यातायात ब्यवस्था सेवा कार्यालय परासीले उठायो १२ करोड राजश्व
नवलपरासी,१७ भदौजिल्ला सदरमुकाम परासी स्थित यातायात ब्यवस्था सेवा कार्यालयले गत आर्थिक बर्षमा यातायात सेवा सम्बन्धि सेवा प्रदान गरि १२ करोड बढि राजश्व संकलन गरेको छ । विगत बर्षमा भैरहवा र बुटवलबाट सेवा लिदै आएका नवलपरासीका बासिन्दालाई जिल्लामै सेवा उपलब्ध गराउने गरि लुम्बिनी प्रदेश सरकारले कार्यालय सञ्चालनमा ल्याए पछि यातायात सेवासँगै सो राजश्व संकलन भएको कार्यालयले जानकारी गराएको हो ।विभिन्न चार शिर्षकमा यातायात सेवा कार्यालयले गत आर्थिक बर्षमा कुल १२ करोड ८६ लाख ४ हजार ३ सय ९५ रुपिया राजस्व संकलन भएको कार्यालय प्रमुख मुतिm प्रसाद पाण्डेयले जानकारी गराए । उनका अनुसार यातायात सेवा कार्यालयबाट गत आर्थिक बर्षमा यातायात क्षेत्रको आमदनी,सवारी दर्ता किताब सम्बन्धि दस्तुर,सवारी साधन कर र आयकरमा राजश्व संकलन गर्दै आएको छ । जस्मा यातायात क्षेत्रको आम्दनी १५ लाख ५५ हजार ६५ रुपिया, सवारी दर्ता किताब ...










