सुनवल नगरपालिका

भोगाधिकार बिना नै बुद्धशान्ति साझेदारी बनमा विद्युतको संरचना
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

भोगाधिकार बिना नै बुद्धशान्ति साझेदारी बनमा विद्युतको संरचना

नवलपरासी,२३ माघजिल्लाको सुनवल ७ ज्यामिरे चारपाला स्थित बुद्धशान्ति साझेदारी बन क्षेत्रका नेपाल विद्युत प्राधिकरणले भोगाधिकार नपाउदै काम थालेको प्रति स्थानियले विरोध जनाएका छन् । अन्य संघसस्थाले बन क्षेत्र भित्र कुनै स सानो कार्य गर्दा भोगाधिकार खोज्ने डिभिजन बन कार्यालयले भोगाधिकार नल्याउदै काम थालेको तर बन कर्मचारी मौन रहेको प्रति स्थानियले आक्रोस समेत पोखेका हुन् ।नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय लुम्बिनी प्रादेशिक कार्यालयले साझेदारी बन क्षेत्र भित्र १३२÷३३÷११ के.भी. सब स्टेसन बनाउने र बन क्षेत्र भित्रै विद्युत प्रशारण लाईन विस्तार कार्य अगाडी बढाएको स्थानिय रामभवन यादवले बताए । विद्युत कर्मचारी र बनका कर्मचारीको मिलोमतोमा काम भई रहेको उनले आरोप समेत लगाए । गाँउका सर्वसाधारणले अ आफ्नो नम्बरी अवादीको रुख र हाँगा काट्दा पनि मुद्दा लगाउने बन कर्मचारी किन यसमा आँखा ...
बेरुजु घटाउन सुनवल नगरपालिकाले बनाउदैछ,सार्वजनिक खरिद नियमावली
अर्थ, समाचार, सुनवल नगरपालिका

बेरुजु घटाउन सुनवल नगरपालिकाले बनाउदैछ,सार्वजनिक खरिद नियमावली

नवलपरासी,३० पुसअधिकाँस पालिकाहरुले संघिय कानुन अन्तरतग सार्वजनिक खरिद ऐन अनुसार अ आफ्नो खरिद प्रकृया गर्दै आए पनि सुनवल नगरपालिकाले आफ्नै सार्वजनिक खरिद सम्बन्धि कानुन बनाउन लागेको छ । जिल्लाको सुनवल नगरपालिका जिल्लामै सर्वाधिक बेरुजु भएको पालिका देखिए पछि बेरुजु घटाउन नगरपालिकाले सार्वजनिक खरिद नियमावली सुनवल २०८९ ऐनको तर्जुमा गर्नमा जुटेको हो ।नगरपालिकामा विगत बर्षमा मनपरी ढंगले खरिद हुने,प्रकृया नमिलाईने र केही कानुन नबनाई हावादारीले खरिद गर्दा महालेखा परिक्षण हुदा बेरुजु रकम बढि देखिएको थियो । कानुन विना नै हचुँवाको तालमा नगरपालिकाले खरिद गर्ने र भुतmानी दिने गर्दा यस्तो समस्या देखिएको नगरपालिकाका कर्मचारीले बताए । त्यसैलाई अगामी दिनमा नियमन गर्नका लागि नगरपालिकाले नै कानुनद्धारा निर्देशित कार्य मात्र गर्नका लागि सो सार्वजनिक खरिद नियमावली आवश्यक देखिए पछि सार्वजनिक लेखा समितिको परामर्...
सुनवलको सडक नाला निर्माणमा अनियमितता भईरहेको स्थानियबासीको आरोप
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

