उपभोक्तालाई सामुदायिक बन समुहले वितरण गर्ने काठ दाउराको लगत विवरण माग गरिने

जिल्ला स्थित सामुदायिक बन समुहहरुले समुहका सदस्यलाई वितरण गरेका काठ दाउराको लगत विवरण माग गरिने डिभिजन बन कार्यालयले जनाएको छ । समुह सदस्यलाई काठ वितरण गर्दा केही जनगुनासोहरु आएको हुदा समुहबाट काठको वितरण,सदुपयोगबारे अनुगमन गरिनुका साथै वितरणका लगत विवरण माग गरिने डिभिजन बन कार्यालयका डिभिजनल बन अधिकृत धनिश्वर न्यौपानेले जानकारी गराएका हुन् ।
उनका अनुसार शुरुका सामुदायिक बनहरुले ढलापडा,सुकेका काठदाउरा संकलन गरि ब्यवस्थापन गर्दै आएका थिए । तर अहिले बैज्ञानिक बन ब्यवस्थापन गर्दै बढि मात्रामा काठदाउरा संकलन हुदै आएका छन् । ति काठको वितरण प्रणाली,ब्यवस्थापन प्रकृया,लेखाप्रणालीको लेखाजोखा,सार्वजनिक परिक्षण,खरिद ऐन अनुसारका मापदण्ड पुरा भए नभएको जस्ता धेरै कुराहरुलाई अवलब्ध गर्नु पर्ने हुन्छ । त्यसमा पनि कतिपय सामुदायिक बन र साझेदारी बन ब्यस्थापन समुहले समुहका उपभोतmाहरुलाई काठ दाउराको वितरण प्रकृया माथि केही टिप्पणी हुन थालेको र जनगुनासो सुनिएको छ । त्यसलाई ब्यवस्थित गर्न र वितरण प्रणालीलाई चुष्तदुरुष्ट गर्नुका साथै सबै प्रकृयालाई अनुगमन गरि निष्कर्षमा पुग्नका लागि पनि बन समुहसँग लगत विवरण माग गर्न सकिन्छ ।
सबै सामुदायिक बनले विवरण उपलब्ध गराई दिएमा जिल्लामा आउने गुनासोलाई यहिँबाट सम्बोधन गरि सन्तुष्ट बनाएर पठाउन सकिने उनको भनाई थियो । कुनै ब्यतिmले सामुदायिक बनबारे सुचना माग गरेमा सबै सामुदायिक बन समुह खोज्दै हिड्नु नपर्ने र जिल्लाबाटै समाधान गर्न सक्ने अवस्था हुन्छ । यसले जनगुनासाहरुलाई सम्बोधनका लागि सबै सामुदायिक बन र साझेदारी बन समुहले वितरण गरेका काठदाउराको लगत विवरण अ आफ्‌ना समुहमा राख्नु पर्ने र त्यसको प्रतिवेदन र प्रतिलिपि डिभिजन बन कार्यालयमा पठाई दिनका लागि प्रकृया अगाडी बढाईने उनले सुनाएका थिए ।
बन समुहले पनि शुसासनका स्तम्भहरु पुरा गर्नु पर्छ,उनले भने,त्यसका लागि पादर्शिता पनि एक हो । वितरण गर्ने काठ कोही दोहरिएको पनि हुन सक्छ,कोही उपभोतmाले अवसर नै नपाएको हुन सक्छ । यसका लागि पनि वितरणको लगत विवरण कार्यालयसँग हुन आवश्यक छ । जिल्लाको बुद्ध शान्ति साझेदारी सहित डेढ दर्जन भन्दा बढि समुहले बैज्ञानिक बन ब्यवस्थापन अनुसार नै बन ब्यवस्थापन गर्दै काठ दाउरा संकलन र विक्रि वितरण गर्दै आएका छन् ।
विगतका बर्षमा पनि सामुदायक बनहरुले काठ चिरानी गर्दा गोलियाबाट अधिक्तम काठ नकिल्दा निजी स मिल भन्दा कम काठ उत्पादन हुने गरेको अवस्था देखिको थियो । यसले काठ चिरान गर्दा जर्तिमा घोटाला भएको आंशका पनि उठेको थियो । एउटै प्रकृतिको गोलिय काठ चिरान गर्दा विभिन्न ग्रेडमा निजी समिलहरुले काठको परिणाम निकाली अधिक्तम उपभोग गरेको देखियो । जुन सामुदायिक बनहरुले अधिक्तम काठ निकाल्ने तर्फ ध्यान नदिदा धेरै जसो भाग दाउरामा जाने अवस्था देखिएको थियो ।
जति धेरै काठको रुपमा उपभोग गर्न सकियो त्यती नै कार्बन उत्सर्जनको कम हुने अवस्था हुन्छ,अधिकृत न्यौपानेले भने,जति धेरै दाउरा बनाएर बाल्ने कार्य गरियो भन्ने उत्तिनै कार्बन उत्सर्जन बढि हुन्छ,जुन वातावरणिय दृष्किोणले ठिक मानिदैन । यसका लागि पनि डिभिजन बन कार्यालय र बन समुहहरु विच अन्तरक्रिया हुन आवश्यक रहेको उनले औल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *