समाचार

रोहिणी नदि किनारमा प्राचिन सभ्यताको बुद्धपार्क बनाउदै रोहिणी सरकार
रोहिणी गाउँपालिका, समाचार, संस्कृति

रोहिणी नदि किनारमा प्राचिन सभ्यताको बुद्धपार्क बनाउदै रोहिणी सरकार

नवलपरासी,१० भदौप्राचिन सभ्यता बोकेको रोहिणी नदी क्षेत्रमा बौद्ध सभ्यताको खोजी गर्ने कार्य गरिरहेको रुपन्देहीको रोहिणी गाउपालिकाले रोहिणी किनारमा बुद्धपार्क बनाउने योजना अगाडी सारेको छ । रोहिणी नदीको तत्कालिन कोलिय र शाक्य राज्यका जनताले बाडफाड गर्ने बेला विवाद भई युद्ध हुने अवस्थासम्म पुग्न थाले पछि श्रावस्तीको जेतवन विहारमा रहेका भगवान बुद्ध विवाद सुल्झाउन आएको स्थानलाई पार्कको स्वरुप दिने गरि योजना अगाडी बढाइएको गाउपालिकाले जनाएका हो ।बौद्धकालिन प्राचिन शाक्य राजाहरुको कपिलबस्तु राज्य र कोलिय राजाहरुको कोलिय गणराज्यको सिमा निर्धारण गर्ने रोहिणी नदीलाई प्राचिन सभ्यता र संस्कृति अनुसार पुर्नउत्थान गर्ने उदेश्यले रोहिणी गाउपालिकाले उतm कार्य शुरु गरिएको गाउपालिका अध्यक्ष विद्या यादवले बताए । रोहिणी बौद्धकालिन प्राचिन इतिहास बोकेको स्थान हो, उनले भने, त्यही प्राचिनतालाई झल्काउने उदेश्यले यो ...
परासी स्थित ६ लैनको बन्दरगाह मार्गको सडक विस्तारले बजार चिटिक्क
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

परासी स्थित ६ लैनको बन्दरगाह मार्गको सडक विस्तारले बजार चिटिक्क

नवलपरासी,८ भदौजिल्लाको सदरमुकाम परासीको रामग्राम (बाईपास) चोक देखी मन्झरियासम्मको सडक स्तरोन्नती गरि ६ लैनको बनाउने कार्य सम्पन्न हुदा बजार चिटिक्क बनेको छ । सडक स्तरोन्नीका लागि टेण्डर लिएको समिर कन्ट्रक्सनले सम्झौता भएको एक बर्ष भित्रै आधा सडकको काम सम्पन्न गरेसँगै बजार चिटिक्क देखिएको हो ।अन्य स्थानमा सबै सडकको भाग खन्ने,खोतर्ने तर काम पुरा नगरि अलपत्र बनाउनु भन्दा ठेक्का भएको पुरै लम्बाईको सडकको स्तरोन्नतीका कार्यको आधा भाग पुरै सम्पन्न गरि सडक चलायमान बनाइएको छ । अहिलेको ठेकेदारले गरेको काम गराई ठिक लाग्यो, स्थानिय शिवनारायण यादवले भने, स्तरोन्नतीको नाममा पुरै सडक विगार्नु भन्दा थोरै थोरै भाग एक तिरबाट पुरा गर्दै जानु उदाहरणिय काम भएको देखिएको छ । उनका अनुसार योजना बाईपास चोक देखी मन्झरियासम्मको भए पनि अहिले बाईपास देखी रावणखण्डा पुलसम्मको सडक बनाई सम्पन्न गरिएको छ । बाकी आधा रावणखण्ड...
सुनवल नगरपालिकाको बेरुजु घटाउन भुक्तानीमा प्रिअटिड गर्दै
अर्थ, समाचार, सुनवल नगरपालिका

