समाचार

लुम्बिनी प्रदेश सरकारका पर्यटन मन्त्रीद्धारा रामग्राम स्तुपको अवलोकन भ्रमण
पर्यटन, रामग्राम नगरपालिका, समाचार

लुम्बिनी प्रदेश सरकारका पर्यटन मन्त्रीद्धारा रामग्राम स्तुपको अवलोकन भ्रमण

नवलपरासी,११ माघलुम्बिनी प्रदेश सरकारका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानले रामग्राम स्तुप क्षेत्रको भ्रमण गरेका छन् । स्तुप क्षेत्रको भ्रमण गर्दै मन्त्री न्यौपानले पर्यटन क्षेत्रको अपार सम्भावना बोकेका लुम्बिनी प्रदेशले पर्यटकिय क्षेत्रमा पर्यटन ब्यवसाय वृद्धिका लागि परेको बताएका हुन् ।लुम्बिनीसँग जोडिएको महत्वपुर्ण स्थान स्तुप क्षेत्रको विकासमा प्रदेश सरकारले गर्न सक्ने कार्य विवरण पठाउन उनले रामग्राम नगरपालिकालाई आग्रह समेत गरेका थिए । सरकारले पर्यटन क्षेत्रको विकासका लागि काम गर्ने अठोट लिएको छ,उनले भने,तर यसमा संघ र स्थानिय सरकारले पनि सहकार्य गर्नु पर्छ । मन्त्री न्यौपानलेलाई रामग्राम स्तुप क्षेत्रमा प्रदेशले बनाउन भनेको संँग्रालय तिन बर्ष देखी अलपत्र परेको बारे ध्यानाकर्षण गराइएको थियो । केही दिन अगाडी मात्रै विकास कोषको पहलमा लुम्बिनी विकास कोषले रामग्राम स्तु...
पशुसेवा विज्ञ केन्द्रसँग स्थानिय पशुप्राविधिकहरुको अन्तरक्रिया
कृषि, रामग्राम नगरपालिका, समाचार

पशुसेवा विज्ञ केन्द्रसँग स्थानिय पशुप्राविधिकहरुको अन्तरक्रिया

नवलपरासी,१३ माघजिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीले स्थानिय तहका पशुसेवा प्राविधिकहरुसँग अन्तरक्रिया गरेको छ । स्थानिय स्तरमा पशुपालक किसान र पशुमा देखिने समस्याको पहिचान तथा समस्याको समाधान गर्ने गरि अन्तरक्रिया गरेको हो ।उतm अन्तरक्रिया कार्यक्रममा पशु सेवा विज्ञ केन्द्रबाट पशुका लागि पठाईने खोपको शुरक्षा,प्रभावकारिताबारे छलफल भएको थियो । त्यसै गरि पशुमा देखिने रोग,पोषण तथा उपचारका लागि भेटेनरी अस्पतालले दिदै आएको सेवाबारे पनि जानकारी गराइएको थियो । त्यसै गरि ग्रामिण क्षेत्रका पशुपालक किसानलाई स्थानिय सरकारले पशु सेवा केन्द्रका विज्ञसँग निरन्तर सम्पर्क समन्वय गरि प्रोत्साहित गर्नु पर्ने आवश्यकता औल्याइएको थियो । यो अन्तरक्रियाले सरकार सरकार विचका सम्बन्धलाई प्रगाढ बनाउने र यसले किसानलाई सहजीकरणमा मद्द पुर्याउने विज्ञ केन्द्रका प्रमुख तथा मत्यस्य विकास निर्दे...
पाल्हीनन्दन अस्पतालले मनायो विश्व कुष्टरोग दिवस
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

पाल्हीनन्दन अस्पतालले मनायो विश्व कुष्टरोग दिवस

नवलपरासी,१३ माघजिल्लाको पाल्हीनन्दन आधारभुत अस्पतालले ७२ औ कुष्टरोग दिवस मनाएको छ । अस्पतालले औपचारिक कार्यक्रमकै आयोजना गरि सो कार्यक्रम मनाएको हो ।कार्यक्रममा गाउपालिलकाकी उपाध्यक्ष फातिमा अंसारी सकिना सहितको उपस्थितीमा कार्यक्रम गरिएको अस्पतालले जनाएको हो । कुष्ठरोग एक रोग मात्र नभएर सामाजिक, मानसिक र भावनात्मक दृष्टिले पनि चुनौतिपूर्ण समस्या रहेको उपाध्यक्ष सकिनाले बताएकी थिईन् । यध्यपी यो रोग उपचार योग्य छ, उनले भनेकी थिईन्, समयमै उपचार गरेमा कुष्ठरोगका बिरामीहरूको जीवनस्तर उकास्न सकिन्छ ।यसका साथै स्वास्थ्यकर्मीहरूलाई कुष्ठरोगको अधिकार र सम्मानको रक्षा गर्न आग्रह गरेकी थिईन् । साथै कुष्ठरोगको बारेमा सहि जानकारी र विश्वास गरौ र कुष्ठरोगको शिकार भएका व्यक्तिहरूसग विभेद नगरी तिनीहरूको पुनः समावेशी समाजमा पुर्याउन मद्दत गरौ, उनले भनिन् ,पाल्हिनन्दन गांउपालिका, सधैं कुष्ठरोगका बिरामीहरूको...
न्यायमा पहुँचका लागि गाँउ टोलमा अभियान चलाउदै प्रतापपुरकी न्यायिक समिति संयोजक चौधरी
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

न्यायमा पहुँचका लागि गाँउ टोलमा अभियान चलाउदै प्रतापपुरकी न्यायिक समिति संयोजक चौधरी

नवलपरासी,१३ माघजिल्लाको प्रतापपुर गाउपालिकाकी उपाध्यक्ष समेत रहेकी न्यायिक समिति संयोजक मान कुमारी चौधरी आफ्नो न्यायिक समितिको कार्यबारे जानकारी गराउदै गाँउ टोलमा पुग्न थालेकी छिन् । स्थानिय जनता तथा महिलाहरुलाई सहज ढंगले न्याय पाउन टाढा जान नपर्ने,आफ्नै गाउपालिकामा न्याय निसाफ पाउने अवस्थाबारे जानकारी गराउन उनी गाँउ टोलमा पुग्ने गरेको बताएकी हुन् ।न्यायिक समिति मार्फत कार्यक्रम नै बनाएर उनी वार्ड नं.८ को बद्रीघाटमा पुगेर न्यायिक समितिको कार्य प्रगति तथा न्यायिक समितिको अधिकार क्षेत्रबारे जानकारी गराएको बताईन् । उनका अनुसार ग्रामिण भेगका जनतालाई ‘न्यायमा पहुँच कार्यक्रम’ सञ्चालन गरिएको छ । गाँउ गाँउमै पुगेर न्यायिक समितिका संयोजक समेत रहेकी गाउपालिका उपाध्यक्ष चौधरीले न्यायिक समितिको काम कर्तब्य र अधिकार र जनताले पाउने न्यायिक सेवाबारे जानकारी गराएकी थिईन । गत बर्ष देखी वार्ड,गाँउ र टोलमै ...
रामग्राम स्तुप देखी लुम्बिनीसम्मको निशुल्क धम्मयात्रा शुभारम्भ
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुप देखी लुम्बिनीसम्मको निशुल्क धम्मयात्रा शुभारम्भ

नवलपरासी, ९ माघ,रामग्राम विकास कोषको पहलमा लुम्बिनी विकास कोषले रामग्राम स्तुप देखी लुम्बिनीसम्म तिर्थयात्रा गर्नेलाई विद्युत बस मार्फत (धम्म यात्रा)को शुभारम्भ गरेको छ । पटक पटक लुम्बिनी विकास कोषलाई ध्यानाकर्षण गराउँदै आएको विषय बल्ल कार्यान्वयनमा आएको हो ।बुधवार देखि लुम्बिनीमा थन्किएका विद्युतीय बसको सेवा (धम्म यात्रा ) रामग्राम स्तुपसम्म सुरु भएको लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिकाका प्रमुख(मेयर) धनपत यादवले बताए । शुभारम्भको अवसरमा नगर प्रमुख यादव तथा उपप्रखुख सम्झना चौधरी, वडा अध्यक्ष रविन्द्र यादवद्वारा लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र बसका चालकसहितको टोलीलाई परासी देखि स्तुप सम्म बसमा यात्रा गरेर स्वागत गरिएको थियो । यो सेवा अब उपरान्त कुनै पनि कारणले रोकिनु हुदैन भन्ने विषयमा लुम्बिनी विकास कोषलाई ध्यानाकर्षण गराइएको छ ।आशा गरौ बुद्ध स्थ...
लुम्बिनी चिनी उद्योगको तौलकेन्द्रमा गुणस्तर तथा नापतौल कार्यालयद्धारा सिल
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

लुम्बिनी चिनी उद्योगको तौलकेन्द्रमा गुणस्तर तथा नापतौल कार्यालयद्धारा सिल

नवलपरासी,६ माघजिल्ला स्थित चिनी उद्योगहरुले उखु किसानको उखु खरिद गर्दा घटतौल(कम तौल गर्ने) गरि ठगि गर्दै आएको समाचार सार्वजनिक भए पछि गुणस्तर तथा नापतौल कार्यालयले सिलबन्दी गरेको छ । गुणस्तर तथा नापतौल कार्यालय बुटवलका गुरु प्रसाद पोख्रेल सहितको टोलीले त्यस्ता तौलकेन्द्रमा सिलबन्दी गरेको हो ।तौल केन्द्रका तौल मेसिन(काँटा)को परिक्षण गर्दा तौलमा फरक परिरहेको जनाउदै सिलबन्दी गरिएको जिल्ला समन्ववय समिति(जिसस)का प्रमुख भगौती प्रसाद यादवले बताए । तौलमा उखु किसान ठगिने गरेको समाचार आए पछि आफुले गुणस्तर तथा नापतौल कार्यालय लगायत सरोकारवाला कार्यालयलाई अनुगमन गर्न लगाएको जनाए । सबै तौल केन्द्रमा थोरै धेरै घटतौल देखिए पछि आवश्यक कार्यावाही अगाडी बढाउने गरि टोलीले सिल गरि फर्केको छ, उनले भने, यसका लागि सम्बन्धित उद्योगहरुलाई कार्यालयले कारवाहीका आवश्यक प्रकृया शुरु गर्नेछ ।जिसस प्रमुख यादवका अनुसार ट...
मधेश सहिदको सम्झनामा बलिदानी दिवस मनाइयो
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

मधेश सहिदको सम्झनामा बलिदानी दिवस मनाइयो

नवलपरासी,५ माघमधेश आन्दोलनको क्रममा शहादत प्राप्त मधेशका सहितको सम्झनामा जनमत पार्टी नवलपरासीले दिप प्रज्वलन गरि बलिदानी दिवस मनाएको छ । नेपालमा मधेश तथा मधेशी समुदाय प्रति हुने विभेद र रंगभेदको विरुद्ध लड्ने सहितको सम्झनामा उतm बलिदानी दिवस मनाएका हुन् ।बुद्धचोकमा दिप प्रज्वलित गर्दै मधेशका सहिदले देखाएको बाटो सदैव संघर्षरत रहनुका साथै सहिदको बलिदानीले प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरि रहे मात्र सहिदको सपना पुरा हुने बताएका थिए । जनमत पार्टीका केन्द्रिय सचिव बालगोविन्द चौधरीले विर मधेशी सहिदको सपनाका लागि मधेशी युवाहरु सधै लागि रहन आग्रह गर्दै मधेशीले संघर्षबाट पछाडी नहट्ने विर गाथाहरु यस्तै बलिदानी दिवसले सम्झाउदै रहने बताएका थिए । मधेशी सहिदको सपना अहिले पनि सबै पुरा भएको छैन्,उनले भने, सहिदलाई सम्झदै जहिले पनि मधेश र मेधशीको अस्तित्वको रक्षा गर्न अग्रसर रहनु पर्छ । सत्ताल...
लिटिल गण्डक घोलमा अतिक्रमण बढदा जलनिकास बन्द भएर दर्जन गाँउ डुबानको खतरामा
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

लिटिल गण्डक घोलमा अतिक्रमण बढदा जलनिकास बन्द भएर दर्जन गाँउ डुबानको खतरामा

नवलपरासी,५ माघजिल्लामा जलनिकास ब्यवस्थापनमा योगदान पुर्याउने लिटिल गण्डक नामक घोल अतिक्रमण हुदै र पुरिदै जादा सो क्षेत्रमा डुबान हुने कारक बनेको छ । विगत पाँच दशक पहिला २०२८ सालमा गण्डक(नारायणी नदी) को बाँध भत्किएर धार परिवर्तन भई बनेको घोल (लिटिल गण्डक) अहिले पुरिदै जादा सो क्षेत्रमा डुबानको कारण बन्दै गएको स्थानियले बताएका हुन् ।भारतिय सिमावर्ती क्षेत्रमा रहेको प्रतापपुर गाउपालिका हुदै सरावल गाउपालिका भएर सो लिटिल गण्डक घोलले बर्षाै देखी जलनिकासमा योगदान गर्दै आएको छ । झण्डै ६ किलोमिटर लामो र सरदर ३० मिटर चौडाई भएको लिटिल गण्डक घोल हो । तर अहिले कहिँ कहिँ दुई मिटरमा खुम्चिएको अवस्था छ । यस्ले प्रतापपुर र सरावलका एक दर्जन बढि गाँउ बस्तिको जलनिकास थुनिएर डुबानको खत्तरा बढाएको छ । स्थानिय बस्ती तथा खेतबारीका पानी बगाउदै झरही नदीमा पुर्याउने एक महत्वपुर्ण जलनिकास गर्ने प्राकृतिक घोल स्थानियब...
जिल्ला समन्वय समिति(जिसस)को नवनिर्मित भवनबाट कार्य शुरु
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

जिल्ला समन्वय समिति(जिसस)को नवनिर्मित भवनबाट कार्य शुरु

नवलपरासी,४ माघजिल्ला समन्वय समिति.(जिसस) आफ्नै नवनिर्मित भवनबाट काम शुचारु गरेको छ । झण्डै आठ करोड लागतमा बनेको जिससको प्रशासनिकय कार्यालय भवनको निर्माण पश्चात आफ्नै भवनबाट काम गर्न थालेको हो ।शिलान्यास भएको दुई बर्ष नपुग्दै भवनको निर्माण कार्य सम्पन्न भए पछि आफ्नै आफ्नै भवनबाट काम गर्न शुरु गरिएको जिसस प्रमुख भगौती प्रसाद यादवले बताए । उनका अनुसार कुल ७ करोड ९० लाख ६५ हजार ३ सय ८ रुपिया भ्याट बाहेकको रकममा आकृति पशुपति एभरेष्ट जे.भि. बुटवलले भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । रामग्राम नगरपालिका वार्ड नं.४ स्थित आफ्नै करिब ढाई विघा जग्गामा सो भवन निर्माण भएको छ । विगत जिल्ला प्रशासन कार्यालय परिसरमा रहदै आएको साविक जिविसको कार्यालयमा जिसस कार्यालय सञ्चालन हुदै आएको थियो । पछि जिल्ला प्रशासन कार्यालय समेत नयाँ भवन बन्ने भएको हुदा सो भवन भत्काउने कार्य शुरु हुन थाले पछि जिसस भाडा...
चिनी उद्योगले किसानको उखु घटतौल गरि ठगि गरे पछि किसानद्धारा तौलकेन्द्रमा तालाबन्दी
अर्थ, कृषि, प्रतापपुर गाँउपालिका, समाचार

चिनी उद्योगले किसानको उखु घटतौल गरि ठगि गरे पछि किसानद्धारा तौलकेन्द्रमा तालाबन्दी

नवलपरासी, २ माघजिल्ला स्थित चिनी उद्योगहरुले उखु किसानको उखु खरिद गर्दा घटतौल(कम तौल गर्ने) गरि ठगि गर्दै आएको खुलासा भएको छ । तौल केन्द्रमा उखु तौल गरेर उद्योग परिसरमा तौल गर्दा अस्वभाविक रुपमा तौल घट्न थाले पछि उद्योगका कर्मचारीले घटतौल गर्दै उखु किसानलाई ठगि गरेको रहस्य खुल्न थालेको हो । उधारोमा उखु खरिद गर्ने त्यसमा पनि तौल गर्दा घटतौल गर्दै ठगि गर्दै आएको जनाउदै उखु किसानले बागमती खाडसारी उद्योगका खरेटवा तौल केन्द्रको काँटामा तालाबन्दी गरिएको प्रतापपुर ४ठूलोखैरेटवा का मुराली यादवले बताए । जिल्ला प्रशासन कार्यालयलाई जानकारी तालबन्दी गरेका छौ, कृषक यादवले भने,नापतौल तथा गुणनियन्त्रण कार्यालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि आए पछि मात्र तालाबन्दी खोल्छौ । तौल केन्द्र र मिलगेटका दुबै काँटामा तौल गर्दा दुई क्वीन्टल उखु घोटाला देखिएको छ, उनले दुबै रसिद देखाउदै भने,यसमा अनुसंधान गर...