सुनवलको सडक नाला निर्माणमा अनियमितता भईरहेको स्थानियबासीको आरोप

नवलपरासी,२३ पुसजिल्लाको सुनवल नगरपालिका वार्ड नं.९ काशीपुर स्थित सडकको नाला निर्माणमा कम गुणस्तरको इट प्रयोग गरि अनियमितता भई रहेको स्थानियले आरोप लगाएका छन् । नाला निर्माण गर्दा दोयम इटको प्रयोग गरि अनियमितता भईरहेको स्थानियले आरोप लगाएका हुन् ।सम्बन्धित प्राविधिकहरुले बेला बेलामा निर्माण कार्य नहेरिदिदा अनियमितता भएको स्थानिय अमर बहादुर थारुले बताए । बेला बेला प्राविधिकहरुले हेरिदिएको भए ठेकेदारले बदमासी गर्दैन्थ्यो,उनले भने,तर ठेक्का दिए पछि सबै काम ठेकेदारलाई नै सुम्पिए पछि ठेकेदारले कमसल समाग्रिको प्रयोग गरि धेरै नाफा कमाउने सोच बनाउछन् नै,तर सरकारी निकायमा बसेका ठेकेदारले नियमित अनुगमन गर्नु पर्ने हो,त्यो काम नहुदा यस्तो अनियमितता बढको बताए । उनले शुरुको नालामा दोयम इट प्रयोग भएको देखाउदै भने,गाँउलेले हल्ला गरे पछि अहिले इटामा केही सुधार गरेको छ । ढुगाँले पर्खाल नालाको पर्खाल बनाउन थ...
समाजिक उत्तरदायित्व अन्तरगत लक्ष्मि स्टिलद्धारा सुनवल ७ लाई सय थान सडक बत्ति प्रदान
समाचार, सुनवल नगरपालिका

समाजिक उत्तरदायित्व अन्तरगत लक्ष्मि स्टिलद्धारा सुनवल ७ लाई सय थान सडक बत्ति प्रदान

नवलपरासी,जिल्लाको सुनवल स्थित लक्ष्मि स्टिल लिमिटेडले सुनवलबासीलाई १ सय थान सडक बत्ति उपलब्ध गराएको छ । उद्योगले आफ्नो समाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उज्जयाले सुनवल अभियानलाई सहयोग हुने गरि सुनवल वार्ड नम्बर ७ लाई सो सडक बत्ति उपलब्ध गराएको हो ।आईतवार एक कार्यक्रमको आयोजना गरि उद्योगका महाप्रबन्धक(जिएम) दामोदर पौडेलले सय थान सडक बत्ति वार्ड अध्यक्ष नारायण प्रसाद अचार्यलाई हस्तानान्तरण गरेको थियो । सडक बत्तिको लागत ६ लाख रहेको जिएम पौडेलले बताए । उनका अनुसार उद्योगले बेला बेलामा आफ्नो समाजिक उत्तरदायित्व अन्तरगत यस्तो समाजिक कार्यमा हातेमालो गर्दै आएको छ । यो कार्य निरन्तर गरिरहने प्रतिबद्धता जनाएका थिए । उद्योगको समान्य लगानीले सुनवल उज्जयालो अभियानलाई मद्दत पुगेको वार्ड अध्यक्ष अचार्यले जानकारी गराएका थिए । उद्योग सोही वार्डमा सञ्चालन हुदै आएको छ ।...
शैक्षिक सुधारमा अग्रणी बन्दै सुनवल नगरपालिका
समाचार, सुनवल नगरपालिका