सुनवल नगरपालिकाको बेरुजु घटाउन भुक्तानीमा प्रिअटिड गर्दै

नवलपरासी,६ भदौजिल्लामै सर्वाधिक बेरुजु देखिने सुनवल नगरपालिकाले बेरुजु बढन नदिइने र भएको बेरुजु रकम फस्यौट गर्ने कार्यलाई गम्भिरका साथ लिएको छ । नगरपालिकाको आर्थिक शुसासन र पार्दर्शिताका लागि सुनवल नगरपालिकाले विशेष पहल थालेको हो ।सुनवल नगरपालिकाको आर्थिक शुसासन र पारदर्शिताका लागि अब उप्रान्त नगर कार्यपालिकाले गरेका निर्णयहरु वेवसाईट मार्फत नगरबासी र रसरोकारवालाहरुलाई जानकारी गराउने जनाएको छ । यसको सुरुवात बुधविार देखी नै गरिएको छ । सुनवल नगरपालिकाको विगतको वेरुजु २४ करोड बढि भएकोले अब उप्रान्त बेरुजु घटाउने र थप आर्थिक पारदिशिएताका लागि ५० हजार भन्दा माथिकको भुतmानी गर्दा प्रि अडित गर्ने र ५० हजार भन्दा माथिको भ्याट बिल सरोकारवालाहरुको जानकारीका लागि वेवसाईटमा राख्ने समेत निर्णय गरेको छ ।विगत बर्षमा मनोमानी तरिकाले विधि प्रकृया नपुर्याई काम गर्दा २४ करोड भन्दा बढि बेरुजु रकम देखिएर जिल्ल...
शैक्षिक गुणस्तर सुधार्न पवन माविले शुरु गर्यो शिक्षक अभिभावक अन्तरक्रिया
रामग्राम नगरपालिका, शिक्षा, समाचार

शैक्षिक गुणस्तर सुधार्न पवन माविले शुरु गर्यो शिक्षक अभिभावक अन्तरक्रिया

नवलपरासी,६ भदौनगरपालिका भित्रको विग स्कुल भनेर चिनिने रामग्राम २ स्थित पवन माविले अब विद्यालय शिक्षालाई गुणस्तरिय बनाउन अभिभावक,शिक्षक र विद्यार्थीसँगै राखेर छलफल तथा अन्तरक्रिया गरेको छ । विद्यालयमा विद्यार्थीको आकर्षण बढदै विग स्कुल बन्दै जादा सोही अनुसार गुणस्तरिय शिक्षा कसरी प्रदान गर्ने भनि विद्यालय सरोकारवालासँग छलफल थालेको हो ।दुई हजार भन्दा बढि विद्यार्थी संख्या भएको पवन मावि नगरपालिकाकै सबै भन्दा बढि विद्यार्थी भएको विद्यालय हो । सदरमुकाममा रहेका आदर्श नमुना विद्यालय भन्दा पनि बढि विद्यार्थी यो पवन माविमा अध्ययन गर्ने गरेका छन्,विद्यालयका प्रधानाध्यापक अरबन्दि कुमार पाठकले भने,विद्यार्थीको अझै पनि पवन माविमा अध्ययन गर्ने आकर्षण बढेको छ । तर साधनस्रोत र पुर्वाधारको समस्या देखिएको छ । त्यसले गर्दा थप विद्यार्थी भर्ना गर्न केही जटिलता देखिन थालेको छ । तर पनि विद्यालयले दिईने गुणस्तरि...
धर्मगुरुको मजार क्षेत्रलाई धार्मिक तिर्थ स्थलको रुपमा विकास गर्न माग
समाचार, संस्कृति, सुनवल नगरपालिका

धर्मगुरुको मजार क्षेत्रलाई धार्मिक तिर्थ स्थलको रुपमा विकास गर्न माग

नवलपरासी,६ भदौजिल्लाको सुनवल नगरपालिका ९ कब्रिस्तान बनकट्टी स्थित इस्लामिक पुरातात्विक र धार्मिक स्थललाई इस्लाम धर्म तिर्थ स्थल बनाउन स्थानियले माग गरेका छन् । इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मोत्सव बाह््ररविऔअललाई भब्यताका साथ मनाउउदै गर्दा पैगम्बर मोहम्मदको ३२ औ पुस्ता पछिको इस्लामिक धर्म गुरुको मजारलाई इस्लाम धर्मको केन्द्र बनाउनु पर्ने स्थानियले माग गरेका हुन् । सो स्थानमा सैयद अब्दुल हमिद धर्म गुरुको समाधि रहेको मजार अहिले पनि सो स्थानमा रहेको छ । तर प्रचार प्रसार हुन नसक्दा सो मजार केही परिवारिक समुहसँग मात्र परिचित भएको स्थानिय सत्तार मियाले बताए । उनका अनुसार जान्ने सुन्ने मानिस भारतबाट पनि आउने गर्छन्,उनले भने,त्यहा दोआ (भाकल) गर्छन् । उनीहरुको भाकल मन्नत पुरा हुन्छ । धेरै इस्लामिक ब्यतिmको त्यहाँ श्रद्धा र विश्वास रहेको छ,उनले भने,स्थानिय स्तरबाट सो स्थानको संर...
लम्पी स्किन महामारीबाट धेरै पशु जोगाउन पशु सेवा विज्ञ केन्द्र नवलपरासी सफल
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

लम्पी स्किन महामारीबाट धेरै पशु जोगाउन पशु सेवा विज्ञ केन्द्र नवलपरासी सफल

नवलपरासी,५ भदौलुम्बिनी प्रदेशमा लम्पी स्किन रोगका कारण ७ हजार भन्दा बढि पशु मरेको भए पनि नवलपरासीमा संक्रमित पशु मध्ये ५ प्रतिसत मात्र ३६ वटा पशु मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीको सक्रियतामा अन्य जिल्लामा धेरै पशु मरेको भए पनि नवलपरासीमा अधिकाँश संक्रमित पशु जोगाउन सफल रहेको केन्द्रले जानकारी गराएको हो ।नेपालमा लम्पी स्किन रोग देखा पर्ने वित्तिकै केन्द्रले आफ्ना पशु स्वास्थ्यकर्मी परिचालन गरि जनचेतना जनाउनुका साथै खोप लगाउने अभियानलाई निरन्तरता दिए पश्चात धेरै पशु बचाउन सकिएको केन्द्र प्रमुख श्रवण कुमार चौधरीले जानकारी गराए । जानकारीमा आए देखी नै भेटेरिनरी अस्पताल तथा केन्द्रका पशु स्वास्थ्यकर्मी गाँउ गाँउमा र पशु फर्महरुमा परिचालन गरियो,उनले भने,रोगको संक्रमण रोक्नका लागि किसानलाई समेत परिचालन गरियो,संक्रमित पशुलाई अन्य पशुसँग सम्पर्क विच्छेदमा राख्न लगाईयो ...
च्याउ उद्योगमा पचास जना महिलाले पाए प्रत्यक्ष रोजगारी
कृषि, रामग्राम नगरपालिका, समाचार

च्याउ उद्योगमा पचास जना महिलाले पाए प्रत्यक्ष रोजगारी

नवलपरासी,५ भदौजिल्लाको रामग्राम नगरपालिका १२ कुनवारमा सञ्चालित ठूलो लगानीको गोब्रे च्याउ(बटन मसरुम) को उद्योग सञ्चालनमा आउदा ५० जनाले रोजगारी पाएका छन् । झण्डै ७ करोड लगानीमा माँ पाल्ही भगवती कृषि फार्म प्रा.लि.ले सो उद्योग सञ्चालनमा ल्याए पछि स्थानिय ५० जना महिलाहरु प्रत्यक्ष रोजगारी पाएको उद्योगले जनाएको हो ।च्याउको विँउ राख्ने देखी च्याउ काट्ने र प्याकेजिगँ गर्नेसम्मको काम गर्नका लागि स्थानिय गाँउकै महिलाहरुले काम गर्दै आएको उद्योगका सञ्चालक नरेश जैसवालले जानकारी गराए । एक जना महिलाले कम्तीमा पनि मासिक २५ हजारसम्म कमाउदै आएका छन्,उनले भने,गाँउमै रोजगारी पाए पछि गाँउका महिलाहरु उत्साही छन् । कसैका श्रीमान विदेश छन्,घरमा काम नभएर बस्दै आएकी स्थानिय महिलाहरु पनि च्याउ उद्योगमा काम गरेर थप आमदनी गर्न थालेका छन् । उद्योगले स्थानिय स्तरमा च्याउको आपुर्ति मात्रै नभई रोजगारी समेत दिइने गरेको छ ...
विहान सर्पको पुजा र साँझमा पुतरी पिटेर मधेशमा मनाइयो नागपञ्चमी
रामग्राम नगरपालिका, समाचार, संस्कृति

