स्वास्थ्यचौकी भवन निर्माण पछि छिट्टै आफ्नै भवनबाट सेवा दिईने
नवलपरासी,३० फागुनजिल्लाको सरावल गाउपालिका वार्ड नं.४ स्थित स्वास्थ्य चौकी भवन निर्माण पश्चात छिट्टै नै उतm भवनबाट सेवा सुचारु गरिने गाउपालिकाले जनाएको छ । राज्य पुर्नसंरचना हुदा साविकका गाविसमा रहेका स्वास्थ्य चौकी आर्कै भुगोल भित्र परे पछि अहिले सो वार्डमा नयाँ स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भई सकेका कारण छिट्टै उतm भवनबाट सेवा प्रवाह हुने गाउपालिकाले जनाएको हो ।सरावल गाउपालिका ४ नम्बर वार्डको ललितपुर गाँउको मधेश साँस्कृतिक पार्क जाने बाटो र भुतहा महेशपुर सडकसँग जोडिएको स्थानमा नवनिर्मित स्वास्थ्य चौकी भवनमा स्वास्थ्य सेवा सारेर सेवा प्रवाह गरिने गाउपालिका अध्यक्ष शुखाडी चौधरीले जानकारी गराए । सुविधा सम्पन्न उतm स्वास्थ्यचौकी भवन आधुनिक मापदण्ड अनुसारको बनेको छ । उनका अनुसार सरावल गाउपालिकामा हाल ७ वटा वार्ड छन् ।तर गाउपालिका बन्दा साविकका तिलपपुर,मनरी,सरावल,बडहरादुवौलिय,रामपुरखडौना र...










