सरावल गाउँपालिका

सरावल गाउपालिका अध्यक्ष चौधरीद्धारा अलपत्र महिलाको उद्धार
समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिका अध्यक्ष चौधरीद्धारा अलपत्र महिलाको उद्धार

नवलपरासी,२४ कातिकजिल्लाको सरावल गाउपालिका १ खोखरपुरामा मानसिक सन्तुलन गुमाएकी एक महिलाको गाउपालिकाले उद्धार गरि मानव सेवा आश्रमलाई हस्तानान्तरण गरेको छ । इस्लामपुरघर बताउदै आएकी उतm अन्दाजी ३५ बर्षिय महिलालाई सस्थासँग समन्वय गरेर गाउपालिकाले उद्धार गरेको हो । स्थानियबासीले अलपत्र अस्थामा रहेकी महिलाको अवस्थाबारे जानकारी गराए पछि गाउपालिकाको पहलमा मानव सेवा आश्रम बुटवलको जिम्मा लगाइएको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी गराए । उतm मानसिक संतुलन गुमाएकी महिलाको पहिलो स्वास्थ्य उपचार गर्ने आवश्यकता महशुस गरेर सो क्षेत्रमा काम गर्दै आएको सस्थासँग समन्वय गरिएको अध्यक्ष चौधरीले बताए । उपचार पछि आवश्यक थप सेवाका लागि गाउपालिकाले समेत पहल गर्ने उनको भनाई थियो । गाउपाािलकाले गाउपालिका भित्र सबै भन्दा पहिला मानविय सेवालाई नै प्राथमिकतामा राखेर काम गर्दै आएको जनाएको छ ।...
सरावल गाउपालिका अध्यक्ष चौधरी स्कुटीमै सरर……….
समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिका अध्यक्ष चौधरी स्कुटीमै सरर……….

विभिन्न गाउपालिका र नगरपालिकामा सवारीसाधनको विषयलाई लिएर विवादको विषय बन्ने गरेको छ । केही पालिकाका अध्यक्षले पाएको गाडीलाई आफ्नो निजी बाहनजस्तै ठान्ने गरेको पनि पाईने गरिएको छ,तर नवलपरासी जिल्लाको सरावल गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीलाई सवारीसाधनको कुराले कुनै मतलब राखेको छैन् । उनी आफ्नो दैनिक गाउपालिकाको कामलाई नै दैनिकी बनाई काम गर्ने क्रममा आवश्यकता अनुसार सवारी साधनको प्रयोग गर्ने गरेका छन् । कम आन्तरिक आय भएको गाउपालिकाको साधन स्रोतलाई मितब्ययी बनाउने मान्यता उनी राख्ने गरेका छन् । विहिवार उनी गाउपालिकाको चारपाँग्रे वाडी भन्दा स्कुटीमै चढेर गाउपालिका भित्र हुदै गरेको विद्युतीकरण क्षेत्रमा स्थान देखाउन पुगे ।सरावल ४ गोबरहिया देखी हातीबनसम्म सडक किनारमा स्कुटीमा भेटिएका गाउपालिका अध्यक्ष चौधरीले विद्युतको पोल गाड्ने स्थान स्थानिय मजदुरलाई देखाउदै थिए । उनका अनुसार अहिले विद्युत...
प्राचिन कुण्डियनगरको जिवकबन क्षेत्रमा जिउतिया महोत्सव
समाचार, सरावल गाउँपालिका

