पाल्हिनन्दन गाउँपालिका

पाल्हीनन्दन गाउपालिकाद्धारा महेशपुर मुलनाकाको प्रवेशद्धारको रंगरोगन शुरु
पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

पाल्हीनन्दन गाउपालिकाद्धारा महेशपुर मुलनाकाको प्रवेशद्धारको रंगरोगन शुरु

नवलपरासी,१० माघ,जिल्लाकै मुलनाकाको रुपमा रहेको महेशपुर नाकाको प्रवेशद्धारलाई ब्यवस्थित गर्न जिल्ला समन्वय समिति(जिसस)ले सम्बन्धित पाल्हीनन्दन गाउपालिकालाई आग्रह गरेको साता भित्रै काम शुरु भएको छ । जिससको आग्रहलाई अंगिकार गर्दै गाउपालिकाले प्रवेशद्धारको रंगरोगन गर्नुका साथै बजार क्षेत्रको सरसफाई काम शुरु गरेको हो ।गत साता महेशपुर नाकाको अवलोकन गर्दै जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवले गाउपालिका र भन्सार कार्यालयहरुले सहकार्य गरि सिमावर्ति महेशपुर बजार समेत ब्यवस्थित गर्न आग्रह गरेका थिए । आग्रह अनुसार काम शुरु भएको कुराले आफुलाई खुशी लागेको जिसस प्रमुख भगौती प्रसाद यादव(रुदल)ले बताए । गाउपालिकाले आफ्नो कामको शुभारम्भ प्रवेशद्धारको मर्मत,सम्भार गर्दै रंगरोगन गर्ने कामको शुरुवात गरेको छ, उनले भने, भन्सारले समेत समेत आफ्नो काम र चुनौतीको विवरण जिससमा बुझाई सकेको छ । भन्सारसँग सम्बन्धित सम...
बौद्धकालिन प्राचिन नन्दन नगर क्षेत्रको सरसफाईमा सक्रिय स्थानिय
पर्यटन, पाल्हिनन्दन गाउँपालिका

बौद्धकालिन प्राचिन नन्दन नगर क्षेत्रको सरसफाईमा सक्रिय स्थानिय

नवलपरासी,२८ पुसजिल्लाको पाल्हीनन्दन गाउपालिका ६ पडरी स्थित बौद्धकालिन प्राचिन नन्दन नगर(नन्दन सिटी)को बगैचा क्षेत्रको सरसफाईमा स्थानियबासी सक्रिय भएका छन् । पर्यटकिय स्थलको रुपमा विकास,संक्षण प्रवद्र्धनमा स्थानियबासीले चाँसो लिदै आएको सो स्थानको विकासका लागि गाउपालिकाले अग्रसरता लिईने भए पछि तिन दिन देखी निरन्तर स्थानिय पनि सरसफाईमा सक्रियता देखाउन थालेका छन् ।केही महिना देखी यो पुरातात्विक तथा बौद्धकालिन नन्दननगर भएको पुरातात्वका जानकार तथा बौद्ध अध्ययेताहरुले पडरी कोटहीमाई स्थान भनेर चर्चामा ल्याए पछि अहिले स्थानिय युवाहरु पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सक्रिय भएको स्थानिय युवा संदिप कुमार यादवले बताए । अहिले सो स्थानको अवलोकन भ्रमण गर्न केही बाहिरका पर्यटक आउन थाले पछि त्यस स्थानको सफाई गर्ने कार्य भई रहेको छ, उनले भने, परम्परागत रुपमा देवीदेवताको पुजा गर्दै आएका स्थानियले अहिले मा...
पाल्हीनन्दनका नागरिकलाई मोतिविन्दु अप्रेसन र रगत निशुल्क
पाल्हिनन्दन गाउँपालिका, स्वास्थ्य

पाल्हीनन्दनका नागरिकलाई मोतिविन्दु अप्रेसन र रगत निशुल्क

नवलपरासी २५ पुसगाउपालिका भित्रका नागरिकलाई निशुल्क रगतको ब्यवस्था मिलाएको जिल्लाको पाल्हीनन्दन गाउपालिकाले मोतिविन्दुका अप्रेसन पनि निशुल्क हुने गरे सम्झौता गरेको छ । नेपाल रेडक्रमस सोसाईटीको ब्लड बैंकसँग निशुल्क रगत दिने सम्झौता पछि गाउपालिकाले सदरमुकाम परासी स्थित विनोद निता कण्डेल आँखा अस्पतालसँग निशुल्क मोतिविन्दुको अप्रेसन गरिदिन भनेर सम्झौता गरेको हो ।नागरिकलाई स्वास्थ्यको अधिकारलाई सहज शुलभ बनाउदै आएको गाउपालिको पालिका भित्र सेवा नभएको रगतको ब्यवस्थापन र आँखाको मोतिविन्दुको अप्रेसन सेवालाई पनि निशुल्क उपलब्ध गराउने गरि सरोकारवाला संस्थासँग सम्झौता गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । अन्य स्वास्थ्य सेवाका लागि गाउपालिकाकै पाल्हीनन्दन आधारभुत अस्पताल तथा प्रत्येक वार्डमा रहेको स्वास्थ्य चौकी तथा गाउघर क्लिनीक मार्फत स्वास्थ्य सेवा दिदै आएको छ, प्रमुख...
बौद्धकालिन प्राचिन नन्दनसिटीको विकासमा स्थानियको चाँसो
पर्यटन, पाल्हिनन्दन गाउँपालिका

बौद्धकालिन प्राचिन नन्दनसिटीको विकासमा स्थानियको चाँसो

नवलपरासी,१२ पुसजिल्लाको पाल्हीनन्दन गाउपालिका ६ पडरी स्थित बौद्धकालिन प्राचिन नन्दन नगर(नन्दन सिटी)को विकास,संक्षण प्रवद्र्धनमा स्थानियबासीले चाँसो लिन थालेका छन् । पुरातात्वका जानकार तथा बौद्ध अध्ययेताहरुले पडरी कोटहीमाई स्थान भनेर चिनिदै आएको ठाँउ नै प्राचिन नन्दन सिटी भनेर अनुमान गरे पछि स्थानियले चाँसो लिन थालेका हुन् ।सो स्थानको विहिवार स्थलगत अवलोकन गर्न पुगेको पालिकाको टोलीसँग स्थानियले नन्दनताल र नन्दन सिटीबारे खोज अनुसंधान,विकास,संरक्षण प्रवद्र्धनमा पालिकाले अग्रसरता लिनु पर्ने आग्रह गरेका थिए । ग्रेटर लुम्बिनी(वृहद लुम्बिन्ी)मा यो पनि बुद्ध साईटको रुपमा राखेर विकास तथा संरक्षण प्रवद्र्धन गर्दै पुरातात्विक अध्ययन अनुसंधानमा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल,वार्ड अध्यक्ष कृष्ण प्रसाद यादव,तत्कालिन सनई गाविसका पुर्व अध्यक्ष राजेन्द्र सहानी लगायतको टोलीले सो नन्...
लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालले गरे पुलको उद्घाटन
पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालले गरे पुलको उद्घाटन

नवलपरासी, ७ पुसलुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश साँसद).वैजनाथ जैसवालको “क्षेत्र विकास योजना अन्तरगत “आ.व २०७९÷८०मा निर्माणाधिन पुलको काम सम्पन्न भए पश्चात उदघाटन गरेका छन् । उनले एक समारोह विच पाल्हिनंदन गाउपालिका वडा नं.५ सिसवा कृषि पूलको उदघाटन गरेका हुन् । पुल निर्माणको लागि ७० लाख विनियोजित भएको निर्माण कार्य सम्पन्न पश्चात सिसवाका समाज सेवी वेचन मौर्याको अध्यक्षतामा लुम्बिनी प्रदेश सभा सदस्य जैसवालले उदघाटन गरेका थिए । साँसद जैसवालको प्रमुख अतिथ्यतामा सोही वार्डका पुर्व वडा अध्यक्ष ओम प्रकाश गुप्ता विशिष्ट अतिथ्यतामा पुर्व वडा सदस्य एकबाल देवान सहितको सहभागितामा पूल समुदउद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन ।शिव कुमार रौनियारले गरेका थिए । बषौ देखी भत्किएको अवस्थामा रहेको सिसवा कृषि सडक पुलको पुर्ननिर्माण भए पछि स्थानिय खुशि भएका छन् । लुम्बिनी प्रदेश सभा सदस्य(प्र...
पाल्हीनन्दन गाउपालिकाले गर्यो निशुल्क रगतका लागि ब्लड बैकसँग सम्झौता
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

पाल्हीनन्दन गाउपालिकाले गर्यो निशुल्क रगतका लागि ब्लड बैकसँग सम्झौता

नवलपरासी,जिल्ला स्थित पाल्हीनन्दन गाउपालिकाले आफ्नो नागरिकलाई आवश्यक पर्ने रगतका लागि कुनै प्रकारको शुल्क नलाग्ने गरि नेपाल रेडक्रस सोसाईटी नवलपरासीसँग सम्झौता गरेको छ । रगत आवश्यक पर्ने बिरामीलाई सहज ढंगले रगतको उपलब्ध गराउने उदेश्यले कुनै प्रकारको शुल्क नलिईने र आवश्यक शुल्क गाउपालिकाले नै तिर्ने गरि सम्झौता भएको हो ।रगत निशुल्क नै हुने भए पनि ब्लड बैंक सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाईटीले ब्लड बंैक सञ्चालन गर्दा आवश्यक ब्यवस्थापकिय कार्यका लागि शुल्क लिदै आएको छ । तर अहिले गाउपालिकाका नागरिकलाई आवश्यक पर्ने रगत ब्लड बैकबाट लिदा लाग्ने सेवा शुल्क गाउपालिकाले नै तिरिदिइने गरी सम्झौता भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । दुर्घटना तथा प्रसुती महिलालाई बढि आवश्यक पर्ने गरेको छ, उनले भने, पाल्हीनन्दनका विरामी भएको खण्डमा सिफारिस सहित रेडक्रससँग रगत माग गर...
पाल्हीनन्दनको प्राचिन नन्दन सिटीमा पुरातात्विक खोज गर्न माग गर्दै गाउपालिका अध्यक्ष गुप्ता
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, समाचार

पाल्हीनन्दनको प्राचिन नन्दन सिटीमा पुरातात्विक खोज गर्न माग गर्दै गाउपालिका अध्यक्ष गुप्ता

नवलपरासी,११ मंसिरजिल्ला भित्र विभिन्न गाउपालिकामा पुरातात्विक खोज अनुसंधान भई रहेकै बेला पाल्हीनन्दन गाउपालिका ६ पडरी स्थित नन्दनताल नजिकै प्राचिन नगर (सिटी)को पनि पुरातात्विक खोज गर्न गाउपालिकाले पुरातत्व अनुसंधान टोलीलाई आग्रैह गरेको छ । सोमवार सो अनुसंधान टोलीले प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर)मा भुभौतिक सर्वे भई रहेको स्थलमै पुगेर गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले पत्र बुझाउदै पाल्हिनन्दन गाउपालिकाको प्राचिन नन्दन सिटी(नगर)को खोज अनुसंधान गर्न आग्रह गरेका हुन् ।गत असार ५ गने पुरातत्व क्षेत्रमा लामो समय काम गर्दै आएका नारद यादवले स्थलगत अवलोकन गरेर नन्दन सिटी यहिँ हुनु पर्ने कुरा सार्वजनिक गरे पछि अहिले त्यस क्षेत्रको पुरातात्विक खोज अनुसंधानका लागि गाउपालिकाले चाँसो लिएको हो । पुरातत्व कार्यालय प्रमुख समेत रहेका पुरातत्व अधिकृत भास्कर ज्ञवालीलाई पत्र हस्तानान्तर ग...
शिवपार्वती सिद्धधाम लोहरौलीलाई अन्तराष्र्टि«य पहिचान दिलाउदै पाल्हीनन्दन गाउपालिका
पाल्हिनन्दन गाउँपालिका, समाचार

शिवपार्वती सिद्धधाम लोहरौलीलाई अन्तराष्र्टि«य पहिचान दिलाउदै पाल्हीनन्दन गाउपालिका

नवलपरासी,५ मंसिरप्राचिन काल देखी नै ओझेलमा परेको पाल्हीनन्दन ४ लोहरौली स्थित शिवपार्वती सिद्धधामलाई अन्तराष्र्टि«य पहिचान दिलाउने गरि काम अगाडी बढाईने भएको छ । मंगलवार सो सिद्धधामको अवलोकन गर्दै गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले यो प्राचिनकालिन शिवशतिm केन्द्र रहेको पुरातात्विक आधार र थुप्रै प्रमाण देखिएको हुदा यसलाई अन्तराष्र्टि«य पहिचान दिलाउनका लागि काम हुने बताएका हुन् । यो सिद्धधामलाई एउटा ट्रष्टको रुपमा स्थापित गर्दै भगवान शिवसँग सम्बन्धित तिर्थ स्थल बनाउनकै लागि अन्तराष्र्टि«य महर्षि पाउण्ेसनसँग समन्वय गर्ने कार्य गरिने आश्वास्त पार्दै यसका लागि स्थानियले पनि एक जुट भई तत्परता देखाउन आवश्यक रहेको बताएका थिए । भोली(बुधवार) सुस्ता गाउपालिका स्थित अन्तराष्र्टि«य महर्षि फाउण्डेसनसँग सम्बन्धित स्थानमा जान्छौ,उनले भने, यसको अवस्थाबारे जानकारी गराउछौ । स्थलगत ...
भक्सिपुरको ‘होचो पुल’ सांसद कण्डेलमाथि प्रश्न
पाल्हिनन्दन गाउँपालिका, समाचार

भक्सिपुरको ‘होचो पुल’ सांसद कण्डेलमाथि प्रश्न

नवलपरासी,जिल्लाको पाल्हीनन्दन २ स्थित झरहीखोला भक्सिपुरको होचो पुल अहिले चुनावी ऐजेण्डा बन्न थालेको छ । विगत तिन दशक देखी उतm होचो पुलको विकल्पमा नयाँ पुल किन बन्न सकेन ? भनेर स्थानियले सो पुललाई अहिलेको चुनावी मुख्य एजेण्डा बनाउन थालेका हुन् ।समाजिक सञ्जाल देखी घरदैलोमा भोट माग्न आउने राजनीतिक दलको नेता तथा उमेदवारसँग कहिले बन्छ ? पुल भनेर प्रश्न गर्न थालेका छन् । जिल्लाकै प्रमुख महेशपुर नाकासँग जोड्ने उतm पुल सम्भवतः पुर्व पश्चिम राजमार्ग बन्दाको समकालिन पुल हो । अहिलेसम्म पनि सोही पुलले भारतिय बजार ठूठीबारी जाने र राजमार्गसँग जोड्ने सुनवल—परासी—महेशपुर सडकको सबै भन्दा पुरानो र लामो पुल हो । जमिनको सतह देखी पनि करिब डेढ मिटर होचो पुल छ । बाढीको बेला आवागन बन्द प्राय हुने गरेको छ । जोखिम मोलेर स्थानियहरु बाढी र बर्षायाममा आवत जावत गर्ने गरेका छन् । पुलको निर्माण हरेक चुनावको बेला उठ्ने गर...
लिँक सडक अन्तरगत झरही खोलाको पुल प्रयोगमा नआउदै चर्कियाे
पाल्हिनन्दन गाउँपालिका, रामग्राम नगरपालिका

लिँक सडक अन्तरगत झरही खोलाको पुल प्रयोगमा नआउदै चर्कियाे

गुणस्तरहिन समाग्रिको प्रयोग र प्राविधिक हेलचक्रयाई नवलपरासी,१३ भदौजिल्लाको पुर्वपश्चिम राजमार्ग देखी महेशपुर नाका जोड्ने लिँक सडक अन्तरगत झरही खोला पुल प्रयोगमा नआउदै क्रेक(चिरा परेको) भएको छ । रामग्राम नगरपालिका १७ स्थित उतm पुल बनेको तर प्रयोगमा नआउदै विम क्रेक भएको हो ।रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिकाको सिमाक्षेत्रको झरहीखोला पुलको निर्माण गर्ने निर्माण ब्यवसायीको हेलचक्रयाईले पुलको विम क्रेक भएर जोखिम बढेको स्थानियले जानकारी गराएका थिए । पुल प्रयोगमा नआउदै चिरा पर्यो,स्थानिय अब्दुल रज्जाक धुनियाले पुलको अवस्थाबारे जिल्ला समन्वय समिति (जिसस)मा जानकारी गराएका थिए । जानकारी भए पश्चात जिसस प्रमुख भगौती यादव पुलको अवस्थाको स्थलगत अवलोकन गर्न तत्कालै पुगेका थिए । पुलको अवस्था जस्तो स्थानियले जानकारी गराएका थिए,त्यसै रहेको जिसस प्रमुख यादवले समेत जानकारी गराए । पुल प्रयोगमा नआउदै...