समाचार

विद्यालयमा कक्षा थप्न जुट्दै महेन्द्र जनता मावि गडौरीका अभिभावक
शिक्षा, समाचार, सरावल गाउँपालिका

विद्यालयमा कक्षा थप्न जुट्दै महेन्द्र जनता मावि गडौरीका अभिभावक

नवलपरासी,२ भदौजिल्लाको सरावल ५ गडौरी स्थित स्थानिय गाँउकै विद्यालयमा कक्षा १२ सम्मको पढाई गर्नु पर्ने भन्दै स्थानिय अभिभावकहरु जुटेका छन् । स्थानिय महेन्द्र जनता माविका अभिभावकहरु भेला भई यसै बर्ष देखी कक्षा ११ को पठन पाठन शुभारम्भ गर्नु पर्ने भन्दै लागि परेका हुन् ।पालिका भित्रकै पुरानो विद्यालय भए पनि स्थानिय स्तरबाट विभिन्न कारणबस पहल हुन नसक्दा कक्षा १२ सम्मको पढाई शुरु हुन नसकिरहेको जनाउदै स्थानिय अभिभावकहरुले गाँउकै विद्यालयमा अब सो पढाई गर्नु पर्ने भन्दै छलफलमा जुटेका हुन् । विगत एक दशक देखी कक्षा १० सम्म पठन पाठन हुदै आएको र कक्षा १० पुरा गरि माथिल्लो कक्षाको पढाई पुरा गर्नका लागि टाढा जानु पर्ने बाध्यता हटाउनका लागि अभिभावकहरु जुटेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आलम खाँले बताए । धेरै बर्ष देखी यहाँका तत्कालिन प्रधानाध्यापक र समितिका अध्यक्षहरुले कक्षा थप प्रति चाँसो नदेखाएक...
‘गण्डक पिडितहरुको संघर्षको उपलब्धी अहिले देखिन थालेको छ’
विकास पुर्वाधार, समाचार, सुस्ता गाउँपालिका

‘गण्डक पिडितहरुको संघर्षको उपलब्धी अहिले देखिन थालेको छ’

नवलपरासी,१ भदौगण्डक पिडितद्धारा विगत बर्षमा गरिएको संघर्ष र भारतिय पक्षसँग भएको सहमति अनुसारको काम भारतिय पक्षले गर्न थाले पछि अहिले गण्डक क्षेत्रमा उपलब्धीहरु देखिन थालेको छ । गण्डक पिडितसँग भएका सहमति भारतिय पक्षले एक प्रति आर्को कार्य गर्न थाले पछि अहिले गण्डक क्षेत्रका बासिन्दा त्यसलाई उपलब्धीको रुपमा हेर्न थालेका हुन् ।२०६५ सालमा गण्डक संघर्ष समिति गठन गरि गण्डक नदी(नारायणी)बाट हुने गरेको क्षति ब्यवस्थापन गर्न भारतिय पक्षले काम नगरेको भन्दै ३१ दिनसम्म भारतिय नहरमा पानी रोकेर आन्दोलन गरेका थिए । भारतिय मुख्य पश्चिमी नहर भित्र नै टेण्ट टागेर आन्दोलनमा उत्रिए पछि भारतिय पक्षले स्थानिय प्रशासनको समन्वयमा संघर्ष समितिसँग छलफल गर्न बाध्य भएको थियो । छलफल पछि संघर्ष समिति र गण्डक परियोजना कार्यालय बाल्मिकी नगरका अधिकारी तथा भारतिय प्रशासनका अधिकारीहरुले २१ बुदे काम गर्न लिखित सम्झौता गरेका थ...
पुर्वमन्त्री तथा साँसद प्रधानद्धारा परासी स्थित पिसपार्कको अवलोकन
पर्यटन, रामग्राम नगरपालिका, समाचार

