
नवलपरासी,१ असोज
जिल्ला भित्र अहिले पनि एचआईभि एड्सका समस्या चुनौती पुर्ण नै रहेको सरोकारवाला संस्थाले जनाएका छन् । एचआईभि एड्स सम्बन्धि जिल्ला स्थित सरोकारवाला संघसस्थाहरुको समन्वय बैठकमा जनस्वास्थ्यको विभिन्न चुनौती मध्ये एचआईभि एड्स अझै लुकेको अवस्थामा रहेको त्यसलाई पत्ता लगाई नियमित औषधी उपचार,खोप लगायतका स्वास्थ्यकर्मीको सम्पर्क ल्याउनु पर्ने कार्य चुनौती पुर्ण नै रहेको बताएका थिए ।
एचआईभि संक्रमितहरुकै सस्था लुम्बिनी प्लसले जिल्लामा ७ सय बढि एचआईभि संक्रमितहरु सम्पर्कमा रहेको जानकारी गराउदै अझै पनि गरिब विपन्न परिवारमा लुकेर बसेको अवस्थाम संक्रमित हुन सक्ने जानकारी गराएको थियो । एचआईभिको परिक्षण आफै स्वतःस्फुर्त तरिकाले हुने गरेको छैन । यो पनि चुनौती रहेको पृथ्वीचन्द्र अस्पतालका प्रमुख डा.वृज कुमार यादवले बताएका थिए । उनले पालिका स्तरमा रहेका सबै स्वास्थ्य शाखाहरुले एचआईभि संक्रमितलाई पहिचान गर्ने र अस्पतालमा नियमित रुपमा सञ्चालन हुदै आएको डट्समा सहभागि गराउनु पर्ने बताएका थिए । नवलपरासी एचआईभी रोकथामका लक्षित कार्यक्रम सञ्चालन भएका जिल्लामध्ये पर्छ ।
जिल्लामा वैदेशिक रोजगारीमा जाने आप्रवासी तथा उनीहरूका जीवनसाथी लक्षित एचआईभी रोकथाम कार्यक्रम सञ्चालनका लागि आउटरीच जनशक्ति परिचालन गरिएको थियो । यो विषय जिल्लाका लागि महत्वपूर्ण छ, किनकि एचआईभीको जोखिमलाई केवल व्यक्तिको व्यवहारसँग जोडेर हेर्नुभन्दा रोजगारीका लागि हुने आवागमन, वैदेशिक रोजगार, दाम्पत्य सम्बन्ध, स्वास्थ्य परीक्षणमा पहुँच र सुरक्षित यौन व्यवहारजस्ता सामाजिक तथा संरचनात्मक पक्षसँग जोडेर हेर्न आवश्यक हुन्छ ।