विहान सर्पको पुजा र साँझमा पुतरी पिटेर मधेशमा मनाइयो नागपञ्चमी

नवलपरासी,४ भदौनाग पञ्चमीको अवसरमा जिल्लाका विभिन्न स्थानमा विहान नाग पुजा र साँझ पुतरी पिटेर मनाईएको छ । विहानमा सबैले आफ्नो घरमा नागको तस्विर वा मन्त्रले फुकिएको गोबरबाट नाग बनाई पुजा गरि साँझमा खोला नाला किनारमा पुतरी बनाई पिटेर नागपञ्चमी मनाएका हुन् ।परापुर्वकाल देखी यसरी मधेशका गाँउमा दुई थरीले नाग पञ्चमी बनाउने कार्य गरिदै आएको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । यो परम्परागत रुपमा हिन्दु मान्यता अनुसार मनाईदै आएको पर्व पनि हो,उनले भने, विहानमा नाग पुजा अधिकाँस समुदायमा मनाईने गरिएको भए पनि साँझको बेला पुतरी पिटने कार्य प्रयाःमधेश समुदायमा देखिन्छ । बौद्ध परम्परा अनुसार पनि नागपुजा गर्ने गरिएको छ । विभिन्न बौद्ध परम्परामा पनि नागको पुजा गरिएको देख्न सकिन्छ तर नागपुजाबारे अहिलेको अवस्थामा नागपुजा हिन्दुका आर्यहरुले विकृत बनाएको बौद्धिक समाजका अध्यक्ष तथा अधिवतmा मनोज क...
पृथ्वीचन्द्र अस्पताल परासीमा ब्यवस्थित बन्दै सर्जिकल सेवा
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पताल परासीमा ब्यवस्थित बन्दै सर्जिकल सेवा

नवलपरासी,४ भदौजिल्ला पृथ्वी चन्द्र अस्पतालमा अप्रेसनलाई ब्यवस्थित बनाईने योजना अनुसारको काम भई रहेको अस्पतालका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले बताएका छन् । विशेषज्ञ सहितको सेवा दिदै आएको पृथ्वीचन्द्र अस्पतालमा केही महिना पहिला विर अस्पताल काठमाडौँबाट आएका सर्जन चिकित्सक डा.किरण पाण्डे हाजिर भए पश्चात अस्पतालमा अप्रेसन सेवा ब्यवस्थित हुदै गएको दाबी अध्यक्ष गुप्ताले गरेका हुन् ।विरामी जाँच,औषधी उपचार र परामर्श सेवा प्रभावकारी रुपमा विगत देखी नै चल्दै आएको भए पनि अप्रेसन(सर्जरी) सेवा प्रभावकारी हुन सकिरहेको थिएन्,उनले भने,तर डा.पाण्डे सर्जरी नै अध्ययन गरि लामो समय विर अस्पतालमा अनुभव लिएका कारण अहिले सर्जरी सेवा सहज सुलभ बन्दै गएको छ । उनकै परामर्शमा सर्जिकल शाखामा ३० लाख भन्दा बढि लगानी गरि सर्जरी उपकरणहरु ब्यवस्थित गरिएका छन् । धेरै जसो विरामीलाई अब सर्जरीका लागि बुटवल भैरहवा जान परिरहेको ...
बर्षायाममा डुबान पर्ने गरेको नेपालको बोधगया भनेर चिनिने अनोमाघाट अग्लो बनाउन सुझाव
पर्यटन, समाचार, सुस्ता गाउँपालिका

बर्षायाममा डुबान पर्ने गरेको नेपालको बोधगया भनेर चिनिने अनोमाघाट अग्लो बनाउन सुझाव

नवलपरासी,२ भदौनेपालको बोधगया चिनाउदै प्राचिन अनोमा (गण्डकी) नदी किनारको अनोमाघाट बर्षेनी डुबानमा पर्ने गरेको हुदा सो क्षेत्रको विकास पुर्वाधार बनाउनु पुर्व अग्लो बनाउन आवश्यकता स्थानियले औल्याएका छन् । जिल्लाको सुस्ता ५ स्थित ठाढीघाटले परिचित अनोमाघाट तिन महिनासम्म नदीमा आउने बाढीले डुबान गर्ने हुदा सो स्थान अग्लो बनाउनु पर्ने स्थानिय संजिव शर्माले औल्याएका हुन् ।उनका अनुसार अनोमाघाट बर्षायाममा डुबानमा पर्ने गरेका छन्,उनले भने, अनोमाघाटमा रहेको बुद्धको मुर्ति तथा अन्य साँधु सन्तहरु बस्ने भवनहरुको वरिपरि पानीले घेर्ने गरेको छ । पानीमा बग्दै आउने सर्प लगायतका किरा फट्याँग्राहरुले ति स्थानमा बस्नेलाई जोखिम देखिन्छ । अनोमाघाट प्रचारमा आए देखी त्यहा बाहिरी पर्यटक तथा अनुसंधानकर्ताहरु आउन थालेका छन्,तर उनीहरुले बस्ने बास स्थान नै शुरक्षित नभए पछि कसरी पर्यटन प्रवद्र्धन हुन सक्छ । प्रचार प्रसार भ...