
नवलपरासी,१२ कातिक
जिल्लाको रामग्राम ८ स्थित झरहीखोला लिफ्ट सिचाई आयोजना सञ्चालनमा नआउदै अलपत्र हुने देखिएको छ । पहिला आयोजनाको जग भास्सिएर जग चर्किएको पुर्वाधार मर्मत सम्भार गरिए पनि अहिले सो आयोजनाको ट्रान्फर्मर नै चोरी भएर जडान हुन नसक्नु र पाईपलाईन,कुलो समेत समेत विस्तार हुन नसक्दा करोडौ लगानीको आयोजना अलपत्र देखिएको हो ।
सञ्चालनमा नआउदै जग चक्रिनु सिचाई डिभिजन कार्यालयले तयार गरेको उतm आयोजनाका कामको गुणस्तर माथि प्रश्न उठेको थियो, यसको अनुसंधान गरि समाधान खोज्न समेत लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवालले माग गरेका थिए । उतm आयोजनामा प्राविधिक कमजोरी हो,कि निर्माण कम्पनीको लापर्वाही हो ? त्यसको अनुसंधान हुनु पर्ने प्रदेश साँसद जैसवालले कुरा उठाए पनि त्यसैलाई टालटुल गरि आयोजना छाडियो, सोही वार्डका वार्ड अध्यक्ष महेन्द्र ठाकुरले भने, अहिले चोरी भएको ट्रान्सफर्मर पनि जडान हुन सकेको छैन् । कुलो तथा पाइप विस्तारमा पनि डिभिजन कार्यालयले काम नगरिदिदा आयोजना अलपत्र परेको वार्डअध्यक्ष ठाकुरको भनाई थियो ।
सिचाई आयोजना बने पछि सिचाई गर्न पाईने भनेर उत्साही भएका अहिले उतm आयोजनाका काम अलपत्र पर्दा निरास बन्दै गएको उनको भनाई थियो । सञ्चालनमा नआउदै पुर्वाधार चक्रिएर समस्या देखिएको थियो, वार्ड अध्यक्ष ठाकुरले भने, यसको ममर्त सम्भार गराई सञ्चालनमा ल्याउनु पर्ने हो, तर काम नै अलपत्र भयो, यसका लागि आफुले प्रदेश साँसद जैसवालसँग सञ्चालनमा ल्याउनका लागि माग गरेको बताएका थिए । उनका अनुसार सो लिफ्ट सिचाई आयोजनाले वार्ड नं.८ को उनवछ,लोहसडा हुदै वार्ड नं.७ को देउरवासम्म सिचाई गर्ने गरि सर्वेक्षण गरिएको थियो ।
जनताको समस्या सम्बोधन गर्न सरकारले बजेट बिनियोजन गर्छ,तर काम गर्ने ठेकेदार र काम गराउने डिभिजन कार्यालयहरुले मजाकको रुपमा लिईने गरेको जनप्रतिनिधिहरुले नै आरोप लगाउदै आएका छन् । कर्मचारी र ठेकेदारले गल्ति गर्छन्,वार्ड अध्यक्ष ठाकुरले भने,गाली जति जनप्रतिनिधिले सुन्छन् । भ्रष्टाचारको आरोप पनि नेताले नै झेल्नु परेको छ । ठेकेदारले जसरी पनि ठेक्का पार्नै पर्छ, मान्यता राखेर घटाघट गर्दै कम रकममा ठेक्का पर्ने प्रवृति मौलाउदै गएको छ । कम रकममा ठेक्का पार्ने पछि कमसल काम गरेर आयोजना विगार्ने प्रवृतिका लागि यो आयोजना पनि एक उदाहरण भएको प्रदेश साँसद जैसवालले बताए ।
लागत स्टिमेटमा पनि घटेर काम गर्ने गरि जोखिम मोल्ने ठेकेदारलाई प्राविधिक र कर्मचारीले त्यसैको फाईदा उठाउदै भित्र भित्र अबैध रकम असुल गर्ने सौदाबाजी पनि गर्ने गरेको सुनिएको छ । प्राविधिक र कर्मचारीको सौदाबाजी मिले पछि आयोजनामा जे जस्तो होस,सदर गरि दिइने प्रवृतिले कमसल काम गर्ने प्रवृति मौलाएको उनको भनाई थियो । लोक सेवा गर्न लोक सेवा दिएर आउने कर्मचारी तँ झन लोक शोषक भएको आरोप नागरिक समाजका पुर्व अध्यक्ष राधेश्याम सिँह सैथवारले लगाए । लोक सेवक लोक शोषक भएका छन्, उनले भने,जनप्रतिनिधिको मात्रै भ्रष्टाचारलाई बढावा दिएका छैनन् । त्यसमा सहजीकरण लोकसेवा पास गरेर आउने कर्मचारीहरु नै देखिएका छन् । लोक लज्जा पचाउदै भ्रष्टकाममा लाग्ने प्रवृतिले मुलुकमा भ्रष्टाचार मौलाउने गरेको देखिएको उनको भनाई थियो ।
आयोजना सञ्चालनमा नआउदै जग चक्रिएको भए पनि सम्बन्धित ठेकेदारले आफ्नो पुरै भुतmानी लगि सकेको सिचाई डिभिजन कार्यालय नवलपरासीले जनाएको छ । ठेकेदारले गत असार महिना मै पानी प्रवाह गरेको परिक्षण गराई सबै भुतmानी लगिसकेको डिभिजन कार्यालयका लेखा शाखाले जनाएको थियो । शाखाका अनुसार १ करोड ४० लाख बराबरको उतm आयोजना ऋद्धिसिद्धि निर्माण कम्पनीले १ करोड ११ लाखमा ठेक्का सकार गरेको थियो । अहिले धरौटी बाहेक सबै रकम भुतmानी लिई सकेको छ । तिन करोड बढिको आयोजनामा खोलामा इनार बनाउने,ओभरहेड टंकी बनाउने कार्य सम्पन्न भएको र उतm ओभरहेड टंकीबाट पानी प्रवाह गरि अब किसानको खेतमा पाईपलाईनबाट पानी पुर्याउने कि नहर बनाएर लैजानेबारे दोश्रो फेजको योजना बनाउने तयारीमा डिभिजन कार्यालय रहेको छ ।

