गण्डक नहर सिल्टबेसिन ८०% सम्पन्न, सिंचाई कार्यालयले किसानलाई पानी सुनिश्चित गर्ने दाबी
बेचु गौडनवलपरासी, ६ फागुननिर्माणाधिन नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीको सिल्टबेसिन(बालुवा थिग्राउने संरचना) को अधिकाँस काम भई सकेको हुदा बर्षे खेतीका लागि गण्डकमा पानी प्रवाह हुने दाबी आयोजना कार्यालयले जनाएको छ । संरचना निर्माण ढिलाईले हिउँदेबाली र गर्मियामको बालीनालीलाई सिचाईका पानी प्रवाह गर्न नसकेको सिचाई प्रणालीको ब्यवस्थापन कार्यालयले दाबी गरेको हो ।हिउँदमा ५० प्रतिसत काम मात्र सम्पन्न भएको हुदा हिउँदेबालीलाई सिचाई रोकेर भए पनि आयोजनाका कार्य छिटो गराउन तर्फ लागिएको हुदा कामले तिब्रता पाएको र बर्षे खेतीका लागि पानी प्रवाहमा समस्या नहुने ब्यवस्थापन कार्यालयका प्रमुख तिलकराम बुढाथोकीले बताए । उनका अनुसार अहिले कामको प्रगति ८० प्रतिसत भएको छ । बाकी दुई महिनामा काम सकिने लक्ष्य राखिएको छ । संरचना निर्माणमा ढिलाई हुदा त्यसको मार स्थानिय किसानले ब्यहोर्ने अवस्था देखिएको थियो । तर अहिल...










