समाचार

पण्डितपुरमा उत्खनन हुदा भेटियो स्क्वायर दरबारको भग्नावेश
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

पण्डितपुरमा उत्खनन हुदा भेटियो स्क्वायर दरबारको भग्नावेश

नवलपरासी,२९ पुसप्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा भई रहेको दोश्रो चरणको उत्खननले स्क्यार(बर्गाकार) दरबार भेटिन थालेको छ । गत पुस १३ गते देखी पुरातत्व विभागको टोलीले शुरु गरेको दोश्रो चरणको उत्खनन गर्दा प्राचीन स्क्वायर दरबारको भग्नावेश भेटिन थालेको हो । दुई साता देखी निरन्तर भई रहेको उत्खननमा अहिले पनि उत्खनन स्थलको दक्षिण,पश्चिम र उत्तर क्षेत्रको भुमि भित्र दरबारको मोटा मोटा पर्खाल रहेको संकेत पनि गरेको उत्खनन टोलीले देखाएको थियो । करिब डेढ कट्ठा क्षेत्रफलमा उत्खनन गर्दा सो क्वायर भवनहरु मेटिन थालेका छन् । करिब सो भवनको ५ कट्ठा क्षेत्रफलमा फैलिएको हुन सक्ने अनुमान गरिएको छ । पण्डितपुरमा उत्खनन गर्दा अहिलेसम्मकै ठूलो क्षेत्रफलमा फैलिएको भवनको भग्नावेश भेर्टिएको टोली प्रमुख समेत रहेका पुरातत्व विद भास्कर ज्ञवालीले बताए । रामग्राम नगरपालिकाले यो क्षेत्रला...
राजस्व वृद्धिका लागि साझा धारणा बनाउदै सुनवल नगरपालिका
अर्थ, राजनीति, समाचार

राजस्व वृद्धिका लागि साझा धारणा बनाउदै सुनवल नगरपालिका

नवलपरासी,२९ पुसबालमैत्री नगरपालिका हुदै महिला मैत्री नगरपालिका बनाउने अभियानमा लागेको जिल्लाको सुनवल नगरपालिका अहिले राजस्व वृद्धि तथा आर्थिक सबल बनाउने लक्ष्य लिई काम गर्न थालेको जनाएको छ । केही दिन अगाडी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष युद्ध बहादनुर गुरुगँलाई नै सहभागि गराई नगरपालिकाका पदाधिकारी,कर्मचारी तथा जनप्रतिनिधिसँग कार्यक्रम गरि सो क्षेत्र प्रति प्रेरित गराउने गरि काम थालिएको हो । नगरलाई फरक फरक पहिचान गराउने उदेश्यले आफु काम गर्न लागिएको नगरपालिकाकी मेयर विमला अर्यालले जानकारी गराएकी थिईन् । जस्मा सुनवल नगरपालिका नेपालमै पहिलो बालमैत्री नगरपालिका घोषणा गराउन सफल भई सकेको छ । अहिले महिला मैत्री नगर निर्माणका लागि आवश्यक पुर्वाधार निर्माणमा लागेको छ । यसै गरि प्राकृतिक स्रोतको अधिक्तम उपयोग गरि वित्तिसँग जोडेर समृद्धि सुनवल बनाउनका लागि पनि कामको शुभारम्भ...
सरावलको थारु साँस्कृतिक पार्कमा खिचडी महोत्सवको तयारी अन्तिम चरणमा
समाचार, सरावल गाउँपालिका, संस्कृति

सरावलको थारु साँस्कृतिक पार्कमा खिचडी महोत्सवको तयारी अन्तिम चरणमा

नवलपरासी,२८ पुसजिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृतक पार्कमा खिचडी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको स्थानियले जानकारी गराएका छन् । विगत दुई दशक देखी जनता मावि मनरीको परिसर भित्र माघे संक्रान्ति(खिचडी) को दिनलाई महोत्सवको रुपमा मनाउदै आएको महोत्सव अहिले थारु साँस्कृतिक पार्कको विकास गरि सस्थागत बनाइदै मनाउन थालिएको हो । स्थायिन श्रीराम युवा प्रष्ठिानको सक्रियतामा हुदै आएको खिचडी महोत्सव तिन बर्ष देखी थारु साँस्कृतिक पार्कमा ब्यवस्थापन गर्दै खिचडीलाई ब्यापक रुपमा मनाउन थालेको स्थानियले बताए । यो बर्ष अझै विस्तारित बनाउने लक्ष्य सहित महोत्सवको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष चक्रपाणी चौधरीले जानकारी गराए । स्थायिन स्तरबाट शुरु भएको खिचडाी महोत्सव अहिले जिल्लामै पहिचान बनाएको छ, उनले भने, अझ यसलाई विस्तारित बनाउने लक्ष्य लिएका छौ । विद्यालय स्तरमा पनि खिचडी महोत्स...
खोला निकासीमा बन र पालिकाको विवादले तस्करलाई मालामाल
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

खोला निकासीमा बन र पालिकाको विवादले तस्करलाई मालामाल

नवलपरासी, २८ पुसजिल्लामा खोलाजन्य पदार्थ(ढुगाँ,गिट्टि,बालुवा,रोडा,मिस्कट) निकासी स्वामित्व विवादको टुगोँ नलाग्दा चोर्ने तस्करलाई मालामाल भएको छ । स्थानिय सरकार र प्रदेश सरकार विचको स्वामित्व विवादले खोला निकासी खुल्न नसक्दा खोलामा तस्करको रज गज चलिरहेको स्थानियले बताएका हुन् ।स्थानिय प्रहरी प्रशासनको मिलोमतोमा खोलामा ब्यापक रुपमा चोरी तस्करी भई रहेको सुनवलका एक स्थानियले बताए । बैधानिक निकासी रोकिदा त्यसको फाईदा तस्कर र प्रहरीले उठाउने गरेको दाबी उनको थियो । स्थानिय सरकारका दुई चार जना नगरप्रहरीले खोलाको सुरक्षा के गर्न सक्छन्,बन रक्षकको उपलब्धता पनि हुदैन् । कस्ले रोक्ने छेक्ने ? प्रश्न गर्दै प्रहरीसँग सेटिगँ गरि खोला तस्करलाई मालामाल भएको छ । राती रातीमा खोलाबाट ब्यापक दोहन भई रहेका छन् । स्थानिय तहले ठेक्का लगाउने विगतमा माहोल हुदा स्थानिय तह सक्रिय नै थियो, उनले भने,तर अहिले ठेक्का लगा...
पौराणिक र प्राचीनकालका शिवपार्वती सिद्धधाम लोहरौलीको वृहद विकास गरिदै
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, समाचार, संस्कृति

पौराणिक र प्राचीनकालका शिवपार्वती सिद्धधाम लोहरौलीको वृहद विकास गरिदै

नवलपरासी,२८ पुससदियौ देखी ओझेलमा परेको शिवपार्वती सिद्धधाम क्षेत्रको वृहद विकास गरिने भएको छ । संघिय सरकारको अनुदान सहयोगम र गाउपालिकाको सक्रियतामा पौराणिक तथा सेनकालिन प्राचिन इतिहास बोकेको जिल्लाको पाल्हीनन्दन ४ लोहरौली स्थित शिवपार्वती सिद्धधाम क्षेत्रलाई अन्तराष्र्टि«य पहिचान सहित वृहद विकासका गरिने भएको हो ।ऐतिहासिक र अध्यात्मिक केन्द्रको रुपमा विकसित गर्नका लागि संघिय सरकारबाट करिब दुई करोड अनुदान प्राप्त गरेको र सो रकमबाट सिद्धधाममा आवश्यक पुर्वाधार विकास,संरक्षण,अध्यात्कि अभ्यास केन्द्र लगायतका क्षेत्रमा लगानी गरि अन्तराष्ट्रिय रुपमा पहिचान गराउने गरि काम गर्न गाउपालिकाले तयारी गरेको अध्यक्ष बैजु प्रसाद गुप्ताले जानकारी गराए । विगतमा पनि सो सिद्धधाम क्षेत्रमा संरक्षण र विकासका कार्य गर्न खोजिएको थियो,उनले भने,तर प्रयाप्त स्रोत ब्यवस्थापन हुन सकेको थिएन्,अहिले संघिय सरकारसँग माग गर्...
सुस्ता बचाउन बाँधको मर्मतका लागि सर्वेक्षण भयो,काम कहिले ?आश र त्रासमा सुस्तेली
विकास पुर्वाधार, समाचार, समाज

सुस्ता बचाउन बाँधको मर्मतका लागि सर्वेक्षण भयो,काम कहिले ?आश र त्रासमा सुस्तेली

नवलपरासी,२७ पुसनारायणी नदीको निरन्तर कटानले त्रसित बनेका सुस्ताबासीलाई राहत पुग्ने गरि नदीको बाँध मर्मत सम्भारका लागि सर्वेक्षण गर्ने कार्य सकिएको छ । सुस्ताबासीले सरकारको ध्यानाकर्षण गराउदै सुस्ता सकिने अवस्थामा पुगेको गुनासो गरे पश्चात उर्जामन्त्री कुल मान घिसिगँले तत्कालै १४ करोड बजेट ब्यवस्थापन गरि बाँध मर्मतका लागि सर्वेक्षण गरिएको हो ।सबै बाँध मर्मतका लागि स्थानियले करिब ५८ करोड बजेटको माग गरेकोमा अहिले अल्पकालिन ब्यवस्थापन गर्नका लागि सो रकम ब्यवस्थापन गरि काम गर्न सवेक्षण भएको सुस्ता बचाउ अभियानले जनाएको छ । दिर्घकालिन योजनाका लागि थप विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गर्नु पर्ने आवश्यकता रहेको अभियानका सचिव रविन्द्र जैसवालले जानकारी गराएका थिए । भारतिय सिमा सुरक्षा बल(एसएसबी)को त्रासमा बाच्ने नेपालका सुस्ताबासीलाई अहिले आर्को त्रास नारायणी नदी कटान बनेको बताएका थिए । नेपाली ...
मल्लाह जातीको गुजाराको सहारा प्राकृतिक जलासयका घोंघी
अर्थ, कृषि, पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

मल्लाह जातीको गुजाराको सहारा प्राकृतिक जलासयका घोंघी

नवलपरासी,२६ पुसप्राकृतिक घोलमा माछा पाउन छाडे पछि घोलको माछा मारी बेचेर गुजारा चलाउने मल्लाह अहिले घोँघी संकलन गरी बेचेर गुजारा चलाउनु पर्ने अवस्था आएको बताएका छन् । पहिला पहिला प्राकृतिक नदी,घोल,जलासय,पोखरीमा माछा मार्ने र गाँउघर बजार पुगेर माछा बेचेर गुजारा चलाउने मल्लाहको पुर्र्खाैली पेशा छाड्न नसक्नेले माछाको स्थानमा घोघी बेचेर गुजारा चलाउन परेको हो ।प्राकृतिक जलासय नसिदै,पुरिदै जानुका सार्थै खेतीपातीमा बढदो विषादीको प्रयोगले माछा पाउनै छाडे पछि बचेका जलासय र घोलका घोघी नै गुजारा लागि सहारा बनेको मल्लाह समुदायले जनाएको छ । ब्यवसायिक माछा पालन हुन थाल्यो, धेरै पोखरीहरु पुरियो,खोलामा बालुवा जमेर कुण्डहरु पनि पुरियो, भएको जलासयमा माछा पाउनै छाडियो मल्लाहहरुको गुनासो रहेको छ । अहिले पाल्हीनन्दन १ सुनरी चोकमा घर परिवार चलाउनको लागि छोटकी सुनरीका छोटु मल्लाह ले बिहानै देखि नदि र पोखरीवाट घोग...
परिचयपत्र लिएर मात्र मालपोत कार्यालयमा पस्न लेखापढी कानुन ब्यवसायी नवलपरासीको सुचना
नवलपरासी (ब.सु.प.), समाचार, समाज

परिचयपत्र लिएर मात्र मालपोत कार्यालयमा पस्न लेखापढी कानुन ब्यवसायी नवलपरासीको सुचना

नवलपरासी,२३ पुसनेपाल लेखापढी कानुन ब्यवसायीहरुले अनिवार्य रुपमा आफ्नो परिचयपत्र भिरेर मालपोत कार्यालयमा जान सुचना जारी गरेको छ । लेखापढी ब्यवसायीहरुको नाँउमा मालपोत कार्यालय नवलपरासीमा अनाधिकृत रुपमा धेरै जसो ब्यतिmहरु पस्दा मालपोत कार्यालयमा जन गुनासो बढन थाले पछि नेपाल लेखापढी ब्यवसायि संघले सुचना जारी गरेको हो ।मालपोत कार्यालयमा धेरै जसो फाईलहरु हेरेर कर्मचारीलाई समेत सहजीकरण गर्दै आएका लेखापढी कानुन ब्यवसायीहरु जाने गरेका छन् । तर ति ब्यतिmको नाँउमा विभिन्न अनाधिकृत ब्यतिm फाटहरुमा पस्ने र काजगपत्र हेर्ने गरेको हुदा कतिपय अनुसंधानमा रहेका कागजातबारेको सुचना बाहिर जाने,कतिपय कागजात हराउने,केरकार हुन सक्ने खत्तरा पनि हुने भएको हुदा कि सेवाग्राही ब्यतिmहरु कि लेखापढी गर्ने ब्यतिmहरु जान पाउने गरि फाटका कर्मचारीहरुले गुनासो गर्ने गरेको हुदा लेखापढी कानुन ब्यवसायीले यस्तो सुचना जारी गरेको ज...
पाल्हीनन्दन गाउपालिकाले जाडो झल्न दाउरा र कम्बल वितरण कार्य गर्दै
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

पाल्हीनन्दन गाउपालिकाले जाडो झल्न दाउरा र कम्बल वितरण कार्य गर्दै

नवलपरासी,२३ पुसजिल्लाको पाल्हीनन्दन गाउपालिकाले जाडोलाई लक्षित गरि गाँउ गाँउमा आगो ताप्न दाउरा उपलब्ध गराएको छ । जिल्ला बन पैदावार आपुर्ति समितिसँग दाउरा खरिद गरि अहिले वार्ड वार्डमा वार्डका जनप्रतिनिधि मार्फत वितरण गर्न लगाइएको गाउपालिकाले जनाएको हो ।जाडो बढदै जादा गाँउ घरमा आगो ताप्नका लागि स्थानियको माग पनि भई रहेको र गाउपालिकाले पनि दैविप्रकोप उद्धार समितिले गरेको तयारी अनुसार नै दाउरा वितरण गर्न लागिएको गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)ले जानकारी गराए । जाडो लक्षित पहिलो चरणमा दाउरा गाँउ गाँउमा पुर्याउने लक्ष्य अनुसार गाउपालिका परिसरमै दाउरा खसाल्न लगाइएको छ, उनले दाउरा देखाउदै भने,अब वार्ड अध्यक्ष लगायत वार्डका जनप्रतिनिधिहरुले बेलामै दाउरा गाँउ गाँउमा ब्यवस्थित र सन्तुलित तरिकाले वितरण पनि जानकारी गराइ सकिएको छ । केही वार्ड अध्यक्षहरु दाउरा लिन पनि आई सक्नु भएको छ,उनले थपे...
दशक देखी निस्कृय बन समन्वय समितिलाई सक्रिय बनाउनु पर्ने माग
नवलपरासी (ब.सु.प.), समाचार, समाज

दशक देखी निस्कृय बन समन्वय समितिलाई सक्रिय बनाउनु पर्ने माग

नवलपरासी,२२ पुसविगतमा क्रियाशिल रहदै आएको जिल्ला बन समन्वय समिति(जिविस) विगत एक दशक देखी निस्कृय हुदा बनसँग सम्बन्धित समस्या समाधानमा चुनौती बढदै गएको छ । नयाँ संविधान २०७२ जारी भए पश्चात राज्य पुर्नसंरचना हुदा जिल्ला समन्वय समितिको सक्रिय हुने निकाय जिल्ला विकास समिति र जिल्ला बन कार्यालय नै निस्कृय भए पछि अहिले बनसँग सम्बन्धित समस्याहरुलाई छलफल गर्ने थलो समेत नहुदा समस्या समाधानमा चुनौती हुन गरेको सरोकारवाला कार्यालयले महशुस गर्न थालेका हुन् ।राज्य पुर्नसंरचनाले नाम फेरिए पनि ति भुमिका गर्न सक्ने अवस्था अझै जिल्लामा कायम नै रहेको हुदा ति समितिलाई पुनःसक्रिय बनाई काम गर्न सक्ने अवस्था रहेको तर सम्बन्धित सस्थाका प्रमुखहरुले त्यस तर्फ ध्यान नदिदा समिति निस्कृय रहदै आएको नागरिक समाज नवलपरासीले अनुभुति गरेको छ । राज्यको पुर्नसंरचना गर्दा पनि जिल्लामा समन्वयकारी भुमिकाका लागि संविधानले नै जिल्...