दुई नगरप्रमुखले सारेको काम पालिकाकै आन्तरिक कारणले अलपत्र
नवलपरासी,१६ भदौजिल्लाको दुई नगरपालिकाका नगरप्रमुखले सारेका दुई काममा आन्तरिक र बाह्य सहयोग नभए पछि ति कामहरु अलपत्र परेका हुन् । रामग्राम नगरपालिकाका भित्रका सार्वजनिक जग्गाको रेखाँकन गरि सार्वजनिक गर्ने योजना र सुनवल नगरपालिकाको खोलाबाट चोरी निकासी गरि राखिएको खोलाजन्य समाग्रि वेवारिसे घोषणा गर्ने कार्य जनप्रतिनिधिकै कारण अलपत्र परेको हो ।दुबै नगरपालिकाका नगरप्रमुखहरु आफ्नो अडानमा भए पनि नगरपालिकाकै केही जनप्रतिनिधिहरु असहयोग गर्दै गर्दा योजना अलपत्र परेको नगरप्रमुखहरुका निकटका ब्यतिmहरुले बताएका छन् । सुनवल नगरपालिकाले महिना दिन पहिला नगरप्रमुख बिमला अर्यालले खोलाको अनुगमन गरेकी थिईन् । खोला अनुगमनको क्रममा थुप्रै स्थानमा खोलाजन्य समाग्री चोरी गरि विभिन्न ब्यतिm र फर्मले जम्मा गरेको फेला परेको थियो । खोलाका अनुगमन नगर्न उनलाई खोला माफियाबाट थ्रेट समेत आएको थियो । तत्पश्चात नगरपालिकाको अन...










