रामग्राम नगरपालिका

रामग्राम स्तुप परिसरमा अवस्थित उनवछ स्वास्थ्य चौकीमा भिच्छुलाई भोजनदान
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम स्तुप परिसरमा अवस्थित उनवछ स्वास्थ्य चौकीमा भिच्छुलाई भोजनदान

नवलपरासी,५ फागुनभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसर स्थित उनवछ स्वास्थ्य चौकीमा भिच्छुलाई भोजनदान कार्यक्रम गरिएको छ । परासी विपश्यना समुहको सक्रियता तथा रामग्राम विकास कोषको समन्वयमा उतm भोजनदान कार्यक्रम गरिएको हो ।विश्वशान्तिको कामना र नेपालमा थाई वन परम्परालाई प्रचार गर्ने उदेश्यका साथ नेपाल फोरेस्ट मोनाष्ट्री समुहले शुभारम्भ गरेको एक हप्ते आध्यात्मिक यात्रामा आउने भिच्छुलाई भोजनदान कार्यक्रम गरिएको रामग्राम विकास कोषका सदस्य समेत रहेका विपश्यनका सहायक अचार्य रामप्रसाद पाण्डेले बताए । उनका अनुसार विश्व सुखशान्ति बौद्घ बिहारबाट आईतबार सिगापुरका भिक्षु अजान चाओ खुन केङ खेमाको अगुवाईमा विभिन्न देशका ८० जना भिक्षुहरुसहित यात्रा शुभारम्भ गरिएको हो । भगवान गौतम बुद्धको जन्मस्थललाई केन्द्रमा राखेर बुद्ध सर्किटमा पर्ने रुपन्देही, नवलपरासी र कपिलबस्तुको एक हप्ते यात्रा हुने स...
लुम्बिनी प्रदेश सरकारका पर्यटन मन्त्रीद्धारा रामग्राम स्तुपको अवलोकन भ्रमण
पर्यटन, रामग्राम नगरपालिका, समाचार

लुम्बिनी प्रदेश सरकारका पर्यटन मन्त्रीद्धारा रामग्राम स्तुपको अवलोकन भ्रमण

नवलपरासी,११ माघलुम्बिनी प्रदेश सरकारका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानले रामग्राम स्तुप क्षेत्रको भ्रमण गरेका छन् । स्तुप क्षेत्रको भ्रमण गर्दै मन्त्री न्यौपानले पर्यटन क्षेत्रको अपार सम्भावना बोकेका लुम्बिनी प्रदेशले पर्यटकिय क्षेत्रमा पर्यटन ब्यवसाय वृद्धिका लागि परेको बताएका हुन् ।लुम्बिनीसँग जोडिएको महत्वपुर्ण स्थान स्तुप क्षेत्रको विकासमा प्रदेश सरकारले गर्न सक्ने कार्य विवरण पठाउन उनले रामग्राम नगरपालिकालाई आग्रह समेत गरेका थिए । सरकारले पर्यटन क्षेत्रको विकासका लागि काम गर्ने अठोट लिएको छ,उनले भने,तर यसमा संघ र स्थानिय सरकारले पनि सहकार्य गर्नु पर्छ । मन्त्री न्यौपानलेलाई रामग्राम स्तुप क्षेत्रमा प्रदेशले बनाउन भनेको संँग्रालय तिन बर्ष देखी अलपत्र परेको बारे ध्यानाकर्षण गराइएको थियो । केही दिन अगाडी मात्रै विकास कोषको पहलमा लुम्बिनी विकास कोषले रामग्राम स्तु...
पशुसेवा विज्ञ केन्द्रसँग स्थानिय पशुप्राविधिकहरुको अन्तरक्रिया
कृषि, रामग्राम नगरपालिका, समाचार

