विश्व बैंकले ग्रेटर लुम्बिनीबारे रामग्राममा छलफल र परामर्श गर्ने
नवलपरासी,२७ असोजविश्व बैकको सहयोगमा हाल शहरी बिकास मन्त्रालयबाट तयारीको चरणमा रहेको वृहद लम्बिनी क्षेत्र विकास आयोजना(ग्रेटर लम्बिनी एरिया डेभलपमेन्ट प्रोजेक्ट)ले नवलपरासीका बुद्धसँग सम्बन्धित सम्भावित क्षेत्रबारे छलफल गर्ने भएको छ । रामग्राम नगरपालिकामा असोज २८ गते मंगलवार विश्व बैक तथा नेपाल शहरी शासकिय तथा पुर्वाधार आयोजनाका विज्ञ र पदाधिकारीहरुसंग स्थानिय सरोकारवालासँग छलफल र परामर्श गरिने जानकारी नगरपालिकाले गराएको हो ।लुम्बिनीसँग सबै भन्दा महत्वपुर्ण भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम ७ मा रहेको रामग्राम स्तुपसँगै रामग्राम नगरपालिकाका विभिन्न वार्ड भित्र नै बुद्धसँग ५ वटा स्थान रहेको छ । जस्मा रामग्राम १८ मा प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्तिपुर) जुन बुद्धको मावली हो । त्यसै गरि रामग्राम १७ मा रामग्राम स्तुपसँग नै जोडिएको संघाराम क्षेत्र छ । रामग्राम १५ मा प्राचीन स...










