विधा

परासीमा आन्तरिक राजस्व कार्यालय नहुँदा करदातामा आक्रोश, पुनःस्थापनको माग
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

परासीमा आन्तरिक राजस्व कार्यालय नहुँदा करदातामा आक्रोश, पुनःस्थापनको माग

नवलपरासी, २ भदौनवलपरासीमा आन्तरिक राजस्व कार्यालय नहुँदा स्थानीय करदाता, उद्योगी तथा व्यवसायीले सास्ती खेप्नुपरेको भन्दै आक्रोश व्यक्त गरेका छन ्। मंगलवार उद्योग बाणिज्य संघमा भएको करदाता शिक्षा सम्बन्धि अन्तरक्रियामा उतm आक्रोस पोखेका हुन् ।कार्यक्रममा छुट्टै जिल्ला भएर पनि जिल्लामा रहेको आन्तरिक राजस्व कार्यालयको सेवा कार्यालय समेत हटाइए पछि करसम्बन्धी कामका लागि छिमेकी जिल्ला रुपन्देहीको भैरहवा तथा बुटवल धाउनुपर्ने बाध्यता सिर्जना भएको भन्दै उनीहरूले तत्काल परासीमा आन्तरिक राजस्व कार्यालय पुनःस्थापना गर्न माग गरेका थिए । करदाताहरूले नवलपरासीबाट राज्यलाई वार्षिक ठूलो परिमाणमा राजस्व योगदान हुँदै आए पनि करदातालाई आवश्यक सेवा प्रदान गर्ने आफ्नै जिल्लामा आन्तरिक राजस्व कार्यालय नहुनु विडम्बनापूर्ण भएको बताएका छन ्। जिल्लाबाट झण्डै आठ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन हुने अवस्थामा समेत आन्त...
पवन माध्यमिक विद्यालयको शैक्षिक सफलताको कथा: प्रधानाध्यापक अरविन्द कुमार पाठकसँग विशेष संवाद
भिडियो, रामग्राम नगरपालिका, शिक्षा

पवन माध्यमिक विद्यालयको शैक्षिक सफलताको कथा: प्रधानाध्यापक अरविन्द कुमार पाठकसँग विशेष संवाद

https://youtu.be/TsoiL3I9MSM?si=NZ2-W73E2gg80UfR
रामग्रामका खोलाहरुबाट बालुवा तस्करी
अर्थ, रामग्राम नगरपालिका, समाचार

रामग्रामका खोलाहरुबाट बालुवा तस्करी

नवलपरासी,१९ साउनरामग्राम नगरपालिकाका विभिन्न खोलाबाट बालुवा चोरी तस्करी बढदै गएको छ । रामग्राम नगरपालिकासँगै स्थानिय प्रहरी र प्रशासनले चाँसो नलिदा खोलाबाट चोरी तस्करी बढेको स्थानियले बताएका हुन् ।नगरपालिकाको वार्ड नं.१४ स्थित तुरिया खोलाबाट खोलामै टेक्टर मार्फत बालुवा झिक्ने र भण्डारण गर्ने गरेका छन् । पछि भण्डारण गरिएका बालुवा बुटवल र भैरहवा पठाउदै आएको एक स्थानियले बताए । जनप्रतिनिधिहरुको आँखा अगाडी नै चोरी तस्करी हुने गरेको छ,उनले भने,तर चोरी तस्करी रोक्नमा जनप्रतिनिधिले चाँसो नलिदा मिलोमतो भएको अनुमान गर्न सकिन्छ । एका तिर राजस्व उठेन भनेर नगरपालिकाले विभिन्न विषयमा जनता माथि राजस्व उठाउन करको भार थुपार्ने तर राजस्वको स्रोत खोलानालाको बालुवा भष्कट चोरी तस्करी हुन दिईने नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको दोहरो नीति देखिएको उनको गुनासो थियो । खोला कि सबै जनताका लागि निशुल्क लैजान दिईन...
जिल्लामा नयाँ उद्योग दर्तासँगै खारेजीको संख्या पनि बढदै
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

जिल्लामा नयाँ उद्योग दर्तासँगै खारेजीको संख्या पनि बढदै

नवलपरासी,१९ साउनघरेलु तथा साना उद्योग कार्यालय नवलपरासीमा उद्योग तथा ब्यवसाय खारेजीको संख्या बढन थालेको छ । नयाँ दर्ता हुने क्रम बढे पनि खारेजी स्थित नभई संख्या बढदै गएको कार्यालयले जानकारी गराउको हो ।कार्यालयका अनुसार गत आर्थिक बर्ष २०८२।०८३ मा नयाँ उद्योग दर्तासँगै दर्ता खारेजीको संख्या पनि उलेख्य मात्रामा बढेको देखिएको छ । नयाँ दर्ताको अनुपातमा झण्डै आधा उद्योग ब्यवसाय खारेज पनि भएको कार्यालयका सुचना अधिकारी धिरेन्द्र गिरीले जानकारी गराएका थिए । कार्यालयको तथ्याँक अनुसार गत आर्थिक बर्षमा उद्योग तर्फ १ सय ५६ उद्योगको लगत कट्टा गरिएको छ । त्यसै गरि बाणिज्य तर्फ पनि १ सय ५७ गरि कुल ३ सय १३ वटा फर्म खारेज भई लगत कट्टा भएको देखिएको छ । फर्म खारेजी किन गर्न परेको बारे भन्ने यथार्थ कारणको अनुसंधान भनि नभएको अधिकारी गिरीले बताए । सम्बन्धित उद्योगी ब्यवसायिले खारेजी गर्न निवेदन दिएको आधारमा प्रक...
भारतिय माछा प्रवेशले नेपाली माछा किसानलाई असर, नियन्त्रण गर्न किसानको माग
अर्थ, कृषि, रामग्राम नगरपालिका, समाचार

भारतिय माछा प्रवेशले नेपाली माछा किसानलाई असर, नियन्त्रण गर्न किसानको माग

नवलपरासी, १७ साउनजिल्लाका मत्यस्य कृषक एकातिर आफ्नै प्रयासमा देश भित्र माछा आपुर्ति गर्न सक्ने गरि प्रयासमा छन् । यता सरकारी निकायबाट सहयोग गुर्न भन्दा असहयोग गर्ने प्रवृति कायम हुदा मत्स्यपालक किसानलाई चुनौती थपिदै गएको बताएका छन । जुन बेला नेपाली किसानको पोखरीमा माछा तयार हुन्छ,त्यही बेला सरकारले भारतिय माछा आयातलाई खुल्ला गरिदिन्छ, यस्तो गुनासो थियो,नेपाल मत्स्य पालक किसान संघका केन्द्रिय कोषाध्यक्ष भवानीशंकर यादवको ।भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीका प्रमुख समेत रहेका मत्स्य निर्देक दिपक भुसालसँग गुनासो गर्दै यादवले गुनासो राख्दै प्रश्न गरे, के सरकारको नीयती नै बनेको छ,देश भित्रका किसान ब्यवसायीलाई निरुत्साही बनाउने ? यसलाई रोक्नका लागि पहल गरिदिन पर्यो, उनले निर्देशक भुसालसँग आग्रह गर्दै भने, कम्तीमा नेपाली मत्स्यपालक किसानको पोखरीमा माछा तयार भएको बेला आयात कम गराई...
उद्योग बाणिज्य संघमा आवद्ध ब्यवसायीलाई संघले गरि दिदैछ, एक लाखको दुर्घटना विमा
अर्थ, रामग्राम नगरपालिका, समाचार

उद्योग बाणिज्य संघमा आवद्ध ब्यवसायीलाई संघले गरि दिदैछ, एक लाखको दुर्घटना विमा

नवलपरासी,१७ साउनउद्योग वाणिज्य संघ नवलपरासीका नवनिर्वाचित अध्यक्ष नगेन्द्र कुमार अग्रहरीले आफ्ना उद्योगी, व्यवसायीको हितका लागि १ लाख बराबरको दुर्घटना बिमा गरिदिने भएका छन् । संघको ४० ओै वार्षिक साधारण एंव १६ ओै अधिवेशनको पद हस्तान्तरण समारोहमा उनले आफ्ना प्रतिवद्धता मन्तब्य राख्दै उतm घोषणा गरेका हुन् ।संघको सदस्य लिएका तर नविकरण नगरि बसेका उद्योगी ब्यवसायीले नविकरण गराउदा र नयाँ सदस्य बन्ने वित्तिकै सो विमा गरिदिइने उनले समारोहमा जानकारी गराएका थिए । संघमा हाल ५ सय ८० सदस्य आवद्ध छन् । धेरै जनाले संघबाट के लाभ भन्दा नविकरण समेत गराउन छाडेका थिए । केहीले नगर गाउको संघमा आवद्धता गराए पनि जिल्ला संघको नविकरण पनि गराउन छाडेका थिए । तर दुर्घटना बिमा घोषणा पछि सदस्य संख्या बढ्ने अपेक्षा लिइएको छ । जिल्लाको आर्थिक विकासका लागि उद्योगहरूसँग भगिनीसम्बन्ध कायम राखेर अघि बढ्ने नवनिर्वाचित अध्यक्ष अ...
रामग्राम स्तुपमा वर्षावासी भिक्षुको सेवामा समुदाय र संघसंस्था सक्रिय
रामग्राम नगरपालिका, समाचार, समाज

