समाचार

किसोरकिसोरी मैत्री स्वास्थ्य सेवा विस्तार गर्दै रामग्राम नगरपालिका
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

किसोरकिसोरी मैत्री स्वास्थ्य सेवा विस्तार गर्दै रामग्राम नगरपालिका

नवलपरासी,१८ मंसिरजिल्लाको रामग्राम नगरपालिकाले किशोरकिशोरी मैत्री सेवा प्रवाह गर्नका लागि नगरक्षेत्र भित्रका थप उनवछ स्वास्थ्यचौकीमा सेवा विस्तार गरेको छ । सोमवार रामग्राम ७ उजैनी स्थित उतm स्वास्थ्य चौकीको नवनिर्मित भवनको उदघाटसँगै किसोरकिसोरी मैत्री सेवा प्रवाह गर्ने घोषणा गरिएको हो ।नगरप्रमख धनपत यादवले स्वास्थ्यचौकी भवनको उदघाटसँगै किसोरकिसोरी मैत्री सेवा प्रवाहको घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको थिए । उनवछ स्वास्थ्य चौकी भगवान गौतमबुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसर भित्रै रहेको र सो स्तुप क्षेत्रको भ्रमण गर्न आउने नगरपालिका बाहेकका पनि किसोरकिसोरी आउने गर्छन् । पर्यटकिय क्षेत्रलाई लक्षित गरि पनि सो सेवा विस्तार गरिएको स्वास्थ्यचौकी इन्चार्ज बलिराम कोईरीले बताएका थिए । यो भन्दा अगाडी गत बर्ष देखी दुई स्वास्थ्य चौकीलाई जिम्मेवारी तोकेको थियो । किशोरकिशोरी मैत्री सेवाका लागि ...
स्थानिय तहका पशु प्राविधिकसँग पशुसेवा विज्ञ केन्द्रले गर्यो अन्तरक्रिया गोष्ठि
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

स्थानिय तहका पशु प्राविधिकसँग पशुसेवा विज्ञ केन्द्रले गर्यो अन्तरक्रिया गोष्ठि

नवलपरासी,१८ मंसिरभेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले जिल्लाका सात वटै स्थानिय तहमा रहेका पशु प्राविधिकहरुसँग अन्तरक्रिया गरेको छ । पशुपालक किसानका समस्या तथा सरकारी स्तरबाट दिदै आएको सेवाबारे स्थानिय तहका पशु पंक्षि विकास शाखाका प्राविधिकहरुलाई अस्पताल परिसरमै डाकेर गोष्ठिको आयोजना गरेको हो ।जिल्लाका पशुपालक किसानलाई प्रोत्साहित गर्नमा पशु सेवा प्राविधिकहरुको ठूलो योगदान रहेको बताउदै उनीहरुलाई निरन्तर सेवामा लागि रहन कार्यालय प्रमुख श्रवण कुमार चौधरीले बताएका थिए । कुनै पनि मुलुकको मेरुदण्ड अर्थतन्त्र भएको र नेपालमा कृषि र पशुपालन नै नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउदै सरकारी सेवामा लागेका पशु सेवा प्राविधिकहरु आफ्नो कार्यक्षेत्रमा लगतसिल भएर लाग्न आग्रह गरेका थिए । मानिसको स्वास्थ्य प्रति मानिस सचेत हुन्छन्,आफ्ना औषधी उपचार गराई हाल्छन्,उनले भने,तर पशु पंक्षीहरु मासिन जस्त...
पाल्पा सिमेन्टले गरेको बन अतिक्रमण प्रति सरोकारवाला मौन
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

पाल्पा सिमेन्टले गरेको बन अतिक्रमण प्रति सरोकारवाला मौन

नवलपरासी, १८ मंसिरजिल्ला स्थित सरकारी बन क्षेत्र अतिक्रम्ण गरि उद्योगले सडक बनाए पनि सरोकारवाला कार्यालयले अतिक्रमण नियन्त्रणमा चाँसो नदेखाएको आरोप स्थानियले लगाएका छन् । जिल्लाको सुनवल नगरपालिका ७ स्थित लोकेश्वर सामुदायिक बन क्षेत्र भित्र पाल्पा सिमेन्ट मिलले बनको जग्गा अतिक्रमण गरि सडक बनाएको भए पनि अतिक्रमण खाली गराउनमा डिभिजन बन कार्यालयले चाँसो नलिएको आरोप सामुदायिक बनले लगाएको हो ।पाल्पा सिमेन्ट उद्योगले गरेको अतिक्रम्ण प्रति सरोकारवाला मौन देखिएको आरोप स्थानियबासीको रहेको छ । उद्योगले पुर्व पश्चिम राजमार्गको कजरार खोला पुल नजिकैबाट बन क्षेत्र अतिक्रम्ण गरि खोला मिचेर एकतर्फि उद्योगका समाग्रि ढुवानी गर्न सडक बनाएको छ । कुल ३ किलोमिटर सडकमा झण्डै एक किलोमिटर सडक बन क्षेत्र रहेको छ । बाकी खोलाको किनारै किनार उद्योग परिसरसम्म सडक पुर्याएको छ । उतm सडकमा चुनढुगाँ ढुवानी गर्नका लागि ग्राभ...
स्वास्थ्य बीमा कार्यक्रम प्रति जनताको आकर्षण घटदो
समाचार, स्वास्थ्य

स्वास्थ्य बीमा कार्यक्रम प्रति जनताको आकर्षण घटदो

नवलपरासी,१४ मंसिरसबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उदेश्यले सरकारद्धारा लागु गरिएको स्वास्थ्य विमा कार्यक्रम निष्प्रभावि बन्दै गएको स्थानियले बताएका छन् । नागरिकहरुलाई स्वास्थ्य विमा प्रति प्रोत्साहित गर्नु भन्दा निरुत्साही बनाउने चिकित्सक,स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाहरुको रवैयाले सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रति आपेक्षित नागरिकहरुको आकर्षण बढन नसकेको हो ।सरकारले नागरिकलाई सुलभ र सस्तो तरिकाले स्वास्थ्य सेवा प्रवाह गर्नका लागि स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको भए पनि बीमा कार्यक्रमलाई विधिसम्मत जिम्मेवारीपुर्ण तरिकाले काम हुन नसक्दा बीमा कार्यक्रम प्रति नै आकर्षण घट्दो अवस्था देखिएको छ । समाजिक स्वास्थ्य बीमाको माध्यमबाट सबैका लागि स्वास्थ्य सेवा सुनिश्चितत गर्ने उदेश्यले नेपाल सरकारले आर्थिक बर्ष २०७२÷०७३ साल देखी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको थ...
प्रतापपुरको गिदहामा पशु स्वास्थ्य शिविर सञ्चालन
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुरको गिदहामा पशु स्वास्थ्य शिविर सञ्चालन

नवलपरासी, १२ मंसिरपशपालक किसानलाई राहत पुग्ने गरि जिल्लाको प्रतापपुर गाउँपालिकामा एक दिवसिय निशुल्क पशु स्वास्थ्य शिविर संचालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र परासीको आयोजना तथा प्रतापपुर गाउँपालिकाको सहकार्यमा प्रतापपुर को वडा ३ गिदहामा उक्त पशु स्वास्थ्य शिविर संचालन गरिएको हो ।पशु विज्ञ, पशु चिकिस्तक र पशु स्वास्थ्यकर्मीहरुको टोलीले संचालित पशु स्वास्थ्य शिविरमा आएका रोगी गाईभंैसी, बाख्रा लगायत पशुपंक्षीहरुको उपचार सेवा प्रदान गरि निशुल्क औषधी समेत वितरण गरेको हो । उतm शिविरबाट ढाई सय भन्दा बढि किसानले पशुपालन सम्बन्धि शिक्षा सहित विरामी देखिएका पशुको उपचारसँगै कुपोषण देखिएका पुशलाई पोषणयुतm भिटामिन लगायत पोषणपुरक औषधी(फुड सप्लीमेन्ट्रि) समेत उपलब्ध गराइएको थियो ।गाँउका पशुपालक किसानले पनि यो शिविर मार्फत विज्ञ सेवा पाउनु गाउपालिकाका लागि अवसर भएको बताईन् । यस शिविर...
सडक सिक्स लैन,पुल सिँगल लैनले रामखण्डा पुलमा समस्या
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

सडक सिक्स लैन,पुल सिँगल लैनले रामखण्डा पुलमा समस्या

नवलपरासी,१२ मंसिरभैरहवा —भुमही सडकलाई स्तरोन्नी गर्दै ६(सिक्स) लैनको सडक बनाउने कार्य भए पनि जिल्ला सदरमुकाम परासी स्थित रामखण्डा खोला पुल १ (सिँगल) लैनको मात्र हुदा समस्या देखिएको छ । भारतिय नाकासँग जोडिने बन्दरगाह मार्गको रुपमा रहेको उतm सडक ६ लैन र रामखण्डा खोला पुल एक लैनको मात्र हुदा यातायातमा समस्या देखिन थालेको हो ।एक लैनको पुल हुदा पटक पटक गाडीले ठोक्किएर पुलको र्यालिगँ भाच्चिने गरेको छ । सडक चौडा हुने तर पुल जस्ताको तस्तै राख्ने हुदा पुलमा ज्यान जाने जोखिम यथावत रहेको नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । यस प्रति सम्बन्धित कार्यालय,आयोजना परियोजनाका प्राविधिकहरुले विचार गर्नु पर्ने हो । हुलाकी राजमार्गको बाईपासको रुपमा बनेको उतm सडकमा तत्कालिन जिविसले आवश्यकता अनुसारको पुलको निर्माण गरिदिएको थियो । पछिल्लो समयमा सो सडक स्तरोन्नती हुदै चार लैनको बन्यो, उनले...
आउदो माघ १० गते देखी सरावलको बासामा पहिलो औद्योगिक ब्यपार मेला २०८१ हुने
अर्थ, कृषि, पर्यटन, समाचार, सरावल गाउँपालिका

आउदो माघ १० गते देखी सरावलको बासामा पहिलो औद्योगिक ब्यपार मेला २०८१ हुने

नवलपरासी ,१० मंसिरजिल्लामै गाउपालिका स्तरको गठित उद्योग बाणिज्य संघले औद्योगगिक ब्यपार मेलाको आयोजना गर्ने भएको छ । सरावल उद्योग बाणिज्य संघले कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार मेला २०८१ संचालन हुने जानकारी पत्रकार सम्मेलन गरि गराएको हो ।संघले सोमवार पत्रकार सम्मेलन गरि आउदो माघ १० गते देखी सरावल गाउँपालिकाको वडा न १ बासा चोकमा औद्योगिक ब्यपपार मेला हुने जानकारी गराएको थियो ।संघ र गाउपालिकाकै पहलमा सरावल सरकारले पहिलो सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार मेला संचालन हुने भए पछि स्थानियलाई समेत उत्साही बनाएको छ । उद्योग बाणिज्य संघ सरावल नवलपरासीले कृषि पर्यटन खेलकुद तथा उद्योगको पूर्वाधार सरावलको दिगो बिकास र अर्थतन्त्रको आधार भन्ने नाराको साथ प्रथम सरावल कृषि ,पर्यटन संँस्कृति तथा ओैद्योगीक व्यापार संचालन गर्न लागिएको जानकारी गराएको थियो ।उतm मेला माघ १० गतेदेखि २...
उखु किसानलाई समस्यै समस्या, मिलिबगले सुक्न थाल्यो उखुबाली
कृषि, प्रतापपुर गाँउपालिका, समाचार, सुस्ता गाउँपालिका

उखु किसानलाई समस्यै समस्या, मिलिबगले सुक्न थाल्यो उखुबाली

नवलपरासी,१० मंसिरब्यपारी र सरकारी दुबै क्षेत्रबाट पिडित रहेका किसानलाई प्राकृतिक पिडा पनि थपिएको छ । अहिले उखुको पातमा लाग्ने मिलिबग किराले उखु खेतीमा सुक्न लाग्दा तन,मन धन लगाएर श्रम,सिपको उपयोग गरि अरुको लािग गुलियो खेती गर्ने किसानलाई त्रिपक्षिय पिडा देखिएको हो ।मिलिबग किरा उखुको पातमा देखिएको बाली संरक्षण अधिकृत तथा लुम्बिनी प्रदेश सरकारको बाली विज्ञान प्रयोगशालाका पुर्व प्रमुख समेत रहेका बाली चिकित्क देवेश कुमार मिश्रले बताए । उनले किसानको उखु बालीमा मिलिबग देखिएको जनाए । उखुको पातमा मिलिबग देखिएका छन्,उनले भने, जुन किसानलाई त्यसबारे जानकारी नै हुदैन् । किसानहरु किन पात सुक्दैछ,त्यसबारे अनभिज्ञ छन् । उनका अनुसार उखुको पात मुनि मसिना किराहरु हुन् । जुन पातका मसिना नसाहरु खाई दिन्छन्,जस्ले गर्दा उखुका विभिन्न कोषमा पोषण पुग्दैन र सुकेर जान्छ । यसलाई किसानले रोग लागेको भन्दै विभिन्न उपचा...
पाल्ही क्याम्पस पुर्व विद्याार्थी संघको साधारणसभा मंसिर १५ गते हुने
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

पाल्ही क्याम्पस पुर्व विद्याार्थी संघको साधारणसभा मंसिर १५ गते हुने

नवलपरासी,९ मंसिरजिल्ला सदरमुकाम परासी स्थित पाल्ही बहुमुखी क्याम्पसका पुर्व विद्यार्थीहरुको छाता संगठन पुर्व विद्यार्थी संघको पहिलो साधारणसभा मंसिर १५ गते हुने भएको छ । संघका अध्यक्ष रामचन्द्र भण्डारीको अध्यक्षतामा बसेको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।क्याम्पसको प्रशासनिक भवनको उदघाटन समेत रहने उतm मिति मै संघको साधारणसभा पनि गर्ने निर्णय भएको अध्यक्ष भण्डारीले बताएका थिए । क्याम्पसका अध्यक्ष राधेश्याम पाठकको प्रमुख आथित्यतामा बसेको उतm बैठकले पुर्व विद्यार्थीहरुलाई पनि संगठति गरि क्याम्पसको विकास र प्रगतिमा उत्तरदायित्व बढाउने कार्यक्रम गर्न निर्णय समेत भएको थियो । सो क्याम्पसमा शुरु देखी हालसम्म अध्ययन गरेका विद्यार्थीहरुलाई क्याम्पस प्रतिको भावनात्मक सम्बन्धसुत्रमा बाध्ने र क्याम्पसको प्रगतिको सारथी पनि बन्ने गरि संघको गठन गरिएको हो, उनले भने, आफु क्याम्पसको संस्थापक विद्यार्थी...
प्रचार प्रसार नहुदा ओझेलमा सुनवलको बौद्धकालिन प्राचिन उत्तरक (देवदह ताल क्षेत्र)
पर्यटन, समाचार, संस्कृति, सुनवल नगरपालिका

प्रचार प्रसार नहुदा ओझेलमा सुनवलको बौद्धकालिन प्राचिन उत्तरक (देवदह ताल क्षेत्र)

नवलपरासी, ८ मंसिरजिल्ला सुनवल स्थित प्राचिन उत्तरक नगर भनेर पहिचान पाउदै गरेको देवदह पोखरी क्षेत्रको सरसफाई गरिएको भए पनि प्रचार प्रसार नहुदा ओझेलमा परेको छ । सुनवल नगरपालिकाले सरसफाई गरेर ब्यवस्थित गरेको भए पनि प्रचार प्रसार हुन नसक्दा सो क्षेत्र ओझेलमा परेको हो ।नगरपालिकाले प्राचिन कोलिय गणराज्य अन्तरगत तिन बर्ष पहिला ‘उत्तरक’ नगर घोषणा भएको देवदह पोखरी क्षेत्र तरगौली विकासका लागि काम गर्ने योजना बनाई उतm पोखरी ब्यवस्थित बनाएको हो । बौद्धकालिन उतm पोखरीसँगै पुरातात्विक स्थल र प्राचिन इतिहास बोकेको स्थानमा पर्यटकहरु आउने तर पोखरी ब्यवस्थित नगर्दा अब्यवस्थित देखिएको थियो । अहिले पोखरीमा रहेका जलकुम्भी सफा गरिको छ । पानी सुरक्षित गर्नका लागि पर्खाल,तटबन्ध समेत गरिएको छ । पोखरीका घाटहरु समेत ब्यवस्थित बनाइएको स्थानियले बताए । सो पोखरीलाई निरन्तर ब्यवस्थित गर्दै लैजाने सुनवल ७ का वार्ड अध्यक्...