विधा

बजेट अधिवेशन गर्न नगरसभाको तयारीमा जुट्दै वर्दघाट
अर्थ, बर्दघाट नगरपालिका, समाचार

बजेट अधिवेशन गर्न नगरसभाको तयारीमा जुट्दै वर्दघाट

नवलपरासी,९ बैशाख,जिल्लाको वर्दघाट नगरपालिकाले अगामी नगरसभाको तयारीसँगै नगरसभामा प्रस्तुत गरिने आर्थिक बर्ष २०८०÷०८१ का लागि बजेट कार्यक्रम र त्यसको लागि योजना तजुर्मा गर्ने कार्यसुचि सार्वजनिक गरेको छ । नगरकार्यपालिकाको निर्णय अनुसार सो कार्ययोजनाले आम जनसमुदायको बढी भन्दा बढी सहभागिता गराउने उदेश्यले सार्वजनिक गरेको हो ।लोकतान्त्रिक मुल्यमान्यता र पार्दर्शिता अभिवृद्धि गराउने र जनसहभागिता बढाउनका लागि कार्यसुचि सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाकारी गराए । कार्यसुची अनुसार सबै नगरबासीले कुन दिन के हुदैछ,भनेर थाहा पाउनेछन्,उनले भने,त्यसमा सहभागि भई आफ्नो सुझावहरु राख्ने छन् । यसले नगरसभामा प्रस्तुत गरिने कार्यक्रमहरु बढि भन्दा बढि प्रभावकारी हुने विश्वास लिईनेको उनको भनाई थियो । नगरको विकासमा नगर सरकारको नेतृत्व हो,तर विकासमा नगरराज्यका नागरिक स...
धनेवा नदीको किनारमा सडक करिडोर बनाउन डिपिआर बनाउदै सरावल गाउपालिका
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

धनेवा नदीको किनारमा सडक करिडोर बनाउन डिपिआर बनाउदै सरावल गाउपालिका

नवलपरासी,८ बैशाखबर्षेनी डुबानको समस्या खेप्दै आएको सरावल गाउपालिकाका चार वटा वार्डको बाढी नियन्त्रणका लागि संघिय सरकार र लुम्बिनी प्रदेश सरकारको भर नपर्ने सरावल गाउपालिकाले जनाएको छ । डुबानको समस्या विगत चार दशक देखी रहदै आए पनि तत्कालिन केन्द्रिय सरकार र हालका संघ र प्रदेश सरकारले डुबान समस्या हल गर्लान भन्ने आशा नलागेर सरावल गाउपालिकाले धनेवा झरही नदी ब्यवस्थापनका लागि आफै कस्सिएको हो ।धनेवामा लगाईएको बाँध अग्लो नहुनु,विगत तिन दर्शक देखी भत्किएको चार वटा साईफन अहिलेसम्म मर्मत सम्भार हुन नसक्नु,कुलो सफाई तथा धनेवा र झरही खोलाको सिल्ट सफाई गरि नदि गहिरो नबाउदा डुबान समस्या जस्ताको तस्तै छ । तिनै कारणले गाउपालिकाका चार वार्डका नागरिकले बर्षेनी डुबानको समस्या झेल्दै आएको निष्कर्ष निकाल्दै गाउपालिकाले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गराउन लागेको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले...
एक बर्षमै तिन जना प्रमुख प्रशासकिय अधिकृतको सरुवाले सेवाग्राही मर्कामा
राजनीति, समाचार, सुनवल नगरपालिका

