रामग्राम स्तुप परिसरमा अवस्थित उनवछ स्वास्थ्य चौकीमा भिच्छुलाई भोजनदान
नवलपरासी,५ फागुनभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसर स्थित उनवछ स्वास्थ्य चौकीमा भिच्छुलाई भोजनदान कार्यक्रम गरिएको छ । परासी विपश्यना समुहको सक्रियता तथा रामग्राम विकास कोषको समन्वयमा उतm भोजनदान कार्यक्रम गरिएको हो ।विश्वशान्तिको कामना र नेपालमा थाई वन परम्परालाई प्रचार गर्ने उदेश्यका साथ नेपाल फोरेस्ट मोनाष्ट्री समुहले शुभारम्भ गरेको एक हप्ते आध्यात्मिक यात्रामा आउने भिच्छुलाई भोजनदान कार्यक्रम गरिएको रामग्राम विकास कोषका सदस्य समेत रहेका विपश्यनका सहायक अचार्य रामप्रसाद पाण्डेले बताए । उनका अनुसार विश्व सुखशान्ति बौद्घ बिहारबाट आईतबार सिगापुरका भिक्षु अजान चाओ खुन केङ खेमाको अगुवाईमा विभिन्न देशका ८० जना भिक्षुहरुसहित यात्रा शुभारम्भ गरिएको हो । भगवान गौतम बुद्धको जन्मस्थललाई केन्द्रमा राखेर बुद्ध सर्किटमा पर्ने रुपन्देही, नवलपरासी र कपिलबस्तुको एक हप्ते यात्रा हुने स...










