साँसद विनोद चौधरीद्धारा आफ्नो ६ महिने कार्यकालको प्रगति सार्वजनिक
नवलपरासी, २८ जेठनवलपरासी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.१का साँसद विनोद चौधरीले आफ्नो ६ महिनो कार्यकालको प्रगति सार्वजनिक गरेका छन् । सो क्षेत्रका विभिन्न समस्याहरुमा निरन्तर पहल गर्दै आएको र केही महत्वपुर्ण योजनाहरु अगाडी बढाइएको समेत उनले परासीमा पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् ।जिल्ला भित्रको हुलाकी राजमार्ग निर्माणमा हुने गरेको ढिलाई,गण्डक बाँधका कारण हुने गरेको डुबान,कटान पटान जस्ता समस्याको समाधानका लागि अनुसंधान मुलक कार्यको शुभारम्भ,गण्डक सिचाई प्रणालीबाट सकेसम्म छिटो पानी प्रवाह गरि सिचाई समस्याको समाधान,खजुरा खोलापुल,केरा तथा उखु किसानका समस्या,गण्डक बाँधलाई अग्लो बनाउने कार्य,सुस्ताका पुल निर्माणमा तिब्रता,वर्दघाटको ट्रमा सेन्टरका समस्याबारे निरन्तर पहल गरि धेरै जसो काम अगाडी बढि रहेको बताएका थिए । उनले महिना महिनामा जिल्ला भित्रका सरोकारवाला सरकारी निकाय,काम गर...









