नागरिकताका लागि सर्जमिन नपठाईने ः प्रजिअ नेपाल

नवलपरासी,२६ पुस
जिल्लामा हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले प्रशासनबाट सेवाग्राहीलाई हुने ढिलासुस्ता कार्यलाई सहज बनाउनमा लागि परेको बताएका छन् । सेवाग्राहीको काम जति सक्दो सहज र सजिलो गरी काम तत्काल र तुरन्तै गरेर पठाउन आफुले मातहतका फाटवाला कर्मचारीलाई निर्देशन गरि सकेको जानकारी उनले पत्रकार नागरिक समाजसँगको भेटघाटमा जानकारी गराएका हुन् ।
वार्ड वार्डबाट सिफारिस भई नागरिकता प्रमाणपत्रका लागि अब देखी सर्जमिन बुझ्नु पर्ने झन्झट हटाइएको समेत उनले दाबी गरेका थिए । चिने जानेरै वार्डका जनप्रतिनिधिहरुले सिफारिस गरेर पठाएका हुन्छन,उनले भने,त्यसमा पनि प्रशासनबाट प्रहरी सर्जंजमिन गर्न पठाउने हुदा सेवाग्राहीलाई थप समस्या भएको छ । यस्को लागि कुनै पनि बहानामा सर्वमिन पठाउन नहुने उनको भनाई थियो । कागजप्रमाण पुर्याएर नै वार्ड कार्यालयले पठाएको हुन्छ,उनले भने,यदि झुठो,गलत विवरण परेमा सम्बन्धित वार्डका कर्मचारी र जनप्रतिनिधि समेत कारवाहीको दायरामा आउन सक्ने हुदा सर्जमिनको नाँउमा दोहोरोपन किन गर्ने ? उनले भने, अब सर्जमिन पठाउन पाईदैन् । बरु पत्रचार गरेर सम्बन्धित वार्डलाई नै सबै कागजात चुष्तदुरुष्त पारेर सिफारिस गर्न अनुरोध गर्नु पर्ने हो । नागरिकता लिन आउने सेवाग्राहीलाई दुःख दिन पाईदैन् । बदलिदो परिस्थितीलाई पनि प्रशासनका कर्मचारीले ध्यान दिइनु पर्ने गरि सहजीकरण गरिएको छ ।
नागरिकता सर्जमिन गर्दा मात्रै सेवाग्राहीसँग अनुचित लाभ लिने गरि विचौलिया सक्रिय हुन्छन् । एउटा नागरिकताको सर्जमिन पठाउदा पाँच हजार भन्दा बढि रकम खर्च भई दिन्छ । देशको नागरिक बन्न आउने ब्यतिmलाई शुरुमै यस्तो सास्तीले कस्तो सन्देश जान्छ,उ देश प्रति कस्तो धारणा बनाउछ ? यस्ता कुरा मध्यनजर गरेर काम भई रहेको उनको भनाई थियो । यसका लागि नागरिक समाज र पत्रकार जगतले समेत सहजीकरण गर्नु पर्ने प्रजिअ नेपालले औल्याएका थिए । प्रजिअ नेपालले दिइएको सन्देशलाई फाटवाला कर्मचारीले कतिको गहन तरिकाले लिन्छन ? ति कार्य आउने दिनमा जिल्लाबासीले नै महशुस गर्ने छन् । विगतमा केही वार्ड अध्यक्षहरुले पनि यदि सर्जमिन गरेर नै नागरिकता प्रमणपत्र जारी गरिन्छ,वार्डको सिफारिस किन मागिन्छ ? भनेर समेत प्रश्न उठाएका थिए ।
यसै गरि जिल्ला प्रशासन कार्यालय नवलपरासीले जिल्लाका सत्रै पालिकालाई नागरिकता नियमावली(चौथो संसोधन)२०८२ पठाउदै नेपाली नागरिकताको सिफारिस र सो सग सम्बन्धित कार्य गर्नुहुनका लागि मातहतका वार्डहरुलाई जानकारी गराई दिनका लागि समेत आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीद्धारा हस्ताक्षरित पत्रमा उतm नियमावली २०८२ पुस २१ गते राजपत्रमा प्रकाशन भएको ब्यहोरा समेत जानकार िगराइउको छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *