१५०१औँ मोहम्मद जयन्तीको अवसरमा फलफूल वितरण तथा शान्तिपूर्ण जुलुस
सुकरात गौड
नवलपरासी, भदौ ११ । १५०१औँ मोहम्मद जयन्ती तथा जश्ने ईद मिलादुन्नबीको अवसरमा मदरसा प्रवर्द्धन सामाजिक केन्द्रले सञ्चालन गरेको एक साताव्यापी कार्यक्रम बुधबार फलफूल वितरण, पानी पिउने कार्यक्रम तथा शान्तिपूर्ण जुलुससँगै सम्पन्न भएको छ।
भदौ १० गते आयोजित अन्तिम दिनको कार्यक्रममा पृथ्वीचन्द्र अस्पताल, परासीमा उपचाररत बिरामी तथा आदर्श नमुना माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीलाई फलफूल वितरण गरिएको थियो। त्यसैगरी मुस्लिम सामाजिक युवा संस्थासँगको समन्वयमा जुलुसमा सहभागी तथा सर्वसाधारणका लागि पानी पिउने कार्यक्रम पनि सञ्चालन गरिएको थियो।
त्यसपछि निकालिएको शान्तिपूर्ण जुलुसमा सहभागीहरूले आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिएका थिए। जुलुस शान्तिपूर्ण र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
मदरसा प्रवर्द्धन सामाजिक केन्द्रका अध्यक्ष हैदर अली...










