विधा

बौद्धकालिन रोहिणी नदीको प्राचिनता खोज गराउदै रोहिणी गाउपालिका
पर्यटन, समाचार

बौद्धकालिन रोहिणी नदीको प्राचिनता खोज गराउदै रोहिणी गाउपालिका

नवलपरासी,१७ फागुनप्राचिन सभ्यता बोकेको रोहिणी नदी क्षेत्रमा बौद्ध सभ्यताको खोजी गर्ने कार्य रुपन्देहीको रोहिणी गाउपालिकाले थालेको छ । बौद्धकालिन प्राचिन शाक्य राजाहरुको कपिलबस्तु राज्य र कोलिय राजाहरुको कोलिय गणराज्यको सिमा निर्धारण गर्ने रोहिणी नदीलाई प्राचिन सभ्यता र संस्कृति अनुसार पुर्नउत्थान गर्ने उदेश्यले रोहिणी गाउपालिकाले उतm कार्य शुरु गराएको हो ।रोहिणी नदी क्षेत्रमा बौद्ध सभ्यता र संस्कृति अनुसारको ऐतिहासिक तथा पुरातात्विक पहिचानको खोजका लागि गाउपालिकाले बजेट नै विनियोजन गरि कामको जिम्मेवारी बौद्ध अध्ययेताहरुलाई जिम्मा लगाइएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले जानकारी गराए । बौद्ध साहित्यमा रोहिणी नदीको कुरा उल्लेख भएको पाइन्छ । भगवान बुद्ध बेला बोला यहिँ रोहिणी नदीमा आउने कुराहरु पनि उल्लेख भएको भाईन्छ । रोहिणी नदी प्राचिन गणराज्यको सिमा क्षेत्र पर्ने हुदा यस...
स्थानीय शिक्षाको उन्नयनका लागि स्थानीय तहको भूमिका
बर्दघाट नगरपालिका, विचार, शिक्षा

स्थानीय शिक्षाको उन्नयनका लागि स्थानीय तहको भूमिका

विषय प्रवेश : नेपालको संविधानले संघीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो विकास, शान्ति, सुशासन र समृद्विको लक्ष्य प्राप्तिका लागि नागरिकको शिक्षा पाउने अधिकारलाई मौलिक अधिकारकोरुपमा प्रत्याभूत गरेको छ । समतामूलक, सीपमूलक, व्यवहारिक र गुणस्तरीय शिक्षा नै समृद्व नेपालको आधारशीला हो भने व्यक्ति, परिवार, समुदाय र राष्ट्रको समुन्नतीको जग हो । संविधानको मर्म र भावना हो । विश्वमा नेपाल, नेपालमा लुम्विनीदार्शनिक,ऐतिहासकि सम्पदा,परम्परा र मौलिक चिन्तन,अलौकिक हावापानी, विविधताका दृष्टकोणबाट समृद्व छ । हामीले हाम्रो सम्पदा र समृद्वि भित्र लुकेका क्षमता र सम्भावनाहरुलाई उजार गरेर नागरिकलाई त्यसको अनुभूति दिलाउन र शिक्षाको माध्यमबाट समाजमा विद्यमान हुने र नहुने बीचको खाडल कम गर्ने गरी कार्यसम्पादन गर्नु जरुरी छ । सीमित स्रोतको बाबजुद पनि दृढइच्छा शक्ति र लगाव हुने हो भने विद्यमान स्रोत साधन...
सुस्ता गाउपालिकालाई इस्लामिक सहित धार्मिक अध्ययन केन्द्रको रुपमा चिनाईने
शिक्षा, समाचार, सुस्ता गाउँपालिका

सुस्ता गाउपालिकालाई इस्लामिक सहित धार्मिक अध्ययन केन्द्रको रुपमा चिनाईने

नवलपरासी,१६ फागुनजिल्लाको सुस्ता गाउपालिकालाई अन्तराष्ट्रिय स्तरकै इस्लामिक अध्ययन केन्द्रको रुपमा चिनाउने प्रतिवद्धता सुस्ता गाउपालिकामा आयोजित तहफ्फुजे हुकुके मुस्लिम सम्मेलनका सहभागिहरुले जनाएका छन् । नेपालमै एक इस्लामिक प्राचिन अध्यात्म केन्द्र समेत रहेको मदारबाबा स्थान सुस्तामै भएको र मदारबाबा मेलामा बर्षेनी लाखौ हिन्दु÷मुस्लिम समुदायले भाग लिने गरेको जनाउदै इस्लामिक धार्मिक पर्यटनसँगै इस्लामिक शिक्षाको केन्द्र बनाउने र चिनाउने गरि काम गर्न सहभागिहरुले प्रतिवद्धता जनाएका हुन् ।ओल्मा काउन्सिल नेपालको आयोजनामा भएको उतm सम्मेलनमा सुस्ता आफै राष्ट्रिय पहिचान बोकेको गाउपालिका हो,त्यसमा पनि नेपालमा एक मात्र प्राचिन इस्लामिक धर्म गुरुको तपस्या स्थल रहेको मदारबाबामा देशी विदेशीको आगमन बढने गरेको छ । धार्मिक रुपमा मेला हुने भए पनि यसलाई एक पर्यटन केन्द्र र इस्लामिक शिक्षा अध्ययन केन्द्र बनाएर ...
डुबान क्षेत्रका किसानलाई मकैबाली तर्फ प्रोत्साहित गर्दै सरावल
कृषि, समाचार, सरावल गाउँपालिका

डुबान क्षेत्रका किसानलाई मकैबाली तर्फ प्रोत्साहित गर्दै सरावल

नवलपरासी,१६ फागुनजिल्लाको सरावल गाउपालिकाले बाढी प्रभावित क्षेत्रमा मकैबालीलाई प्राथमिकता राखेर किसानलाई प्रोत्साहित गर्ने कार्य अगाडी बढाएको छ । बाढी प्रभावित वार्डहरुका किसानलाई अनुदानमा विँउ उपलब्ध गराई ब्यवसायिक रुपमा मकै खेती गर्नका लागि प्रोत्साहित गर्न लागेको हो ।बाढीको बेला धानबाली डुबेर नष्ट हुने हुदा धानबाली भन्दा गर्मियामको मकैबालीलाई प्राथमिकतामा राखेर मकै खेती गर्न गाउपालिकाले प्रोत्साहित गरिरहेको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । गाउपालिकाको वार्ड नं.७,६ र ५ पुर्ण डुबान हुने र अन्य वार्डमा पनि आँशिक डुबान हुने हुदा किसानलाई राहत पुग्ने गरि मकै तर्फ प्रोत्साहित गरिएको छ,अध्यक्ष चौधरीले भने,बर्षायामको धानबाली बाढीले गर्दा नष्ट हुन्छ,तर त्यो भन्दा पहिला किसानले मकैबाली तिनै खेतबाट लिन सक्छन् । जस्ले गर्दा डुबानमा धानबाली नष्ट भएर घाटा लागे पनि किसानलाई बैकल्पिक बाली...
गण्डक नदीको विचमा भएका ढिस्कोले गण्डक बाँधहरु जोखिममा
समाचार, समाज, सुस्ता गाउँपालिका

गण्डक नदीको विचमा भएका ढिस्कोले गण्डक बाँधहरु जोखिममा

नवलपरासी,१६ फागुनजिल्लाको सुस्ता गाउपालिका स्थित गण्डक नदी (नारायणी) नदीको विच विचमा थुप्रिएको गिट्टि बालुवाको ढिस्कोले नदीको नियमित जल बहाव नै परिवर्तन हुने गरेको छ । थुप्रिएका ति ढिस्को नझिक्दा नदीको धार परिवर्तन भई गण्डक बाँधलाई नै जोखिमपुर्ण बनाउने कार्य गर्न थालेको हो ।गण्डक बाँधलाई मात्र बलियो बनाउनका लागि स्थानिय स्तरबाट जनदवाव हुने,सरकारी निकाय पनि जनताको भावना अनुसार बाँधको मर्मत सम्भार तथा बाँधको सुरक्षार्थ स्पर(ठोकर) बनाउन तर्फ मात्र केन्द्रित भए पनि नदी विचको ढिस्को हटाउने र नदीको बहावलाई नियमित बनाउने कार्य बर्षाै देखी हुन सकेको छैन् । नदी विचको ढिस्कोले नदीको पानीलाई दुई भागमा विभाजित गरिदिन्छ, गण्डक नदी नियन्त्रण संघर्ष समितिका पुर्व प्रवतmा समेत रहेका स्थानिय प्रेमचन्द्र गुप्ताले भने, नदीको बहावलाई नियमित गरिदिए पनि नदी नियन्त्रणमा सहयोग पुग्थ्यो । तर नदी नियन्त्रणमा खटिने ...
आन्तरिक आय बढाउन राजश्व सुधार कार्ययोजना बनाउदै सुस्ता
अर्थ, समाचार, सुस्ता गाउँपालिका

