विधा

पशु स्वास्थ्य शिविर संचालनले १ सय ६३ किसान लाभाविन्त
कृषि, समाचार, सरावल गाउँपालिका

पशु स्वास्थ्य शिविर संचालनले १ सय ६३ किसान लाभाविन्त

नवलपरासी, १३ कार्तिकजिल्लाको सरावल गाउँपालिकामा एक दिवसिय निशुल्क पशु स्वास्थ्य शिविर संचालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र परासीको आयोजना तथा सरावल गाउँपालिकाको सहकार्यमा सरावलको वडा ४ हात्तिबनमा उक्त पशु स्वास्थ्य शिविर संचालन गरिएको हो ।पशु विज्ञ, पशु चिकिस्तक र पशु स्वास्थ्यकर्मीहरुको टोलीले संचालित पशु स्वास्थ्य शिविरमा आएका रोगी गाईभंैसी, बाख्रा लगायत पशुपंक्षीहरुको उपचार सेवा प्रदान गरि निशुल्क औषधी समेत वितरण गरेको हो । उक्त पशु शिविरबाट गाई ५६, भंैसी १६१, र ७०४ बाख्रालाई उपचार सेवा प्रदान गरिएको छ । गाउपालिकाकी उपाध्यक्ष बासमती हरिजनले बताईन् । गाँउका पशुपालक किसानले पनि यो शिविर मार्फत विज्ञ सेवा पाउनु गाउपालिकाका लागि अवसर भएको बताईन् । यस शिविरबाट कुल १ सय ६३ घरधुरी लाभाविन्त भएको छ । गाउँघरका किसानहरुको पशुहरुमा कुन खालको रोग लाग्न सक्छ र सोको पहिचान र उप...
‘चौथो सुनवल महोत्सव २०८१’ आउदो मंसिर १२ गते देखी हुने
अर्थ, समाचार, सुनवल नगरपालिका

‘चौथो सुनवल महोत्सव २०८१’ आउदो मंसिर १२ गते देखी हुने

नवलपरासी,११ कातिकजिल्लाको सुनवलमा आउदो मंसिर १२ गते सुनवल महोत्सव आयोजना हुने भएको छ । सो महोत्सवबारे आइतवार उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा सो महोत्सव हुने जानकारी गराईएको हो ।उतm महोत्सव तथा औद्योगिक ब्यपार मेला २४ मंसिर सम्म १३ दिन सोमनाथ बजार नजिकैको खेलमैदान हुने छ । उद्योग वाणिज्य संघले व्यापार मेलामा स्थानिय व्यवसायीलाई प्राथमकिता दिने दाबी गरेको थियो । उतm मेलामा स्थानिय उत्पादनका अतिरिक्त साना उद्योगका उत्पादन तथा पहाडी भेगका कृषिजन्य उपजलाई विशेष प्राथमिकता दिईने छ । प्रर्दशनी तथा विक्रि कक्ष, सांस्कृति क्षेत्र, बाल उद्यान तथा मनोरञ्जनका विभिन्न साधन, खानपान क्षेत्र, खेल क्षेत्र, अटोमो बाईल्स्, बंैक तथा वित्तिय क्षेत्र, दैनिक उपभोग्य समाग्री, हस्तकलाका समाग्रीको विक्रि कक्ष लगायत क्षेत्रगत रुपमा स्टल व्यवस्थापन गर्ने मेला मुल समारोह समितिका संयोजक समेत रहेको संघका अध्यक्ष रमे...
रामग्रामको पर्यटकिय स्थल रामग्राम स्तुपक्षेत्रमा स्वास्थ्यचौकीको सेवा शुभारम्भ
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

रामग्रामको पर्यटकिय स्थल रामग्राम स्तुपक्षेत्रमा स्वास्थ्यचौकीको सेवा शुभारम्भ

नवलपरासी,१० कातिकरामग्राम नगरपालिकाको पर्यटकिय क्षेत्र रामग्राम स्तुप क्षेत्रमा स्वास्थ्य चौकीले आफ्नै भवनमा स्वास्थ्य सेवा शुभारम्भ गरेको छ । भगवान गौतम बुद्धको अष्तुधातु रहेको रामग्राम स्तुप परिसर नजिकै नवनिर्मित स्वास्थ्य चौकीको आफ्नै भवनमा साता देखी स्वास्थ्य सेवा दिइने कार्यको शुभारम्भ गरेको हो ।हालै उतm क्षेत्रमा पर्यटक तथा पर्यटकिय क्षेत्रको शुरक्षार्थ अस्थाइ प्रहरी विटको स्थापना गरिएको थियो । रामग्राम नगरपालिकाले गठन गरेको रामग्राम विकास कोषको कार्यालय समेत सञ्चालनमा ल्याएको पर्यटकिय स्थल रामग्राम स्तुप क्षेत्रमा स्वास्थ्य चौकी शुभारम्भ गरेर स्वास्थ्य सेवा पनि दिन सक्ने अवस्थाको आधार तयार भएको रामग्राम नगरपालिकाले जनाएको छ । केन्द्रिय कार्यक्रम अनुसार नेपाल सरकारले उतm क्षेत्रमा स्वास्थ्य चौकी भवनको निर्माण गरिदिए पछि स्वास्थ्य सेवा सुचारु गरिएको स्वास्थ्य चौकीका इन्चार्ज बलिराम को...
नवलपरासी जिल्ला खाद्यान र फलफूलमा आत्मनिर्भर र तरकारी, दलहनमा परनिर्भरता
कृषि

नवलपरासी जिल्ला खाद्यान र फलफूलमा आत्मनिर्भर र तरकारी, दलहनमा परनिर्भरता

नवलपरासी,९ कातिकनवलपरासी जिल्ला खाद्यान र फलफूलमा आत्मनिर्भरण भएको तथ्याँक कृषि ज्ञान केन्द्रले सार्वजनिक गरेको छ । विश्व खाद्य दिवस मनाउने क्रममा कुल खाद्यानको अन्न रफलफूलमा आत्म निर्भर बन्न सकेको भए पनि तरकारी,दलहन र तेलहनबालीमा आत्मनिर्भर नरहेको समेत जानकारी गराइएको हो ।कृषि ज्ञान केन्द्रले शुक्रवार ४४ औ विश्व खाद्य दिवस २०८१ मनाउदै सरोकारवाला विच अन्तरक्रियाको आयोजना गरेको थियो । सो अन्तरक्रियामा जिल्लाको कृषि उत्पादन तथा खाद्य अवस्थाको जानकारी गराइएको थियो । ज्ञान केन्द्रका प्रमुख डा रवीन्द्र नाथ चौबेले खाद्य तथा फलफूलमा जिल्ला आत्मनिर्भरसँगै उत्पादन बाहिर पठाउदै आएको जानकारी गराएका थिए । उनका अनुसार जिल्लामा अन्न खेती(धान,गहुँ मकै) को कुल उत्पादन क्षेत्रफल ३३ हजार ७ सय ४२ हेक्टर(हे.)रहेको छ । जस्मा धान२० हजार ४ सय ८७ हे,गहुँ८ हजार ५ सय ९५ हे.मकै ४ हजार ६ सय ६० हे.रहेको छ । कुल खाद्या...
बर्ष दिन पहिलै सञ्चालनमा आउने परासी बसपार्क हालसम्म सञ्चालनमा आएन
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

बर्ष दिन पहिलै सञ्चालनमा आउने परासी बसपार्क हालसम्म सञ्चालनमा आएन

नवलपरासी,९ कातिकजिल्लाको सदरमुकाम परासी स्थित निर्माणकार्य सम्पन्न भई सकेको बसपार्क एक बर्ष पहिला नै सञ्चालनमा ल्याउने तयारीमा रामग्राम नगरपालिकाले ल्याउन सकेको छैन् । बसपार्क हस्तानान्तरण नभएको जनाउदै नगरपालिकाले सो बसपार्क सञ्चालनमा नल्याईएको जानकारी गराएको हो ।लामो समय देखी सदरमुकाम परासीमा बसपार्क निर्माण हुनु पर्ने माग हुदै आएको र अहिले बसपार्क निर्माण भएर नगरपालिकासँग सञ्चालनबारे शहरी तथा भवन कार्यालयले परामर्श गर्दै सञ्चालनमा ल्याउनका लागि नगरपालिका गृहकार्यमा जुटेको थियो । बसपार्कको हस्तानान्तरण नहुनुका साथै बसपार्कमा अहिले पनि पहुँच मार्ग निर्माण भई नसकेको अवस्था,सुरक्षार्थ प्रहरी विट लगायत अन्य पुर्वाधार निर्माण अपुग रहेकोले सञ्चालन गर्न नसकिएको नगरपालिकाले दाबी गर्दै आएको छ । भवन कार्यालयका प्राविधिकहरुसँग एक चरणको बसपार्क सञ्चालनबारे छलफल भई सकेको जानकारी गराउदै पुरै पुर्वाधार ...
बजारको पर्खाइमा पटेरबाट बनेका हस्तकलाका समाग्रि
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार, समाज