शैक्षिक सुधारमा अग्रणी बन्दै सुनवल नगरपालिका

नवलपरासी,१३ मंसिरनेपालकै पहिलो बालमैत्री घोषणा नगर घोषणा गरेर राष्ट्रिय र अन्तराष्ट्रिय पहिचान बनाउन सफल जिल्लाको सुनवल नगरपालिका अहिले शिक्षा क्षेत्रमा पनि उत्तिकै सफलता हात पार्दै गएको छ । सामुदायिक विद्यालयका शैक्षिक अवस्था दयनिय रहेको बदनामी हुदै आए पनि सुनवल नगरपालिकाले त्यो बदनामीलाई चिर्ने गरि प्रयासरत छ । त्यसको प्रत्यक्ष उदाहरण र अनुरणिय अभ्यास प्रत्यक्ष देख्न र हेर्न पाईन्छ । शिक्षा क्षेत्रकै कृयाशिलताले बालमैत्री नगरपालिका घोषणा गर्न सफल भएको समेत नगरपालिकाका बालकल्यण अधिकारीका जिम्मेवारी पाएका तत्कालिन बालमैत्री घोषणा कार्यक्रमका संयोजक रेशम शर्मा बताउछन् ।बालमैत्री बनाउनमा शिक्षा र स्वास्थ्य क्षेत्रको ठूलो योगदान रह्यो,उनि भन्छन्,त्यसमा पनि विद्यालय र शैक्षिक क्षेत्रको योगदान अतुलनिय रह्यो । नगरपालिकाको शिक्षा शाखा र नगरका विद्यालयहरु बालमैत्री बनाउनमा लागि परेका थिए । त्यो अभ...
नवलपरासीमा सम्पन्न भयो जलबायु परिवर्तन सम्बन्धि बहस
समाचार, सुनवल नगरपालिका

नवलपरासीमा सम्पन्न भयो जलबायु परिवर्तन सम्बन्धि बहस

नवलपरासी,विश्वब्यापी रुपमा भईरहेको जलबायु परिवर्तन सम्बन्धि बहस कार्यक्रम सुनवलमा सम्पन्न भएको छ । असल छिमेकी नेपालद्धारा आयोजित सो बहस कार्यक्रममा जलबायु सम्बन्धि बहसहरु वार्ड देखी स्थानिय,प्रदेश र संघिय सरकारले गर्नु पर्ने भए पनि त्यस्तो बहस नभएको सहभागिहरुले बताएका हुन् ।विश्वब्यापी समस्या जलवायु परिवर्तनबारे सरकारी गम्भिरता नभएको र अहिले गैरसरकारी सस्थाले ति काम गरिरहेको बताइएको थियो । संघिय संसदको राष्ट्रियसभा,प्रतिनिधिसभा,प्रदेश सरकारको प्रदेश सभा स्थानिय तहको नगरसभा र गाउसभामा यो बहसको आवश्यकता भएको तर ति कुरा एउटा गैससले गर्नु पर्ने नेपालको राजनीति प्रति नै प्रश्न उठेको थियो । अझ स्थानिय तहको नगरसभा र गाउसभा एक घण्टे कार्यक्रम हुने गरेको छ,त्यो पनि बजेट पास गर्नु पर्ने बाध्यकारी भएकोले तर जनताका सवाल र विश्वब्यापी समस्याबारे सोच्ने फुर्सद नै जनप्रतिनिधिसँग नभएको बताइएको थियो ।जलवाय...
सुनवल—परासी—महेशपुर सडक मर्मत कार्यमा भ्रष्टाचारको आरोप
रामग्राम नगरपालिका, सुनवल नगरपालिका

सुनवल—परासी—महेशपुर सडक मर्मत कार्यमा भ्रष्टाचारको आरोप

नवलपरासी,जिल्ला भित्रको मर्मत भईरहेको सुनवल—परासी—महेशपुर सडकको मर्मत गर्ने कार्य सडक डिभिजनले गर्दै आए पनि मर्मतको कार्य गुणस्तरहिन भई रहेको स्थानियले आरोप लगाएका छन् । सडक डिभिजनका प्राविधिक र ठेकेदारको मिलोमतोमा कमसल काम गरि करोडौ रकम भ्रष्टाचार भएको आरोप स्थानियबासीले लगाएका हुन् ।सडकको दुबै किनारमा ग्रेडरले ताछ्दै कुनै कुनै स्थानमा चिरा परेको सडकमा बालुवा अलकत्रा हालेर ठेकेदार उम्किने अवस्था आएको स्थानिय रामकरन हरिजनले जनाए । काम भईरहेको स्थानमा सडक डिभिजनका प्राविधिकको उपस्थिती छैन्,उनले भने,कामदारहरुसँग सोधपुछ गर्दा हामीलाई केही थाहा छैन भन्दै आएका छन् । सडक मर्मतको लागि सडक डिभिजनले २० करोडको ठेक्का लगाएको बोर्ड गाडेको छ,तर मर्मत भित्र के कस्तो खालको काम हुने भन्ने कुरा उल्लेख छैन् । मर्मत शब्दले के बुझ्ने ? सडकको दुबै किनाराको घाँस फालेर सफा गर्ने मात्र हो ? कि सडकको बिच बिचमा परे...
प्रगतिशील सहकारीको साढे ६ करोडको कारोबार र १३ लाख नाफा
समाचार, सुनवल नगरपालिका