पुर्वमन्त्री तथा साँसद प्रधानद्धारा परासी स्थित पिसपार्कको अवलोकन

नवलपरासी,१ भदौजिल्ला सदरमुकाम स्थित पिस पार्कलाई सबै खालको संस्कृति झल्किने गरि कार्यक्रम गर्दै ब्यवस्थापन कार्यमा लाग्नु पर्ने प्रतिनिधिसभा सदस्य(साँसद) तथा पुर्व कानुन मन्त्री धु्रव बहादुर प्रधानले बताएका छन् । परासी स्थित महिना दिन पहिला सञ्चालनमा आएको पिसपार्कको अवलोकन गर्दै उनले सो कुरा बताएका हुन् ।बजार नजिकै कुनै पनि पार्कहरु नभएका हुदा शान्त र मनोरम स्थानमा दिन बिताउन खोज्ने जो सुकैलाई पार्कको आवश्यकता महशुस भई रहेको र अहिले यो पार्क सञ्चालनले सो आवश्यकता पुरा गर्नेमा उनले विश्वास ब्यतm गरेका थिए । पार्क सञ्चालन तथा ब्यवस्थापन जुन सुकै संस्थाले गर्दै आए पनि यो सार्वजनिक सरोकारको भएको हुदा सबै क्षेत्रको लगानी आवश्यक रहेको बताउदै उनले बसपार्कसँगै जोडिएको यो पिसपार्क अझ प्रभाकारी हुने जनाए । बसपार्कसँगै यो पिसपार्कको महत्व आफै बढदै जानेछ,उनले भने,नगरपालिकाले चाँसो लिएर यस क्षेत्रको ब्...
निर्माण भएको दुई बर्ष वितिसक्दा सञ्चालनमा आएन लुम्बिनी प्रादेशिक पशुरोग अन्वेषण प्रयोगशाला
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

निर्माण भएको दुई बर्ष वितिसक्दा सञ्चालनमा आएन लुम्बिनी प्रादेशिक पशुरोग अन्वेषण प्रयोगशाला

नवलपरासी,३२ साउनलुम्बिनी प्रदेश सरकारले नवलपरासीमा स्थापना गरेको पशु रोग अन्वेषण प्रयोगशाला निर्माण भएको दुई बर्ष वितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् । अहिले देशभरि पशुहरुमा देखिएका लम्पी स्किन जस्ता महामारीहरु फैलिदै गरेको अवस्थामा प्रादेशिक प्रयोगशाला प्रति सरकारी वेवास्ता गर्दा हालसम्म सञ्चालनमा आउन नसकेको हो ।गत बर्ष नै लुम्बिनी प्रदेश सरकारद्धारा नवलपरासीको सदरमुकाम परासीमा निर्माण गरिएको प्रदेश स्तरिय पशुरोग अन्वेषण प्रयोगशाला छिट्टै सञ्चालनमा आउने जानकारी गराइएको थियो । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय परिसर भित्र निर्माण भएको उतm प्रयोगशाला लुम्बिनी प्रदेश सरकार नयाँ गठन भए पश्चात चाडै सञ्चालनमा आउने प्रयोगशालाले दाबी गरे पनि हालसम्म सञ्चालनमा आउन नसक्दा सरकारी पशु कृषक प्रति कति उदासिन देखिएको उदाहरण देख्न सकिन्छ । लुम्बिनी प्रदेश भित्र पशु र माछामा लाग्ने रोगको अनुस...
सुस्ता चिस्यान केन्द्रको भवन बने पनि पुरै काम सम्पन्न छैन् ः अध्यक्ष उपाध्याय
कृषि, समाचार, सुस्ता गाउँपालिका

सुस्ता चिस्यान केन्द्रको भवन बने पनि पुरै काम सम्पन्न छैन् ः अध्यक्ष उपाध्याय

नवलपरासी,३१ साउनजिल्लाको सुस्ता स्थित बन्दै गरेको चिस्यान केन्द्र(कोल्ड स्टोर) भवनको निर्माण कार्य सम्पन्न भए पनि परियोजना पूर्णरुपमा सम्पन्न नभएको सुस्ता गाउपालिकाले जनाएको छ । भवनको काम सकिए पनि विद्युत जडान,सुरक्षागार्ड,लोडअनलोड गर्ने स्थान,कार्यालय सञ्चालन तथा कम्पाउण्डवाल लगायतका धेरै काम बाकी नै रहेको जनाउदै चिस्यान केन्द्र परियोजना पुर्ण रुपमा सम्पन्न भई नसकेको जानकारी गराएको हो ।गण्डक,सुस्ताका विभिन्न विषयको अध्ययन अवलोकन गर्ने क्रममा सो चिस्यान केन्द्र समेत अवलोकन गर्न पुगेका जिल्ला समन्वय समिति (जिसस)ं प्रमुख भगौती यादवलाई चिस्यान केन्द्रको अवस्थाबारे गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी गराएका थिए । लुम्बिनी प्रदेश सरकारको साझेदारीमा बन्ने लागेको उतm चिस्यान केन्द्रको बसै काम सम्पन्न हुन सकेको छैन्,चिस्यान केन्द्रको भण्डार गृहको काम सम्बन्धित ठेकेदारले सकाएको देखाउदै उ...
गण्डक नदी भित्रको ढिस्कोलाई ‘गण्डक टापु पार्क बनाई पर्यापर्यटन
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

