मौषम परिवर्तनले पृथ्वीचन्द्र अस्पतालमा विरामीको सँख्या ह्वात्तै बढयो
नवलपरासी,३ चैत्रजिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा अहिले विरामीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । मौषम परिवर्तन र सेवा प्रवाहमा सहजतासँगै सेवा थपले पनि विरामीको संख्या बढदै गएको हो ।अस्पतालका अनुसासद अहिले दैनिक ५ सय भन्दा बढि विरामी अस्पतालमा आउन थालेका छन् । जाडोमा केही कम विरामी भए पनि अहिले फागुन अन्तिम साता देखी दैनिक विरामीको सख्या बढदै गएको अस्पतालका अध्यक्ष जगदिश चौधरीले बताए । अस्पतालमा सेवा थपिदे गएकोले पनि विरामीको आकर्षण बढेको हुन सक्छ, उनले भने,तर मौषमी कारण पनि प्रमुख कारणको रुपमा रहेको देखिन्छ । विरामी बढदै जादा अस्पतालका चिकित्सकलाई पनि कामको चाप थपिदै गएको उनको भनाई थियो । उनका अनुसार विगत एक बर्ष देखी विरामलाई सहज सेवा प्रवाहका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालले विभिन्न सेवा थप्ने कार्यलाई निरन्तरता दिन थालेको हो । दुई महिना देखी अस्पतालमा मुटु रोग सम्बन्धि ...









