संस्कृति

संस्कृति र सम्पदा संरक्षणका लागि नवलपरासीमा महाअभियान
रामग्राम नगरपालिका, समाचार, संस्कृति

संस्कृति र सम्पदा संरक्षणका लागि नवलपरासीमा महाअभियान

नवलपरासी,१८ मंसिरसंस्कृति तथा प्राचीन सम्पदाहरुको संरक्षणमा स्थानिय सरकारले चाँसो नलिएको जनाउदै जिल्लामा संस्कृति र सम्पदामा संरक्षणका लागि महाअभियान शुरु गरेका छन् । संस्कृति र सम्पदा जोगाउनका लागि स्थानिय स्तरमा जागरण मुखी कार्यक्रम तथा विज्ञहरुद्धारा स्थानियलाई सन्देश दिलाउनका लागि समन्वयात्मक कार्य गर्दै विभिन्न अभियान चलाउनका लागि महाअभियान शुरु गरिएको हो ।प्राचीन सम्पदाको संरक्षण तथा लोपोन्मुख संस्कृतिको जगेर्ना गर्ने उदेश्यले यस्तो महाअभियान शुरु गरिएको महाअभियानका संयोजक अनिल शर्माले जानकारी गराए । जिल्ला भित्र रहेका प्राचीन सम्पदाहरु माथि अहिले अज्ञानता र स्वार्थीपनले नष्ट गरिने कृयाकलाप भई रहेका छन्,उनले भने, प्राचीन सम्पदा स्थलमा पुरातत्व विभागले औपचारिक कानुनी प्रावधान उल्लेख गरि बोर्ड राख्ने सिवाय अरु केही गर्न सकेको छैन् । सम्पदा संरक्षण गर्नु पर्ने जिम्मेवारी समेत स्थानिय सर...
संस्कृति सम्पदा संरक्षण महाअभियान नवलपरासीद्धारा पण्डितपुरमा उत्खननकर्तालाई सम्मान
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

संस्कृति सम्पदा संरक्षण महाअभियान नवलपरासीद्धारा पण्डितपुरमा उत्खननकर्तालाई सम्मान

नवलपरासी, १४ मंसिरपुरातत्व विभागको टोलीसँगै उत्खनन कार्यमा सहभागि त्रिभुवन विश्व विद्यालय तथा लुम्बिनी बौद्ध विश्व विद्यालयका पुरातत्व अध्ययन गर्ने विद्यार्थी अन्तरक्रिया तथा सम्मान गरिएको छ । सम्भावित प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर)मा भई रहेको उत्खनन कार्यमा सहभागि रहेका दुबै विद्यालय विद्यालयका ४० जना पुरातत्व विषय अध्ययन गर्ने स्नातकोत्तर तह(एमए)का विद्यार्थीलाई संस्कृति सम्पदा संरक्षण महाभियान नवलपरासीले सम्मान गरेको हो । उत्खनन कार्यले प्राचीन संस्कृति र सम्पदाको संरक्षण कार्यमा योगदान पुर्याएको भन्दै सहभागि विद्यार्थी तथा विद्यार्थीसँगै रहेको अध्यापन गर्ने प्राध्यापकलाई समेत सम्मान गरिएको महाअभियानका संयोजक अनिल शर्माले बताएका थिए । आफु नेपालको संस्कृति र सम्पदाको संरक्षण कार्यमा निरन्तर लागि रहेको र अहिले पहिचानमा आएको यो प्राचीन स्थलको खोजी कार्यमा ...
रामग्राम स्तुप परिसरमा रामजानकी मन्दिरको जिर्णोद्धार गरि प्राणप्रतिष्ठा कार्य सम्पन्न
रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम स्तुप परिसरमा रामजानकी मन्दिरको जिर्णोद्धार गरि प्राणप्रतिष्ठा कार्य सम्पन्न

नवलपरासी, १४ मंसिरभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा रामजानकी मन्दिरको जिर्णोद्धार गरि प्राणप्रतिष्ठा गरिएको छ । हिन्दु दुबै दर्शनमा आधारित रहेको रामग्राम स्तुप परिसर नजिकै रहेको प्राचीन रामजानकी मन्दिर स्तुपकै समकालिन भएको भए पनि जिर्णेद्धार हुन नसकेर अलपत्र अवस्थाको उतm मन्दिरलाई पुनःब्यवस्थित गरि प्राणप्रतिष्ठा गरिएको हो ।उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष समेत रहेका ओम प्रकाश अग्रहरीको पहलले अहिले उतm स्थानको पुरानो मन्दिरको जिर्णेद्धारा गरी मंसिर ५ गते रामलिला सहित प्राणप्रतिष्ठा गरिएको उनले जानकारी गराएका थिए । रामलिला कार्यक्रमको मंसिर १३ गते औपचारिक समापन गरिएको बताउदै अध्यक्ष अग्रहरीले यस स्थानमा बालउद्धानको समेत ब्यवस्थापन गरिनुका साथै नियमित पुजापाठ ध्यान साधान हुने कार्यलाई ब्यवस्थापन गरिने जानकारी गराएका थिए उनले कुटीमा हुने भण्डारा संस्कृतिलाई पनि राम...
बुद्धको मावली तथा यशोधराको जन्म स्थल प्राचीन कोलनगर(पण्डितपुर)मा पुनः उत्खनन शुरु
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

बुद्धको मावली तथा यशोधराको जन्म स्थल प्राचीन कोलनगर(पण्डितपुर)मा पुनः उत्खनन शुरु

नवलपरासी, २८ कातिकविगत तिन दशक देखी निरन्तर पुरातात्विक खोज अन्वेषण हुदै आएको सम्भावित प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा पुनः भई रहेको उत्खनन शुरु भएको छ । भुभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पुर्वाधार(स्ट्रक्चर)लाई भौतिक रुपमा नै उत्खनन गरि अन्वेषण गर्ने उदेश्यले पुरातत्व विभागले उत्खनन शुरु गरेको हो ।पुरातत्व विद भास्कर ज्ञवालीको नेतृत्वमा कातिक २४ गते आई पुगेको उत्खनन टोलीले उत्खनन कार्य शुरु गरिएको जानकारी गराएको हो । पहिला भेटिएको प्राचीन इनार र सँगै जोडिएको स्थानमा रहेका पुरातात्विक बस्तु पत्ता लगाउन उत्खननका लागि ट्रेन्च लगाइएको पुरातत्व अधिकृत ज्ञवालीले देखाए । अहिले पण्डितपुरसँगै सहायक साईटको रुपमा बन्जारिन माई स्थानको पुरातात्विक क्षेत्रमा पनि यस पटक उत्खनन गरिने उनले बताए । मंसिर १ गते देखी त्रिभुवन विश्वविद्यालयका पुरातत्व विषयमा अध्ययन गर्ने व...
रामग्राम स्तुप नजिकै रामजानकी मन्दिर निर्माण,रामलिला गराई मन्दिरमा प्राणप्रतिष्ठा मंसिरमा गर्ने तयारी
रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम स्तुप नजिकै रामजानकी मन्दिर निर्माण,रामलिला गराई मन्दिरमा प्राणप्रतिष्ठा मंसिरमा गर्ने तयारी

नवलपरासी, २५ कातिकभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा रामजानकी मन्दिर निर्माण गरि मंसिर ५ गते रामलिला सहित प्राणप्रतिष्ठा गर्ने कार्यक्रम तय भएको छ । प्राचीनकाल देखी कै हिन्दु सनातनी दर्शनमा आधारित राम जानकी मन्दिर रहेको उतm स्थानमा २५ लाख लगानीमा मन्दिर निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगिसकेको हुदा सो मन्दिरमा रामजानकी मुर्ति स्थापना तथा प्राणप्रतिष्ठा गर्नुका साथै ९ दिनसम्म रामलिला कार्यक्रम गर्ने तय भएको हो ।रामलिलाका लागि रामकै जन्मभुमि अयोध्याबाट धर्मगुरु,प्रवचनकर्ता तथा रामलिलाका कलाकार समेत आउने तय भई सकेको उतm मन्दिर निर्माणमा लागनी गर्दै आएका उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष समेत रहेका ओमप्रकाश अग्रहरीले बताए । उतm मन्दिर आफ्नै निजी लगानीमा गराउदै आएको बताउदै उनले स्थानियको समेत सहभागिता रहेको जानकारी गराए । रामग्राम स्तुप पछि नै सो स्थानमा रामजानकी मन्दि...
रामग्राम १७ स्थित संघाराम क्षेत्रको अवलोकन गर्दै संरक्षणमा बौद्धभिच्छुको चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम १७ स्थित संघाराम क्षेत्रको अवलोकन गर्दै संरक्षणमा बौद्धभिच्छुको चाँसो

नवलपरासी, २० कातिकभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपसंगै्र जोडिएको संघराम क्षेत्र पहिचानमा आए पछि सो क्षेत्रमा भिच्छु निपुन सहितको उपासक टोलीले अध्ययन अवलोकन गरेका छन् । संघाराम क्षेत्र पनि रामग्राम स्तुपकै अँग भएको र उत्तिकै महत्व बोकेको पुरातात्विक तथा बौद्ध स्थलमा अहिले बुद्धसँग अध्ययन गर्ने अध्ययेता,बौद्धभिच्छु र बौद्ध उपासकहरुले चाँसो लिन थालेका हुन् ।भिच्छु संघले आराम गर्ने स्थान संघाराम भएको र हजार भन्दा बढि भिच्छुले आराम अर्थात विश्राम गर्ने स्थानलाई पुरातत्व विभागले पहिचान गरि बौद्धकालिन प्राचीन स्थल भएको भन्दै बोर्ड राखे देखी सो क्षेत्रमा बुद्धसँग सरोकारवालाहरुले चाँसो राख्न थालेको रामग्राम १७ मा रहेको उतm स्थानका वार्डअध्यक्ष कन्हैया मौर्यले बताएका थिए । संघराममा आउने भिच्छुलाई स्थान गर्ने गरि पाँच विघा भन्दा बढि क्षत्रेफलमा सरोवर(पोखरी) समेत रहेको देखाउदै उनले यि ...
कार्तिक पुर्णिमाको अवसरमा सुस्ता(अनोमा) ठाढीघाट मेलामा कुस्ति
समाचार, संस्कृति, सुस्ता गाउँपालिका

कार्तिक पुर्णिमाको अवसरमा सुस्ता(अनोमा) ठाढीघाट मेलामा कुस्ति

नवलपरासी,१९ कातिकसिद्धार्थ गौतमले प्रबज्या लिई बोधिको खोजी शुभारम्भ गरेको जिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) मा कार्तिक पुर्णिमाको अवसरमा मेला आयोजना गरिएको छ । सिद्धार्थ गौतमले महाभिनिष्क्रमण लिइएको स्थान अनोमाघाटलाई प्रवद्र्धन गर्ने उदेश्यले मेला आयोजना भएको हो ।परापुर्वकाल देखी नै ठाढीघाट मेला लाग्दै आएको र स्थानियले कुस्तिको अयोजना समेत गर्दै आएका स्थानमा अहिले बुद्ध तिर्थ स्थलको रुपमा पनि चिनाउने उदेश्यले मेला आयोजना हुन थालेको स्थानियले बताएका थिए । सिद्धार्थ गौतमको जन्म र गृह त्याथ गरि आफ्ना राजसी पद परित्याग गरि प्रबज्या लिएर (बोधी) अर्थात ज्ञानको खोजी निस्केका थिए । मेलामा भारत र नेपालका विभिन्न स्थानबाट पहलमानहरु भाग लिएको आयोजकले जनाएका थिए । जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव सहितका जनप्रतिनिधिहरु तथा स्थानिय समाजसेवीहरुको उपस्थितीमा मेलाले साँस्कृतिक रुपमा मनाउदै आएको ठ...
गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्राको परासीमा भब्य स्वागत
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्राको परासीमा भब्य स्वागत

,३ कातिकगजेन्द्रमोक्ष धामको रथयात्रा नवलपरासी जिल्ला सदरमुकाम परासी स्थित रामजानकी मन्दिर परिसरमा आए पश्चात स्वागत भब्य स्वागत गरिएको छ । मुस्ताङ देखि शुरु भएको गजेन्द्रमोक्षधाम यात्रा बागलुङ, पर्वत, स्याङ्जा, तनहु, कास्की, चितवन, पाल्पा, कपिलबस्तु र रुपन्देही हुदै पन्द्रौ दिनमा परासी आईपुगेको हो ।कालिगण्डकी कृष्णअवतारको रुपमा दर्शन स्थापित गर्दै आएको गजेन्द्रमोक्षधामबारे आमजनमानसमा जागरण गरिनुका साथै हिन्दु परम्पराको अनुसरण गर्ने र गराउने उदेश्यले यस्तो यात्रा हुदै आएको छ । धामका पिठाधिस कमलनयनाचार्यको सो अभियानले बर्षाै देखी कृष्णगण्डकी भगवानको अवतार स्थापति गर्नमा अग्रसर हुदै विभिन्न धार्मिक कार्यक्रम र अनुष्ठान गर्दै आएको छ । सोही क्रममा सो यात्रा शुरु गरिएको धामका गुरुहरुको भनाई थियो । रथयात्राको रामजानकी मन्दिरमा स्थानिय जनप्रतिनिधि तथा भक्तजनले भब्य स्वागत गरेका थिए । विश्व श...
रोहिणी नदी‘बुद्धको नदी’क्षेत्रमा भारतीय विद्धानहरुको डुलन्ते कार्यशाला
पर्यटन, रोहिणी गाउँपालिका, समाचार, संस्कृति

रोहिणी नदी‘बुद्धको नदी’क्षेत्रमा भारतीय विद्धानहरुको डुलन्ते कार्यशाला

नवलपरासी,२१ असोजप्राचिन सभ्यता बोकेको रोहिणी नदी क्षेत्रको पहिचान गराउन भारतिय विद्धानहरुको एक टोलीले ‘बुद्धकी नदी रोहिन के चलते हुए’ सचल(हिड्दै डुल्दै) कार्यशाला शुरु गरेका छन् । बुद्धको जिवनसँग जोडिएको कोलिय र शाक्य राज्यको सिमा छुट्टयाउनुका साथै दुबै राज्यको धार्मिक,साँस्कृतिक र अध्यात्मिक सम्बन्ध जोडिने रोहिणी नदी सभ्यता उजागर गर्ने उदेश्यले उतm सचल कार्यशाला शुरु गरेका हुन् ।भारत गोरखपुरबाट ४ अक्टुबर २०२५ देखी शुभारम्भ गरिएको उतm यात्रा लुम्बिनी पुगेर रोहिणीको उदगम स्थल देवदहका विभिन्न बौद्ध स्थलको भ्रमणmरामग्राम स्तुप हुदै रोहिणी नदीका अन्य सहायक नदीहरुको स्थलगत अध्ययन अवलोकन गर्दै १२ अक्टुबरमा २०२५ मा पुनः गोरखपुर फर्केर बौद्ध म्युजियममा सकिने यात्रामा स्थानिय सहजकर्ता पत्रकार मनोज कुमार सिँहले जानकारी गराएका थिए । उनका अनुसार रामग्राम स्तुप परिसरमा पुगेर कोलिय गणराज्यको नामाकरणका स...
मोहम्मद जयन्तीको भब्य तयारीमा ओल्मा काउन्सिल नेपाल
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

मोहम्मद जयन्तीको भब्य तयारीमा ओल्मा काउन्सिल नेपाल

नवलपरासी,१६ भदौजिल्लामा भब्यताका साथ इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जयन्ती बनाउन विभिन्न इस्लामिक संघसस्थाहरु तयारीमा जुटेका छन् । इस्लाम धर्मका प्रवर्तक पैगम्बरको जन्मजयन्ती तथा इस्लाम धर्मावलम्बीलाई मोहम्मदले दिइएका सन्देशहरु सम्झाउनका लागि प्रत्येक बर्ष जन्म ज्यन्ती मनाउने कार्य गर्दै आए पनि यो बर्ष अझै भब्य बनाउने तयारीमा जुटेको ओल्मा काउन्सिल नेपालले जनाएको छ ।ओल्मा अर्थात मदरसाका शिक्षकहरुको संगठन ओल्मा काउन्सिलले नेपालका २५ वटा जिल्लामा जिल्ला शाखा गठन गरि सकेको काउन्सिलका केन्द्रिय अध्यक्ष सैयद गुलाम हुसेनले जानकारी गराएका थिए । उनले ओल्मा काउन्सिलले गैर राजनीतिक तरिकाले इस्लामको सन्देश फैलाउने उदेश्यले गठन भएको सस्था हो । ओल्माहरुले मदरसामा इस्लामका मुल्य मान्यताहरु पठन पाठनसँगै अहिले मुस्लिम समुदाय तथा गैरमुस्लिम समुदायलाई पनि इस्लामको मुल्य मान्यता बुझाउने अवसरको रुपमा...