एक बर्षमै तिन जना प्रमुख प्रशासकिय अधिकृतको सरुवाले सेवाग्राही मर्कामा

नवलपरासी,जिल्लाको सुनवल नगरपालिकामा संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आर्थिक बर्षको विचमा प्रमुख प्रशासकिय अधिकृतको सरुवा गरेर हस्ताक्षेप गरेको नगरप्रमुख विमला अर्यालले बताएकी छिन् । मन्त्रालयका मन्त्री केही ब्यतिmको प्रभावमा परेर नगरको विकास निर्माणमा नै प्रभाव पार्ने गरि प्रमुख प्रशासकिय अधिकृतको सरुवा प्रति उनले आफ्नो ध्यानाकर्षण भएको जनाउदै मन्त्रालयले सरुवा गरि पठाएका प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमलाई हाजिर समेत नगराई आफ्नो प्रतिकृया देखाएकी हुन् ।कर्मचारी सरुवा गर्नु संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयको अधिकार क्षेत्र हो,तर आर्थिक बर्षकै बिचमा दुई÷दुई पटक प्रमुख प्रशासकिय अधिकृत भतिmराम मरासनीको सरुवाले नगरको विकास निर्माण कार्यमा समेत असर परेको जानकारी गराईन् । नगरपालिकामा काम गर्ने जो सुकै प्रमुख प्रशासकिय अधिकृत सरुवा भएर आउन तर कम्तीमा पनि एक आर्थिक बर्ष पुरै ...
साँसद चौधरीले पेश गर्दै छन् १५ वटा योजना राष्ट्रिय गौरवका आयोजना सहित १०२ योजना
नवलपरासी (ब.सु.प.), समाचार, समाज

साँसद चौधरीले पेश गर्दै छन् १५ वटा योजना राष्ट्रिय गौरवका आयोजना सहित १०२ योजना

नवलपरासी,७ बैशाखआफ्नो निर्वाचन क्षेत्रबाट विभिन्न योजना छनौट गरि प्राथमिकीकरण गरेर संघिय सरकारमा पेश गर्ने जानकारी नवलपरासी संघिय सँसद प्रतिनिधीसभा सदस्य(सँसदिय) क्षेत्र १ का साँसद विनोद चौधरीले बताएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार भेटघाट तथा विभिन्न सरकारी निकायका प्रतिनिधिहरु समक्ष उनले सो जानकारी गराएका हुन् ।आफ्नो क्षेत्रबाट प्रत्येक वार्ड,पालिका र क्षेत्रिय तथा जिल्ला स्तरलाई छुने खालका १ सय २ वटा योजना छनौट भएको जस्मा १५ वटा योजना राष्ट्रिय गौरवका आयोजना रहेको उनले बताएका थिए । आफु निर्वाचित भए देखी नै प्रत्येक महिनामा तिन देखी एक साता बसेर स्थानियको समस्या बुझ्ने र कुन निकायबाट कसरी समस्या समाधान गर्ने निष्कर्ष निकाल्दै आएको कार्यलाई निरन्तरता दिदै आएका छन् । आफ्ना सचिवालयका कर्मचारीलाईै नियमित परिचालन गरेर विभिन्न समस्याको खोजी नीति गर्ने र समाधानका हल निकाल्नका लागि ...
प्रदेश साँसद जैसवालले बाँडे छात्रालाई निः शुल्क साईकल
रामग्राम नगरपालिका, शिक्षा, समाचार

प्रदेश साँसद जैसवालले बाँडे छात्रालाई निः शुल्क साईकल

नवलपरासी, ४ बैशाखलुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद बैजनाथ जैसवाल) रामग्राम १५ मा ११ र १२ कक्षामा अध्ययन गर्ने छात्राहरुलाई साईकल वितरण गरेका छन् । बेटी बचाऔ,बेटी पढाऔ अभियान अन्रतगत सो वार्डका २० जना छात्रालाई निशुल्क साईकल वितरण गरेका हुन् ।लुम्बिनी प्रदेश सरकार समाजिक विकास मन्त्रालय,शिक्षा तथा समाजिक विकास निर्देशनालय अन्तरगत समाजिक विकास डिभिजन कार्यालय भैरहवा मार्फत सो साईकल वितरण गरिएको प्रदेश साँसद जैसवालले बताए । वार्डबाट छात्राको छनौट गर्न लगाई वार्ड अध्यक्षले छनौट गरेका छात्राहरुलाई सो साईकल वितरण गरियो,उनले भने,यो लुम्बिनी प्रदेश सरकारकै अभियान हो,यो कार्यक्रम निरन्तर चल्ने हुदा अगामी बर्षमा अन्य वार्डमा पनि छात्राहरु छनौट गरि वितरण हुने छ । यसले छात्राहरुलाई माध्यमिक तथा उच्चा शिक्षा अध्ययनका लागि राहत मात्रै नभई शिक्षा प्रति प्रोत्साहित पनि पर्ने उनको भनाई थियो ।साईकल पाए...
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत खनियो सुस्ता ३ मा तिन किलोमिटर कृषि सडक
अर्थ, कृषि, समाचार, सुस्ता गाउँपालिका