आन्तरिक आय बढाउन राजश्व सुधार कार्ययोजना बनाउदै सुस्ता

नवलपरासी,१५ फागुनजिल्लाको सुस्ता गाउपालिकाले आन्तरिक आय वृद्धि गर्ने उदेश्यले राजश्व सुधार कार्ययोजना बनाउने कार्य थालेको छ । गाउपालिका भित्र आन्तरिक आय बढाउने सक्ने धेरै सम्भावना भए पनि हालसम्म राजश्व सम्बन्धि कुनै ठोस नीति र कार्ययोजना बन्न नसक्दा राजश्व न्युन रहेको कुरा मनन गरि गाउपालिको राजश्व सुधार कार्ययोजना बनाउन लागेको हो ।जनताको सेवा सुविधा पुर्याउनका लागि माग थपिदै गएको र ति सेवा सुविधा पुर्याउनमा प्रयाप्त आमदनी नहुदा सेवा सोचे जस्तो पुर्याउन सकिएको छैन् । विगत बर्षमै यस्तो राजश्व सुधार सम्बन्धिी नीति,कार्यक्रम,योजना, कार्ययोजना,आवश्यक ऐन नियमावली र कार्यविधि बनाई काम गर्नु पर्ने भए पनि हुन सकेको थिएन् गाउपालिका राजश्व परामर्श समितिका अध्यक्ष समेत रहेकी गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले भनिन्, अहिले गाउ कार्यपालिकाको पहिलो प्राथमिकता आन्तरिक आय वृद्धि रहेको छ । आन्तरिक आय बढाउन ...
दुम्बिबास—त्रिवेणी सडक नबने गण्डकी प्रदेशमा गाभिएका त्रिवेणीधामका बासिन्दा लुम्बिनी प्रदेशमा फर्कन संघर्ष गर्ने मनस्थितीमा
नवलपरासी (ब.सु.प.), समाचार, समाज

दुम्बिबास—त्रिवेणी सडक नबने गण्डकी प्रदेशमा गाभिएका त्रिवेणीधामका बासिन्दा लुम्बिनी प्रदेशमा फर्कन संघर्ष गर्ने मनस्थितीमा

नवलपरासी,१३ फागुनलुम्बिनी प्रदेश र गण्डकी प्रदेश दुई भागमा विभाजित हुन पुगेका त्रिवेणीधामका बासिन्दाले दुम्किबास —त्रिवेणी सडक नबने लुम्बिनी प्रदेशमै फर्कनकालागि संघर्ष गर्न बताएका छन् । दुम्किबास —त्रिवेणी सडकलाई भारतिय नाकासँग जोड्ने गरि साविक त्रिवेणीसुस्ता गाविसका बासिन्दालाई लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा विभाजित गरिएको तर हालसम्म सो सडक नबन्दा सास्ती झेल्दै आएका त्रिवेणीबासीले लुम्बिनी प्रदेशमा गाभिनका लागि संघर्ष गर्ने मनस्थितीमा पुगेका हुन् ।जिल्लाको सुस्ता गाउपालिकासँग जोडिएको पुर्वि नवलपरासी(नवलपुर) बिनयीत्रिवेणी गाउपालिकाका दुई वटा वार्डका जनतालाई अहिले राज्य पुर्नसंरचनाले दुर्गम बनाएको महशुस हुन थालेको बताएका थिए । राज्य पुर्नसंरचना हुदा साविका नवलपरासीलाई दुई जिल्लामा टक्रयाएर विनयीत्रिवेणी गाउपालिकाका दुई वार्ड चुरेडाडाको दक्षिण तर्फको भागलाई मिसाइदा हाल यि दुई वटा वार्डका...
वर्दघाट नगरपालिकाले बनाउदै ३१ करोड लागतको औद्योगिकग्राम
अर्थ, बर्दघाट नगरपालिका, समाचार

