Author: Bechu Gaud

धनेवा खोलाको कारण हुने डुबान नियन्त्रण कार्यमा सरावल गाउपालिकाले अग्रसरता लिदै
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

धनेवा खोलाको कारण हुने डुबान नियन्त्रण कार्यमा सरावल गाउपालिकाले अग्रसरता लिदै

नवलपरासी,१६ माघजिल्ला स्थित धनेवा खोलाको साईफन भत्किएर भए पनि मर्मत सम्भारका लागि तत्कालिन सरकारले काम नगरे पछि अहिले गाउपालिका आफै मर्मतमा अग्रसरता देखाएको छ । साईफल मर्मतका लागि सरकारले चाँसो देखाउदा विगत तिन दशक देखी जिल्लाको सरावल गाउपलिका स्थित डुबानको जोखिममा रहेका स्थानिय बासिन्दाको समस्या हल गर्नका लागि गाउपालिकाले अग्रसरता लिएको हो ।गण्डक सम्झौता पश्चात धनेवा खोलाको दुई किनारमा भारतिय पक्षले बाँध निर्माण गरेको थियो । बाँध अन्तरगत विभिन्न स्थानमा बाहिरबाट बगेर जाने कुलोका पानीको निकासका लागि साईफन पनि निर्माण भएको थियो । साईफन दुई तिन बर्षमै भत्कियो,गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले भने,त्यही बेला देखी तत्कालिन भुजहवा,रामपुर खडौना,बडहरादुबौलिया,रमपुरवा गाविसको शंकरपुर गाँउ डुबान पर्दै आएको छ । हाल शंकरपुर गाउ पाल्हिनन्दन गाउपालिका अन्तरगत पर्छ । बाकी भुजहवा,रामपुरखडौना...
भारतिय पक्षद्धारा गण्डक क्षेत्रमा साढे १० अर्ब लगानी
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

भारतिय पक्षद्धारा गण्डक क्षेत्रमा साढे १० अर्ब लगानी

नवलपरासी,१५ माघगण्डक नदी नियन्त्रण संघर्ष समितिले गरेको संघर्षको प्रतिफल स्वरुप गण्डक क्षेत्रमा भारतिय पक्षले साढे १० अर्बको काम गरेको समितिले जानकारी गराएको छ । संघर्ष समितिसँगै नेपाली र भारतिय पक्षसँग भएको २१ बुदे सम्झौता अनुरुप भारतले काम गर्दै जादा अहिलेसम्म साढे १० बढि रकम खर्च गरेर विभिन्न संरचनाहरु बनेको समितिले जानकारी गराएको हो ।गण्डक पिडितहरु द्धारा गठन गरिएको गण्डक नदी नियन्त्रण समितिले २०६५ सालमा भारतिय गण्डक नहर भित्र ३४ दिनसम्म धर्ना बसि भारतीय नहरको पानी रोकेर आन्दोलन गरेका थिए । आन्दोलनको फल स्वरुप भारतिय पक्षले नेपाली अधिकारी र संघर्ष समितिसँग गण्डक कमाण्ड क्षेत्रमा भएका विभिन्न समस्याहरुलाई सम्बोधन गर्नका लागि विभिन्न २१ बुदे सम्झौता गरेको थियो । त्यही सम्झौता अनुरुप अहिले भारतिय पक्षले निरन्तर रुपमा काम गर्दै आएको समितिका अध्यक्ष दुधनाथ गुप्ताले जानकारी गराएका थिए । गण्ड...
सरावल गाउपालिकाको भुजहवामा इस्लामिक शिक्षाको स्नातक तह अध्ययन केन्द्र स्थापना
शिक्षा, समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकाको भुजहवामा इस्लामिक शिक्षाको स्नातक तह अध्ययन केन्द्र स्थापना

नवलपरासी,१४ माघजिल्लाको सरावल ७ भुजहवामा नेपाल खुल्ला विश्वविद्यालय स्लामिक अध्ययन केन्द्रको स्थापना भएको छ । शनिवार एक समारोहका विच सो अध्ययन केन्द्रको सुभारम्भ गरिएको हो । परेवा उठाएर सुभारम्भ गरिएको उतm इस्लामिक शिक्षामा स्नातक अध्ययन गरि परिक्षा दिईने सम्भवतःयो पहिलो अध्ययन केन्द्र बनेको बताइएको थियो । खुल्ला विश्व विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मध्ये स्लामिक शिक्षा अध्ययन गर्ने विद्यार्थीले विश्व विद्यालयले लिईने परिक्षा केन्द्र समेत भुजहवामै रहने जानकारी गराइएको थियो । ओल्मा काउन्सिल नेपाल नवलपरासको आयोजनामा र मदरसा अरबिया रजाउल ओलुमको सहआयोजनामा सम्पन्न भएको थियो । सो समारोहमा सो क्षेत्रमा योगदान पुर्याउने केन्द्रका ब्यवस्थापक अब्र्दुर उफ खान र सरावल गाउपालिकाका पुर्व अध्यक्ष राधेश्याम चौधरी लगायतलाई समारोहका प्रमुख अथिती शुखाडी चौधरीले सम्मानपत्र प्रदान गरि सम्मान समेत ग...
सडक पुर्वाधार विकास कार्यालयद्धारा ठेकेदारलाई ७ दिने अल्टिमेटम
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

सडक पुर्वाधार विकास कार्यालयद्धारा ठेकेदारलाई ७ दिने अल्टिमेटम

नवलपरासी,१३ माघसडक पुर्वाधार विकास कार्यालय रुपन्देहीले विभिन्न ठेकेदार तथा निर्माण कम्पनीलाई चेतावनी सहित काम शुरु गर्न सार्वजनिक सुचना जारी गरेको छ । जिल्ला स्थित विभिन्न स्थानका पुर्वाधान निर्माण कार्यको ठेक्का लिएका निर्माण कम्पनीले काम नगरिदिदा अलपत्र परेको आयोजनाहरुको काम तत्काल काम सम्पन्न गर्नका लागि सार्वजनिक सुचना प्रकाशित गरि चेतावनी दिइएको हो ।लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय यातायात पुर्वाधार निर्देशनालय अन्तरगतको सडक पुर्वाधार विकास कार्यालयबाट नवलपरासी र रुपन्देहीमा ठेक्का लिएको तर बर्षाैसम्म काम नगर्दा आयोजना निर्माण हुन सकेको छैन । बेलामा अयोजना निर्माण सम्पन्न नहुदा स्थानिय जनताले सास्ती ब्यहोर्न परेको हुदा कार्यालयले ठेकेदारलाई काम गर्नका लागि कडाई गर्न थालेको छ । आयोजना सम्पन्न नभए पछि स्थानिय जनताले दैनिक जसो कार्यालयका प्राविधिक तथा कार्यालयमा फोन...
वर्दघाट नगरपालिकामा गर्भवती महिलालाई गर्भसस्कार शिक्षा
बर्दघाट नगरपालिका, शिक्षा, समाचार, स्वास्थ्य

वर्दघाट नगरपालिकामा गर्भवती महिलालाई गर्भसस्कार शिक्षा

नवलपरासी,१४ माघनयाँ नयाँ कार्यको थालनी शुरु गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले नगरक्षेत्रमा रहेका गर्भवती महिला तथा नव विवाहित दम्पतीलाई गर्भ शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । कुनै पनि ब्यतिmको सिकाई गर्भबाटै शुरु हुने मान्यताका साथ गर्भदेखी नै सक्षम र सबल बालबालिकाको जन्म होस भनि गर्भवति महिलालाई गर्भ संस्कार शिक्षा कार्यक्रम शुभारम्भ गरेको हो ।वर्दघाट नगरपालिका वार्ड नं.८ र ९ मा रहेकी ४५ जना गर्भवती महिलालाई सो शिक्षा प्रदान गर्दै गर्भसंस्कार शिक्षा कार्यक्रम शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाए । यस्तो शिक्षाको आवश्यकता बजेट बन्ने अवस्थामा नै नगरउपप्रमुख रुद्र प्रसाद उपाध्यायले बजेट बिनियोजन गर्न लागएका थिए । सो कार्यक्रम कार्यान्वनका लागि गर्भ सँस्कार शिक्षाको अभियान चलाउदै आएका अभियन्ता तथा प्रशिक्षक रामप्रसाद पाण्डेले प्रशिक्षण दिदै गर...
बौद्धकालिन ‘खिर वृक्ष’को संरक्षण हुनु पर्ने स्थानियबासीको माग
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार

बौद्धकालिन ‘खिर वृक्ष’को संरक्षण हुनु पर्ने स्थानियबासीको माग

नवलपरासी,११ माघजिल्लाको रामग्राम १८ स्थित बन्जारिन माई स्थान परिसर भित्र रहेको लोपोन्मुख खिर वृक्षको संरक्षण गर्नु पर्ने स्थानियले औल्याएका छन् । जडिबुटीको रुपमा रहेको उतm वृक्ष बन्जारिन माई परिसरमा एउटा रुखको रुपमा शुरक्षित रहेको र स्थानिय भाषामा (खिरको वृक्ष) रुखलाई संरक्षण गर्नु पर्ने स्थानियबासीले माग समेत गरेका हुन् । प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम (पण्डितपुर) क्षेत्रसँग जोडिएको र सो वृक्ष बुद्धकालिन हुनु पर्ने दाबी गर्दै स्थानियले सो रुखको संरक्षण गर्नु पर्ने स्थानिय राधेश्याम अग्रहरीले बताए । पहिला आफुहरु स साना हुदा खेरी नै खिर वृक्षको फल टिपेर खाने गरेको सम्झदै ५५ बर्षिय अग्रहरीले भने,हामी स साना हुदा जस्तो अवस्थामा रुख थियो,अहिले पनि उहिाँ अवस्थामा रुख रहेको छ । यस्तो प्रजातीको रुख विरुवा कोलिय गणराज्यको राजधानी नजिकै पाइएको हुदा कोलवृक्ष,पुत्रन्जिी,बोधिवृक्ष जस्...
डुबान क्षेत्र लक्षित गरि विपद न्युनिकरण र ब्यवस्थापनको योजना बनाउदै सरावल गाउपालिका
समाचार, सरावल गाउँपालिका

डुबान क्षेत्र लक्षित गरि विपद न्युनिकरण र ब्यवस्थापनको योजना बनाउदै सरावल गाउपालिका

नवलपरासी,१० माघजिल्लाको सरावल गाउपालिकाले डुबान क्षेत्रलाई लक्षित गर्दै स्थानियबासीसँग मिलेर विपद न्युनिकरण तथा ब्यवस्थापन योजना बनाउनमा जुटेको छ । विपद ब्यवस्थापनका लागि स्थानिय स्तरमै स्थानियबासीमा जनचेतना अभिवृद्धि गर्ने र योजना बनाउने कार्यमा जुटेको हो ।गाउपालिकाका सबै भन्दा बढि डुबान हुने वार्ड नं.७ बाट सो योजनाका लागि शुभारम्भ गरिएको गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । कार्यक्रमको शुभारम्भ गर्दै उनले विपद ब्यवस्थापनमा पहिला स्थानियबासी जुट्न पर्यो,उनले भने,तत्पश्चात कुन निकायको के भुमिका हुन्छ,ति निकायको पहिचान गर्नु पर्छ । पहिचान पश्चात संगठित र योजनाबद्ध तरिकाले विपद ब्यवस्थापनमा लाग्न स्थानियबासीलाई आग्रह पनि गरेका थिए । गण्डक कमाण्ड क्षेत्र भित्र गाउपालिकाको भुभाग डुब्ने गरेको हुदा यो डुबान विपद ब्यवस्थापनका लागि गण्डक परियोजनालाई पनि िजम्मेवार बनाईनु पर्ने उनको भनाई...
जसपाले बुझायो गाउपालिका अध्यक्षलाई ज्ञापन
राजनीति, समाचार, सरावल गाउँपालिका