गण्डक नदी भित्रको ढिस्कोलाई ‘गण्डक टापु पार्क बनाई पर्यापर्यटन

नवलपरासी,२८ साउनजिल्लाको सुस्ता गाउपालिका स्थित गण्डक (नारायणी) नदीको विच विचमा थुप्रिएर टापुको स्वरुप बन्दै गएकोले त्यसलाई गण्डक टापु पार्कको स्वरुप दिन सके पर्यापर्यटन बढाउन सक्ने सम्भावना स्थानियले देख्न थालेका छन् । भारतिय पक्षद्धारा गण्डक क्षेत्रमा गण्डकको खत्तरा न्युनिकरण गर्दै काम गर्न थाले पछि सो क्षेत्र खत्तराबाट अब अवसरमा बदल्ने सम्भावना स्थानियले देख्न थालेका हुन् ।हाल गण्डक नदी नियन्त्रण गर्नका लागि खत्तरा रहेको गण्डक बाँध अन्तरगतको वि ग्याप बाँध,लिँक बाँध र नेपाल बाँधको उचाई अग्लो बनाउने कार्यले जोखिम हट्ने सम्भावना पनि बढदै गएको र बाँधको चौडाई पनि बढदै जादा सडक पुर्वाधारमा पनि उपयोगी हुने हुदा गण्डक बाँध क्षेत्रलाई पर्यापर्यटन तथा धार्मिक पर्यटनसँग जोडेर विकास अवधारणा बनाउनु पर्ने स्थानिय लुख्खु यादवको छ । नदीको बिच विचमा थुप्रिएका ति ढिस्कोहरुमा रुख विरुवा हुर्कदै स साना टाप...
सात बर्षमा पनि सम्पन्न हुन सकेन् हुलाकी राजमार्गकोपरासी — नारायणचोक खण्ड
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

सात बर्षमा पनि सम्पन्न हुन सकेन् हुलाकी राजमार्गकोपरासी — नारायणचोक खण्ड

नवलपरासी, २७ साउनजिल्लाको हुलाकी राजमार्ग अन्तरगत परासी — नारायणचोक— गोपिगंज खण्डमा ठेक्काको म्याद सकिएको चार बर्ष वित्दा पनि काम सम्पन्न हुन नसके पछि जिल्ला समन्वय समिति(जिसस) ले स्थलगत अनुगमन गरेको छन् । सरकारले निर्माण कम्पनीलाई पटक पटक म्याद थप गर्दा पनि सडक निर्माण हुन नसकेको गुनासो स्थानियबासीले गर्न थाले पछि जिसस प्रमुख भगौती प्रसाद यादवले सडकमा स्थलगत अवलोकनसँगै हुलाकी परियोजना कार्यालयका प्राविधिकसँग निकासका लागि सम्बाद गरेका हुन् ।सडकको बिच बिचमा हस्तानन्तरण नहुदै सडक भत्किनु,पुल नजिक कामै नहुनु,स साना कल्भर्टको मर्मत सम्भार नहुनु र ठेकेदारले सडक छेउमा जथाभावि फालेको ग्राभेलले सडक दुर्घटना निम्तयाउने जस्ता समस्या हुलाकी परियोजना कार्यालयका प्राविधिकहरुलाई उनले देखाएका थिए । सडकको यथार्थता सबै सामु पनि छ,प्राविधिक टोलीले भन्यो,ठेक्का तोडियो भन्ने मुद्दा मामिला गर्दै दुई तिन बर्ष व...
भु संरक्षण दिवसको अवसरमा पाल्ही क्याम्पस भुपु विद्यार्थीको संगठन अल्मुनाई एसोसिएसनद्धारा वृक्षारोपण
नवलपरासी (ब.सु.प.), समाचार, समाज

भु संरक्षण दिवसको अवसरमा पाल्ही क्याम्पस भुपु विद्यार्थीको संगठन अल्मुनाई एसोसिएसनद्धारा वृक्षारोपण