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत खनियो सुस्ता ३ मा तिन किलोमिटर कृषि सडक

नवलपरासी,४ बैशाखजिल्लाको सुस्ता गाउपालिकाले बेरोजगार युवा युवतीलाई दिदै आएको एक सय दिनको रोजगारीका कामदारले तिन किलो मिटर कृषि सडक खनेका छन् । गाउपालिकाको वार्ड नं.३ मा खटिने एक सय दिन रोजगारीका कामदारले वार्ड भित्रका तिन किलो मिटर सडक खन्ने काम गरेको वार्डले जनाएको हो ।सरकारले दिदै आएको रोजगारीको अवसरलाई उपयोग गरि स्थानियलाई रोजगारी र गाँउमा कृषि सडक खन्ने काम भएको वार्ड अध्यक्ष हरिलाल दुसादले बताए । वार्डमा पर्ने कुल १५ जना युवा युवतीलाई रोजगार दिईने सुचिमा परेको थियो,उनले भने,के काम गर्न लगाउनेबारे वार्ड समितिमा राखेर योजना बनाइयो र कृषि सडक खन्ने योजना बनाइयो । अहिले तिनै कामदारले सडक खनिसकेका छन् । गाउपालिकाका प्राविधिकहरुले प्राविधिक नापजाँच गरेर जिम्मा लगाईए पछि सो सडक खन्न लगाइएको उनको भनाई थियो । रोजगारीमा अधिकाँश महिलाहरु सहभागि रहेका छन् । महिलाहरु आफै कोदालो र बेल्चा लिई...
कसिया सामुदायिक बनमा उद्धान(पार्क) बनाउन रामग्राम नगरपालिकाको पहल
पर्यटन, रामग्राम नगरपालिका, समाचार

कसिया सामुदायिक बनमा उद्धान(पार्क) बनाउन रामग्राम नगरपालिकाको पहल

नवलपरासी,३ बैशाखजिल्लाको रामग्राम नगरपालिकाले नगरपालिका प्रशासनिक भवनसँग जोडिएको कसिया सामुदायिक बनलाई बन उद्यानको रुपमा विकास गर्नका लागि सामुदायिक बन समुहसँग सहकार्य अगाडी बढाएको छ । नगरपालिका र सामुदायिक बन विच पटक पटक हुने विवादलाई टुगँयाउदै बन समुहको अस्तित्व रहने र बनको हरियाली उपयोग हुने गरि उद्यानको रुपमा विकास गर्न दुबै पक्षले सहकार्य अगाडी बढाएका हुन् ।सामुदायिक बन र नगरपालिकासँग विगत एक दशक देखी बनको उपयोगबारे विवाद हुदै आएको भए पनि अब सो विवाद सहमति नजिक पुगेको नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले बताए । अहिले चाडै निकास निस्कने विश्वास लिएका छौ,इन्जिनियर गुप्ताले भने,नगरपालिकाले सिफारिस नगरेसम्म सामुदायिक बनले बन डिभिजन कार्यालयबाट कार्ययोजना हस्तानान्तरण नपाउने अवस्था पनि छ । सामुदायिक बनले विवाद मात्रै झिकिरह्यो भने,सामुदायिक बनलाई पनि बन उपभोग गर्न समस्या हुन्छ । सामुदायिक ब...
गाँउमा हाईब्रिड मकैको बिँउ बनाउदै रामग्राम १८ बडगोका किसान
कृषि, रामग्राम नगरपालिका, समाचार

गाँउमा हाईब्रिड मकैको बिँउ बनाउदै रामग्राम १८ बडगोका किसान

नवलपरासी,२ बैशाखजिल्लाका किसानहरु अहिले आफै मकैबालीको उन्नत विँउ बनाउनका लागि गाँउमै बर्णशंकर(हाईब्रिड) बनाउने कार्यमा जुटेका छन् । कृषि ज्ञान केन्द्र नवलपरासीको प्राविधिक सहयोग तथा लुम्बिनी सिड कम्पनीको सहकार्यमा रामग्राम १८ बडगो स्थित केही किसान मकैबालीमा हाईब्रिड विँउ बनाउनमा लागेका हुन् ।सम्वतःजिल्लामा पहिलो पटक यस्तो हाईब्रिड मकै विउ बनाउनमा किसान आफै लागेको कृषि ज्ञान केन्द्र नवलपरासीका निमित्त प्रमुख सन्तोष चौधरीले जानकारी गराए । कृषि विज्ञहरु मात्रै लागेर उन्नत जातको बिउँ उत्पादनले माग अनुसारको विउँ पुर्याउन सकिने अवस्था छैन्,उनले भने,विज्ञसँग सहकार्य गर्दै जब किसान आफै हाइब्रिड विँउ बनाउन सिक्छन्,अनि मात्र आवश्यकता अनुसार प्रयाप्त मात्रामा हाईब्रिड विउँ गाउकै किसान आफ्नै खेतबारीमा उत्पादन गर्न सक्छन् । यसको पहिलो अभ्यास जिल्लाको बडगो गाँउमा शुरुवात गराइएको छ । किसानहरु उत्साही नै ...
लुम्बिनी प्रदेश साँसद जैसवालको पहलमा रामग्राम ९ जोकवारमा डिप ट्युवेल गाडिदै
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

लुम्बिनी प्रदेश साँसद जैसवालको पहलमा रामग्राम ९ जोकवारमा डिप ट्युवेल गाडिदै

नवलपरासी,२ बैशाखजिल्लाको रामग्राम नगरपालिका ९ जोकवारमा लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवालले कृषकको सिचाईका लागि डिप ट्युवेल गाड्ने कार्यको शुभारम्भ गरेका छन् । लामो समय देखी अकाशे पानीको भरमा खेती गर्दै आएका किसानका लागि सो डिप ट्युवेलबाट सिचाई ब्यवस्थापन गर्नका लागि प्रदेश साँदस जैसवालले लुम्बिनी प्रदेश सरकारसँग पहल गरि बोरिगँ गाड्न लगाएका हुन् ।डिप ट्युवेल गाडिन थालिए पछि स्थानिय किसान हर्सित भएको सोही वार्डका वार्ड अध्यक्ष भोज नारायण यादवले बताएका थिए । पहिला अकाशे पानीको भरमा किसान खेतीपाती गर्दै आएका थिए,उनले भने,प्रदेश साँसद जैसवालसँग विगत बर्ष देखी नै स्थानिय किसानले सिचाईको प्रबन्ध मिलाउन माग गर्दै आएकोमा अहिले प्रदेश साँसद जैसवालको पहलले डिप ट्युवेल गाडिने भएको छ । वार्डबासी तथा स्थानिय किसानको तर्फबाट साँसद चौधरीलाई धन्यबाद प्रकट गर्दै अगामी दिनमा पनि प्रदेश सा...
अन्तरक्रिया गर्दै परासीमा मनाईयो १३३ औ डा.अम्बेडकरको जन्मदिवस
नवलपरासी (ब.सु.प.), समाचार, समाज

अन्तरक्रिया गर्दै परासीमा मनाईयो १३३ औ डा.अम्बेडकरको जन्मदिवस

नवलपरासी, १ बैशाखजिल्ला सदरमुकाम परासीमा नेपालमा समावेशिता र डा.भिमराव अम्बेडकरलाई जोडेर अन्तरक्रिया कार्यक्रम गरिएको छ । डा.अम्बेडकरको १३३ औ जनदिनको अवसरमा बौद्धिक समाज नवलपरासीले सो कार्यक्रमको आयोजना गरेको हो ।संविधान सभा सदस्य चिनक कुर्मीको प्रमुख आथित्थ्यतामा सो कार्यक्रमको आयोजना गरिएको बौद्धिक समाजका अध्यक्ष अधिवतmा मनोज कुमार हरिजन(नागबंशी)ले बताए । डा.अम्बेडकद्धारा भारतको संविधानमा समाजिक र जातिय समावेशिता तथा आरक्षण दिइने कार्य भएको र अहिले अन्य देशमा पनि समाजिक समावेशिता तथा आरक्षण ब्यवस्था डा.अम्बेडकरद्धारा प्रतिपादित एक सिद्धान्तको रुपमा स्थापित भएको कार्यक्रममा बताइएको थियो । आरक्षण ब्यवस्थाले मात्र लोकतान्त्रिक मुल्य मान्यतालाई स्थापित गरि समावेशि चरित्रको राज्य देखिन सकिने आधार भएको हुदा नेपाल सहित विश्वका अन्य मुलुकले डा.अम्बेडरको विचारलाई अंगिकार गर्दै आएका छन् ।कर्ल माक्...