प्राचिन कुण्डियनगरको जिवकबन क्षेत्रमा जिउतिया महोत्सव

बौद्धकालिन प्राचिन कुण्डियनगर भनेर चिनिएको सरावल १ भगडा स्थित जिवक बनमा जिउतिया महोत्सव मनाइएको छ । स्थानिय थारु समुदायले गत बर्ष दखी जिउतिय पर्वको दिन भगडा स्थित पतजिव बगैचा क्षेत्र प्राचिन कुण्डिय नगरको रुपमा घोषणा गरि जिउतिया महोत्सवको आयोजना गरेको परम्परालाई निरन्तरता दिदै जिउतिय पर्वको दिन महोत्सव मनाएका हुन् ।स्थानिय स्तरमा पतजिव भनेर चिनिने पुत्रन्जिवी बगैचा क्षेत्रमा भगवान बुद्ध र बौद्ध संघको चिकित्सक समेत रहेका भन्ते जिवक र उनका अग्रसेवक भन्ते आनन्द आएर सो स्थानमा बसेको मान्यता रहेको छ । जिवक सहितको बास बसेको स्थान प्राचिन कुण्डिय नगर भएको बौद्ध अध्ययेताहरुको मान्यता रहेको छ । जिवककै नामले पुत्रन्जिवी बनस्पती अहिलेसम्म त्यहा रहेको छ । स्थानियबासीले सो स्थानमा हसनी माईको स्थान पनि भएको मान्दै आएका छन् । आयुर्वेदिक मान्यता अनुसार पुत्रन्जिवीको फल सेवन गरे पुत्रलाभ प्राप्त हुने छ । प...
रामग्राम स्तुपा देखी बौद्धकालिन प्राचिन ककरपत्त नगर(जावा) जोड्न झरहीपुल निर्माण हुने
रामग्राम नगरपालिका, समाचार, सरावल गाउँपालिका

रामग्राम स्तुपा देखी बौद्धकालिन प्राचिन ककरपत्त नगर(जावा) जोड्न झरहीपुल निर्माण हुने

नवलपरासी,११ भदौजिल्लाको पर्यटकिय मार्गको रुपमा रहेको महामाया मार्ग र प्राचिन ककरपत्त नगर(जावा) जोड्न पुल निर्माण हुने भएको छ । पुर्वपश्चिम राजमार्ग देखी रामग्राम जोड्ने उतm माहामाया मार्गसँग सरावल गाउपालिका २ स्थित प्राचिन कोलिय गणराज्य अन्तरगतको एक प्रमुख ककरपत्त नगर जोड्ने मार्गको पुलको टेण्डर भए पछि उतm पुल निर्माण हुने सुनिश्चित भएको हो । रामग्राम नगरपालिका ७ उजैनीमा रहेको रामग्राम स्तुपबाट प्राचिन ककरपत्त नगर जाने सडकको विचमा झरहीखोला रहेको र अहिले सो पुल निर्माणका लागि सडक डिभिजनले टेण्डर समेत गरि सकेको हुदा पुल बन्ने कुरा निश्चित भएको स्थानिय देवराज चौधरीले बताए । सो पुलले रामग्राम स्तुपलाई प्राचिन ककरपत्त नगरले जोड्ने भएको छ, उनले भने, पर्यटन मार्गको रुपमा रहेको महामाया मार्ग रामग्राम स्तुपामा पुगेको थियो,तर ककरपत्त नगर पुग्नका लागि बिचमा झरही नदीमा पुल नभएका कारण समस्या थिय...
पहिला शसर्त बजेट खर्च गर्नुः गाउँपालिका अध्यक्ष चाैधरी
समाचार, सरावल गाउँपालिका

पहिला शसर्त बजेट खर्च गर्नुः गाउँपालिका अध्यक्ष चाैधरी

नवलपरासी,७ भदौजिल्लाको सरावल गाउपालिकाले शाखाहरुका लागि सरकारले पठाएको शसर्त योजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडी बढाउने निदेर्शन गरेको छ । शिक्षा,स्वास्थ्य,कृषि,पशुसेवा महिला बालबालिका लगातका शाखालाई सरकारले नै तोकेर पठाएको शसर्त बजेटका कार्यक्रम पहिला खर्च गरि सकाएर मात्र अनुदान तर्फको योजना सञ्चालन गर्न निर्देशन गरेको हो ।विगतका दिनमा सम्बन्धित शाखाहरुले शसर्त बजेट खर्च गर्न छाडेर अनुदान तर्फको योजना पहिलो प्राथमिकतामा राख्ने गरेको तर त्यसले गाउपािलकाका बिकासका कार्यक्रम प्रभावित बनाएको निकर्ष निकाल्दै त्यस्तो निर्देशन गरिएको गाउपािलका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । शसर्तको बजेट खर्च नगर्दा अन्तिममा ति कार्यक्रमको बजेट फ्रिज भएर जाने अवस्था देखियो,उनले भने, बरु अनुदान तर्फ आएको बजेट खर्च गर्न नसकिएमा फ्रिज हुदैन् । आर्को बर्ष अल्या ल्याएर थप योजनामा खर्च गर्न सकिन्छ, उनल...
प्राचिन बौद्ध पुरातात्विक सम्पदा प्रति पुर्व अध्यक्षको मोह
समाचार, सरावल गाउँपालिका

प्राचिन बौद्ध पुरातात्विक सम्पदा प्रति पुर्व अध्यक्षको मोह

नवलपरासी,२२ साउनआफ्नै प्रयासले प्राचिन सम्पदा खोज गराई बुद्ध स्थल घोषणा गराएका सरावल गाउपालिकाका पुर्व अध्यक्ष राधेश्याम चौधरीलाई सम्पदा मोह छोडेको छैन् । स्थानिय तह निर्वाचनमा चुनाव लडे पनि निर्वाचन जित्न नसके पनि आफ्नै कार्यकालमा खोज भएका प्राचिन सम्पदा मोहले बेला बेला सम्झिदा सो स्थानमा जाने र तस्विर खिचेर पोष्ट गर्ने गरेका हुन् ।जिम्मेवारी पदमा नभए पनि खोज गरिएका प्राचिन सम्पदा स्थलमा जाने तस्विर खिच्ने र समाजिक सञ्जालमा पोष्ट गर्दै आएको अध्यक्ष चौधरीले सुनाए । आफैले खोज गराएको सम्पदा प्रति मोह रहनु स्वभाविक रहेको उनको भनाई थियो । सरावल गाउपालिकामा उनले आफ्नै सक्रियतामा प्राचिन ककरपत्त नगरको खोज गराई बौद्ध अध्येता डा।कौशलेन्द्र बहादुर श्रीवास्तव मार्फत घोषणा समेत गर्न लगाएका थिए । बौद्धकालिन प्राचिन कोलबृक्षको बगैचा समेत रहेको उतm स्थान तिन बर्ष पहिला कोलिय गणराज्य अन्तरगत प्राचिन ककरप...
सरावलको जावामा ककरपत्त महोत्सव मनाउदै दिर्घजानुको मुर्ति प्रतिस्थापन
समाचार, सरावल गाउँपालिका

सरावलको जावामा ककरपत्त महोत्सव मनाउदै दिर्घजानुको मुर्ति प्रतिस्थापन

भगवान गौतम बुद्धले गृह शुख सन्देश दिएको प्राचिन ककरपत्त नगरमा ककरपत्त महोसत्व मनाइनुको साथै तत्कालिन नगर(निगम) प्रमुख दिर्घजानुको मुर्ति समेत प्रतिस्थापन गरिएको छ । नवलपरासीको सरावल गाउपालिका २ जावा कोलवृक्ष बगैचा क्षेत्रलाई दुई बर्ष पहिला ककरपत्त नगर घोषणा भएको स्मरण दिवसलाई समेत बनाएको हो । गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले कोलिय गणराज्य अन्तरगतको यो ककरपत्त नगर गृहस्थलाई सन्देश दिएको हुदा सँसारकै गृहस्थले यो स्थानमा आएर भगवान बुद्धको सन्देश सुन्न सकने र आफ्नो मुतिm साधन पाउने स्थलको रुपमा विकास गरिने बताए । अहिले समान्य रुपमा ककरपत्त महोत्सव मनाएको भए पनि अगामी दिनमा यसलाई भब्य तरिकाले मनाउदै लैजाने समेत उनले जानकारी गराएका थिए । पुरातत्व विभागले समेत यस क्षेत्रलाई प्रााचिन स्मारकको रुपमा संरक्षण गर्ने गरि राष्टिय सम्पदामा सुचिकृत गरि सकेकोले यो स्थान भविष्यमा विश्व सम्पदामाम...
बसन्त मा वि बासाले सरावल गाउपालिकाबाट पायो विद्यालय बस
समाचार, सरावल गाउँपालिका

