कृषकलाई चुनौती थपिदै ःअनिश्चित र महगोँ बन्दै मलखाद्यको आपुर्ति ब्यवस्था

नवलपरासी, २४ चैत्र
कृषि समाग्रि कम्पनी परासी शाखाले अहिले किसानलाई मलखाद्य उपलब्ध नगराउने र भण्डारणमै राख्ने गरि कम्पनीको केन्द्रीय कार्यालयले निर्देशन दिएको जनाएको छ । मलखाद्य नपाइएको गुनासो किसानले गर्न थाले पछि शाखामा पुगेर बुझ्ने क्रममा सो जानकारी गराएको हो ।
केही दिन पहिला संघिय संसद निर्वाचन क्षेत्र नं.२ का नवनिर्वाचित साँसद नरेन्द्र कुमार गुप्ताले मलखाद्यको समस्या बुझ्दै कृषि समाग्रि कम्पनीको अनुगमन गरे पश्चात तत्कालै कम्पनीले बैठक बसेको थियो । सहकारी मार्फत वितरण गर्ने जनाएको तर मल वितरणमा नभएको जनगुनासो पश्चात रास्वपाका कार्यवाहक अध्यक्ष रवि पाण्डे सहितको टोली कम्पनीमा बुझ्न पुग्ने शाखाले सो जानकारी गराएको पाण्डेले बताए । अहिले इरान अमेरिका युद्धका कारण एक्कासी मुल्यवृद्धि भई मल आयात गर्ने ठेकेदारले ठेक्का नै नहालेका कारण अगामी दिनमा मलको अभाव हुन सक्ने हुदा मौज्दान मल अहिले वितरण नगरि असारमा मात्रै वितरण गर्ने शाखा कार्यालयका प्रमुख तारा प्रसाद खनालले जानकारी गराएका थिए ।
अहिले मलखाद्यको आपुर्ति चुनौती पुर्ण बन्दै गएको देखिएको छ । यसका लागि सरकारले सरकारसँग (जि टु जि) मार्फत खरिद गर्नु पर्ने आवश्यकता देखिएको छ । मलको आपुर्ति चिन वा भारतसँग नजिक भएर जि टु जी खरिद गर्ने सम्भावना हुन सक्छ,जस्मा भारतबाट खरिद चिन भन्दा ढुवानीले सहज हुन्छ, तर भारत मै अहिले मलखाद्य अभाव हुने हो कि भन्ने आशंका पनि छ । इन्धनसँगै अब रासायनिक मलखाद्यको उत्तिकै चुनौती बढदै गएको उनको भनाई थियो ।
स्थानिय तहका जनप्रतिनिधि र सरोकारवाला कार्यालय सहितको बैठकले भएका मल यथा शिघ्र वितरण गरि कृषकलाई सहज सुलभ तरिकाले उपलब्ध गराउनु पर्ने कुरा उठाइएको थियो । थोरै मल आउने त्यसमा पनि वितरणमा ढिलाई गरिदिदा कृषकले मलखाद्यको समस्या झल्ने गरेको जन गुनासो थियो । कृषकले गर्दै आएको गुनासोलाई प्राथमिकतामा राख्दै जिल्ला स्थित कृषि समाग्रि कम्पनीको कार्यालयको अनुगमन र अवलोकन गरेका थिए ।
निर्वाचनका बेला र निर्वाचित भए पश्चात पनि मतदातासँगको भेटघाटको क्रममा किसानले मलखाद्यको समस्या राख्दा साँसद गुप्ताले कृषकले राखेका समस्याबारे वास्ताविकता जान्न कम्पनीको कार्यालय पुगेका थिए । लगत्तै दुई दिन भित्रै जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको थियो । वितरण गर्ने निर्णय पनि भएको थियो । तर अहिले आएर कम्पनीले वितरण रोकिदिए पछि पुनःकिसानहरु रास्वपा कार्यावाहक अध्यक्ष पाण्डेसँग गुनासो गरे र कारण बुझ्न पाण्डे कम्पनीको शाखा कार्यालयमा पुग्दा सो समस्याबारे जानकारी गराएको उनको भनाई थियो ।