वर्दघाट नगरपालिकाले बनाउदै ३१ करोड लागतको औद्योगिकग्राम

नवलपरासी,१३ फागुनजिल्लाको वर्दघाट नगरपालिकाले जिल्लाकै पहिलो औद्योगोगिक ग्राम घोषणा गरि काम शुभारम्भ गरेको छ । खजुरा खोला किनारमा औद्योगिक क्षेत्र निर्धारण गरि ति स्थानमा औद्योगिक ग्राम बनाउने गरि कार्य अगाडी बढाएको हो ।नेपालकै प्रमुख उद्योगपति तथा सोही क्षेत्रबाट निर्वाचित संघिय साँसद विनोद चौधरीले समेत औद्योगिक ग्राम बनाउने चाँसो देखाए पछि अहिले औद्योगिक ग्राम बनाउने कार्यले तिब्रता पाएको हो । हुन त त्यो अवधारणा नगरपालिकाको पहिलाकै जनप्रतिनिधिले अगाडी सारेका थिए । केही सो क्षेत्रमा पर्खाल निर्माण गर्ने केही काम भएका पनि छन् । अहिले औद्योगिक ग्रामलाई प्रााथमिकतामा राखेर काम अगाडी बढाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने कार्य सकिएको छ,उनले भने, स्थलगत रुपमा पनि प्राविधिकहरु खटिएका छन् ...
रामग्राम नगरपालिकाले शुरु गर्यो झरही खोला कोेरिडोरको निर्माण
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

रामग्राम नगरपालिकाले शुरु गर्यो झरही खोला कोेरिडोरको निर्माण

नवलपरासी,१३ फागुनजिल्लाको रामग्राम नगरपालिकाले नगरक्षेत्रबाट बग्ने झरही खोला किनारलाई ब्यवस्थित गर्न झरही करिडोर बनाउने लिएको लक्ष्य अनुसार कामको थालनी गरेको छ । झरही खोलाको सरसफाई,पानी बग्ने धारलाई च्यानालाईज र किनारमा सडक सहितको तटबन्धन निर्माण गर्दै कोरिडोर बनाउने कार्य शुरु भएको छ । झरही खोलासँगै जोडिएका महत्वपुर्ण ऐतिहासिक तथा पुरातात्विक धार्मिक स्थलहरु रहेको र खोला किनारमै धेरै आवश्यक पुर्वाधारहरु बनेको हुदा झरही कोरिडोरले ति सबै क्षेत्रलाई जोड्ने कार्य गर्नेछ । खोलाको पानी नियन्त्रण र ब्यवस्थापन गरि उपयोग गर्ने र खोला भित्र जम्मा भएका फोहोर,बालुवा,माटो,ढिस्को जस्ता पानी अवरोधक बस्तु निकाल्ने र सफा गर्ने कार्य यसै कोरिडोरसँगै हुने नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले बताए । नदी सफा नहुदा चुरे पहाडबाट बगेर आउने पानी बस्ती तर्फ जाने खत्तरा पनि छ,उनले भने,जल प्रकोप नियन्त्रणमा पनि यह...
गण्डक परियोजनाले सिर्जित समस्याको दिर्घकालिन समाधान तर्फ साँसद विनोद चौधरी
नवलपरासी (ब.सु.प.), समाचार, समाज

गण्डक परियोजनाले सिर्जित समस्याको दिर्घकालिन समाधान तर्फ साँसद विनोद चौधरी

नवलपरासी ,११ फागुनजिल्लाको भित्र गण्डक परियोजनाले सिर्जित डुबान,कटान र पटान जस्ता समस्या दिर्घकालिन समाधानका लागि सो क्षेत्रका साँसद विनोद चौधरीको नेतृत्वमा अनुगमन समिति गठन गरि कार्य थालनी हुने भएको छ । साँसद चौधरीद्धारा आयोजित गण्डक प्रभावित क्षेत्रका गाउपालिका,प्रदेश साँसदहरुको संयुतm बैठकले प्रतिनिधि सभा सदस्य साँसद चौधरीको नेतृत्वमा अनुगमन समिति र असर न्युनिकरणका लागि नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालय प्रमुख रनधिर शाहको नेतृत्वमा प्राविधिक समिति समेत गठन गरिएको हो । चौधरीको सम्पर्क कार्यालयमा भेला भएका जनप्रतिनिधिहरुले गण्डक डुबान सहित अन्य समस्या र विकास निर्माणका विभिन्न पक्षसँग छलफल गरेका थिए । जस्मा जनप्रतिनिधिहरु नै संलग्न रहने गरि सम्भतःपहिलो पटिक संगठित रुपमा जनप्रतिनिधिले पहलकदमी लिने भएका छन् । जस्मा गण्डक परियोजनाद्धारा सिर्जित समस्या पहिलो प्राथमि...