परासी बजारमा सपिगँमलको योजना बनाउदै रामग्राम नगरपालिका
नवलपरासी,११ चैत्रजिल्लाको रामग्राम नगरपालिकाले आफ्नै सपिगँ मल बनाउने कार्य अगाडी सारेको छ । नगर विकास कोषसँग साझेदारी गरि वार्ड नं.५ स्थित दैनिक हटबजार स्थलमा सो सपिगँमल बनाउने योजना ल्याएको हो ।झण्डै १२ करोड लागतको ६ तल्ले सपिगँमलको भवन बन्ने गरि योजना बनाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले जानकारी गराए । परासी बजारमा ठूलै लगानी गरि सपिगँमल बनाउने खासै ब्यवसायिक प्रतिष्ठान भएको र जिल्ला अदालत अगाडी रहेको नगरपालिकाको उतm जग्गाको सदुपयोग गर्ने गरि सपिगँमलको योजना बनाइएको हो,प्रमुख प्रशासकिय अधिकृत खड्काले भने,जग्गाको सदुपयोग पनि हुने,बजारको विचमा एक सपिगँमल पनि बन्नुका साथै त्यसले नगरपालिकाको राजश्वमा पनि योगदान पुर्याउने हुदा नगरसभाले यस्तो योजना अगाडी बढाएको थियो । आवश्यक रकमका लागि अन्य निकायसँग पनि पहल भई रहेको छ,उनले थपे,त्यसका लागि नगरपालिकाका नगर प्रमुख धनपत य...










