सरावलको थारु साँस्कृतिक पार्कमा खिचडी महोत्सवको तयारी अन्तिम चरणमा
नवलपरासी,२८ पुसजिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृतक पार्कमा खिचडी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको स्थानियले जानकारी गराएका छन् । विगत दुई दशक देखी जनता मावि मनरीको परिसर भित्र माघे संक्रान्ति(खिचडी) को दिनलाई महोत्सवको रुपमा मनाउदै आएको महोत्सव अहिले थारु साँस्कृतिक पार्कको विकास गरि सस्थागत बनाइदै मनाउन थालिएको हो ।
स्थायिन श्रीराम युवा प्रष्ठिानको सक्रियतामा हुदै आएको खिचडी महोत्सव तिन बर्ष देखी थारु साँस्कृतिक पार्कमा ब्यवस्थापन गर्दै खिचडीलाई ब्यापक रुपमा मनाउन थालेको स्थानियले बताए । यो बर्ष अझै विस्तारित बनाउने लक्ष्य सहित महोत्सवको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष चक्रपाणी चौधरीले जानकारी गराए । स्थायिन स्तरबाट शुरु भएको खिचडाी महोत्सव अहिले जिल्लामै पहिचान बनाएको छ, उनले भने, अझ यसलाई विस्तारित बनाउने लक्ष्य लिएका छौ । विद्यालय स्तरमा पनि खिचडी महोत्स...