प्रगतिशील सहकारीको साढे ६ करोडको कारोबार र १३ लाख नाफा

नवलपरासी,जिल्लाको सुनवल ९ स्वाठी स्थित प्रगतिशील बचत तथा ऋण सहकारी सस्थाले बार्षिक साढे ६ करोडको कारोबार गर्दै १३ लाख ६३ हजार नाफा आर्जन गरेको छ । २०६३ सालमा स्थापना भएको उतm सहकारीले शनिवार आफ्नो १६ औ बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी गराएको हो ।सहकारी विगत भन्दा अहिले जनताको भरोसामन्द बन्दै गएको र स्थानियको आकर्षण समेत सहकारी प्रति बढदै जादा कारोबार बढेको र कारोबार बढदा नाफामा उल्लेख्य वृद्धि भएको सहकारीका अध्यक्ष रामचन्द्र भण्डारीले बताए । सहकारीले बचत ऋण सहकारी भएको हुदा सेयर सदस्यहरुसँग बचत गर्ने र तिनै सेयर सदस्यहरुमा ऋण लगानी गर्नुको अतिरितm समाजिक कार्य समेत गर्दै आएको जानकारी गराएका थिए । सहकारीले शिक्षा क्षेत्रमा सेयर सदस्य वा सेयर सदस्यका सन्ततीले उत्कृष्ट अंक ल्याई पास गरेको खण्डमा छात्रवृति तथा सम्मान कार्यक्रम गर्दै आएको छ,भने एकल महिलालाई बार्षिक रुपमा नगद सहित सम...
नगरबासीलाई सहज न्यायको अनुभुति गराउन न्यायिक कार्य वार्ड स्तरमा पुर्याउदै सुनवल नगरपालिका
समाचार, सुनवल नगरपालिका

नगरबासीलाई सहज न्यायको अनुभुति गराउन न्यायिक कार्य वार्ड स्तरमा पुर्याउदै सुनवल नगरपालिका

नवलपरासी,२३ भदौजिल्लाको सुनवल नगरपालिकाले नगरबासीलाई न्यायको अनुभुति गराउन न्यायिक कार्यलाई गाउ स्तरसम्म पुर्याउने भएको छ । न्यायिक समितिमा फैसला नै गर्नु पर्ने बाहेकका मुद्दा(विवाद)लाई वार्ड स्तरमै छलफल गराई निरुपण गर्ने योजना अनुसार सो योजना ल्याएको हो ।ठूलो क्षेत्रफल भएको सुनवल नगरपालिकामा नै विवाद मिलाउन आउनु पर्ने बाध्यतालाई हटाउने उदेश्यले न्याय निरुपण कार्यलाई वार्ड केन्द्रित बनाउन खोजिएको न्यायिक समितिका संयोजक समेत रहेका नगरपालिकाका उपप्रमुख(उपमेयर) सुर्य दुबेले जानकारी गराए । न्यायिक समितिले सबै विवादमा फैसला गर्दैन्,उनले भने, विवादमा फैसाला गर्नु अन्तिम विकल्प मात्र हो । त्यसमा पनि सबै विवादलाई न्यायिक इजलासमा लगेर फैसला गर्न मिल्दैन् । त्यो भएर पनि दुबै पक्षलाई जित जितको अवस्थामा पुर्याउने मेलमिलाप कार्य नै हो । त्यही कामका लागि झगडिया सधै पालिकाको कार्यालय धाउनु पर्ने बाध्यता ...