चुरे तराईको बन क्षेत्रमै छ,जैविक मल र सिचाई जलको भण्डारण स्रोत
नवलपरासी,२५ फागुनचुरे तराईको बन र खोलानाला मल र जलको भण्डार हुन सक्ने अपार सम्भावना बोकेको भए पनि सरकारी निकाय त्यस प्रति उदासिन देखिएको सरोकारवालाले बताएका छन् । चुरे तराईको बन संरक्षण र ब्यवस्थापन मात्र गरे तराई मधेशको भुमिलाई आवश्यक पर्ने जैविक मल र सिचाई जल आपुर्ति हुन सक्ने आधार बनाउन सक्ने सरोकारवालाले त्यस प्रति सरकारी उदासिनता अहिलेसम्म रहेको बताएका हुन् ।किसानलाई पनि चुरेको मल र जलबारे जनचेतना बढाउन नसकि आयातित रासायनिक मल र भुमिगत जल प्रति अभिप्रेरित गर्नु दुर्भाग्य पुर्ण रहेको संघिय सँसद राष्ट्रियसभाका पुर्व साँसद रामलखन हरिजलले बताएका हुन् । राष्ट्रिय सिचाई जल उपभोतmा महासघका पुर्व महासचिव समेत रहेका पुर्व साँसद हरिजनले यसबारे आफुले सदनमा पटक पटक उठाउदै आएको तर संसद र सरकार एक कानले सुन्ने र आर्को कानले उठाउने प्रवृतिका कारण त्यसबारे समान्य खोज अनुसंधान समेत हुन नसकेको बताए । च...