कार्यालय प्रमुख खनालका अनुसार कृषि चुन र पोटास वितरण अहिले पनि खुल्ला नै छ, युरिया र डिएपी वितरण रोकिएको हो । उनका अनुसार हाल जिल्लाका किसान लागि आर्थिक बर्ष २०८२।०८३ का लागि युरिया ५ सय मे.ट.,डिएपी २ सय मे.ट.,पोटास ३ सय मे.ट. र कृषि चुन ३० मे.ट. मौज्दात छन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका किसानलाई १८ हजार मे.ट.मलखाद्यको आवश्यकता औल्याउछ , तर आपुर्ति भने एक तिहाई पनि हुदैन । त्यसमा पनि अहिले इन्धन र मलखाद्यको आपुर्तिमा देखिने समस्याले कृषक अब आफ्नै पारम्परिक आर्गेनिक मलको प्रयोग र आकासे जलको सिचाईमा भर पर्ने दअवस्था देखिएको छ । कृषकहरुले सिधै मल कम्पनीबाट खरिद गर्न पाउनु पर्ने वा कम्पनीले गाँउसम्म वितरण केन्द्र(डिपो तर्फ) मार्फत वितरण गर्ने माग समेत गरेका थिए ।
भारतिय सिमावर्ति किसान तँ नेपालबाट मल आपुर्ति हुन नसके पनि भारतकै मल ल्याएर प्रयोग गर्ने गरेका थिए । जिल्लामा २० हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । जिल्लाको घरधुरी र जनसँख्याको अनुपातमा प्रति १ हजार ४ सय १२ घरधुरीमा एक जना कृषि प्राविधिकहरु रहेको अवस्था छ । यसले कतिको प्रभावकारी कृषि सेवा प्रवाह गर्न सक्छन् ? सरकारले कृषि र कृषकलाई प्रोत्साहित गर्न नसक्दा अहिले युवाहरु विदेशिने बाध्यता देखिदै गएको छ ।
यसले तराईका जिल्लामा पनि खेतीपाती बाँझो हुने अवस्था सृजना हुदै गएको तथ्याँकले नै देखाएको छ । जिल्लाका जग्गाको तथ्याँक विवरण अनुसार जिल्ला भित्र अहिले ३९ हजार ४ सय ७ हेक्टर खेतीयोग्य जमिन रहेको छ । तर खेती गरिएको जमिन ३७ हजार १ सय २२ हेक्टर देखाइएको छ । यसरी कुल खेती नभएर बाँझो अवस्थामा २ हजार २ सय ८५ हेक्टर जमिनमा खेती नगरिएको अवस्थाले बाँझो नै हुने अनुमान छ ।
जिल्लाको भु उपयोगितको आधारमा कुल ७ सय ४८.३८ वर्ग किलोमिटर भुभाग रहेकोमा कृषि गर्न सक्ने ४२ हजार ९ सय ५६ हेक्टर भु भाग छ । बन क्षेत्र २१ हजार ८ सय ५९ हेक्टर,झाडी क्षेत्र ३७ हेक्टर र अन्य ९ हजार ९ सय ८५ हेक्टर रहेको छ । कृषि योग्य भुमि मध्ये ३ हजार ५ सय ४९ हेक्टर जग्गाको प्रयोग नै भएको छैन । १८ हजार सिचाईको आधारमा कुल २० हजार २ सय ८ हेक्टर सिचिँत क्षेत्रफल छ । जुन कुल जग्गाको ५१.२८ प्रसिसत जग्गामा मात्र सिचाई पुगेको छ ।
कृषि र कृषकका विभिन्न समस्यामा अहिले कृषिको प्रमुख आधार माटोमै समस्या विकराल बन्दै गएको जिल्ला स्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । माटोमा बढदो अमलिय र छारिय समस्याले कृषिमा थप चुनौती देखिन थालेको केन्द्रले जनाएको हो । केन्द्रका अनुसार गत आ.ब.२०८१।०८२ मा विभिन्न स्थानमा माटो परिक्षण शिविर आयोजना गरि माटोको परिक्षण गर्दा कृषि उब्जाउ गर्न सकिने २ प्रतिसत मात्र माटो समान्य अवस्थाको भेटियो । बाकी ५७ प्रतिसत नमुनामा क्षारिय अवस्था बढदै गएको देखिएको छ,भने बाकी ४०.३३ प्रतिसतमा अम्लिय समस्या छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *