मदन भण्डारीको ७४ औ जयन्तीको अवसरमा रतmदान
नवलपरासी,८ असारमदन भण्डारी फाउण्डेसन नवलपरासीले रतmदान कार्यक्रम गरि ७४ औ मदन भण्डारी जयन्ती मनाउने साता ब्यापी कार्यक्रमको शुभारभ्भ गरेको छ । जिल्लाको सुनवल नगरपालिका भुमही बजारमा रतmदान कार्यक्रम गरि साता ब्यापी कार्यक्रमको शुभारम्भ गरिएको हो ।मदन भण्डारीका विचार प्रवाहसँगै समाजिक र मानविय क्षेत्रमा काम गर्ने योजना अनुरुप साता ब्यापी कार्यक्रमको शुरुवात गरिएको फाउण्डेसनका जिल्ला अध्यक्ष श्याम कुमार बस्याले बताएका थिए । मदन भण्डारीको विचार अहिले पनि नेपाली समाजमा उत्तिकै आवश्यक देखिएको उनको भनाई थियो । स्वर्गिय भण्डारीका विचारसँग प्रेरित सबै नेपालीलाई फाउण्डेसनमा मार्फत जाड्ने,उनको विचार जनस्तरसम्म पुर्याउदै समाजवादको अग्रसर विकास अभियानमा लगाउने अभियान स्वरुप कार्यक्रम गर्न थालिएको उनको भनाई रहेको थियो ।नेपाल एमालेका तत्कालिन नेता तथा जनताका बहुदलिय जनवाद (जबज) सिद्धान्तका प्रतिपादक मदन ...