नवलपरासी,२३ साउनभु संरक्षण दिवसको अवसर पारेर जिल्ला स्थित पाल्ही बहुमुखी क्याम्पस परासीको भुतपुर्व विद्यार्थीहरुको संगठन क्याम्पस अल्मुनाई एसोसिएसनले वृक्षारोपण कार्यक्रम गरेको छ । क्याम्पस पसिरस भित्र भुतपुर्व विद्यार्थी,प्राध्यापक तथा विद्यार्थीहरुले विभिन्न प्रजातीका विरुवा रोपण गरेका हुन् ।क्याम्पसलाई हराभरा बनाउने उदेश्यले सो वृक्षारोपण कार्यक्रम गरिएको एसोसिएसनका अध्यक्ष रामचन्द्र भण्डारीले बताए । क्याम्पस स्थापनाकालको पहिलो ब्याचको संस्थापक विद्यार्थी समेत रहेका भण्डारीको नेतृत्वमा अहिले भुपु विद्यार्थी संगठन बनाई क्याम्पसको विकास र प्रवद्र्धन क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । क्याम्पस परिसर भित्र सौन्दर्यमुखी फूलका विरुवाहरु रोपण गरिएको अध्यक्ष भण्डारीले जानकारी गराए । वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथी तथा क्याम्पस प्रमुख कैलाश ठाकुरले पुर्व विद्यार्थीहरुको संगठन अल्मुना...
सरावल सरकारले बनाउदैछ,कुलो पुर्नउत्थान कार्यक्रम
कृषि, समाचार, सरावल गाउँपालिका

सरावल सरकारले बनाउदैछ,कुलो पुर्नउत्थान कार्यक्रम

नवलपरासी,२३ साउनजिल्लाको सरावल गाउपालिकाले कुलो पुर्नउत्थान कार्यक्रम बनाउने योजना अगाडी सारेको छ । कतिपय पालिकामा कुलो पुर्दै सडक पुर्वाधार बनाउदै गरेको भए पनि सरावल गाउपालिकाले कुलो पुर्नउत्थान कार्यक्रम ल्याउन लागेको हो ।पुर्खाले कुलो मार्फत सिचाई तथा जलनिकास दुबै गर्दै आएको कुरालाई विचमा बोरिगँ र पम्मिगँसेट तथा नहर आदीको प्रचलनले हराउदै गएको कुलो सिचाई ब्यवस्थालाई पुनः स्थापित गर्नका लागि गाउपालिकाले अब योजना बनाएरै कुलो पुर्नउत्थान कार्यक्रम ल्याउन लागेको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले जानकारी गराए । कुलो सुख्यायाममा सिचाई साधन मात्र होईन्,उनले भने,कुलो बाढीको बेला जलनिकासको साधन पनि हो । कुलो सिचाईले विगत बर्षमा गाँउको जलनिकास र खेतमा सिचाई प्रबन्ध मिलाइएको थियो । २०२४ सालको नापी हुदाको बखत पनि पुराना नक्सामा धेरै कुलो,घोलहरु हुदै छाडन्,सोई जस्ता जलस्रोतको उल्लेख गरेको पाईन्छ । तर ...
अलपत्र जिल्ला स्तरिय सडकमा लुम्बिनी प्रदेश सरकारको बजेट
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

अलपत्र जिल्ला स्तरिय सडकमा लुम्बिनी प्रदेश सरकारको बजेट

नवलपरासी,२२ साउनलामो समय देखी अलपत्र अवस्थामा रहेको जिल्ला स्तरिय सडक निर्माण गर्ने गरि लुम्बिनी प्रदेश सरकारले स्वामित्व ग्रहण गरि बजेट बिनियोजन गरेको छ । संघियतामा मुलुक गए पश्चात तत्कालिन जिल्ला विकास समिति मार्फत जिल्ला स्तरिय सडक भनेर चिनिएका अपलत्र सडकहरु मर्मत गर्नका लागि अहिले लुम्बिनी प्रदेश सरकारले स्वामित्व लिई मर्मत सम्भार र स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको हो ।लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालको पहलमा अलपत्र झण्डै आधा दर्जन अन्तरपालिका जोडिने सडकहरुमा बजेट बिनियोजन भएको उनका स्वकिय सचिव इमामुल खानले जानकारी गराए । उनका अनुसार पोखरापाली बैरागनाथ सडकमा ५० लाख,मञ्झरिया सनई सडकमा १ करोड,उजैनी लोहरौली चमनटोला सडकमा १ करोड ३० लाख,पोखरापाली ज्यामिरे सडकमा ५० लाख,बासा पिपरहिया सडकमा १ करोड ५० लाख र तुरिया घिनहा पुल निर्माणका लागि १ करोड बजेट विनियोजन भएको छ । तत्कालिन जिविस...