काँग्रेस नेता कण्डेल केन्द्रिय सदस्यको मान्यता पाउदा उनी निकटका कार्यकर्तामा उत्साह

नवलपरासी,१ असोज
नेपाली काँग्रेसको विशेष महाधिवेसनले केन्द्रिय सदस्य गुमाउन पुगेका नवलपरासीका नेता तथा पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेललाई पार्टीले पुनः केन्द्रिय सदस्य कै मान्यता प्रदान गरे पछि उनी निकटका नेता कार्यकर्ता उत्साही भएका छन् । कण्डेल केन्द्रिय सदस्य गुमाउन पर्दा उनको प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ मा टिकट समेत गुमाउन पर्दा उनी निकटका नेता कार्यकर्ता निरुत्साही भए पनि अहिले पार्टीको पछिल्लो निर्णयले उत्साही बनाएको हो ।


विगत बर्ष देखी नै पार्टीमै संघर्षरत नेता कण्डेलको शक्ति क्षिण बन्दा केही कार्यकर्तामा नैराश्यता मात्रै नभई कतिपयले गुट परिवर्तन गर्ने मनस्थितीमा पुगेका थिए,भने केहीले गुट परिवर्तन समेत गरि सकेको अवस्था छ । तर अहिले पार्टीले देश र परिस्थिती हेरेर जुन निर्णय गरेको छ,त्यो स्वागत योग्य मान्नु पर्ने कण्डेल निकटका नेता राजेन्द्र सहानीले बताए । अहिले पार्टीको पछिल्लो निर्णयले हामी उत्साही भएका छौ,अब पार्टी कार्यकर्ता माझ आफ्नो विचार र धारणा प्रष्टसँग राखेर अगाडी बढने उनले सुनाए । नैराश्यता अहिले उत्साहमा बदलिएको छ, उनले भने, राजनीतिमा उतार चढाव हुन्छ,आशा र प्रतिक्षामै हामी बसेका थियौ ।
अब केन्द्रिय सदस्य कण्डेलको निर्देशन अनुसार नै पार्टीका गतिविधि र कार्यक्रममा उत्साह पुर्ण सहभागिता हुने उनले बताएका थिए । पार्टी सभापति गगन कुमार थापाद्धारा नै हस्ताक्षरित पत्रमा देवेन्द्रराज कण्डेललाई सम्बोधन गरि पत्र प्राप्त भएको सुनाउदै नेता सहानीले भने, यो पत्र सार्वजनिक हुदा नै कार्यकर्ता माझ उत्साह थपिएको छ । पत्रमा पार्टीका १५ औ महाधिवेसन सम्पुर्ण उत्साहका साथ सबैको सहभागितामा सम्पन्न गर्ने उदेश्यले भदौ २८ को केन्द्रिय कार्यसम्पादन समितिको बैठकबाट पार्र्टीको १४ औ महाधिवेसनका तत्कालिन केन्द्रिय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई विधान बमोजिम वर्तमान केन्द्रिय कार्यसमितिको सदस्यको रुपमा समावेश गर्ने निर्णय गरेकोले सो को जानकारी गराउदै यहाँलाई केन्द्रिय कार्यसमितिमा हार्दिक स्वागत गर्दछु, भनि उल्लेख गरिएको छ । विशेष महाधिवेसनबाट राधेश्याम पाठक निर्वाचित भएका थिए । अहिले कण्डेललाई पनि केन्द्रिय सदस्यको मान्यता प्रदान भए पछि जिल्लाबाट दुई जना केन्द्रिय सदस्य हुने देखिएको छ । दुबै गुटबाट एक एक जना केन्द्रिय सदस्य हुने हुदा जिल्लामा पार्र्टीको केन्द्रिय स्तरमा शतिसन्तुलनको अवस्था कायम भएको आम कार्यकर्ताले महशुस गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *