अर्थ

मिटर ब्याजी आन्दोलनले गाँउका सहकारी संस्था प्रभावित
अर्थ, समाचार, सरावल गाउँपालिका

मिटर ब्याजी आन्दोलनले गाँउका सहकारी संस्था प्रभावित

नवलपरासी,१४ चैत्रविभिन्न स्थानमा मिटर ब्याजी विरुद्ध भईरहेको आन्दोलनले सहकारी सस्थाहरुलाई पनि ऋण उठाउनमा समस्या ल्याएको छ । ६६ औ सहकारी दिवसको अवसरमा सरावलमा आयोजित सहकारी विचहरु विच अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो ।सहकारी सस्थाहरु लोकतान्त्रिक पद्यतीमा चल्ने संस्था भएको हुदा सहकारी सरकारको सहयात्री पनि भएको बताइएको थियो । सहकारी प्रति स्थानिय सरकार उदासिन भएको गुनासो समेत सहकारीकर्मीहरुले गरेका थिए । स्थानिय तहको नियमनमा सहकार िसस्थाहरु जादा सहकारीलाई नियमन र प्रोत्साहन गर्ने कार्य प्रभावकारी ढंगले स्थानिय तहबाट हुन नसक्दा सहकारीमा निस्कृयता बढेको छ, स्थानिय बडहरा दुबौलिय सहकारी सस्थाका ब्यवस्थापक रामचन्द्र राजभरले भने,गाउपालिका भित्रकै महिलाको शसतिmकरण गर्ने कार्य,रोजगारी,पुजिँ संकलनमा समेत काम गर्दै आएको छ । तर गाउपालिकाले सहकारी प्रति सकारात्मक भाव राखेको छैन् ।अहिले मिटर...
बैदेशिक रोजगारबाट रामग्राममा बार्षिक ४१ करोड बढि बिप्रेषण
अर्थ, रामग्राम नगरपालिका, समाचार

बैदेशिक रोजगारबाट रामग्राममा बार्षिक ४१ करोड बढि बिप्रेषण

नवलपरासी,१२ चैत्रजिल्लाको रामग्राम नगरपालिका क्षेत्रबाट बैदेशिक रोजगारमा गई बार्षिक ४१ करोड भन्दा बढि विप्रेषण रेमिटान्स रकम भित्रियाएका छन् । रामग्राम नगरपालिकाका बैदेशिक रोजगार सम्बन्धि पाश्र्वचित्र(प्रोफाईल) २०७९ प्रकाशित गरि सो तथ्याँक सार्वजनिक गरेको हो ।नगरक्षेत्रबाट खाडी मुलुकमा गएका युवाहरुले बर्षेनी नगरक्षेत्रमा कुल ४१ करोड १७ लाख ९७ हजार रकम भित्रयाएर आर्थिक उपार्जनका कार्यहरु गर्दै आएको सो प्रोफाईलमा उल्लेख गरिको छ । बैदेशिक रोजगारको सबल पक्ष भनेको नै ज्ञान,सिप,अनुभव र विप्रेषण आर्जन हो । प्राप्त विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा परिचालन गरी स्वरोजगार तथा रोजगार गर्न सकेमा चक्रीय रुपमा वैदेशिक रोजगारमाा जानु पर्ने बाध्यताको अवस्थाको न्युनीकरणमा मद्द पुग्ने अवस्था पनि हुन सक्छ । बैदेशिक रोजगारमा कुल १ हजार ७ सय ७५ जना कामदार मध्ये १ हजार ४ सय ५ जना कामदारको परिवारले एक बर्षमा प्र...
नदीजन्य पदार्थको अबैध निकासी नियन्त्रणमा कडाई गर्न जिल्ला अनुगमन समितिको निर्णय
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

नदीजन्य पदार्थको अबैध निकासी नियन्त्रणमा कडाई गर्न जिल्ला अनुगमन समितिको निर्णय

नवलपरासी,१९ फागुनजिल्ला अनुगमन समितिले जिल्लाका विभिन्न खोलानालाबाट भई रहेको अबैध निकासीलाई नियन्त्रण गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको जिल्ला अनुगमन समितिको बैठकले गरेको निर्णयहरु परासी प्रेस क्लब मार्फत जिल्ला समन्वय समितिले सार्वजनिक गर्दै सो जानकारी गराएका हो ।अनुगमन समितिले गरेका विभिन्न चारवटा निर्णयबारे जानकारी जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवले खोला जन्य पदार्थको चोरी निकासी भई रहेको जनगुनासो आउने गरेको र खोला जन्य समाग्रिमा विचौलियाहरुको अन्त्य गर्ने गरि समाग्रिको उपलब्धता सहज बनाउने निर्णय समेत गराएका थिए । अनुगमन समितिले गरेको निर्णय अनुसार नदीजन्य पदार्थको उपयोग सम्बन्धि सुनवल नगरपालिकाबाट फागुन १६ गते प्राप्त पत्रमा ढुगाँ,गिट्टी,बालुवा उत्खनन विक्रि तथा ब्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ को दफा १२ तथा स्वीकृत प्रारम्भिक वातावरणिय परीक्षण प्रतिवेदनको अधिनमा रही उपरोतm न...
आन्तरिक आय बढाउन राजश्व सुधार कार्ययोजना बनाउदै सुस्ता
अर्थ, समाचार, सुस्ता गाउँपालिका

आन्तरिक आय बढाउन राजश्व सुधार कार्ययोजना बनाउदै सुस्ता

नवलपरासी,१५ फागुनजिल्लाको सुस्ता गाउपालिकाले आन्तरिक आय वृद्धि गर्ने उदेश्यले राजश्व सुधार कार्ययोजना बनाउने कार्य थालेको छ । गाउपालिका भित्र आन्तरिक आय बढाउने सक्ने धेरै सम्भावना भए पनि हालसम्म राजश्व सम्बन्धि कुनै ठोस नीति र कार्ययोजना बन्न नसक्दा राजश्व न्युन रहेको कुरा मनन गरि गाउपालिको राजश्व सुधार कार्ययोजना बनाउन लागेको हो ।जनताको सेवा सुविधा पुर्याउनका लागि माग थपिदै गएको र ति सेवा सुविधा पुर्याउनमा प्रयाप्त आमदनी नहुदा सेवा सोचे जस्तो पुर्याउन सकिएको छैन् । विगत बर्षमै यस्तो राजश्व सुधार सम्बन्धिी नीति,कार्यक्रम,योजना, कार्ययोजना,आवश्यक ऐन नियमावली र कार्यविधि बनाई काम गर्नु पर्ने भए पनि हुन सकेको थिएन् गाउपालिका राजश्व परामर्श समितिका अध्यक्ष समेत रहेकी गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले भनिन्, अहिले गाउ कार्यपालिकाको पहिलो प्राथमिकता आन्तरिक आय वृद्धि रहेको छ । आन्तरिक आय बढाउन ...
वर्दघाट नगरपालिकाले बनाउदै ३१ करोड लागतको औद्योगिकग्राम
अर्थ, बर्दघाट नगरपालिका, समाचार

वर्दघाट नगरपालिकाले बनाउदै ३१ करोड लागतको औद्योगिकग्राम

नवलपरासी,१३ फागुनजिल्लाको वर्दघाट नगरपालिकाले जिल्लाकै पहिलो औद्योगोगिक ग्राम घोषणा गरि काम शुभारम्भ गरेको छ । खजुरा खोला किनारमा औद्योगिक क्षेत्र निर्धारण गरि ति स्थानमा औद्योगिक ग्राम बनाउने गरि कार्य अगाडी बढाएको हो ।नेपालकै प्रमुख उद्योगपति तथा सोही क्षेत्रबाट निर्वाचित संघिय साँसद विनोद चौधरीले समेत औद्योगिक ग्राम बनाउने चाँसो देखाए पछि अहिले औद्योगिक ग्राम बनाउने कार्यले तिब्रता पाएको हो । हुन त त्यो अवधारणा नगरपालिकाको पहिलाकै जनप्रतिनिधिले अगाडी सारेका थिए । केही सो क्षेत्रमा पर्खाल निर्माण गर्ने केही काम भएका पनि छन् । अहिले औद्योगिक ग्रामलाई प्रााथमिकतामा राखेर काम अगाडी बढाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने कार्य सकिएको छ,उनले भने, स्थलगत रुपमा पनि प्राविधिकहरु खटिएका छन् ...
नवलपरासीमा औद्योगिक विकासका लागि निजी क्षेत्रबाट झण्डै एक खर्ब लगानी ः प्रदेश साँसद जैसवाल
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

नवलपरासीमा औद्योगिक विकासका लागि निजी क्षेत्रबाट झण्डै एक खर्ब लगानी ः प्रदेश साँसद जैसवाल

नवलपरासी,७ फागुननवलपरासीको औद्योगिक क्षेत्रमा एक बर्षमा झण्डै एक खर्बको लगानी भएको लुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश साँसद) बैजनाथ जैसवालले बताएका छन् । नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशमा गरेको अध्ययन अनुसंधानको प्रतिवेदन अनुसार नवलपरासी औद्योगिक क्षेत्रका लागि उर्वर भुमि रहेको हुदा सो लगानी भएको प्रदेश साँसद जैसवालले बताएका हुन् ।तर लुम्बिनी प्रदेशका १२ वटै जिल्ला मध्ये उद्योग दर्ता गराउने नवलपरासी जिल्ला दोश्रो स्थानमा भए पनि औद्योगिक लगानीमा बैक तथा वित्तिय सस्था उदासिन देखिएका छन् । उद्योग दर्ता तथा स्थापनामा नवपलरासी जिल्ला लुम्बिनी प्रदेश भित्र दोश्रो स्थानमा देखिएको तर बैक तथा वित्तिय क्षेत्रको लागनीमा चौथो स्थानमा देखिदा औद्योगिक लागनीमा बैंक तथा वित्तिय सस्थाको उदासिनता रहेको देखिएको उनको भनाई थियो । नवलपरासी जिल्ला औद्योगिक सम्भावना बोकेको जिल्ला हो,तर औद्योगिक कर्जा प्रवाहमा...
सरावलमा बन्यो १० अर्बका पञ्चबर्षिय आवधिक योजना
अर्थ, समाचार, सरावल गाउँपालिका

सरावलमा बन्यो १० अर्बका पञ्चबर्षिय आवधिक योजना

नवलपरासी,१ फागुनजिल्लाको सरावल गाउपालिकाले आफ्नो पञ्चबर्षिय आवधिक योजना तर्जुमा गर्दै १० अर्बको योजनाहरु निर्माण गरेको छ । गाउपालिकाको प्रत्येक वार्डमा पुगेर योजनाको माग,प्राथमिकीकरण गर्दै सो रकम बराबरको योजनाहरु समावेश गरिएको आवधिक योजनाको निर्माण गरेको हो ।हालको अनुपातमा गाउपालिकामा बन्दै गरेको बजेट पाँच बर्षमा ३ अर्बको हुने अवस्था भएको देखिएको छ । तर आवधिक योजना पुरा गर्नका लागि १० अर्ब बजेट आवश्यक छ । आफ्नो कार्यकालमा यो आवधिक योजना पुरा गर्नका लागि नियमित ३ अर्ब बाहेक पनि थप ७ अर्ब रकम आवश्यक छ । अब गाउपालिकाले स्रोतको खोजी र पहिचान गरि काममा लाग्नु पर्ने आवश्यकता आवधिक योजनाले निर्धारण गरेको गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए ।आवधिक योजनाले परिकल्पना गरेको योजना पुरा गर्नका लागि नियमित आउने गाउपालिकाको बजेटले सम्भवन नभएको हुदा ति सबै योजनाका लागि लुम्बिनी प्रदेश सरकार र स...
विद्युत रोयाल्टी रकम प्राप्तीका लागि चाँसो देखाउदै प्रतापपुर गाउपालिका
अर्थ, प्रतापपुर गाँउपालिका, समाचार

विद्युत रोयाल्टी रकम प्राप्तीका लागि चाँसो देखाउदै प्रतापपुर गाउपालिका

नवलपरासी,२७ माघजिल्लाको प्रतापपुर गाउपालिकाले विद्युत रोयाल्टी वापत पाउने अनुदान ल्याउनमा चाँसो देखाएको छ । लामो समय देखी सरकारले गण्डक जल विद्युत केन्द्रको विद्युत रोयाल्टीबाट पाउने रकम जलविद्युत केन्द्र रहेको जलाधार क्षेत्रमा लगानी नगरे पछि प्रतापपुर गाउपालिकाले चाँसो देखाएको हो ।प्रतापपुर गाउपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नै स्थानियबासीले सो कुरा उठाए पनि गाउपालिकाले अहिले चाँसो लिएर सो अनुदान रकमको खोजीमा लागेको गाउपालिकाका अध्यक्ष उमेश चन्द यादवले बताए । उनका अनुसार विगत बर्षमा तत्कालिन जिविसमा सरकारले विद्युत रोयाल्टी वापतको रकम पठाउदै आएको तर राज्य पुर्नसंरचनामा जादा जिविस खारेज भई अहिले स्थानिय सरकारको रुपमा गाउपालिका र नगरपालिका बनेको छ । तर सरकारले विगतमा जिविसमा पठाउदै आएको उतm रकम सम्बन्धित पालिकाहरुमा पठाएको छैन्,अध्यक्ष यादवले भने,यसबारे प्रभावित क्षेत्रका स्थान...
पहाडी भेगमा पनि आर्थिक क्षेत्रको सम्भाब्यता अध्ययन गर्दै वर्दघाट नगरपालिका
अर्थ, बर्दघाट नगरपालिका, समाचार

पहाडी भेगमा पनि आर्थिक क्षेत्रको सम्भाब्यता अध्ययन गर्दै वर्दघाट नगरपालिका

नवलपरासी १९ माघसमृद्ध नगर बनाउने अभियानमा जुटेका जिल्लाका वर्दघाट नगरपालिकाले लक्ष्य अनुसारको काम गर्ने गरि पालिका भित्रै स्रोत पहिचानमा तिब्रता दिएको छ । तराईको समथर भुमिसँगै चुरेपहाडसँगै भुगोल जोडिएको वर्दघाट नगरपालिकाले तराईमा मात्रै नभई पहाडी क्षेत्रमा पनि स्रोत पहिचान गर्ने कार्यलाई तिब्रता दिएको हो ।समृद्ध नेपाल शुखी नेपाली राष्ट्रिय नारालाई साकार पार्नका लागि पनि नगरपालिका स्तरबाट पनि आर्थिक सम्भावनको खोजी गर्न नगरपालिका लागेको छ । त्यसका लागि तराई,मधेश र पहाडी क्षेत्रलाई पनि अध्ययन थालिएको छ । पहाडलाई पनि आर्थिक स्रोतको सम्भाब्यता रहेको र त्यसको पहिचान गर्नका लागि नगरप्रमुख शम्भुलाल श्रेष्ठ,उपप्रमुख रुद्र प्रकाश उपाध्याय सहितको प्राविधिक टोलीले पहाडको मोर्चाघोला विहारी हुदै सँसारकोटसम्मको क्षेत्रको स्थलगत अवलोकन गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानका...
भारतिय पक्षद्धारा गण्डक क्षेत्रमा साढे १० अर्ब लगानी
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

भारतिय पक्षद्धारा गण्डक क्षेत्रमा साढे १० अर्ब लगानी

नवलपरासी,१५ माघगण्डक नदी नियन्त्रण संघर्ष समितिले गरेको संघर्षको प्रतिफल स्वरुप गण्डक क्षेत्रमा भारतिय पक्षले साढे १० अर्बको काम गरेको समितिले जानकारी गराएको छ । संघर्ष समितिसँगै नेपाली र भारतिय पक्षसँग भएको २१ बुदे सम्झौता अनुरुप भारतले काम गर्दै जादा अहिलेसम्म साढे १० बढि रकम खर्च गरेर विभिन्न संरचनाहरु बनेको समितिले जानकारी गराएको हो ।गण्डक पिडितहरु द्धारा गठन गरिएको गण्डक नदी नियन्त्रण समितिले २०६५ सालमा भारतिय गण्डक नहर भित्र ३४ दिनसम्म धर्ना बसि भारतीय नहरको पानी रोकेर आन्दोलन गरेका थिए । आन्दोलनको फल स्वरुप भारतिय पक्षले नेपाली अधिकारी र संघर्ष समितिसँग गण्डक कमाण्ड क्षेत्रमा भएका विभिन्न समस्याहरुलाई सम्बोधन गर्नका लागि विभिन्न २१ बुदे सम्झौता गरेको थियो । त्यही सम्झौता अनुरुप अहिले भारतिय पक्षले निरन्तर रुपमा काम गर्दै आएको समितिका अध्यक्ष दुधनाथ गुप्ताले जानकारी गराएका थिए । गण्ड...