बसन्त मा वि बासाले सरावल गाउपालिकाबाट पायो विद्यालय बस

नवलपरासी,१७ चैत्र जिल्लाको सरावल गाउपालिकाले माध्यमिक तह सञ्चालन गर्दै आएका सामुदायिक विद्यालयलाई बस उपलब्ध गराएको छ । गाउपालिकाका अध्यक्ष राधेश्यम चौधरीले एक कार्यक्रमको आयोजना गरि गाउपालिकाको बसन्त मावि बासालाई सो बस हस्तानान्तरण गरेका हुन् ।विद्यालयहरुमा गुणस्तरिय शिक्षाका लागि पुर्वाधार विकाससँगै आधुनिक परिवेश अनुसार टाढा टाढाबाट आउने स साना बालबालिकालाई विद्यालय आउन सहज होस भनि बस उपलब्ध गराउदै आएको अध्यक्ष चौधरीले बताए । विगत तिन बर्ष देखी प्रत्येक बर्ष एक विद्यालयलाई बस उपलब्ध गराउदै आएकोमा यो तेश्रो बर्ष बसन्त माविले बस पाएको उनले बताए । पहिलो बर्ष आदर्श मावि खोखरपुरा,दोश्रो बर्ष जनता मावि मनरी र अहिले तेश्रो बर्ष बसन्त माविले बस पाएको हो । अगामी दिनमा गाउपालिकाक अन्य माध्यमिक तहलाई बस उपलब्ध गराउने योजना रहेको छ,उनले भने,गाउपालिकाले यसलाई निरन्तरता दिदै जाने छ । गाउपालिकामा जनत...
विपश्यना साधकद्धारा सरावल गाउपालिकाको प्राचिन ककरपत्त नगर(जावा)मा निर्माण हुन लागेको विपश्यना केन्द्रको अवोकन
समाचार, सरावल गाउँपालिका

विपश्यना साधकद्धारा सरावल गाउपालिकाको प्राचिन ककरपत्त नगर(जावा)मा निर्माण हुन लागेको विपश्यना केन्द्रको अवोकन

नवलपरासी,२९ असोजबिपश्यना साधकहरुद्धारा प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन ककरपत्त नगर सरावल २ जावा स्थित निर्माण हुन लागेको विपश्यना ध्यान केन्द्र स्थलको अवलोकन गरिएको छ । रामग्राम विपश्यना ध्यान केन्द्र(धम्मगाम) ककरपत्त नगर जावा स्थित निर्माण हुने स्थानको स्थलगत अवलोकन गरिएको हो ।रामग्राम स्तुपा क्षेत्रमा ध्यान केन्द्र बनाउने उदेश्य राखीएको भए पनि नगरपालिकाद्धारा जग्गा उपलब्ध हुन नसके पछि ध्यान केन्द्रको काम रोकिएको थियो । अहिले सरावल गाउपालिकाले उतm ध्यान केन्द्रका लागि जग्गा उपलब्ध गराए पछि सो क्षेत्रमा ध्यान केन्द्र बन्ने हुदा विपश्यवी साधकहरु सो क्षेत्रका अवलोकन गर्न पुगेको विपश्यना केन्द्रका ट्रष्टी सचिव सम्भु प्रसाद उपाध्यायले बताए । उनका अनुसार सो क्षेत्रको अवलोकन गर्न विपश्यनाको सहायक अचार्य समेत रहेका काठमाडौंका तुल बहादुर पुन,साधक विवेक डंगोल,निमा शेर्पा र बुटवल भुलवाडीका द...
सरावल गाउपालिकाको भगडा गाउको हसनी माई थान प्राचिन कुण्डिय नगर भएको घोषणा
समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकाको भगडा गाउको हसनी माई थान प्राचिन कुण्डिय नगर भएको घोषणा

नवलपरासी,१४ असोजजितिया पर्वको अवसर पारेर जिल्लाको सरावल गाउपालिका १ भगडा स्थित हसनी माई थान स्थललाई प्राचिन बौद्धकालिन कुण्डिय नगर भएको भनि घोषणा गरिएको छ । हसनी माता थान ब्यवस्थापन समितिको आयोजनामा जितिया पर्व मनाउदै बौद्धकालिन कुण्डिय नगर घोषणा गरिएको हो ।कुण्डिय वा कुण्डि प्राचिन कोलिय गणराज्यका विभिन्न १२ वटा नगर मध्ये एक प्रमुख नगर थियो । स्थानिय भाषामा पतजिव भनेर चिनिने पुत्रजिवि वा पुत्रन्जिवीको बगैचा स्थान रहेको यो प्राचिन कालमा जिवक बन भनेर पनि चिनिने गरिएको थियो । जहाँ भगवान बुद्धका चिकित्सक भिच्छु जिवक समेत आएका थिए । जिवक बन भएको क्षेत्र प्राचिन कालमा कुण्डिय नगर भनेर चिनिने गरेको थियो । जुन प्राचिन सज्जनेल नगरकी कोलियपुत्री तथा कोलिय गणराज्यकी एक मात्र भगवान बुद्धकी अग्रउपासिका सुप्पबासा बसेको स्थान देखी करिब दुई किलोमिटर दक्षिण पुर्वमा रहेको छ ।सुप्पबासालाई प्रसव बेदना लागे प...