पशुसेवा विज्ञ केन्द्रसँग स्थानिय पशुप्राविधिकहरुको अन्तरक्रिया

नवलपरासी,१३ माघजिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीले स्थानिय तहका पशुसेवा प्राविधिकहरुसँग अन्तरक्रिया गरेको छ । स्थानिय स्तरमा पशुपालक किसान र पशुमा देखिने समस्याको पहिचान तथा समस्याको समाधान गर्ने गरि अन्तरक्रिया गरेको हो ।उतm अन्तरक्रिया कार्यक्रममा पशु सेवा विज्ञ केन्द्रबाट पशुका लागि पठाईने खोपको शुरक्षा,प्रभावकारिताबारे छलफल भएको थियो । त्यसै गरि पशुमा देखिने रोग,पोषण तथा उपचारका लागि भेटेनरी अस्पतालले दिदै आएको सेवाबारे पनि जानकारी गराइएको थियो । त्यसै गरि ग्रामिण क्षेत्रका पशुपालक किसानलाई स्थानिय सरकारले पशु सेवा केन्द्रका विज्ञसँग निरन्तर सम्पर्क समन्वय गरि प्रोत्साहित गर्नु पर्ने आवश्यकता औल्याइएको थियो । यो अन्तरक्रियाले सरकार सरकार विचका सम्बन्धलाई प्रगाढ बनाउने र यसले किसानलाई सहजीकरणमा मद्द पुर्याउने विज्ञ केन्द्रका प्रमुख तथा मत्यस्य विकास निर्दे...
रामग्राम स्तुप देखी लुम्बिनीसम्मको निशुल्क धम्मयात्रा शुभारम्भ
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुप देखी लुम्बिनीसम्मको निशुल्क धम्मयात्रा शुभारम्भ

नवलपरासी, ९ माघ,रामग्राम विकास कोषको पहलमा लुम्बिनी विकास कोषले रामग्राम स्तुप देखी लुम्बिनीसम्म तिर्थयात्रा गर्नेलाई विद्युत बस मार्फत (धम्म यात्रा)को शुभारम्भ गरेको छ । पटक पटक लुम्बिनी विकास कोषलाई ध्यानाकर्षण गराउँदै आएको विषय बल्ल कार्यान्वयनमा आएको हो ।बुधवार देखि लुम्बिनीमा थन्किएका विद्युतीय बसको सेवा (धम्म यात्रा ) रामग्राम स्तुपसम्म सुरु भएको लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिकाका प्रमुख(मेयर) धनपत यादवले बताए । शुभारम्भको अवसरमा नगर प्रमुख यादव तथा उपप्रखुख सम्झना चौधरी, वडा अध्यक्ष रविन्द्र यादवद्वारा लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र बसका चालकसहितको टोलीलाई परासी देखि स्तुप सम्म बसमा यात्रा गरेर स्वागत गरिएको थियो । यो सेवा अब उपरान्त कुनै पनि कारणले रोकिनु हुदैन भन्ने विषयमा लुम्बिनी विकास कोषलाई ध्यानाकर्षण गराइएको छ ।आशा गरौ बुद्ध स्थ...
पृथ्वी चन्द्र अस्पतालबाट भ्रष्टाचार विरुद्धको सस्था(सिटिजन जुरी)ले माग्यो सुचना
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

पृथ्वी चन्द्र अस्पतालबाट भ्रष्टाचार विरुद्धको सस्था(सिटिजन जुरी)ले माग्यो सुचना

नवलपरासी, १७ पुसजिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालबाट भ्रष्टाचार विरुद्धको सस्था(सिटिजन जुरी)ले सुचना माग गरेको छ । जिल्ला अस्पतालको सेवाको गुणस्तर तथा भ्रष्टाचार हुने गरेको आरोप लाग्न्े गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउदै सो सुचना माग गरेको हो ।सस्थाका अध्यक्ष रामजी ज्ञवालीले अस्पतालको नाँउमा पत्राचार नै गरेर उतm सुचना माग गरिएको जानकारी गराएका थिए । उनले माग गरिएको सुचना अनुसार अस्पतालका चिकित्सकहरुले नयाँ नियुतिm गरि आउने र बस्ने वातावरण नहुदा बिचमै राजीनामा गरेर जाने गरेको अवस्था,विमा सेवा,ल्याब सेवा लगायतका विभिन्न विषयसँग सम्बन्धित रहेर सुचना माग गरेको पत्रमा उल्लेख गरिएको छ । अस्पतालमा नेपाल सरकार र विकास समितिबाट के कति जनशतिm स्वीकृत छ ? सो मध्ये कति पदपुर्ति र कति रितm छ ?,निशुल्क औषधीमा के कति प्रकारका औषधीहरु निशुल्क उपलब्ध गराउदै आएको छ? ल्याब सेवामा दैनिक २० जनालाई मात्र...
रामग्राम स्तुपमा ध्यान गर्ने स्थान नतोकिदा भिच्छु र ध्यानसाधना गर्नेलाई समस्या
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा ध्यान गर्ने स्थान नतोकिदा भिच्छु र ध्यानसाधना गर्नेलाई समस्या