जसपाले बुझायो गाउपालिका अध्यक्षलाई ज्ञापन

नवलपरासी,१० माघजनता समाजबादी पार्टी(जसपा) नेपालले आफ्ना विभिन्न माग सहित सरावल गाउपालिकामा ज्ञापनपत्र बुझाएको छ । पुर्ण रुपमा निशुल्क शिक्षा,स्वास्थ्य विमा प्राकृति विपद र जनताको आर्थिक समस्या हल हुने गरि कार्य गर्न जसपाको स्थानिय पालिका कमिटिले सो ज्ञापनपत्र गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीलाई बुझाएका हुन् ।स्वास्थ्य र शिक्षा क्षेत्रमा पछाडी परेको सरावल गाउपालिकाको ति क्षेत्रमा ध्यान कम पुगेको कुरा अवगत गराउदै पार्टीको गाउ कार्यसमितिका संयोजक निर्मल यादवले ज्ञापनपत्रमा उल्लेखित माग प्रति गम्भिर भएर काम गर्न अध्यक्ष चौधरीलाई आग्रह गरेका थिए । औपचारिक कार्यमा केन्द्रित भएर मात्र काम भईरहेको हुदा गाउपालिकाको दिर्घकालिन समस्यालाई लिएर योजनाबद्ध काम गर्नका लागि पार्टीले माग गरेको थियो । ज्ञापनपत्र बुझ्दै गाउपालिका अध्यक्ष चौधरीले माग प्रति आफु गम्भिर रहेको र सबैसँग मिलेर सहकार्य गरि काम ह...
वर्दघाटका महिलालाई तिन दिने महिला आधारभुत तालिम
बर्दघाट नगरपालिका, शिक्षा, समाचार

वर्दघाटका महिलालाई तिन दिने महिला आधारभुत तालिम

नवलपरासी,१० माघजिल्लाको वर्दघाट नगरपालिकाको महिला तथा बालबालिका शाखाले स्थानिय महिलाहरुलाई तिन दिने महिला आधारभुत तालिम दिने कार्य शुरु गरेको छ । महिलाहरुलाई संगठित गर्ने,शसतिmकरण गर्ने उदेश्यले सो तालिमा दिने कार्य शुरु गरेको हो । महिलाहरुलाई समुहमा आवद्ध गर्दै महिलाका आधारभुत आवश्यकतालाई आधार बनाउने र शसतिmकरण मार्फत राज्यको मुलप्रवाहीकरणमा ल्याउने उदेश्यले तालिम दिन लागिएको महिला तथा बालबालिका शाखाकी प्रमुख अप्सरा सुवेदीले जानकारी गराईन् । वर्दघाट नगरपालिकाको वार्ड नं.९ बाट शुरु गरिएको उतm तालिममा महिलाहरुको जनजिविकाका सवाल,प्रजनन स्वास्थ्य अधिकार,महिला अधिकार प्राप्तीमा सो तालिमले महिलाहरुलाई शसतm बनाउनेमा विश्वासका साथ तालिम शुरु गरिएको शाखा प्रमुख सुवेदीले भनिन्,महिलाहरु आफै पनि अग्रसर भएर आउनु पर्छ । नगरपालिकामा महिलाहरु संगठित भई आफ्नो अधिकार र उपस्थिती देखाउनु पर्ने बताएकी ...
वर्दघाटमा फोहोर बर्गिकरण र हरियाली अभियान
बर्दघाट नगरपालिका, समाचार, समाज

वर्दघाटमा फोहोर बर्गिकरण र हरियाली अभियान

नवलपरासी,७ माघनयाँ नयाँ कार्यको थालनी गर्दै विभिन्न अभिायन सञ्चालन गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले फोहोर बर्गिकरण र हरियाली अभियानलाई टोल टोल र घरदैलोमा पुर्याउने कार्य गरेको छ । कतिपय कार्यक्रम पालिका स्तरमा गर्दै आएको भए पनि सो कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि फोहोर बर्गिकरण र हरियाली अभियानलाई घरदैलोमै पुर्याउन लागेको हो ।खुल्ला दिसा मुतm नगर घोषणा पश्चात पुर्ण सरसफाई नगर बनाउने कार्य पनि निरन्तर भई रहेको र अहिले अभियानकै रुपमा फोहोर बर्गिकरण र हरियाली अभियानको थालनी गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । प्रत्येक महिनाको पहिलो शनिवार र अन्तिम शनिवारका दिन जनप्रतिनिधि र कर्मचारी अ आफ्नो टोलको घरदैलो गर्दै घरमा पुग्ने र फोहोर बर्गिकरणको अवस्था हेर्ने कार्य गर्दै आएको छ,उनले भने,अभियानकै रुपमा केही समय नगरपालिकाले क्रियाशिल भई काम गरिद...