश सरकारले बजेट विनियोजन गर्न रोके पछि सो संग्राहलय अलपत्र परेको स्थानियको भनाई छ । रामग्राम स्तुप क्षेत्रको विकासका लागि विगत देखी हालसम्म विभिन्न प्रयास भए पनि विच विचमा हुने विरोधभाष गतिविधिका कारण योजनाहरु अलपत्र पर्ने गरेको जस्को उदाहरण यो रामग्राम संग्राहलय पनि एक हो ।
रामग्राम नगरपालिकाले सो स्थान पहिला ध्यान केन्द्र नै बनाउने निर्णय गरेको थियो । नगरपालिकामा जनप्रतिनिधि आउनु पुर्व तत्कालिन रोसन ज्ञवाली कार्यकारी अधिकृत हुदा खेरी नै सो स्थानमा लुम्बिनी विपश्यना केन्द्रसँग समन्वय गरि ध्यान केन्द्र बनाउने नगरसभाबाट नै निर्णय गराएका थिए । लगत्तै निर्वाचन भयो,निर्वाचित जनप्रतिनिधिले सो स्थानमा नै रामग्राम प्लाजा बनाउने योजना अगाडी सारे,तर त्यो योजना पनि तुहियो,पछि प्रदेश सरकारले सग्रालय निर्माण भनेर सो स्थानमा बजेट हाली पर्खाल लगाई दियो,तर पाँच बर्ष देखी बजेट नै विनियोजना गर्न रोके पछि जग्गा कब्जा गर्ने नीयति मात्रै देखियो ।
लुम्बिनी प्रदेशले सो क्षेत्रमा संग्राहलय बनाउने योजना ल्यायो,अहिले बजेट विनियोजन रोक्यो र योजना अलपत्र पर्यो । यो संघग्राहलयको निर्माण कार्य किन रोकियो ? भन्ने कुनै राजनीतिक दल,स्थानिय नेता तथा संघसस्थाले समेत चाँसो देखाएका छैनन्, । कम्तीमा यो संग्रालय निर्माण भएको भए रामग्राम स्तुपा क्षेत्र तथा जिल्ला भित्रका अन्य पुरातात्विक स्थलको उत्खननबाट भेटिने समाग्रि,साँस्कृतिक सम्पदालाई राख्न सकिन्यो । आउने पर्यटकलाई ति समाग्री हेर्न देख्न अवसर पाउथे । तर यसबारे जिल्लाकै सरोकारवालाहरु अनभिज्ञ देखिन्छन् । संग्रालय बनाउने योजना यदि स्थगित गरिएको हो,भन्ने ध्यान केन्द्र बनाउने कार्यलाई नै निरन्तरता दिनु पर्ने सोही स्थानका पुर्व वार्ड अध्यक्ष रामाशंकर हरिजनले बताए ।
करोडौ लगानीको संग्रालय निर्माण योजना कम्पाउण्डवाल र बस्ने सुरक्षागार्डका कक्ष मात्रै निर्माण गरि त्यसै छाडिएको छ । लुम्बिनी प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेल हुदा सो क्षेत्रमा संग्रालय निर्माण र पुलका लागि योजना राखिएको थियो । तत्कालिन भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको पहलमा महामाया मार्गको झरहीखोला पुल र संग्रालय निर्माणका योजना परेको थियो । पुलको निर्माण सम्पन्न भएको छ, । अहिले पुल निर्माणले आउने पर्यटकलाई आउजाउ सहज भएको छ । तर अहिले संग्रालयको काम रोकिदा रामग्राम स्तुप क्षेत्रका विगत र हाल भएको उत्खननबाट प्राप्त समाग्रि समेत पुरातत्वको टोलीले पुरातत्व विभागमा लगेर थन्काएको छ ।
प्राचिन,ऐतिहासिक समाग्रि फेला पर्ने गरेको देखिन्छ,तर ति समाग्रि कहाँ राख्ने भन्ने समस्या छ । लुम्बिनी प्रदेश सरकारले रामग्राम स्तुप देखी करिब ५ सय मिटर उत्तर तर्फ झण्डै डेढ विघा क्षेत्रफलमा संग्राहलय निर्माण गर्दा यहाँका स्थानियबासी उत्साही भएका थिए । अहिले बौद्धभिच्छु तथा पर्यटकहरु आउने क्रम बढेको छ । तर ति पर्यटकलाई देखाउने ढिस्को बाहेक अरु केही समाग्रि देखिदैन् । यहाँ आउने भिच्छु तथा पर्यटकलाई घामपानीले ओत पाउने खालका पुर्वाधान समेत नहुनु दुर्भाग्य भएको आर्को दुर्भाग्य हो । सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो,त्यसको विकासका लागि लुम्बिनी विकास कोष गठन भयो,सो कोषले काम गर्दै लुम्बिन्ी क्षेत्रको विकास गर्यो । तर सन १८९८ मा पत्ता लागेको रामग्राम स्तुप क्षेत्रको विकासमा पटक पटक हुने विरोधाभाषले अहिलेसम्म चरन क्षेत्रको रुपमा रहेको छ ।
