नवलपरासीको बन क्षेत्र भित्रै एक लाख श्रमदिनको रोजगारी
नवलपरासी,६ चैत्रडिभिजन बन कार्यालयले बन क्षेत्रमा नै एक लाख श्रमदिनको रोजगारी सृजना भएको जानकारी गराएको छ । बुधवार पत्रकारसँग बन कार्यक्रमको अर्धबार्षिक समिक्षा कार्यक्रम गर्दै बन क्षेत्र भित्र भई रहेको बन संवर्धन कार्यक्रम अन्तरगत सो रोजगारी सृजना भएको जानकारी गराइएको हो ।उतm कार्यक्रम अन्तरगत बुद्ध शान्ति साझेदारी बन समुह र दर्जन बढि सामुदायिक बन भित्र बैज्ञानिक तरिकाले बनको ब्यवस्थापन र उपयोग गर्ने गरि कार्ययोजना अनुसार काम हुदा उतm रोजगारी सृजना भएको डिभिजन बन अधिकृत राजु क्षेत्रीले जानकारी गराएका थिए । यो कार्यक्रम प्रदेश भरि नै लागु छ, उनले भने,यो जिल्लामा सबै क्षेत्रको गरि एक लाख श्रमदिन काम स्थानियबासीले पाएको जनाउदै रोजगारीसँगै राजस्व संकलन हुने आधार पनि बन्दै गएको छ । बन संवद्र्धन कार्यक्रमले राजस्व र रोजगारीसँगै दिगो बन विकास समेत जोडिएको उनको भनाई थियो ।एक लाख श्रमदिन सृजना हुद...