बजारको पर्खाइमा पटेरबाट बनेका हस्तकलाका समाग्रि

नवलपरासी,८ कातिकजिल्लाको सुस्ता २ हर्कपुराका स्थानिय उद्यमीहरुले निर्माण गरेको हस्तकलाद्धारा निर्मित पटेरका समाग्रिहरुको विक्रि पर्खाइमा रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय,स्थानिय तह लगायतका विभिन्न निकायले तालिम शिप प्रदान गरि उत्पादन गर्न लगाउने तर बजारी करण नगरिदिदा निर्मित पटेरका आकर्षक हस्तकला समाग्रि विक्रिको पर्खाईमा रहेको छ ।स्थानिय क्षेत्रमा पटेरहरुबाट बनेका चकटी,मोढा,अन्य भाडाकुडा,झोला लगायतका समाग्रि स्थानिय महिलाहरु घर घरमा तयार गरेको स्थानिय माधव चौधरीले बताए । तालिम धेरैले लिन्छन्, उनले भने, तालिम लिदासम्म बनाउने उत्साह हुन्छ,तर बजार नपाउदा विस्तारै उत्पादन गर्न छोड्दै जाने गरेका छन् । केही महिलाहरु आफ्नो दिन विताउनका लागि भए पनि उत्पादन गर्दै आएका छन्,उनले पटेरबाट बनेका समाग्रि देखाउदै भने, महगोँ पनि खासै पर्दैन तथ बजारीकरण कस्ले गरिदिइने भन्ने समस्या छ । बजारीकरण भय...
नवलपरासीमा ‘रोजगारीका लागि बहस’ अभियान
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

नवलपरासीमा ‘रोजगारीका लागि बहस’ अभियान

चुरेका जंगलको झारपातबाट बनाउन सकिन्छ,बार्षिक बत्तिस करोडका जैविक कम्पोष्ट मल नवलपरासी,९ कात्तिकजिल्लामा कार्यरत सरकारी तथा गैरसरकारी संघसस्थाहरु विच रोजगारीबारे चिन्तन र छलफल अभियान थालिएको छ । ‘रोजगारीका लागि बहस’ कार्यक्रम गर्दै सरकारी सस्था तथा गैरसरकारी सस्था र उद्योग ब्यवसायलाई जोडेर एकिकृत रुपमा रोजगारी सृजनाका लागि अभियान थालिएको हो ।कानुनी सहायता तथा अनुसंधान केन्द्र(लार्क) तथा उद्योग बाणिज्य संघले सो बहस कार्यक्रम सञ्चालन गर्ने गरि एकिकृत योजना बनाउनमा जोड दिइएको थियो । उतm कार्यक्रममा स्थानिय सरकारका रोजगार संयोजक जिल्ला स्थित कृषि ज्ञान केन्द्र,डिभिजन बन कार्यालय,भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,घरेलु तथा साना उद्योग कार्यालय,सामुदायिक उपभोतmा महासंघ लगायतका प्रतिनिधि विच रोजगारीमा केन्द्रित भई छलफल भएको आयोजक संस्था लार्कका संस्थापक अध्यक्ष समेत रहेका संघिय संसद रा...
नवलपरासीका किसानले गर्न थाले केरा भित्र बदाम खेती
कृषि, समाचार, सुस्ता गाउँपालिका

नवलपरासीका किसानले गर्न थाले केरा भित्र बदाम खेती

नवलपरासी,७ कात्तिकजिल्लाका केरा किसानले अहिले केरा खेतमा घुसुवाबालीको रुपमा बदाम खेती गर्ने अभ्यास थालेका छन् । केही बर्ष पहिला केरा भित्र आलु र ओल खेतीको अभ्यास गर्दै आएका किसान अहिले केरा भित्र बदाम खेतीको सफल अभ्यास गरेका हुन् ।बलौटे माटो हुने जिल्लाका सुस्ता र प्रतापपुर गाउपालिकाका किसानले केरा भित्र हिँउदमा आलु र बर्षायाममा बदाम खेती गर्न सक्ने अवस्था देखिएको बताए । यसले गर्दा केरा खेतीलाई पनि फाईदा पुग्ने र घुसुवाबालीले थप लाभ लिन सक्ने अवस्था रहेको बदाम उत्पादक कृषक समितिका अध्यक्ष युवराज मौर्यले बताए । यसरी केरा भित्र बाली रोपेर थप बाली लिन सक्ने अवस्था देखिएको छ, उनले भने, एक बाली मात्र खेतमा लगाउदा यदि प्राकृतिक प्रकोपले नष्ट भयो भन्ने लगानी डुब्ने अवस्था थियो । तर तिनै बालीमा थप आर्को बाली रोपियो भन्ने ति क्षतिबाट पनि जोगाउन सक्ने अवस्था देखिएको उनको भनाई थियो । केही किसानले अहि...
असोज पुर्णिमाको अवसरमा चिनिया भिच्छुद्धारा रामग्राम स्तुपको साझमा पुजापाठ
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

असोज पुर्णिमाको अवसरमा चिनिया भिच्छुद्धारा रामग्राम स्तुपको साझमा पुजापाठ

नवलपरासी,१ कातिकभगवान गौतम बुद्धको अष्टधातुमा रामग्राम विकास कोषले आफ्नो पुर्व निर्धारित कार्यक्रम अनुसार असोज पुर्णिमाको अवसरमा विहिवार साझ दिप प्रज्वलित तथा धाुत प्रार्थना कार्यक्रममा चिनिया भिच्छुहरुको समेत सहभागिता जनाएका हुन् । रामग्राम विकास कोष गठन भए देखी रामग्राम स्तुपमा दिपबाली पुजापाठ तथा ध्यानअभ्यास गर्न थालिए पछि अन्य बौद्ध संघसस्थाहरुले सहभागिता जनाउदै आएकोमा चिनिया भिच्छु तथा उपासकहरुको सहभागिता भएको हो ।कोष गठन पश्चात पहिलो प्राथमिकत मै रामग्राम स्तुपमा अध्यात्मिक तथा धार्मिक् कार्य निरन्तर गर्ने कार्य कार्य अगाडी बढाइएको र कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने,पुजापाठ तथा ध्यान अभ्यास भई रहेको कोषका सदस्य तथा विपश्यनाका सहायक अचार्य प्रसाद पाण्डेले जानकारी गराएका थिए । उनका अनुसार गत औशीका दिन पनि चाईनाका ग...
सरकारले उद्योगी ब्यवसायीलाई आतँकित बनायो ः जप्रपा केन्द्रिय अध्यक्ष तथा पुर्व मन्त्री त्रिपाठी
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

सरकारले उद्योगी ब्यवसायीलाई आतँकित बनायो ः जप्रपा केन्द्रिय अध्यक्ष तथा पुर्व मन्त्री त्रिपाठी

नवलपरासी,२३ असोजआर्थिक मन्दि जनताको भान्सासम्म पुगिसकेको तर सरकार जनता आपेक्षित कार्य गर्न नसकेको र उल्टै उद्योगी ब्यवायीलाई आतँकित गर्ने गरेको जनता प्रगतिशिल पार्टीका केन्द्रिय अध्यक्ष तथा पुर्व मन्त्री हृदेश त्रिपाठीले आरोप लगाएका छन् । बुधवार बेलाटारीमा पार्टीद्धारा आयोजित दशै,दिपावली,छठको शुभकामना आदान प्रदानसँगै संघ प्रदेश नं.१ को कार्यालय उदघाटन गर्दै सो कुरा बताएका हुन् ।मुलुकमा बढदो भ्रष्टाचारका कारण मुलुकमा यस्तो अवस्था आएको र अहिले भ्रष्टाचार नियन्त्रण भन्दा मोडेल भेरेर भ्रष्टचार नियन्त्रणको नाममा पुनः भ्रष्टाचार गर्ने गरिएको आरोप दाबी समेत गरेका ्थिए् । भ्रष्टाचार हुनेमा सबै भन्दा बढि स्थानिय सरकारहरुमा भई रहेको महालेखा परिक्षण प्रतिवेदनले समेत देखाएको उनको भनाई थियो । संघिय सरकार र प्रदेश सरकारमा कम्तीमा लेखा समितिहरु छन्, उनले भने, जुन समितिले मलेपको प्रतिवेदन माथि छलफल गर्छ,अ...