बर्षाै देखी चर्किएको झरहीखोला पुलको एप्रोच नबन्दा भारी सवारीसाधन चल्नमा अवरोध

नवलपरासी,२२ चैत्र
बर्षाै पुर्व जिल्लाको पुर्वपश्चिम राजमार्ग देखी महेशपुर नाका जोड्ने बाँसा— पिपरहिया —हरपुर जोड्ने लिँक सडक अन्तरगत झरही खोला पुल प्रयोगमा नआउदै पहुँच(एप्रोप) क्रेक(चिरा परेको) भएर भारी सवारीसाधन चल्ने अवस्था अझै कायम नै रहेकोे छ । रामग्राम नगरपालिका १७ स्थित पुल बनेको तर प्रयोगमा नआउदै विम क्रेक भएको र त्यसको कारण एप्रोच चक्रिएर जोखिम देखिन थालेका कारणले सो पुलमा भारी सवारी साधन चल्न सकेका छैनन ।
रामग्राम नगरपालिका १७ र पाल्हीनन्दन गाउपालिका ३ को सिमाक्षेत्रको झरहीखोला पुलको निर्माण गर्ने निर्माण ब्यवसायीको हेल चक्रयाईले पुलको विम क्रेक भएर जोखिम बढेको स्थानियले जानकारी गराएका थिए । पुलको एप्रोच पुनः निर्माण गर्न वा मर्मत गर्न स्थायिनले नगरपालिका र सरोकारवाला निकायमा जानकारी गराए पनि कुनै सुनुवाई नभएको बताएका थिए । पुल प्रयोगमा नआउदै चिरा पर्यो,स्थानिय अब्दुल रज्जाक धुनियाले पुलको अवस्थाबारे तिन बर्ष पहिला नै जिल्ला समन्वय समिति (जिसस)मा जानकारी गराएका थिए । जानकारी भए पश्चात जिसस प्रमुख भगौती यादव पुलको अवस्थाको स्थलगत अवलोकन गर्न तत्कालै पुगेका थिए । तर पुलबारे अहिले सम्म कुनै सुनुवाई नभएको उनको गुनासो थियो । जिसस प्रमुख यादवले २०६९ भदौ १३ गते नै सो पुलको अवलोकन गरेका थिए ।
पुलको अवस्था जस्तो स्थानियले जानकारी गराउदा जिसस प्रमुख यादवले समेत पुल प्रयोगमा नआउदै तल्लो विम चिरा परेको बताएका थिए । उनले गुणस्तरहिन समाग्रिको प्रयोग र प्राविधिक हेलचक््रयाईले भएको हुन सक्छ जनाउदै यसबारे तत्काल सम्बन्धित विभागमा लेखि पठाउने समेत उनले प्रतिवद्धता जनाए । उनका अनुसार पुलको अवस्था हेर्दा पुलको एप्रोच स्लेबको विम ढलान गर्दा सटरिगँ नै नगरि माटो माथि ढलान गरिएको हुन सक्छ,जस्ले गर्दा माटो भासिएर अहिले विम क्रेक भएको छ । पुलमा सवारीसधान नै नचलि क्रेस भएको छ । सवारी साधन चलाउने वित्तिकै भत्किने अवस्थामा छ ।
करिब सय मिटर लामो पुलको दुबै तर्फको एप्रोच स्लेबको अवस्था उस्तै छ । दुबै तर्फको विम चक्रिएको छ । सवारी साधन चलाउदा जोखिम हुन सक्छ । त्यो भएर तत्कालै यसमा कुनै प्रकारको सवारीसाधन चलानउन नदिई भत्काएर पुनः निर्माण गर्न लगाउनु पर्छ । पुलको लागत कति हो ? कुन निर्माण कम्पनीले निर्माण गरेको त्यसको सुचना कहिँ कतै राखिएको पनि पाइएको छैन् । पुल कस्ले निर्माण गरेको भन्नेबारे स्थानिय निकाय नगरपालिका र वार्डमा समेत कुनै जानकारी छैन् । पुल निर्माण भई रहेको दुई बर्ष अगाडी सुनिएको तर त्यसबारे विस्तृत जानकारी नभएको पुल निर्माण भएको रामग्राम नगरपालिका वार्ड नं.१७ का वार्ड अध्यक्ष कन्हैया मौर्यले बताएका थिए । पुलको अवस्थाबारे अनभिज्ञता ब्यतm गर्दै त्यसबारे आफुले पत्ता लगाएर काम गराउन तर्फ लाग्ने बताएका थिए,तर अहिले अवस्था जस्ताको तस्तै छ ।