नवलपरासी,१३ पुसभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपमा ध्यान गर्न आउने भिच्छु तथा ध्यानसाधना गर्ने साधकलाई समस्या देखिएको छ । स्तुपको पुजा पाठलाई असर नपर्ने भए पनि ध्यानीसाधन तथा भिच्छुलाई ध्यान साधनाका लागि उचित ब्यवस्थापन नहुदा समस्या देखिन थालेको हो ।विगत बर्ष देखी लुम्बिनी विकास कोषले काम नगर्दा विकल्पको रुपमा रामग्राम नगरपालिकाले बनाएको रामग्राम विकास कोषले पनि हालसम्म यस प्रति गम्भिर भई काम नगरेको गुनासो नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । विभिन्न देशबाट श्रद्धापुर्वक आउने बौद्धधर्मावलम्बीहरुलाई ध्यान साधनाका लागि सचित स्थानको ब्यवस्थापन रामग्राम विकसा कोषले तत्काल गर्नु पर्ने उनको भनाई थियो । एकै स्थानमा ध्यानसाधनामा बस्ने भिच्छु तथा ध्यानी साधकलाई अवरोध हुने गरि होहल्ला गरिने खालका अन्य पर्यटकद्धारा हुने गरेको छ, उनले भने,स्तुप क्षेत्रको उचित ब्यवस्थापन ...
प्राचीन कोलिय गणराज्यको राजधानी पण्डितपुरको सुरक्षा (सेन्ट्रि) स्थल फेला !
पर्यटन, रामग्राम नगरपालिका, समाचार

प्राचीन कोलिय गणराज्यको राजधानी पण्डितपुरको सुरक्षा (सेन्ट्रि) स्थल फेला !

नवलपरासी,१३ पुसकोलिय गणराज्यका राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा चार साताको उत्खननले महत्वपुर्ण समाग्रिहरु फेला परेका छन् । जस्ले राजधानीको आधार र प्रमाणलाई मजबुत बताएको लुम्बिन्ी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवालले बताएका हुन् ।उनका अनुसार नगरमा बस्ने सुरक्षाकर्मीको सेन्ट्रि स्थल रहेको अनुमान गरिएको छ । पुरातत्वविदहरुले राजधानीबारे कुरा नगरे पनि सो सेन्ट्रिले राजधानीलाई प्रष्ट्याउने उनको भनाई थियो । शनिवार पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गरेको टोलीसँग जानकारी लिए पश्चात सो कुराको जानकारी प्रदेश साँसद जैसावलले गराएका थिए । उनका अनुसार उत्खननले फेला पर्ने बस्तुहरुले यस क्षेत्रमै पहिलो चक्रिय आधारको ब्यवस्थित नगर प्राचिन कालमा बसेको आधार देखाउछ । विगतका उत्खनन भन्दा केही फरक बस्तु पनि फेला गरेको बताए । उत्खनन टोलीले देखाएको प्राचिन नगरको सुरक्षार्थ बस्ने सुरक्षा(स...
रामग्राम १५ स्थित तुरियाखोला सिचाई आयोजनाको बालुवा हटाउने प्रणाली नबन्दा किसानलाई मर्का
कृषि, रामग्राम नगरपालिका, समाचार

रामग्राम १५ स्थित तुरियाखोला सिचाई आयोजनाको बालुवा हटाउने प्रणाली नबन्दा किसानलाई मर्का

नवलपरासी,१ पुुुसजिल्लाको रामग्राम नगरपालिका १५ र १६ वार्ड लक्षित हर्कुई सिचाई आयोजनाको नहरमाा बालुवा हटाउने प्रणाली नबन्दा सिचाई आयोजनामा बालुवा जम्मा भएर सिचाई अवरुद्ध हुदा किसान मर्कामा परेका छन् । करोडौ लगानी गरी निर्माण भएको उतm आयोजनाको नहरबाट बालुवा बगाउने प्रणाली नबन्दा नहरमा बालुवा जम्मा भएर सिचाई गर्न नपाएर किसान मर्कामा परेका हुन् ।सिचाई प्रणाली बनाउदा नै नहरबाट बालुवा पुनः त्यही खोलामा बग्ने गरि प्रणाली बनाउनु पर्ने हो,तर सिचाईका प्राविधिकहरुले उतm प्रणाली नबनाईदिदा अहिले नहरमा पुरै बालुवा जम्मा भएर सिचाई समस्या भई रहेको स्थानियबासीले बताए । सिचाई डिभिजन कार्यालयले सिचाई आयोजनाको डिजाईन गर्दा नै बालुवा हटाउने खालको प्राविधिक प्रणाली बनाई दिएन, एक स्थानियले भने,अहिले बाढीको बेला पानी नहरमा बग्दै बालुवा जम्मा भएको छ । सिचाई गर्ने अवस्था छैन् । बालुवा जम्मा भएर जलभण्डारमा पनि समस्य...
कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर)मा थप प्रमाणहरु भेटिदै
पर्यटन, रामग्राम नगरपालिका, समाचार

कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर)मा थप प्रमाणहरु भेटिदै

नवलपरासी, २९ मंसिरदुई साता देखी निरन्तर प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा भई रहेको उत्खननले राजधानीमा पाईने आधार र प्रमाणहरु फेला पर्दै गएको उत्खनन टोलीले जानकारी गराएको छ । रजाधानी क्षेत्रको विभिन्न तिन स्थानमा उत्खनन गर्दा उतm समाग्रि सहितको प्रमाण भेटिरहेको टोलीले जानकारी गराएको हो ।भुभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पुर्वाधार(स्ट्रक्चर) पनि नभेटिन थालेको छन् । पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गर्दै आएको टोलीले भुभौतिक सर्वेक्षण अनुसारको पुर्वाधार भेटिन थालेको जानकारी गराएका थिए । प्राचिन सिल्कन माटाका भाडा,मुगा जस्ता बस्तु र प्राचिनका बाल्दै आइएको दियोहरु र खम्बाहरु गाडिएका अवशेष(पोष्टहोल)हरु फेला पर्दै जादा राजधानी कोलनगर क्षेत्रको पहिचान गराउन सहज बताउदै गएको उत्खनन टोलीले देखाएका थिए । राजधानी क्षेत्रको सिमा बारिह पनि होल गरि पुरातात्व...
रामग्राम स्तुपमा रहेका बुद्धको अष्टधातुको विशेष पुजा सम्पन्न
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा रहेका बुद्धको अष्टधातुको विशेष पुजा सम्पन्न

नवलपरासी,२८ मंसिररामग्राम विकास कोषले आयोजना गरेको भगवान गौतम बुद्धको अष्टधातुमा विशेष पुजा कार्यक्रम सम्पन्न भएको छ । कोषले पुजा विशेष समारोहको आयोजना गरि पुजा सम्पन्न गराएको हो ।विहिवार विभिन्न देशका भिच्छु तथा बौद्धमार्गी सहितको विशेष पुजा परित्राण गरिएको र उतm विशेष कार्यक्रम भित्र नै अष्टधातुको रक्षा गरेका नागपुजा र स्तुपको कथासँग जोडिएका हात्तिले पुजा गर्दै आएका कुरालाई पनि पुर्नस्थापित गर्न हातिद्धारा समेत धातुको पुजा गराइएको कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिका प्रमुख धनपत यादवले जानकारी गराएका थिए । उतm कार्यको ब्यवस्थापकिय सहयोग गर्दै आएका द प्रमिस लैण्डका अध्यक्ष निकेस अधिकारी सहितको सहभागिता रहेको थियो ।स्तुपमा गरिएको यसरी पहिलो पटक विशेष पुजाले स्थानियबासीमा नयाँपन थपिएको कोषका अध्यक्ष यादवले जानकारी गराएका थिए । यो बर्षको धातु विशेषपुजा स्मरणिय रहने छ, उनले भने, अगामी ...