रामग्राम स्तुपमा वर्षावासी भिक्षुको सेवामा समुदाय र संघसंस्था सक्रिय

नवलपरासी,१७ साउनरामग्राम स्तुपमा बर्षाबास शुरु गरेका भिच्छुलाई भोजनदान देखी स्वास्थ्य परिक्षणसम्मको सेवामा स्थानिय संघसस्था जुटेका छन् । भिच्छुहरुलाई सेवाभावले आवश्यकता पुरा गर्ने र स्तुपामा भिच्छुद्धारा गरिने ध्यान अभ्यासले शान्ति,करुणाको विकास हुने र सेवा गर्नेले समेत पुण्यलाभ पाउने भएको भन्दै सेवामा जुटेका हुन् ।आईतवार इभरग्रिन अस्पताले पाँच जना भिच्छुको स्वास्थ्य परिक्षण गर्दै स्वास्य सेवा दिएको जानकारी गराएको थियो । त्यसै गरि प्रत्येक दिन ति भिच्छुहरुलाई कुनै न कुनै संघसस्था र र भोजनदान गर्दै आएका छन् । उजैनी र देउरवा गाँउका बासिन्दा पनि पालो बनाई प्रत्येक दिन भोजनदान गर्ने ब्यवस्थापनमा जुटेको स्थानियबासी तथा रामग्राम ७ का पुर्व वार्ड अध्यक्ष शंकर हरिजनले जनाए । अहिले स्तुपमा आन्तरिक पर्यटकको पनि संख्यामा उल्लेखनिय वृद्धि हुदै गएको बताउदै उनले स्तुपमा भिच्छुको उपस्थितीले पनि धार्मिक प...
एक महिना नबत्दिै पाल्हीनन्दन पोखरीमा बनाइएको पर्खाल चर्किदै
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

एक महिना नबत्दिै पाल्हीनन्दन पोखरीमा बनाइएको पर्खाल चर्किदै

नवलपरासी,१५ साउनजिल्लाको पाल्ह्ीनन्दन गाउपालिकाले बनाउन लागएको पोखरीको पर्खाल चर्किन थालेको जनाउदै स्थानियले त्यसबारे छानविन गरिनु पर्ने माग गरेका छन् । वार्ड नं.४ स्थित पौराणिक तथा सेनकालिन शिवपार्वती सिद्धधाम स्थित पोखरी ब्यवस्थापन गरि सौन्दर्यीकरण कार्यका लागि बनाइएको पोखरीको पर्खाल चर्किन थालेको देखिए पछि स्थानियले सो माग गरेका हुन् ।पर्खालको डिजाईनमा कमजोरी हो ? कि काम गुणस्तर हित हो ? कि पोखरीबाट अनियन्त्रित रुपमा माटो खनेर बाहिर लैजादा के कारणले पर्खाल चर्किन थालेकोबारे स्थानियले चाँसो लिदै छानविन गरि सत्यतथ्य सार्वजनिक गरि काम अगाडी बढाउनु पर्ने माग भई रहेको एक स्थानियले बताए । पोखरीबाट अनियन्त्रित माटो खनेर बाहिर लैजादा समस्या भएको हुन सक्ने स्थानियले अनुमान गरेका छन् । विना राजस्व करोड बढिको माटो झिकिएको दाबी समेत स्थानियको छ । सम्बन्धित ठेकेदारले कुनै पनि राजस्व नै नबुझाई लाखौ र...
रामग्राम स्तुप परिसरमा पाच बर्गिय भिच्छुद्धारा प्रथम बर्षा बास
पर्यटन, रामग्राम नगरपालिका, समाचार, समाज, संस्कृति

रामग्राम स्तुप परिसरमा पाच बर्गिय भिच्छुद्धारा प्रथम बर्षा बास

नवलपरासी,१३ साउनशान्तिका अग्रदुत भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा पहिलो पटक पाँच बर्गिय(पाँच जना) भिच्छु तिन महिनाका लागि बर्षाबास बसेका छन् । बर्षायमा लागे देखी बुद्ध धर्म अनुसार असार अर्थात गुरुपुर्णियमा देखी असोज महिनासम्म बौद्ध भिच्छु एकै स्थानमा बसेर ध्यान साधना गर्ने प्रावधान अनुसार रामग्राम स्तुपमा पहिलो पटक पाँच जना भिच्छुले बर्षाबासको शुभारम्भ गरेका हुन् ।प्रथम बर्षाबास २०८३ भन्दै असार १३ गते देखी कार्तिक ९ गतेसम्म रामग्राम बौद्ध स्तुपा उज्जैनीमा ति भिच्छुहरु बर्षाबासको शुभारम्भ गरेको सोही वार्डका पुर्व वार्डअध्यक्ष समेत रहेका उपासक रामाशंकर हरिजनले जानकारी गराए । आधुनिक कालमा रामग्राम स्तुपमा भिच्छु बर्षाबास बस्ने कार्य ऐतिहासिक कार्य भएको छ, उनले भने, प्राचीन कालमा भिच्छुहरु स्तुप नजिकै बसेर ध्यान साधना र पुर्जा आर्चना गर्ने गरेको उल्लेख पाइए पनि आधुनिक क...