करोडौको लागतमा बन्ने पुल प्रति स्थानिय तह देखी जिल्लासम्म कसैलाई थाहा छैन्,स्थानियबासी धुनियाले भने, ठेकेदारले निर्माण स्थलमा कुनै सुचनाबोर्ड पनि राखेको छैन् । पुल वरिपरि गरिने अन्य कार्य पनि लथालिगँ अवस्थामा छ । दुबै तर्फको भाग पानीले बगाई सकेको छ । पुल प्रयोगमा नआउदै भत्किने अवस्थाले नेपालका निर्माण ब्यवसायि र प्राविधिकहरुको लज्जास्पद कार्यको यो उदाहरण देखिएको छ । यसबारे छानविन गर्न समेत स्थानियबासीले माग गरेका छन् । बाहिर बाहिर ठेकेदारले ठेक्का लिने र कमसल समाग्रिको प्रयोग गर्ने त्यसमा पनि सम्बन्धित प्राािवधिकहरुले कोठा मै बसेर मुल्याँकन गरि भुतmानी गराईदिने पद्यतीले निर्माण क्षेत्रमा अराजकता बढेको छ । अहिलेको बालेन सरकारले यि ठेकेदारलाई पक्राउ गरि काम गर्न लगाउनु पर्ने उनको भनाई थियो ।
पुलसँग सम्बन्धित कसैको सम्पर्क आधार पनि छैन् । पुल निर्माणको कार्य कुन निर्माण फर्मले गरेकोबारे थाहा नभए पनि भरत रायमाझी भन्ने ठेकेदारले गरेको सुन्नमा आएको शहरी विकास कार्यालय चितवनका ओभरसियर विरेन्द्र मण्डलले बताएका थिए । आफ्नो विभागको काम नभएको जनाउदै उनले पत्ता लगाएर पछि जानकारी गराउने बताएका थिए,तर उनको पनि भनाई मात्रै भयो । उनका अनुसार अच्युत कार्की भन्ने ब्यतिmले सो त्यता पुलको निर्माण कार्य भई रहेको थियो ।
जिल्लामा जिल्ला अनुगमन समिति छ,स्थानिय प्रशासन छ,तर कुन काम कहाँ भई रहेको छ ? त्यसबारे जिल्ला अनुगमन समिति आफै अनभिज्ञ छ । जिल्ला भित्र हुने विकास निर्माण पुर्वाधार सम्बन्धि कार्यको सुचना कहाँबाट लिने समेत अहिले समस्या देखिन थालेको छ । पहिला जिल्ला विकास समिति(जिविस) हुदा यसबारे जानकारी हुने गथ्र्यो,तर अहिले जिल्ला समन्वय समितिको रुपमा जिल्लामा सरकारी निकाय भए पनि सरोकारवाला कार्यालयले त्यो कार्यालयलाई सुचना र जानकारी नै नगराउने गरेका कारण जिल्लाबासी र सरोकारवाला नै सुचनाबाट बन्चित हुन परेको छ ।
महेशपुर भन्सार नाका जोड्ने महेशपुर परासी सुनवल सडकको बैसडक पनि भएको तर पुलका कारण पुर्ण क्षमतामा सो सडक प्रयोगमा आउन नसकेको स्थानियले बताएका थिए । पुल मात्रै नभई पुल जोड्ने पहुँच मार्ग पनि पुल देखी करिब डेढ किलोमिटर उत्तर पिपरहिया चोकसम्म र पुल देखी पाँच सय मिटर सेमरहवा कुटिसम्मको सडक पनि पक्कि भएको छैन् । बाकी पुरै सडक पिच भएको देखिन्छ । पुलको एप्रोच र पहुँच मार्गलाई किन अहिलेसम्म अलपत्र बनाईएको होला ? स्थानियले यसलाई रहस्यको रुपमा देखिने गरेका छन् ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *