इभरग्रिन हस्पिटल प्रालि परासीको समन्वयमा प्रतापपुर गाउपालिकाद्धारा निशुल्क स्वास्थ्य शिविर सञ्चालन
नवलपरासी,११ जेठजिल्लाको प्रतापपुर गाउपालिका ९ पिपरिपातीमा वृहद निःशुल्क स्वास्थ्य विशिर सञ्चालन गरिएकोछ । ग्रामिण जनतालाई विशेषज्ञ चिकित्सक सेवा प्रदान गरिने उदेश्यले इभरग्रिन हस्पिटल प्रालि रामग्राम ३ परासीको समन्वयमा गाउपालिकाले डम्बर बहादुर मावि परिसरमा शनिवार उतm स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा ६८ जना महिला र ५४ जना पुरुष गरि कुल १ सय २२ जना विरामीको स्वास्थ्य परिक्षण तथा परामर्श सेवा प्रदान गरिएको हस्पिटलका सञ्चालक बलिराम कोईरीले जानकारी गराएका थिए । उनका अनुसार सबै भन्दा बढि विरामी ढाँड तथा जोनी समस्या र अत्याधिक रतmचाँप भएका विरामी पनि देखिएका थिए । ३० जना विरामीको प्रयोगशाला परिक्षण समेत गरिएको थियो, उनले भने, जस्मा १० जनामा मधुमेह भेटिएको थियो,जुन ति विरामीले कहिलै मधुमेहको परिक्षण समेत नगराउदा अध्याधिक मात्रा देखिन्थे । रुघा खोकी, ज्वरो लगायतका बिरामीलाई समान्य ...










